Daily Archives 17th February 2018

स्थापना दिवस

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल नगरपालिकाको ३२औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा आकाश भैरब क्लवद्वारा नृत्य प्रदर्शन गर्दै । तस्वीर: पेमा लामा
More

प्याकेजमा सहमति भएपछि मात्र माओवादी सरकारमा : प्रचण्ड

बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताउनुभएको छ । आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एकचरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) महोत्तरी समितिले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति गराएर समाजवादतर्फ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आपूmहरुले गर्ने उहाँको भनाइ थियो ।
More

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, राजावादीद्वारा भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाह भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किका छन् । उनको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पूर्वराजा शाहलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे । विमानस्थल पुगेकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए । पुर्व राजा उडिशास्थित गोवर्धनमठ पुरीमा भएको शंकराचार्य निश्चलानन्द सरस्वती पिठाधिस भएको २५ बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सहभागि हुन माघ २२ गते भारत गएका थिए । सो क्रममा पूर्व राजा शाहले केही धार्मिक स्थलको भ्रमण समेत गरेका थिए । शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । भ्रमणका क्रममा पूर्व राजाले
More

यस साता शेयर बजारमा एक अर्बभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन एक हजार ४२४.९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार
More

डा पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

काठमाडौं । डाइबेटिज नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रको खोज तथा अनुसन्धानमा क्रियाशील डा मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’ आज प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा डा पाण्डेले बढ्दो शहरीकरण र विलासी जीवनका कारण पनि मधुमेहको समस्या विकराल बन्दै गएको हुँदा आहारविहारमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुमेहले शरीरका सबै अंगमा क्षति गर्ने भए पनि मिर्गौला, मुटु र हाड्डीमा छिटो नोक्सानी गर्ने जानकारी दिँदै यसलाई निर्मूल गर्न स्थानीय तहदेखि नै सचेतना अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो । डाइबेटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्योंले मुलुकमा करिब १० लाख मधुमेहको
More

धर्तिमाताको काखमा विमोचन

बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तिमाताको काखमा’ कवितासङ्ग्रहको शनिबार राजधानीमा विमोचन गर्दै वरिष्ठ साहित्यकार हरिहर अधिकारीलगायत । तस्वीर : अच्युत रेग्मी
More

बलात्कारपछि दाजुले गरे बहिनीको हत्या

राजविराज । सप्तरीमा एक दुई वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको १२ घन्टा नबित्दै अर्की बालिकाको पनि बलात्कारपछि हत्या भएको छ । सप्तरीको खडग नगरपालिका वडा नम्बर–९ की ११ वर्षीया पार्वतीकुमारी मण्डललाई शुक्रबार आफ्नै ठूलो बुवाको छोराले बलात्कारपछि हत्या गरेको हो । १८ वर्षीय राजदेव मण्डलले काकाकी छोरीलाई बलात्कारपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार (हिजो) दुई वर्षीया बालिकाको बलात्कारलगत्तै पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको थियो ।
More

मध्यरातमा काठमाडौंको लगनटोलमा आगलागी

काठमाडौं । काठमाडौंको लगनटोल स्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जितको घरमा आगो लागेको हो । आगलागीमा परेर सोही घरमा डेरा गरी बस्ने ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा प्रविण श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । मध्यराति रञ्जितको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट रञ्जितको घरका दुई वटा ग्यासका सिलिन्डर विस्फोट भएपछि नजिकैको
More

मुटु बचाउन योग, ध्यान र मन्त्र

काठमाडौं । महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका लागि जानकारी तथा अभ्यास, प्राकृतिक उपचार विधिद्वारा दीर्घ एवं साधारण मुटुरोगको रोकथाम तथा उपचार, मुटुका लागि मालिस, विशेष प्रकारको चिया एवं सल्लाह तथा परामर्श दिइएको छ । योगी श्रेष्ठ ४८ वर्षदेखि निरन्तर योग, ध्यान, प्राणायाम तथा अध्यात्म साधनामा समर्पित हुनुहुन्छ । शरीरसँग मन, मनसँग मस्तिष्क, मस्तिष्कसँग आत्मा र आत्मासँग परमात्मालाई जोड्ने कला सिकाएर
More

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिनुभयो । केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । यसअघि डा श्रेष्ठ र प्रा डा राकेश वर्माको टोलीले वीर अस्पतालमा ९९ मिर्गौला प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालन हुनुअघि वीर अस्पतालमा हाम्रै टोलीले ९९ वटा मिर्गौला प्रत्यारोपण गरेको थियो, भक्तपुरमा केन्द्र शुरु भएपछि
More

ओली–दाहाल वान टु वान वार्ता निष्कर्षविहीन

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक भोली बस्ने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा एकता संयोजक समितिको बैठक भोलि बोलाउने सहमति भएको हो । करिब पैतालिस मिनेट भएकोे ‘वान टु वान’ वार्तामा पार्टी एकताका लागि अडकिएका बिषयमामा दुई नेताबीच छलफल भएपनि ठोस सहमति भने जुटन नसकेको बताइएको छ । एकता संयोजन समितिको बैठकपछि सरकारमा माओवादीको सहभागितासँगै नयाँ बन्ने पार्टीमा माओवादीले पाउने स्थानको विषय टुंगो लाग्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले एकताको टुंगो नलागेसम्म प्रधानमन्त्रीलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताउँदै
More

पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदै

काठमाडौं । दुई साता लामो भारत भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदै छन् । भारतको उडिशामा भएको धार्मिक कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्कन लागेका हुन । उनी अपरान्ह तीन बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । पुर्व राजा उडिशास्थित गोवर्धनमठ पुरीमा भएको शंकराचार्य निश्चलानन्द सरस्वती पिठाधिस भएको २५ बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सहभागि हुन माघ बाइस गते भारत गएका थिए । सो क्रममा पूर्व राजा शाहले केही धार्मिक स्थलको भ्रमण समेत गरेका थिए । शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । भ्रमणका क्रममा पूर्व राजाले केही राजनीतिक भेटघाट समेत
More