Daily Archives 21st February 2018

सिन्धुलीगढी जिर्णोद्धार तथा पुनर्निमाण गुरुयोजनाको नयाँ कार्यदल गठन

लन्डन। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषदको सिन्धुलीगढी जिर्णोद्धार तथा पुनर्निमाण गुरुयोजनाको नयाँ कार्यदल गठन गरिएको छ। कार्यदलको संयोजक तथा संघका सचिब डी. बी. क्षेत्रीले सो समितिलाई पूर्णता दिएका हुन। कार्यदलको सल्लाहकारहरुमा रामप्रताप थापा, युवराज गुरुङ, जानकी गुरुङ रहेका छन् । स्थानीय समितिमा मनोज जंग थापा, महेश्वर दहाल, कमल जंग राई, उज्वल बराल, र रतेन्द्र क्षेत्री रहेका छन् । कार्यदल अमेरिकाः रबिन्द्र अधिकारी – क्षेत्रीय संयोजक बन्दना कोइराला (युएसए) सुरेश पोखरेल (युएसए) मन पौडेल (क्यानडा) युरोपः जयप्रकाश गुरुङ – क्षेत्रीय संयोजक कर्ण शाही (बेलायत) गोविन्द साप्कोटा (पोर्चुगल) मुक्त गुरुङ (स्पेन) सन्तोष श्रेष्ठ (स्पेन) मध्यपूर्वः मनोज श्रेष्ठ – क्षेत्रीय संयोजक ठाकुर प्रसाद
More

पत्रकार कुट्ने एनआरएनए अध्यक्षद्वारा नैतिक जिम्मेवारी लिदै राजीनामा

काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आससीसीमाथि अन्तर्राष्ट्रिय दबाब परेको थियो । घटनामा आफ्नो गल्ती भएको भन्दै तामाङले पदबाट राजीनामा दिएका छन् । घटनाको आफूले नैतिक जिम्मेवारी लिने तामाङले बताए । कुवेतस्थित नेपाली समाजका अगुवाले न्यौपाने र तामाङ पक्षवीच मंगलबार नेपाली दूतावासमा सहमति गराएका छन् । नेपाली समुदायको अनुरोधअनुसार मिलापत्र गरेको अध्यक्ष न्यौपानेले बताए । कुवेतमा घरेलु महिला कामदार ल्याउने
More

म प्राग्म्याटिक मान्छे हुँ, काम गरेर देखाउने छु

अमेरिकामा नेपाली विद्यार्थीको संख्या ४८ हजार रहेको अनुमान छ । यहाँका विद्यार्थीलाइ संगठित गर्दै उनिहरुले सिकेका सिप नेपालको हितमा प्रवर्धन गर्ने उदेश्यले नेपाल विद्यार्थी संघले अमेरिका शाखा स्थापना गरिसकेको छ । प्रस्तुत छ नेपाल विद्यार्थी संघ, अमेरिकाका नवनियुक्त संयोजक, प्रभात राज सापकोटासंग गरिएको कुराकानी  ।   तपाइलाइ हालै नेपाल विद्यार्थी संघ, अमेरिकाको संयोजक नियुक्त गरिएको छ, यो किन जरुरि भयो ? नेपालबाट आएर अमेरिकाका विभिन्न राज्यका विश्विविद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरुको विचमा एकता कायम गरि, एकआपसमा अवसरहरु र आइडियाहरुको आदनप्रदान गर्नुका साथै हामीले यहाँ सिकेको सीपलाइ नेपालको हितमा कसरि उपयोग गर्न सकिन्छ भन्ने सम्भावनाको खोजी गर्ने उदेश्यले मलाइ यो जिम्मेवारि प्रदान गरिएको
More

नाइजेरियामा एक नेपालीको मृत्यु

नाइजेरिया । नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड, स्टिल कारखानामा काम गर्ने एक जना नेपालीको मृत्यु भएको छ । नवलपरासी फटकी टोला, गुठी पर्सौनी ९ का उनेशराम चमारको कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटना फेब्रुअरी १५ मा भएको हो । उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु भइसकेको र यस सम्बन्धमा कम्पनी र नेपाल दूतावस इजिप्टसँग सम्पर्क भइरहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले बताए । स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेका र अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जानकारी कम्पनीले दिएको छ ।
More

साहारा यूके टिम आहा रारा गोल्डकप सम्पन्न गरी यूके आइपुग्यो

लण्डन। साहारा यूकेका अध्यष मीनबहादुर गुरुङ (साइला) को नेतृत्वमा गएको टोली १६ औं आहा रारा गोल्ड कप सम्पन्न गर्नुको साथै सिन्धुपाल्चोकस्थित हाइबुङ माध्यमिक विद्यालय र कास्कीस्थित सिदिङमा रहेको स्वस्वती प्राथमिक विद्यालय पुननिर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको छ । पोखरामा हुने आहा रारा गोल्डकप प्रत्येक वर्ष साहारा यूकेको सहभागितामा हुने गरेको छ । यस वर्ष पनि साहारा यूकेबाट भन्डै ५० जनाको सहभागिता रहेको थियो । जसले गर्दा कार्यक्रममा थप रौनक र आकर्षण थपिएको थियो । खेलको अवधिभर प्रत्येक दिन वितरण गरिने म्यान अफ द म्याच ट्रफी, नगद पाँच हजार र फाइनलमा विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी मेडल र पाँच
More

जन्म मितिबारे डा. केसीको स्पष्टिकरण

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र योग्यताबारे प्रश्न उठाएका डा। गोविन्द केसीकै तीनथरि जन्ममिति रहेको आरोप लागेपछि उनले यसबारे स्पष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् । डा. केसीले आफ्नो नागरीकता एवं शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि सम्पूर्ण आफ्ना सक्कल प्रमाणपत्रसहित पत्रकार सम्मेलन गरी सार्वजनीक गरेका छन् । केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए । डा. केसीका समर्थकहरु ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ ?’ लगायत नारा लेखेका प्लेकार्ड बोकी उपस्थित भएका थिए ।
More

प्रहरी इन्काउन्टर : पछिल्लो चार बर्षमा ६ मुठभेड, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो ४ वर्षमा प्रहरीसँग गुन्डा नाइकेको ६ वटा इन्काउन्टर भयो । त्यसमा ५ जनाको मृत्यु भएको छ भने गत माघ १३ गते डिल्लीबजार सदरखोरबाट भागेका टिकाबहादुर मगर भने बाँच्न सफल भएका छन् । २०७१ साल साउन २१ गते दिनेश अधिकारी चरीलाई काठमाडौंको भीमढुंगामा प्रहरीले इन्काउन्टरमा निशाना बनाएपछि सुरु भएको यात्रा २०७२ साल भदौ ३ गते कुमार श्रेष्ठ घैटीलाई सामाखुशीमा ढाल्यो । त्यस्तै काठमाडौंको बबरमहलमा २०७३ साल साउन ९ गते जसवन्त राईलाई इन्काउन्टरमा मा-यो भने २३ गते प्रवीण खत्रीलाई ललितपुरको कुसन्तीमा प्रहरीले इन्काउन्टरको शिकार बनाएको थियो । माघ १३ गते जेलबाट भागेका टीकाबहादुर मगर भने चितवनको रामनगरमा भएको इन्काउन्टरमा
More

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

काठमाडौं । नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन् । पार्टीका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेनलन गरी आलंकारिक भूमिकामा रहनुपर्ने राष्ट्रपतिले आफ्नो भूमिकालाई बेवास्ता गर्दै सरकारपिच्छे फरकफरक व्यवहार गर्न खोजेको आरोप लगाएका हुन् । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिसलाई बेवास्ता गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गर्नुभयो । नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधानबमोजिम नै राष्ट्रियसभा सदस्यमा तीन जनाको
More

विदेशबाट फर्किएर अलैँची खेती

तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान चन्द्र जोगीले वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक रुपमा गरेको अलैँची खेती देखाउँदै । २४ रोपनी जग्गामा अलैँची खेती गरेर मनग्य आम्दानी गरेको किसान बताउँछन । तस्वीर : प्रकाश धौलाकोटी
More

राष्ट्रपति भण्डारीलाई तरुण दलले संविधान उपहार दिने !

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीलाई नेपालको संविधान उपहार दिने भएको छ । राष्ट्रिय सभा सदस्य सिफारिसमा राष्ट्रपतिको कदमलाई असंबैधानिक भएको भन्दै ब्यङ्गयात्मक रुपमा राष्ट्रपतिलाई संविधान उपहार दिन लागिएको तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले जानकारी दिए । तीन जना सदस्य सिफारिसका सन्दर्भमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई अध्ययनको नाममा लत्याएर वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिसलाई तत्काल कार्यान्वयनका लागि निर्णय गर्ने राष्ट्रपतिको कदम विरुद्ध आन्दोलित हुँदै संविधान उपहार दिन लागिएको हो । राष्ट्रिय सभा सदस्य सिफारिस सम्बन्धि नेपाल सरकारको निर्णय तथा सिफारिसलाई वेवास्ता गरी मिति २०७४ वैशाख ८
More

ब्रसेल्समा प्रजातन्त्र दिवस

काठमाडौं । बेल्जियमको राजधानी ब्रसेल्समा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा बेनेलक्सका लागि नेपालका राजदूत लोकबहादुर थापाले व्यापार, लगानी, पर्यटन, प्रवद्र्धन र सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको छवि अभिवृद्धि गर्न आफू क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय संयोजन समितिका अध्यक्ष जानकी गुरुङ र गैरआवासीय संघ नेपालका अध्यक्ष लोक दाहालले लोकतान्त्रिक पद्धतिबाट हालै निर्वाचित नेपाल सरकारले जनताका आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरेको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।
More

मलेसिलयामा श्रमिक सचेतना

काठमाडौं । नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाली कामदारले उद्धार, क्षतिपूर्ति तथा श्रमिकको अकाल मृत्युको कारण र अपनाउनुपर्ने सावधानीबारे सरकारी अधिकारीसँग जिज्ञासा राखेको दूतावासले आज जनाएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका कावा राजदूत सुधीर भट्टराईले नेपाली श्रमिकलाई आतिथेय मुलुकको कानूनको बर्खिलाफ हुने गरी गतिविधि नगर्न आग्रह
More

सबैले गृहमन्त्री ताकेपछि प्रचण्ड अप्ठ्यारोमा

काठमाडौं । माओवादी केन्द्रबाट सांसद बनेका दोस्रो तहका नेताले गृहमन्त्रालय ताकेपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अप्ठ्यारोमा परेको बताइन्छ । रामबहादुर थापा (बादल), जनार्दन शर्मा र वर्षमान पुनले गृहमन्त्रालय ताकेपछि प्रचण्डलाई सन्तुलन मिलाउन अप्ठ्यारो परेको हो । रामबहादुर थापा (बादल) लाई उपप्रधानमन्त्री बनाएर माओवादी टोलीको नेतृत्व गर्ने कुरामा कुनै विवाद नरहे पनि उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको भागमा पर्ने मन्त्रालय छुट्याइसकेपछि बादललाई उपसहित एउटा मन्त्रालय दिने भन्ने टुंगोमा पुग्ने बताइन्छ । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए । बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा
More

भोलिलाई बोलायो कांग्रेसले केन्द्रीय कार्य सम्पादन बैठक

काठमाडौं । नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ । दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाएका छन् ।
More

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा । चालु आर्थिक वर्ष २०७४-७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३-७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब
More

तातोपानी नाका जोड्ने बेलिब्रिज निर्माण गर्दागर्दै भाँचियो

सिन्धुपाल्चोक : गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको प्रयास भइरहेका बेला बेलिब्रिज भाँचएिको हो । बेलिब्रिज बनेपछि तातोपानी नाका खुलाउने प्रयास भएको भए पनि पुल भाँचिएपछि तातोपानी नाका सञ्चालनमा फेरि ढिलाई हुने भएको छ । भदौदेखि सुरु गरिएको ५० मिटर लामो बेलिब्रिज केही दिनमै निर्माण सम्पन्न हुने चरणमा थियो । निर्माणका क्रममा कमजोर फाउण्डेसन बनाएकाले
More

हतियारसहित नेपाल पसेका तीन भारतीय पक्राउ

रौतहट । अबैध हतियारसहित तीन जना भारतीय नागरिकलाई रौतहट प्रहरीले गौरको एक होटलबाट पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको छ । गौर नगरपालिका-२ स्थित मुन्ना होटलबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिएका प्रहरीले भारत बिहार राज्य मुजफ्फरपुर जिल्ला हरसेर ग्रामपञ्चायत-१ कोदरियाका २८ वर्षीय मदन कुशवाहा, सोही जिल्ला घोसउत ग्रामपञ्चायत-१ स्वर्ण माधोपुरका २७ वर्षीय दिनेशप्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत-२ गदाईका २१ वर्षीय अजयप्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट दुई थान हतियार र तीन थान एसएलआरको गोली बरामद भएको थियो । होटलमा बसेर अपराधिक घटनाको योजना बनाइरहेको
More

मध्यरातमा भुकम्पको धक्का

२०७२ सालको महाभुकम्पपछि निरन्तर रुपमा पराकम्प आउने क्रम अझै रोकिएको छैन । आज राति २ वजेर १२ मिनेट जाँदा काठमाण्डौको डल्लु केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भुकम्प गएको हो । तर यो पराकम्प नभएर छुट्टै कम्पन भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
More

अस्पतालमा बच्चा साटिएपछि अस्पतालको अवस्था तनावग्रस्त

काठमाडौं । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त बनेको छ । वीरगन्ज महानगरपालिका–२६ की सुनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । ‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौं,’ सुनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’ कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो । ‘नाति जन्मेको खबर सबै आफन्तलाई फोनमार्फत सुनाइसकेको थिएँ,’ उनले भने, ‘ईरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान दिएको थिएँ,’ कुर्मीले भने । बच्चा साटिएको भन्दै आफन्तले गरेको
More

फरार अभियुक्त कतारमा पक्राउ

काठमाडौँ । नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त कतारमा पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरिएका ‘सिरियल किलर’ सकिल हुसेनलाई कतार प्रहरीले पक्राउ गरेको हो। हुसेनले २०६४ देखि ०७० बीच मात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हत्याका अरू थुप्रै घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ। टिकुलिया-७ सप्तरी घर भएका सकिल ४ वर्षअघि कतार पुगेका थिए। नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरेपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो। सकिलले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै
More