Daily Archives 26th February 2018

‘मेरो मुटु’ भन्दै गोदाबारीमा निराजन–सोना

काठमाडौं । पछिल्लो समयका व्यस्त मोडल निराजन प्रधान र मोडल सोना लिम्बू पालुङ्वा शनिबार गोदाबारीस्थित ‘गोदावारी भिलेज रिसोर्ट’मा सँगै देखिए । जहाँ उनीहरु मुटुका कुरा गर्दैथिए । सोना आफ्नो मुटु दिने कुरा गरिरहँदा निराजन घुर्किन्थे । प्रशंग म्युजिक भिडियो छायांकनको हो, जहाँ गायिका प्रकृति थलङको ‘मेरो मुटु…’ बोलको ‘लभसङ’ छायांकन हुँदैथियो । भिडियोमा निराजन र सोनाको प्रेमभावलाई उतार्दै थिए, पत्रकार तथा निर्देशक एमपी सुब्बा । स्लोपप ‘मेरो मुटु…’ को भिडियोलाई क्यामेरामा कैद गर्ने काम फोटो पत्रकार तथा भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङले गरेका छन् । भिडियो छायांकन सकिएपछि निर्देशक सुब्बाले भिडियो सोचेजस्तै बनेको बताए । उनका अनुसार भिडियोमा केटाप्रति
More

गणेश थापालाई नेपाली फुटबलको चिन्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाको चुनावमा कर्माछिरिङ शेर्पामा बिजय प्राप्त गरेको खण्डमा नेपाली फुटबलमा सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण अवस्था आउने दाबी गरेका छन् । भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा) बाट प्रतिबन्ध भोगिरहेका थापाले आफुलाई नेपाली फुटबलको बारेमा बोल्ने अधिकार कसैले रोक्न नसक्ने पनि प्रष्ट पारेका छन् । सोमबार राजधानीमा फरक उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलन गणेश थापाले फिफाले आफुलाई फुटबलमा प्रतिबन्ध लगाएको तर नेपाली फुटबलका बारेमा बोल्न प्रतिबन्ध नलगाएको जिकिर गरे । आफु पनि स्वर्ण पदक बिजेता खेलाडी भएको उल्लेख गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण ३५ बर्ष खर्चेको नेपाली फुटबलमा को आउँदा राम्रो हुन्छ
More

बादलः मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ । बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुग्नुभएको छ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को सहकार्य र पार्टी एकताको समेत सेतुका रुपमा परिचित थापा राजनीतिक रुपमा इमान्दार र पार्टी राजनीतिमा सधैँ संगठन विभागको नेतृत्वमा रहँदै आउनुभयो । जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उहाँलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको
More

रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले आदेश दिएको छ । टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो । बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । चौधरीले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका थिए । तर, न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने बताएको छ । आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का
More

स्वेच्छिक अवकासका लागि कर्मचारीको लाइन

काठमाडौं । करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जनाकारी दिनुभयो । मन्त्रालयले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरेर समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि दरखास्त आह्वान गरेको थियो । पैंतालीस दिनको समयसीमा राखेर स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई निवेदन दिन आग्रह गरिएको थियो । त्यसै अनुसार कर्मचारीले निवेदन दिएका हुन् । गत पुस २९ देखि फागुन १३ गतेसम्म
More

अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर । भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेको महानगरीय प्रहरी
More

टर्कीका १६ महिलालाई इराकमा मृत्युदण्ड

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताउनुभएको छ । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् । ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो । ती १६ महिलामध्ये चार जनाको स–साना
More

उत्कृष्ट विद्यार्थी पुरस्कृत

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर सोमबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३८औँ वार्षिकोत्सव समारोहमा क्याम्पसबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रालाई पुरस्कार वितरण गर्दै । तस्बिर सौजन्यः डिल्लीबजार कन्या बहुमुखी क्याम्पस
More

अपुरो मन्त्रिमण्डल विस्तार, सन्तुलन मिलाउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । एमालेले र माओवादीका २–२ मन्त्री थपेर प्रधानमन्त्री केपी शर्मा ओलीले अपुरो मन्त्रिमण्डल विस्तार गरेका छन् । पार्टीका शीर्ष नेतालाई भाग पु-याउन नसक्दा मन्त्रिमण्डल विस्तार अपुरो भएको बताइन्छ । प्रधानमन्त्री ओलीले झलनाथ खनाल र माधवकुमार नेपाल मात्र होइन, जातीयता र क्षेत्रीयता समेत सन्तुलन गर्नुपर्ने भएकाले मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको बताइन्छ । यता, माओवादीमा पनि दोस्रो तहका नेतालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने कुरो टुगोमा पुग्न नसकेकाले २ जना मन्त्रीले मात्र सपथ लिएका छन् । आजको मन्त्रिपरिषद विस्तारसँगै मन्त्रिपरिषद सात सदस्यी बनेको छ । एमालेका लालबाबु पण्डित र थममाया थापाले प्रधानमन्त्रीसँगै सपथ लिएका थिए । पछिल्लो पटक सरकारले गरेको निर्णय
More

काठमाडौँमा भारतीय रेल आउनुपर्छ

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारतका संयोजक कोस्यारीले भन्नुभयो, “प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि हो ।” उहाँले संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोप्रति खुशी व्यक्त गर्नुभयो । नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै उहाँले भन्नुभयो, “भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनी
More