Daily Archives 4th March 2018

कांग्रेस संसदीय दलको नेता बन्न देउवाको यस्तो रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्दैछ । प्रतिनिधिसभाको २७५ मध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसले ६३ सिट जितेको छ । यिनै ६३ जनाले आफूमध्येबाट दलको नेता चयन गर्दैछन् । सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने सभापति शेरवहादुर देउवाकोे प्रयास विफल भएपछि मतदानमै लैजाने टुंगो भएको छ । सभापति देउवा स्वयं र पूर्वउपसभापति प्रकाशमान सिंह चुनावी मैदानमा छन् । सभापति देउवाले भारी मतअन्तरले चुनाव जित्ने सुनिश्चित हुँदाहुँदै सिंहले उम्मेदवारी दिएपछि कांग्रेसभित्रको राजनीति निकै पेचिलो हुने संकेत देखिएको छ । उपनेता पदमा सिंहलाई मनोनीत गर्ने गरी सहमति गर्न गत शनिबार पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठ
More

शपथपछि बैठक हलमा

पद तथा गोपनियताको शपथपछि संघीय संसद भवन नयाँ बानेश्वरको बैठक हलमा नेका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपनेता पूर्वसभामुख सुवास नेम्बाङलगायत । तस्बिर : रत्न श्रेष्ठ
More

यस्तो छ कांग्रेसमा संसदीय दलको नेता छान्ने कार्यक्रम

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि आज मतदाता नामावली प्रकाशन भएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसदको नाम मतदाता नामावलीमा छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । आज अपराह्न ६ बजेदेखि साँझ ७:३० बजेसम्म संसदीय दलको नेताको उम्मेदवारका लागि दरखास्त आह्वान गरिएको छ । नेताका लागि सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी पर्ने देखिएको छ । सोमबार बिहान ८:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिनुभयो ।
More

सांसदको सपथग्रहणमा को–को गएनन ?

काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो । प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराउनुभएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो । सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहनुभएको बताइएको छ ।
More

भुजेलको हत्यारा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्न रुद्रबहादुर बस्नेतलाई शुक्रबारै पक्राउ गरेको हो । बस्नेतले शुक्रबार बिहान ३ः३० बजे मादक पदार्थ सेवन गरी भएको सामान्य विवादका कारण मुख र नाकमा थिची चार तलामाथिबाट खसालेका थिए । उनीहरु दुवैजना विगत एक वर्षदेखि ‘गुप्र फोर’ कम्पनीमार्फत उक्त सिनेमा घरमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । कर्तव्य ज्यान मुद्दामा प्रक्राउ परेका बस्नेतलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाद्वारा आर्थिक सहयोग

काठमाडौं । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाले ब्रेन स्ट्रोक तथा मिर्गौला पीडितलाई तीन जनालाई आर्थिक सहयोग गरेको छ । सोसाइटीले ब्रेन स्ट्रोकबाट पीडित चलचित्र निर्देशक दिलबहादुर दोङलाई एक लाख १० हजार रुपैयाँ, मिर्गौला रोगीद्वय उमेश दोङलाई एक लाख र दुर्ग दोङलाई ३९ हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले र सोसाइटीका उपाध्यक्ष प्रेम थोकरले आइतबार घेदुङ केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । सोसाइटीका उपाध्यक्ष थोकरले संस्थाको स्थापनासँगै नेपालमा विभिन्न रोगबाट पीडितको उपचार तथा अन्य विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । संस्थाका पदाधिकारी, सदस्य
More

राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ

काठमाडौं । राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिनुभएको थियो । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित हुनुभएन । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व
More

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

काठमाडौं । सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो । इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग
More

प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराउनुभएको हो । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराउनुभएको थियो । शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाउनुभएको थियो । यस लगत्तै उहाँहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको थियो । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आउनुभएको थियो । नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११०
More

‘फरार’ नवराज सिलवाल माधव नेपालको गाडीमा, सुटुक्क छिरे संसद भवन

काठमाडौं। प्रहरीको फरार सूचीमा रहेका ललितपुरका निर्वाचित प्रतिनिधिसभा सांसद नवराज सिलवाल सुटुक्क संसद भवन छिरेका छन् । उनी संसदको पहिलो अधिवेशनमा सहभागी हुन संसद भवन आएका हुन् । सिलवाल एमाले बरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा आएका थिए । नेपालको गाडीमा संसद भवन परिसर छिरेका सिलवाल दायाँबायाँ नहेरी सिधै संसद भवन छिरेका हुन् । उनी प्रहरीको खोजी सूचीमा रहेका कारण सतर्कता अपनाएको मानिएको छ । यद्यपि उनीविरुद्ध जारी गरिएको पक्राउ पुर्जीको एमालेले विरोध गर्दै आएको छ । उनी एमालेबाटै सांसद भएका हुन् र अहिले एमालेकै नेतृत्वको सरकार छ । – डिसी नेपालबाट ।
More