Daily Archives 5th March 2018

भाङग्रा बुन्ने सिक्दै

म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा सञ्चालित भाङग्रा बुन्ने तालिममा सहभागी महिलाहरु सिप सिक्दै । भाङग्रा मगर समुदायको जातीय पोशाक हो । तस्विर : सन्तोष गौतम
More

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ । उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन् । व्यापार समूह ६.८५ र
More

‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ पारित

काठमाडौं । प्रतिनिधिसभाले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गर्नुभएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । प्रस्ताव ‘हुन्छ’ र ‘हुन्न’ भन्ने ध्वनि मतका आधारमा मत विभाजन गर्दा सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले संसद् नियमावली नहुन्जेलका लागि सदन सञ्चालन गर्न आवश्यक
More

श्रीमतीको हत्या गरेर गाडेको खुलासा

पाँचथर । अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ । बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकीले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान् डिकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उक्त रहस्य खुलेको हो । उनले प्रहरीसमक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको आलुबारीमा खाल्डो खनी गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले गत फागुन
More

पुनः एकताको गृहकार्यमा राप्रपाका समूह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भई विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ता बलियो पार्टी निर्माणका लागि पुनः एकताको गृहकार्यमा जुटेका छन् । मुलुकमा सम्पन्न भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा । राष्ट्रियसभाका चुनावमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि उनीहरूले मुलुकको संरचनानुसार देशैभर पार्टीका संगठन विस्तारका लागि सक्रियता देखाएका छन् । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपा, राप्रपा(प्रजातान्त्रिक) र एकीकृत राप्रपा(राष्ट्रवादी) भएर प्रतिष्पर्धा गरेका कारण पराजय भोगेको अनुभव तीनै दललाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माणको खाँचो रहेकाले एकीकृत दल बनाउन विभिन्न दलका नेतासँग अनौपचारिक छलफल शुरु भइरहेको जानकारी दिनुभयो ।
More

किन आए पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा

काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो । समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिनुभएको थियो । प्रधानमन्त्री ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ
More

संसदीय दलको नेता छानिएपछि देउवाले क–कसलाई धन्यवाद दिए

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभयो । चार पटक प्रधानमन्त्री भइसक्नुभएका सभापति देउवा यो निर्वाचनपछि पुनः पार्टी संसदीय दलको नेता हुनुभएको छ । उता नेता सिंह भने पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित हुनुभएको बताइएको छ । काँग्रेसका संस्थापक नेता महामानव विपी कोइरालालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सभापति देउवाले विगतमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हँुदै पार्टीका विभिन्न
More

शाक्यकाे हत्या गरेकाे अभियाेगमा तीन जना आरोपी पक्राउ

विराटनगर। उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए। हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुई वटा गाडीसहित नियन्त्रणमा लिइएको छ। महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको बा१२च
More

टिकापुर हत्याकाण्डका आरोपी बालाजुबाट पक्राउ

काठमाडौं । कैलालीको टिकापुर हत्याकाण्डमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पक्राउ परेका दुई जनालाई बालाजु वृतमा राखिएको डिएसपी विश्वदिप खड्काले अनलाइनखबरलाई बताए । उनीहरुलाई टिकापुर लैजाने तयारी भइरहेको छ – अनलाइन खबरबाट ।
More

बलेवा बिमानस्थलको भाडादर निर्धारण गर्ने सहमति

सरु पौडेल – बाग्लुङको बलेवा बिमानस्थलको भाडादर निर्धारण गरी सञ्चालन गर्ने सहमति भएको छ । सोमबार नागरिक उड्यन प्राधिकरणको कार्यालय बबरमहलमा उड्ययनका कर्मचारी , स्थानीय जनप्रतिनिधि र वायु सेवा निगमका पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । उक्त भाडादर एक साताभित्रै निर्धारण गर्ने सहमति भएको छ । साथै विमानस्थलको सञ्चालन आगामी चैत्रको पहिलो हप्ताबाटै हुने भएको छ । बाँकी निर्णय आगामी आइतबार बस्ने बैठकले गर्ने नेपाली काङ्ग्रेसका पूर्व सांसद प्रकाश शर्मा पौडेल तथा बाग्लुङ क्षेत्र नं १ का सांसद सुर्य पाठकले संयुक्त रुपमा जानकारी दिनुभयो ।
More