Daily Archives 16th February 2018

केपी ओलीको पहिलो र अन्तिम चुनौति प्रचण्ड हुन्

सुरेन्द्र केसी, राजनीतिक विश्लेषक अहिले बनेको केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले अबका दिनमा झेल्नुपर्ने चुनौति, पहिला र अहिलेको सरकारमा के भिन्नता पाइन्छ । ती विभिन्नता व्यवहारमा देख्न पाइन्छ । नयाँ सरकारको चुनौतिको सन्दर्भमा चन्द्र धामीले राजनीतिक विश्लेषक प्रा. सुरेन्द्र केसीसँग गरेको कुराकानी– ० केपी ओलीको सत्तारोहण कस्तो होला ? – नयाँ चरित्र आइहाल्छ, नयाँ कुराको सुरुवात होला भन्ने मेरो दिमागमा छैन । उहाँहरुले केही कुरा गरेर देखाउनुभयो वा नेपाली जनताले आशा गरेको पुग्योस्, हाम्रो शुभकामना । यस विषयमा वादविवाद गर्नुपर्ने केही छैन । ० चमत्कार गर्नुभयो भने ? – चमत्कार चाहिएको छैन, सामान्य रोजगारी भएन, देशको अन्तर्राष्ट्रिय पहिचान र
More

एकाध दिनमै पार्टी एकता टुंगिन्छ: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो देखिएको हो ।” प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत एमालेका शीर्ष नेतासँग राजनीतिक वैचारिक तथा अन्य सांगठनिक विषय मिलाउन र सबैलाई मान्य हुने गरी एकताको भावना आमरुपमा जाने गरी तयारी गरिएकाले समय लागेको जस्तो देखिएको उहाँको भनाइ थियो । बिहीबार सरकार गठन हुँदा
More

प्रधानमन्त्री ओलीलाई शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरको बालकोटस्थित निजी निवासमा शुक्रबार बधाई तथा शुभकामना दिँदै शुभेच्छुक । तस्वीर : रमेश गिरी
More

एकता अन्तिम चरणमा : मन्त्री पण्डित

काठमाडौं । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताउनुभयो । मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई स्वच्छ बनाउनका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारको प्रमुख नीति तथा कार्यक्रम विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो चाहना सुखी तथा खुसी हुनुपर्छ, त्यसैका लागि हामी मरिमेटेर काम गर्छौं ।” मन्त्री पण्डितले
More

ढिस्काले पुरिएर दुई जनाको मृत्यु

मलेखु । धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३ मा सडकका ग्याभिन जाली लगाउने क्रममा ढिस्काले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ । सडक स्तरोन्नतिका लागि ग्याभिन जालीमा ढुङ्गा भर्दै गर्दा माथिबाट ढिस्को खसेर बर्दिया जिल्ला निवासी राजु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक धु्रवराज राउतले बताउनुभयो । सोही घटनामा घाइते भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका निवासी रवीन्द्र तामाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैबीच उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ आँखु नदीमा आज एक वृद्धको शव फेला परेको छ । नदी किनारमा त्रिपुरासुन्दरी–७ निवासी ६२ वर्षीय कृष्णमान श्रेष्ठको शव पानीमा डुबेको अबस्थामा
More

तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउनुहुन्छ । आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई रु एक अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ । धितोपत्र बोर्डको स्वीकृति
More

बादलको नेतृत्वमा माओवादीले मन्त्री पठाउने

काठमाडौं । माओवादी केन्द्रले रामबहादुर थापा (बादल)को नेतृत्वमा मन्त्री पठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले बिहीबार नै माओवादीका मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेका थिए । तर, आन्तरिक विवादले विहीबार माओवादीका तर्फबाट मन्त्री बन्ने भनिएकाहरुले सपथ लिन पाएनन् । छिट्टै पार्टीभित्रको विवाद मिलाएर नेता थापाको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने तयारी गरेको स्रोतको भनाइ छ । थापालाई यसअघि राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भएको थियो । यद्यपि, अन्तिम समयमा आएर थापाले मन्त्री बन्ने लोभ देखाएका कारण बिहीबारको सपथमा केही समस्या भएको स्रोतको दाबी छ । तर, सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने विषयमा माओवादीभित्र विवाद
More

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

वासिङ्टन । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार यहाँको पछिल्लो दुःखद समाचार हो । यसपछि अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकाका विद्यालयहरुमा ज्यान लिनेगरी भएका यस्तै दुःखद घटनाहरुको सूची सार्वजनिक गरेका छन् । उनीहरुले यसलाई अत्यन्तै दुःखद भन्दै यसको निराकरण नगर्ने होभने शिक्षण संस्थाहरु नै के कसरी सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने अवस्था आएको विश्लेषणसहितका
More

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
More

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान

तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताउनुभयो । सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ । तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उहाँको भनाइ छ । अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताउनुभयो । पहिलो बच्चाको तौल १.८ केजी
More

पार्टी एकता टुंगो लगाउन एमाले माओवादीको बैठक बस्दै

काठमाडौं । पार्टी एकताको विषय टुंगो लगाउन एमाले र माओवादी केन्द्रबीच आज छलफल हुँदैछ । एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भनिए पनि सरकार गठन लगायतका कामले नभ्याइएकाले बैठक आज बस्ने तगारी भएको नेताहरुले बताएका छन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भैसकेपनि केही विषयमा कुरा मिल्न बाँकी रहेको छ । पार्टी एकतामा कुरा मिल्न बाँकी भएकै कारण माओवादी सरकारमा सहभागी नभएको हो । पार्टी एकता संयोजन समितिको बैठकमा पार्टीको नेतृत्व र कार्यदिशाको बारेमा कुरा नमिलेको माओवादी नेताहरुले बताएका छन् । माओवादीले पार्टी एकता र सरकार गठनको विषय प्याकेजमै टुंग्याउने बताइरहेको छ भने एमालेले सरकार गठनपछि पनि
More

शेरबहादुर देउवा सरकारी निवास छोड्दै

काठमाडौं । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले आज सरकारीनिवास बालुवाटार छोड्नु हुने भएको छ । उहाँ बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानुहुनेछ । ‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले आज बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जाने’ देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनु भयो ।
More

राष्ट्रपतिको चुनाव फागुन २१ मा गर्न प्रस्ताव

निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको चुनाव गर्न प्रस्ताव गरेको छ । बिहीबार निर्वाचन आयोगमा राष्ट्रिय मान्यता प्राप्त पाँच राजनीतिक दलका नेतासँग छलफल गर्दै आयोगले फागुन २१ गतेको मिति प्रस्ताव गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सरकारसँग परामर्श गरेर केही दिनभित्रै चुनावको कार्यतालिका घोषणा गर्ने तयारीमा आयोग छ । नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले फागुन २१ मा राष्ट्रपतिको निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको र त्यसमा दलहरूले सहमति जनाएको जानकारी दिनुभयो । आयोगले उपराष्ट्रपतिको चुनाव चैत १ गते प्रस्ताव गरे पनि राजनीतिक दलसँगको छलफलमा चैत ३ गते उपयुक्त हुने सुझाव दिइएको थियो । राष्ट्रपतिको निर्वाचन संसद्का सदस्य र प्रदेशसभाका
More

लम्फुको पोष्टर सार्वजनिक

वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ का तीन पोष्टर एकसाथ सार्वजनिक भएका छन् । पोष्टरहरु फरक-फरक प्रकृतीका छन् । तीनवटै पोष्टरमा नव-नायक कबिर खड्का फिचर्ड छन् । पोष्टरमा ‘तरकारीवाली’ को नामले भाईरल बनेकी कुशुम श्रेष्ठ पनि अटाएकी छिन् । कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा सँगै अभिनेता सलोन बस्नेत पोष्टरमा देखिन्छन् । पोष्टरमा कबिर र मरिस्काको रोमान्टिक अवतार पनि देख्न सकिन्छ । ‘लम्फू’ का पोष्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो फिल्म
More

बसले ठक्कर दिँदा २ जनाको मृत्यु

दाङ । बसले मोटरसाइकललाई ठक्कर दिदा बिहीबार दाङमा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट तुलसीपुर आउन लागेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षीय मञ्जित गुप्ता रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए । उनका अनुसार वस र चालक प्रहरी नियन्त्रणमा छन् । -अनलाइन खबरबाट ।
More

प्रधानमन्त्री भएलगत्तै आयो ओलीलाई मोदीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने मोदीलाई बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी मार्फत शुभकामना
More

मलिन देखियो ओलीको मुहार शपथग्रहणमा

काठमाडौं । एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे। ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनुहोला’, टेलिफोनमा देउवाले ओलीलाई भने। त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्वाङ देउवालाई कुरेर बसे। केहीबेरमा देउवा आए, राष्ट्रपतिलाई राजीनामा बुझाए र एमाले नेताहरूसँग भेट नहुँदै राष्ट्रपति कार्यालयबाट बाहिरिए। ‘देउवा पुग्नुभन्दा पहिल्यै हामीले प्रधानमन्त्रीका लागि दाबीपत्र पेस गरिसकेका थियौं’, एमाले नेता नेम्वाङले भने, ‘त्यहाँ देउवाजीसँग हाम्रो भेट भएन।’
More

माओवादी सरकारमा नजाने सङ्केत

काठमाडौं । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ। तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ। जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ गर्दै बताएका थिए। दाहालले एकतासहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताएका कारण सरकारमा उसको सहभागिता अन्योलमा परेको छ। त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने
More

‘छक्का पञ्जा २’ लण्डनमा, हेर्न छुट्ला नि

लण्डन । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ लन्डनमा रहेका दर्शकमाझ प्रदर्शन हुने भएको छ । आगामी आइतवार साँझ ह्यारो फुटबल कल्व हलमा भएको ‘छक्का पञ्जा २’ शोको तयारी गरिएको छ । बेलायतस्थित छक्का पञ्जा २’ चलचित्र प्रदर्शनका लागि आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुङका साथै नेप्लिज इन्टरटेनमेन्ट समूहमा वीरेन खड्का, अनिल मल्लको आयोजनामा बेलायतका दर्शकमाझ फिल्म प्रदर्शन गरिएको हो। यस अघि अल्डरशटको शो को अपार सफलता पछि लन्डनमा प्रदर्शन गर्न लगिएको हो । फिल्मकी निर्देशक निरौला तथा कलाकारहरु दीपकराज गिरी, बर्षा राउत, प्रियंका कार्की, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, स्वरुपपुरुष ढकाल, शिवहरि पौडेल, बुद्धि तामाङ, किरण केसी पनि मुख्य
More