Daily Archives 2nd March 2018

अमेरिका पठाउँछु भन्दै ठग्ने पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै रु २६ लाख ठगी गरेको आरोपमा ४१ वर्षीय छविलाल चौधरी र ४६ वर्षीय सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको छ । अभियुक्त दुवैको स्थायी घर दाङ भई हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका छन् । अमेरिका जानका लागि पीडितलाई विभिन्न मितिमा फ्लाइट गराइदिन्छु भनी सम्पर्कविहीन उनीहरुलाई सात जनाको उजुरीका आधारमा पक्राउ गरी आजै महाशाखामा पठाइएको प्रहरीले जनाएको छ ।
More

संसदीय दलको नेतामा देउवालाई सिंहको चुनौति

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता निर्वाचन गर्न तालिका सार्वजनिक गरेको छ । पार्टी महामन्त्री डा शशांक कोइरालाले फागुन १६ गते टोखास्थित आफ्नो निवासमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गर्नुभएको दिवा खाना कार्यक्रममा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने बताउनुभएको थियो । काँग्रेसमा यतिखेर दलको नेताका लागि सभापति देउवाले संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उम्मेदवारी दिने चर्चा शुरु भएको छ । यद्यपि पार्टीका मध्यमार्गी नेताहरु भने निर्वाचनमा पार्टीले
More

उपत्यकामा मेघगर्जनसहित वर्षा

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा आज साँझ मेघगर्जनसहित वर्षा भएको छ । स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी बताससहित वर्षा भइरहेको छ । स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्वमनसुनको याम पनि भएकाले यस्तो
More

ढिलोमा चैत पहिलो सातासम्ममा पार्टी एकता : अध्यक्ष प्रचण्ड

अछाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताउनुभयो । स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उहाँले अब
More

तोला चढेको सिक्का धामलाई, चामल वृद्धाश्रमलाई

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीका हरिराम पौडेलले आमा चन्द्रकला पाध्याको ८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धाम निर्माणार्थ र चामल वृद्धाश्रमलाई सहयोग गर्नुहुने भएको छ । पौडेलले आमा तोला चढ्ने क्रममा पुगेको ४७ किलोग्राम सिक्का पोखरा लेखनाथ महानगरपालिका–२९ स्थित नर्मदेश्वर मोक्षाश्रम धाम, मदौरुकुना र ५० किलोग्राम चामल पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई प्रदान गर्न लाग्नुभएको हो । चौरासी वर्षको पूजाकै अवसरमा हरिराम पौडेल र उहाँकी धर्मपत्नी लीलादेवी पौडेलद्वारा आमा चन्द्रकला पाध्याको सम्मान र बुबा स्व गिरिधारी पाध्याको स्मृतिमा पोखरा लेखनाथ ३३ पानीट्यांकीमा निर्मित चन्द्रगिरि प्रतिक्षालयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत बिहीबार उद्घाटन गर्नुभयो ।
More

कान्तिपुरको पेसी आइतबारलाई सर्‍यो

काठमाडौं । कान्तिपुरविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दाको पेसी आइतबारसम्मका लागि सरेको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले लगाएको अवहेलना मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेशन्सको टोली शुक्रबार सर्वोच्च अदालतमा उपस्थित भएपनि समयाभाव भएको भन्दै सर्वोच्च अदालतले आइतबारका लागि पेसी सारेको हो । सर्वोच्चका प्रवक्ता नारायण पन्थीले शुक्रबार आधा दिनमात्रै कार्यालय खुल्ने भएकाले आइतबारसम्मका लागि पेसी सारिएको बताए । बयानका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा तथा संवाददाता कृष्ण ज्ञवाली सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चबाट बाहिरिनेक्रममा कान्तिपुरका अध्यक्ष सिरोहियाले आफूहरुले अदालतको आदेशको सम्मान गर्ने र प्रेस स्वतन्त्रताका लागि जस्तोसुकै कदम चाल्न पनि
More

डिजाइन नपाएपछि रानीपोखरी जस्ताको त्यस्तै

काठमाडौं । रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,–“यसअघि गरेको सम्झौता अनुसार बालगोपालेश्वर मन्दिर विभाग र पोखरीको अन्य स्थान कामपाले निर्माण गर्ने भने पनि पछिल्लो समय सबै डिजाइन विभागले नै पठाउने निर्णय अनुसार, डिजाइन नहँुदा काम अघि बढ्न नसकेको हो ।” उता पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले मन्दिर पहिलेकै डिजाइनअनुसार काम हुन्छ, अन्य पर्खाल र पोखरीको डिजाइनबारे छलफल भइरहेको जानकारी दिनुभयो । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरी पुनःनिर्माणको सम्बन्धमा लामो
More

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ । सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।”पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताउनुभयो ।
More

बेनीमा शिक्षकको धर्ना

समयमै पुरा तलब वितरण गर्नुपर्ने माग राख्दै शुक्रबार बेनी नगरपालिकाको कार्यालयमा धर्नामा बसेका शिक्षकहरु । बजेटको अभावले म्याग्दीका स्थानीय तहका शिक्षकले पुरा तलब पाएका छैनन् । तस्वीर : सन्तोष गौतम
More

काँग्रेसले परिवर्तन खोजेको छ : नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उहाँले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताउनुभयो । “काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उहाँले भन्नुभयो । नेता सिटौलाले काँग्रेसको निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको बताउनुभयो । काँग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत
More