Daily Archives 15th February 2018

एनआरएनको बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति विस्तार

लण्डन। गैर–आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिको विस्तार गरिएको छ । समितिका संयोजक डीबी क्षेत्रीले बिहीवार सो समितिलाई अन्तिम रुप दिएका हुन् । समितिमा क्षेत्रिय संयोजकहरु समेत तोकिएको छ जस अनुसार मध्यपूर्वका जोन अर्याल सहसंयोजक, मध्यपूर्वका लागि सदस्यहरुमा, युएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी, ओमनबाट गुणहरी अधिकारी छन् । यस्तै खुशी लिम्बु युरोप सहसंयोजक, सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुबेर कार्की (पोर्चुगल), हेमराज पौडेल (जर्मनी), टिकाराम साप्कोटा (निदरल्याण्डस) रहेका छन्। अमेरिकाका बिनोद भट्ट सहसंयोजक, सदस्यहरुमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल साप्कोटा, सुमन वस्ती र एसिया प्यासिफिक आस्था मल्ल सहसंयोजक एशिया प्यासिफिक क्षेत्रबाट
More

मुलुकले एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुक्ति पायो : सिलवाल

काठमाडौं । देउवा सरकारका पालामा सर्वाधिक खोजीको पात्र बनेका सांसद नवराज सिलवालले केपी ओली प्रधानमन्त्री बन्नेवित्तिकै प्रतिक्रिया सार्वजनिक गरेका छन् । सिलवालले बिहीबार ट्वीट गर्दै कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् । ट्वीट अकाउन्टमा सिलवाले देउवातर्फ संकेत गर्दै भनेका छन्,‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’सिलवालमाथि हिजोसम्म सरकारी कागजात कीर्ते गरेको आरोपमा अदालतमा मुद्दा दायर गर्ने प्रयास भएको थियो ।
More

प्रदेश २ मा मन्त्रीले सपथग्रहण

प्रदेश नम्बर २ को जनकपुरमा बिहीबार सपथग्रहण गर्दै मुख्यमन्त्रीमा मोहम्द लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्रीमा विजय यादव र भौतिक पूर्वाधारमन्त्रीमा जितेन्द्र सोनल । तस्वीर : अजयकुमार साह
More

सरकार गठनसँगै शेयर बजार उकालोतर्फ

काठमाडौं । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो । अधिकांश परिसूचक आज उकालो लागेकाले धितोपत्र बजारसमेत सकारात्मक रुपमा अगाडि बढेको हो । बैंकिङ ३१.३९,
More

गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

सिमरा । मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया, कतार, दुबई, ओमान, साउदी अरबलगायत मुलुकमा रोजगारीमा रहेका छन् । सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेको बेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ । यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो । दुई दशक पहिला बसोबास गर्नेकोे अवस्था निकै दयनीय थियो । गाउँमा
More

ओली दोस्रो पटक प्रम, दुई सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं । नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेप्नुभएका आफ्नो अडानमा दृढ नेता मानिनुहुन्छ । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओलीले २०७३ साउन २० मा राजीनामा दिनुभएको थियो । उहाँको यसअघिको कार्यकालमा उहाँबाट छिमेकी चीनको औपचारिक भ्रमण भई यातायात र पारवहनलगायत द्विपक्षीय महत्वपूर्ण सम्झौता सम्पन्न भएको थियो । नेकपा (माओवादी केन्द्र)ले
More

राष्ट्रपति निर्वाचन फागुनभित्रै

काठमाडौं । राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसंग विस्तृतरुपमा छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले मिति घोषणा गर्ने जानकारी दिनुभयो । आयोगकातर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन
More

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या

वासिङ्टन । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जाेरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व विद्यार्थीले सो आक्रमण गरेको प्रहरीले पत्ता लगाएको छ । सो गोलीकाण्डमा परी अरु १४ जना विद्यार्थी घाइते भएका अमेरिकी अधिकारीहरुले बताएका छन् । गोली हन्ने निकोलस क्रुज नाम गरेका ती विद्यार्थीलाई गिरफ्तार गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

जनयुद्धको फोटो प्रर्दशनी

सास्कृतिक संग्रहालय नेपालद्वारा बबरमहल आर्ट ग्यालरीमा बिहीबारदेखि ५ दिनसम्म सञ्चालन हुने माओवादी जनयुद्धको शुरुदेखि शान्ति स्थापनासम्मको ऐतिहासिक फोटो प्रर्दशनीको अवलोकन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’। तस्वीर : प्रदीपराज वन्त
More

श्रीमानद्वारा श्रीमतीको हत्या

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ ।” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भन्नुभयो, “सम्झाउने क्रममा विवाद हुँदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।” बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ ।
More