Daily Archives 20th February 2018

मासु अभावमा ६४६ केएफसी बन्द

लन्डन । बेलायतमा कुखुराको मासु अभावमा केएफसी रेस्टुरेन्ट र यसका सयौं आउटलेट बन्द भएका छन् । त्यहाँ कम्पनीका ९ सयजति आउलेट्सहरू रहेकामा मंगलबार बिहान ११:२५ सम्म ६ सय ४६ वटा बन्द रहेको केएफसीको वेबसाइटमा उल्लेख छ । सोमबार ९ बजे रातिसम्ममा ५ सय ७५ वटा आउटलेट बन्द थिए । गत साता फ्राइड चिकेन चेनले आपूर्ति बन्द गरेपछि आउटलेट मासु अभावमा सञ्चालन गर्न समस्या भएको जनाइएको छ। चेनले डीएचएलसँग मासु आपूर्ति गर्नका लागि गरिएको करारले केही समस्या भएको भन्दै आपूर्ति ठप्प पारेको हो। केएफसीका एकजना प्रवक्ताले भने, ‘हामीले मंगलबार धेरैवटा आउटलेट खोल्यौं, अगामी दिनहरूमा २४ सै घन्टा खोल्ने गरी काम भइरहेको
More

एभ्रेष्ट एकाउन्टेन्सीको शाखा विस्तार

लण्डन । बर्मिघमस्थित एभ्रेष्ट एकाउन्टेन्सी फर्मले आफ्नो शाखा विस्तार गरेको छ । यसअघि वल्वामहाम्टनबाट सेवा शुरु गरेको सो कम्पनीले बर्मिघम क्षेत्रबाट नयाँ सेवा सुरु गरेको हो । सो सेवाको सोमवार हाम्रो नेपाली समाजका अध्यक्ष शीव खरेलले रिवन काटेर उद्धघाटन गरे । एकाउन्टेन्सी हरी सापकोटा, अनोज पौडेल, कृष्ण खड्कका, लिक्युट शाह मिलेर संचालन गरेका हुन् । फर्मले अध्यागमन, कर, सार्वजानकि भत्ता लगायतको क्षेत्रमा काम गर्ने वताएको छ । कार्यक्रममा त्यहाँस्थित नेपाली सामाजिक संघसँस्थाका प्रतिनिधी लगायत करिब दुई सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै खरेलले नेपाली व्यवसायी बढ्दैं गएकोमा खुशी व्यक्त गर्दै सफलताको लागि शुभकामना दिए ।
More

करण केसीलाई सांसद डा. पाठकले हस्तान्तर गरे ५० हजार रुपैँया

बागलुङ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भुमिका खेलेका बागलुङका करण केसीलाई सम्मान गरिएको छ । बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलमा नेपाललाई प्रवेश गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । खेल क्षेत्रमा केसीले पु¥याएको योगदानको कदर गर्दै बागलुङ नगरपालिकाको कार्यालयले नगद ५० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको हो । प्रतिनिधिसभाका सांसद डा.सुर्य पाठक, नगरपालिकाका मेयर जनकराज पौडेल, उपमेयर सुरेन्द्र खड्काले केसीलाई पचास हजार रुपैँयाको चेक हस्तान्तरण गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै केसीले आफु देशको लागि सधै इमान्दारीता, कडा मिहिनेत र
More

युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट ६ प्रतियोगी

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( ईनास) यूकेले लण्डनमा आयोजना गर्ने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतको अडिसन सम्पन्न भएको छ । शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् । नृत्यतर्फ नर्विटनकी काजोल गुरुङ, बर्कशायरका शुसन गुरुङ र प्लमस्टिडकी रक्षा सुनुवार क्रमश पहिलो, दोस्रो र तेस्रो हुंदै छनौटमा परेका छन् । गायनतर्फ म्यान्चेस्टरका निमान तामाङ, मिडलसेक्सबाट शुस्रुत तिमिल्सिना, प्लमस्टिडबाट रश्ना गुरुङ क्रमश पहिलो, दोस्रो तथा तेस्रो हुंदै चयन भएका छन् । उनीहरुले आउंदो अप्रिल २१ र २२ मा लन्डन मा हुन लागेको इनास युरोप स्तरीय छैठौं नृत्य र
More

पोखरेली मञ्च यूकेमा फेरि मान गुरुङ

लण्डन । पोखरेली मञ्च यूकेमा नयां कार्यसमिति चयन भएको छ । शनिबार रेडिङमा सम्पन्न तेस्रो अधिवेसनले यसअघिकै अध्यक्ष मान गुरुङकै नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा बाचस्पति रेग्मी, अम्बिका खड्का र करम गुरुङ उपाध्यक्ष चुनिएका छन् भने मोहन थापा महासचिव, पवित्र गुरुङ सचिव, कमल गुरुङ कोषाध्यक्ष र मधु शेरचन सहकोषाध्यक्ष चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा भुपेन्द्र गुरुङ, ललित गुरुङ, विनोद गुरुङ, शितल पुन, प्रकाश पुन, विनय गुरुङ, गोपी गुरुङ, राजकुमारी गुरुङ र शान्ति गुरुङ चयन भएका छन् । निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । निर्वाचन समितिमा गुरुङको संयोजकत्वमा भिम बानिया
More

बुद्ध जयन्तीमा लण्डनमा शान्ति र्याली आयोजना हुने

लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले हरेक वर्ष बुद्ध जयन्तीको अवसर पारेर लण्डनमा आयोजना गर्दै आएको विश्व शान्ति र्याली यस वर्ष पनि आयोजना हुने भएको छ । विगत ४ वर्षदेखि लगातार आयोजना हुंदै आएको शान्ति ¥याली यसपटक आउंदो मे महिनाको १९ तारिखमा तय भएको छ । लण्डनको विलविचस्थित मुलग्रेभ प्राईमरी स्कुलबाट सुरु हुने शान्ति पदयात्रा प्लमस्टिड हाई स्ट्रिटसम्म पुगेर फेरी त्यहि स्थलसम्म परिक्रमा गरेर समापन गरिने जानकारी ¥यालीका संयोजक सुमलकुमार गुरुङले बताएका छन् । सन २०१४ सालदेखि नेपालीहरूले सम्पन्न गर्दै आएको बृहत बुद्ध विश्व शान्ति ¥यालीमा ग्रिनविच बारोका काउन्सिलरहरू, बेलायतका लागि नेपाली राजदूत लगायत यस क्षेत्रका हजारौ नेपालीहरूको सहभागिता रहने
More

संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि अनलाइन प्लेटफर्म

लन्डन । तपाईं गीत संगीत, अभिनय, फोटोग्राफी, मोडलिङ, एक्रोब्याट्स वा अन्य यस्तै ८० भन्दा बढि विद्यामा करिअर बनाउन चाहनुहुन्छ ? खुबी छ तर अवसर नपाएर अन्यौल भइरहेको छ भने एउटा अनलाइन प्लेटफर्म सहयोगी बन्न सक्छ नवप्रतिभाहरुका लागि । संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि मन्च प्रदान गर्न खोलिएको हो उक्त वेवसाइट । प्रतिभाशाली युवाहरुलाई व्यवसायिक करिअरमा साथ दिन बनाइएको छ सोसियल इ प्लेटफर्म भिप्जी डट कम । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र हयाप्पी डेजका एकजना निर्माता डा. अशोक बन्सालसहितको एक समूहले उक्त वेवसाइट ‘क्रियट’ गरि प्रतिभावान व्यक्तिहरुलाई निशुल्क अवसर प्रदान गरेको हो । नेपाली समुदायसंग समेत निकट रहेका सफल व्यवसायी बन्साल
More

‘उल्झन’ को रेड कार्पेट शो मार्च १८ मा

लण्डन । बेलायतमा बस्दै आएका नायक ध्रुव दत्तको नयां चलचित्र ‘उल्झन’ बेलायतमा प्रदर्शन हुने भएको छ । आउंदो मार्च महिनाको १८ तारिख आइतबार अल्डरसटमा ‘उल्झन’को रेड कार्पेट शो हुने भएको छ भने त्यसपछि बेलायतका अन्य क्षेत्रमा समेत चलचित्र प्रदर्शन गरिने भएको छ । रेड कार्पेट शो अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । सांझ ६ बजेदेखि चलचित्रको प्रदर्शनी सुरु गरिने र ५ बजेदेखि हलको ढोका खुला गरिने बताइएको छ । चलचित्र हेर्न १० पाउण्डको टिकट लाग्नेछ । त्यस्तै मार्च २५ आइतबारका दिन लण्डनको ह्यारो बरो फुटबल क्लबमा उल्झनका दुई वटा शो गरिने भएको छ । दिउंसो २ बजे र सांझ ५ बजेको
More

एक वर्षभित्र काठमाडौँलाई मास्कमुक्त गर्नेछु : वातावरण मन्त्री पण्डित

काठमाडौं । वायु प्रदूषण र यसबाट सिर्जित समस्याको समाधानका लागि तत्काल ठोस कदम चाल्न तथा विकास र वातावरणलाई सँगसँगै लैजान सरकारसँग माग गरिएको छ । स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलले आज जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसमक्ष अपिलपत्र बुझाउँदै काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको कार्यान्वयन गर्न आग्रह गरेको छ । अपिलपत्रमा सडक निर्माण-विस्तारलाई व्यवस्थित नगरिनु, सडक व्यवस्थापनको सट्टा विस्तारमा मात्र जोड दिनु र वातावरणमैत्री सवारीसाधनलाई निरुत्साहित गरिनुले काठमाडौँलगायत शहरी क्षेत्रको वातावरणीय प्रदूषणको समस्या विकराल बन्दै गएको उल्लेख छ । सो अवसरमा मन्त्री पण्डितले विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाउँदै प्रयोगलाई निरुत्साहित गर्न आफूले पहल गर्ने
More

पशुपतिमा सन्ध्या आरती

काठमाडौँको पशुपतिनाथ मन्दिर अगाडि सन्ध्या आरती हुँदै । पशुपतिमा सन्ध्या आरतीको दर्शन गर्न दिनहूँ भक्तजनको भीड लाग्ने गर्दछ । तस्वीर: नवीन पौडेल
More

नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

रत्ननगर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।” वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै “हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ”, भन्नुभयो । अब काँग्रेस संगठित हुने सम्भावना बढिरहेको बताउँदै उहाँले यो एकताले पनि काँग्रेसलाई तपाईंहरु आफ्नो पार्टीलाई ठीक गर्नुस् भन्ने सन्देश दिएको छ भन्नुभयो । महामन्त्री डा कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी
More

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौं । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो । उहाँले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताउनुभयो । कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा
More

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

काठमाडौं । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ । आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको छ
More

छ स्थान निषेधित क्षेत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिप्रकाले आज जारी गरेको सूचनामा उल्लेख छ । राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा
More

टर्कीमा नेपाली अपहृत घटनामा एक पक्राउ

काठमाडौं । प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु छ लाख ५० हजारका दरले रकम लिई पठाएको केही समयपछि पीडितहरु टर्कीमा अपहरणमा परी १३ हजार अमेरिकी डलर फिरौती रकम बुझाई केही दिनअघि मात्रै नेपाल फर्किएका थिए । नेपाल फर्किएपश्चात् पीडितहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको जाहेरीका आधारमा पञ्जियारलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टर्कीमा
More

राष्ट्रपति भण्डारीविरुद्ध डा. आरजु देउवाको खेद

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले राष्ट्रपति खेद प्रकरण गरेकी छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै उनले खेद प्रकट गरेकी हुन् । फेसबुक र टुइटरमा स्टाटस लेख्द डा. आरजुले भनेकी छन्, ‘नेपालको संविधान अनुसार आलङ्कारिक रहनुपर्ने महामहिम राष्ट्रपतिज्यूबाटै संविधानको घोर उल्लंघन भएको छ । शेरबहादुर देउवाले सरकारको पालामा गरिएको राष्ट्रिय सभाका ३ जना सदस्यहरुको नियुक्ति सिफारिसलाई राष्ट्रपतिज्यूले पर्याप्त समय हुँदा हुँदै पनि अनुमोदन नगरी त्यसपछि गठन भएको सरकारले गरेको नितान्त फरक व्यक्तिहरुको सिफारिस चाहिँ तुरुन्तै अनुमोदन गर्नुले गरिमामय संविधानको उल्लंघन भएको हो । यस्तो कदमले राष्ट्रपति जस्तो मुलुकै अभिभावकको रुपमा तटस्थ रहनुपर्ने पदलाई विवादित र
More

पोखरामा बम विस्फोट : पत्रकार र सुरक्षाकर्मी घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा आज १२ बजेको समयमा भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् । पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री घाइते हुनु भएको हो । विस्फोटनमा घाइते पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ भने प्रहरी जवान खत्रीको पनि दाहिने घाँटीमा चोट लागेको छ । गण्डकी मेडिकल कलेजमा उपचार भइरहेका दुवै जनाको अवस्था सामान्य रहेको अस्पताल जनाएको छ । त्यसैगरी, पोखरा लेखनाथ–७ नागढुङ्गामा आज बिहानै फेला
More

राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएकोमा काँग्रेसको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काँग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सरकारले बिना तर्क राष्ट्रियसभा सदस्यमा नयाँ नाम पठाएकोप्रति काँग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता शर्माले यसअघिका निर्णय उल्ट्याउँदै सरकारले गरेको निर्णयले आगामी दिनमा सत्ता र प्रतिपक्षबीच दुरी बढ्ने चिन्ता व्यक्त गर्नुभयो । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो । काँग्रेसले अघिल्लो सरकारले संविधान
More

महामन्त्री कोईरालाद्वारा अध्यक्ष दाहाललाई बधाई

चितवनको भरतपुर विमानस्थलमा मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकीकरणको सहमतिपछि बधाई दिनुहुँदै काँग्रेसका महामन्त्री शशाँक कोईराला । तस्वीर : नारायण ढुंगाना
More

मन्त्रिमण्डलले भोलि बुधबार पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार मन्त्रिमण्डल विस्तार गर्नु हुने भएको छ । नेकपा एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिनुभयो । सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ, अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।’ नेता
More