Daily Archives 23rd February 2018

टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार होमप्रसाद लम्साल । टेक्सास – अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ। तीन बर्षअघिको शक्तिशाली भूकम्पको कारण अमेरिकामा बसोबास एवम् कामकाजका लागि कानूनी हैसियत नभएका आप्रवासी एवम् विद्यार्थीलाई अध्यागमन सम्बन्धी दिइएको अस्थायी संरक्षणको व्यवस्था(टीपीएस)नविकरणको दिन नजिकिदै गर्दा अन्यौल बढ्दै गएको छ। गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशी र आईसिसी सल्लाहकार हरिबोल भण्डारीसहितको टोलीले परराष्ट्र सचिव शंकर बैरागीलाई भेटमा मन्त्रालयको धारणा सार्वजनिक भएसंगै टिपिएसको भविश्य पनि अन्यौलमा परेको हो। परराष्ट्र सचिव बैरागीलाई अमेरिकामा बस्ने नेपालीको लागि तत्काल टिपिएस नविकरणका लागि पहल गर्न आग्रह
More

भयावह तरीकाले समाचार प्रस्तुत गर्न नहुने

काठमाडौं । विज्ञले प्राकृतिक प्रकोप र युद्धका समयमा नागरिकलाई भयावह हुने तरीकाले सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । मुगुल मिडियाद्वारा आज आयोजित ‘गोरखा भूकम्पबाट सिकाइ र मिडियाको तयारी’ विषयको गोष्ठीमा युद्ध र विपद्का समयमा नागरिकमा निराशा छाउने काम मिडियाले गर्न नहुनेमा जोड दिइयो । पत्रकार श्रीरामसिंह बस्नेतले ‘नेपालमा विपद् समाचार संकलन’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै भूकम्प, डुबान, बाढीपहिरोजस्ता विपद्का समाचार लेख्दा र प्रकाशन गर्दा नागरिक हतास हुने, भयावह बनाउने, आतंक सिर्जना गर्ने खालको प्रस्तुति गर्न नहुने बताउनुभयो । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का व्यवस्थापक खड्ग सेन ओलीले ‘गोरखा भूकम्पको व्यवस्थापन र मिडिया’ विषयको कार्यपत्र प्रस्तुत गर्दै
More

मधेश केन्द्रित दललाई सरकारमा ल्याउन पहल जारी

काठमाडौं । वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ । एमाले नतृत्वले बुधबार समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको थियो उक्त छलफल निकै सकारात्मक बनेपछि मधेश केन्द्रित दलले उठाएका सवाललाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल जारी छ । आफ्नो मुख्य मुद्दा संविधान संशोधनको सुनिश्चितता भए सरकारमा जाने संकेत दिएको समाजवादी फोरमलाई सहभागिता गराउन सरकारले पनि लचकता अपनाई छलफल लम्ब्याएको छ
More

आइतबार सरकार विस्तार हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गर्नुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार विस्तारका विषयमा नेकपा(एमाले)सँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेले पनि मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ । माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ ।” सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएपनि तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको उहाँको भनाइ थियो । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको बताइए पनि
More

पिङमा मच्चिदै नगरप्रमुख

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोे प्रसिद्ध धार्मिक क्षेत्र मुडकामा शुक्रबार फलामको पिङमा मच्चिदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर । धार्मिक मान्यता अनुसार यस धार्मिक क्षेत्रको पिङमा मच्चिएमा मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
More

अन्तर माबि छात्र भलिवलको उपाधि प्याराडाईजलाई

गुन्जनगर । भरतपुर महानगरपालिका वडा नं. १८ स्थित गुञ्जनगर माध्यामिक बिद्यालयले स्वर्ण महोत्सवको सन्र्दभमा आयोजना गरेको अन्तर मा.बी. छात्र भलीबल प्रतियोगीताको आज समापन गरिएको छ । भलिबल प्रतियोगिताको उपाधि प्याराडाइस इन्गिलिस बोर्डिङ स्कुलले हात पारेको छ । प्याराडाइस इन्गिलिस बोर्डिङ स्कुलले ३-१ के सेटमा भिमनगर माविलाई हराएको हो । भिमनगर माविले शाझापुर मा.बीलाई हराएर फाइनलमा स्थान बनाएको थियो भने प्याराडाइस इन्गिलिस बोर्डिङ स्कुलले अन्नपुर्ण माविलाई हराएको स्वर्ण महोत्सव को अ तिरिक्त कार्यक्रम संयोजक चिरन्जीवी पोखरेलले जानकारी दिए ।अन्तर मा.बी. छात्र भलीबल प्रतियोगीतामा पश्चिम चितवनका निजी तथा सरकारी १४ वटा बिध्यालयहरुको सहभागिता रहेको पोखरेलले बताए । प्रतियोगिताको ब’धवार कार्यक्रमका प्रमुख अतिथी
More

परिवर्तनकामी समुदाय खुसी छन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको राजनीतिक इतिहासमा रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेको इतिहास छ । ठूला पार्टीबीचको एकता प्रक्रिया आम जनताले अनुमोदन गरेको भए पनि परिवर्तन नचाहने प्रवृत्तिलाई मन परेको छैन ।” रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बृहद् बहस सिर्जना गरेको र परिवर्तनकामी समुदायमा खुसीको सञ्चार गरेको बताउनुभयो । फरकफरक राजनीतिक दृष्टिकोणका साथ
More

अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाउनुभएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताउनुभएको छ । अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताउनुभएको छ ।
More

लडेर महिलाको मृत्यु

भोजपुर : भोजपुर नगरपालिका-९ हातीगौडामा एक महिलाको लडेर ज्यान गएको छ।स्थानीय ४८ वर्षीया तुलमाया तामाङको बिहीबार राति ग्वालीबाट लडेर मृत्यु भएको हो। बिहीबार साँझ करिब ७ बजे पानी पर्न थालेपछि घर नजिकै रहेको ग्वालीमा पराल राख्न जाँदा तामाङ लडेपछि जिल्ला अस्पताल भोजपुर लैँजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। तामाङको शव पोष्टमार्टम गरी उनको परिवारलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।
More

बस र ट्रक ठोक्किदा ३० घाइते, तीन जना गम्भीर

बुटवल । नवलपरासीमा भारतीय ट्रक र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ३० जना घाइते भएका छन् । घाइते मध्ये तीन जना गम्भीर छन् । सुनवल नगरपालिका-१२ हरकट्टामा शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो । काठमाडौंबाट बुटवल आउँदै गरेको लु२ख १६०५ नम्बरको यात्रुबाहक बसको टायर पड्केर बिपरीत दिशाबाट गुडिरहेको यु.पी.८३ ए.टी.३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइतेहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल र जेनस अस्पिटलमा उपचार भइहरेको छ । अन्य समान्य घाइतेहरुको सामुदायिक अस्पताल भुमहिमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । दुर्घटनामा परेका दुईवटै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि
More