Daily Archives 7th March 2018

प्रम ओलीजी संघीयतामाथि किन शंका : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् । यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को आज बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ, यो राम्रो होईन, त्यस्तै मोहन विक्रमले यो व्यवस्था फष्टाउँदैन भन्नुभएको छ, कानूनविद् डा. भीमार्जुन आचार्यले संघीयता टिक्दैन भन्दै हुनुहुन्छ, पाँच वर्षपछि उहाँहरुको भनाईले व्यवहारिकता नपाओस् ।’ यद्धपी उनले संघीय व्यवस्था विरुद्धमा अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका
More

दमौली महोत्सवमा निकालिएको -याली

तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाई समितिद्वारा बुधबार आयोजित तेस्रो दमौली महोत्सव उद्घाटन कार्यक्रमको अवसरमा निकालिएको -याली । सो महोत्सव चैत ३ गतेसम्म चल्ने छ । तस्बिरः सानेबहादुर नेपाली
More

तीन सांसदलार्इ सपथ लिने बाटो खुल्यो

काठमाडौं । राष्ट्रियसभामा मनोनित तीन जना सांसादको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खेलेको छ । अब तीनैजना सांसदले सपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् । यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् ।
More

डिमे कारागार चलान

नुवाकोट । ठूलो संख्यामा वन्यजन्तुको अङ्ग तस्करीमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहरिएका लोडु डिमे कारागार चलान भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएलगत्तै फैसला कार्यान्वयनका लागि डिमे आज कारागार चलान भएका हुन् । काठमाडाँै बौद्धका ४० वर्षीय डिमेलाई सिआइबी इन्टरपोलले भारतीय इन्टरपोलको सहयोगमा सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी जिल्ला वन कार्यालय नुवाकोटलाई बुझाएको थियो । वन्यजन्तु तस्करी अभियोगमा तत्कालीन पुनरावेदन अदालतको २०७१ फागुन १२ को फैसलाले पाँच वर्षको कैद सजाय तोकिएकाले उनलाई कैद भुक्तानीको लागि कारागार पठाइएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयल
More

राष्ट्रपति पदमा भण्डारी र राईको उम्मेदवारी

काठमाडौं । मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने मिति यही फागुन २९ गते तोकिसकेको छ । निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार आज राष्ट्रपति भण्डारी र नेत्री राईले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरु दुवैले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराउनुभएको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि यो तेस्रो पटक निर्वाचन
More

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ गरेको भन्दै उनीविरुद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दाको पेसी पर्सी शुक्रबारका लागि तोकिएको छ । अधिवक्ता न्यौपानेले दायर गरेको रिटमा संसदको सपथ नगरेसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीको सपथ संविधानको धारा ९३, ७६ ९२० र ८८ विपरीत भएको भन्दै उत्प्रेषणको आधारमा ओलीको नियुक्ति वदर गरी पुनः प्रक्रियामा लगि प्रधानमन्त्रीको निर्वाचन गराउन रिटमा माग गरिएको छ । एमालेका अध्यक्ष समेत रहेका ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनु
More

अत्याधिक शुल्क लिने ५ विद्यालय कारबाहीको सूचिमा

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा बढी शुल्क लिएको पाएपछि काठमाडौँ उपत्यकाका पाँच विद्यालयलाई कारवाही गर्ने भएको छ । ललितपुरका जेम्स विद्यालय धापाखेल, प्रिमियर इन्टरनेशनल विद्यालय सातदोबाटो, युलेन्स एजुकेशन फाउण्डेशन खुमलटार, रातो बंगला पाटन र द चाँदबाग विद्यालय काठमाडौँ बाँसबारीलाई कारवाही प्रक्रिया अघि बढाउन तयारी भइरहेको विभागले जनाएको छ । अनुगमनका क्रममा ती विद्यालयले बढी शुल्क लिएकोे पाइएकाले मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा सूची पठाउन लागिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिनुभयो । केही वर्षदेखि खाद्य वस्तुको मात्र अनुगमन गर्दैआएको विभागले पछिल्लो समय यातायात, भवन निर्माणका सामग्री र विद्यालयको समेत अनुगमन गर्दै आएको
More

काँग्रेस नेत्री राईद्वारा राष्ट्रपतिमा उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले हुनुहुन्छ । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
More

भारतबाट नेपालमा लागुऔषध भित्र्याउने तीन जना पक्राउ

काठमाडौं । भारतबाट राजधानीमा लागूऔषध भित्र्याउने गिरोहका तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद रूजादीनसहित दुर्इ नेपाली नागरिक छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत, जनसेवाको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरुलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी परिसरले सार्वजनिक गर्दैछ । प्रहरीले स्रोतका अनुसार उनीहरूले भारतको नयाँ दिल्लीबाट लागूऔषध ल्याएर नेपालमा विक्री वितरण गर्ने गरेका थिए । उनीहरुको साथबाट ठूलो परिणाममा लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ । – अनलाइन खबरबाट ।
More

राष्ट्रपतिमा विद्यादेवी भण्डारीको उम्मेद्वारी दर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ राष्ट्रपतिका लागि मनोनय दर्ता गराएकी छन्। भण्डारीले आज निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। भावी राष्ट्रपतिका लागि भण्डारीलाई वाम गठबन्धनको समर्थन छ। यसअघि नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेद्वारी दर्ता गराइसकेकी छिन्। नयाँ राष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता र फागुन २९ गते निर्वाचन तोकिएको छ। – डिसी नेपालबाट ।
More

साहित्यकार इन्द्रबहादुर राईको निधन

सरु पौडेल , काठमाण्डौ – नेपाली साहित्यका महान् हस्ती इन्द्र बहादुर राईको गए राती निधन भएको छ । ९० वर्षको उमेरमा आज आफ्नै निवासमा उहाँले ईहलोक त्याग्नु भएको हो । भारतको दार्जिलिङमा जन्मनु भएका राईले नेपाली भाषा वाङ्मयको श्रीवृद्धिमा ठुलो योगदान गर्नुभएको थियो । साहित्यकार राईको केही वर्ष अघि देखि स्वास्थ्यमा समस्या आएको थियो । गत वर्ष उहाँ उपचारका लागि काठमाण्डौ समेत आउनुभएको थियो । साहित्यमा आयामेली आन्दोलनका सर्जक तथा लीला लेखनका अगुवा राई नेपाली वाङ्मयका मुर्धन्य साहित्यकारमा गनिनु हुन्छ । ‘विपना कतिपय’ , ‘आज रमिता छ’ र ‘कठपुतलीको मन’ उहाँको प्रकाशित अमर कृतिहरु हुन् । नेपाली भाषालाई भारतीय संविधानमा
More

कविता:समय आएपछि (सरिता तिवारी )

समय आएपछि मौसमले पनि गाउँछ नयाँ गीत पातहरूले पनि फेर्छन् चोला चूपचाप बसिरहेको बादल पनि थाल्छ अन्धमुश्ली भएर बर्षन निर्जीव खोलो पनि थाल्छ जीवनको आलाप बोकेर बग्न एउटा थोप्लो भन्दा स्यानो भ्रुणले पनि गर्छ कायाकल्प समय नआउँदै त पुतली पनि घस्रीरहेकै हुन्छ पातहरूमाथि छोड्दै घिनलाग्दो चिप्चिपे र्‍याल समय नआउँदै त कहाँ फक्रन्छ र फूल पनि ? कहाँ झुल्किन्छ र घाम पनि ? अवश्यै कठीन हुन्छ समयको प्रसब तर समय आएपछि पहाडहरू लाग्ने छन् मैदान नदीका उफानहरू लाग्ने छन् छातिका स्पन्दन आकाशका तारामण्डल लाग्ने छन् करेसाका फूल समय आएपछि ओभाउने छन् निधारका पसिना शान्त हुने छन् कट्कटाइरहेका बङ्गारा र बस्ने छ
More

मोटर बाटो खन्दै गर्दा डाेजरमाथी दुङ्गा खस्दा २ काे मृत्यु

बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा डाेजरमाथी दुङ्गा खस्दा चालक र सह चालकको घटना स्थलमै मृत्युु भएकाे छ। ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसेको बताएकाे छ । मृत्युु हुनेमा डाेजरका चालक तमानखाेला गाउँपमलिका – ५ खुखानीका बर्ष ३२ का प्रेम श्रीपाली र ढाेरपाटन नगरपालिका -४ खंुगाका बर्ष ३२ कै गिर प्रसाद फगामी रहेकाे रानाले बताए । दिउसाे ३ बजेकाे समयमा गंगरे हुदै भिमगिठे जाेड्ने माेटर बाटाे खन्दै गरेकाे अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा साे दुर्घटना भएकाे प्रत्यक्षदर्शीले वताएका छन । रानाका अनुसार
More

म्याग्दीमा ‘आमासंग प्रहरी’ कार्यक्रम

जिल्लामा पहिलोपटक ‘आमासँग प्रहरी’ कार्यक्रम सुरू भएको छ । सामाजिक बिकृति, बिसङ्गती, दुब्र्यसनीमुक्त यूवापुस्ता, महिला हिंसामुक्त समाज, अपराधिक न्युनीकरण गरी सुरक्षित समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सुरक्षित समाजका लागि महिलाको भूमिका विषयक प्रहरीका लागि आमा कार्यक्रम सञ्चालन गरेको हो । गैरसरकारी संस्था सिविन नेपाल म्याग्दी र संगम म्याग्दीको समन्वयमा म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरबाट सुरू गरिएको अभियानमा ग्रामिण क्षेत्रमा महिलाको सक्रियतामा स्थापना भएका संघसंस्थासंग सहकार्य गरी कानुनले बर्जित गरेका घटनालाई न्यूनिकरण गदैं अपराधमुक्त समाजको निर्माण गर्न नयाँ खालको कार्यक्रम ल्याइएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताईन् । ‘समाजमा जागरण ल्याउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ । सामाजिक बिकृतिको पहिचान गरी
More

वनमा लागेको डढेलो गाउँसम्म पुग्यो ;६ घर ध्वस्त

तेह्रथुम । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेदेखि घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका छवटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए । उनका अनुसार आगलागीबाट रु ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट
More

घरमा आगलागी हुँदा दलित परिवारको विचल्ली

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ भेडियारीमा भएको आगलागीमा एउटा घर नष्ट भएको छ । स्थानीय रामाशिष मल्लिकको घरमा आगलागी भएको हो । आगलागीबाट फुसको घरमा बस्दै आएका ५ वटा डोम परिवारको विचल्ली भएको छ । रामाशिषसँगै नागेन्द्र, राजेश्वर, छोटेलाल, र मोतिलाल मल्लिक परिवारको विचल्ली भएको स्थानीय बासिन्दाले जनाएका छन् । बुधबार बिहान २ बजेबाट शुरु भएको आगलागीबाट घर जल्दा ५ दलित परिवारका ३० जना सदस्यको विचल्ली भएको हो । आगलागीमा परी घरमा रहेको नगद, गरगहना, लत्ता कपडा लगायत अन्य सम्पूर्ण समान नष्ट भएको छ । २ बजेबाट सुरु भएको आगलागी वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा
More

महानगरका भित्री भागमा आगलागीको जोखिम

ललितपुर । ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् । नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दमकल लगेर त्यहाँबाट उता पाइप तानेर लानुपर्ने नगरप्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । आगलागी भएको ठाउँभन्दा गाडी टाढा हुँदा दमकलले कम काम गर्छ । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्रगतिमा पानी हान्छ ।” बाटोबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने उहाँ बताउनुहुन्छ । आगलागी भएको ठाउँबाट सडक टाढा हुँदा दमकलको पाइप पुग्न समय लाग्छ । घरहरुको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म
More

कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई उठाउने

काठमाडौं। नेपाली काँग्रेसले राष्ट्रपतिमा एमाले माओवादी उमेद्वार विद्या भण्डारीलाई निर्विरोध हुन नदिने भएको छ। काँग्रेसले वहालवाला राष्ट्रपति समेत रहेकी भण्डारीको प्रतिष्पर्धामा काँग्रेस नेतृ लक्ष्मी राईलाई उठाउने भएको हो। काँग्रेसमा राईका अतिरिक्त अर्का नेता मान बहादुर विश्वकर्मालाई पनि उठाउने बारेमा चर्चा भएको थियो। तर एमाले माओवादी गठवन्धनका तर्फबाट महिला उमेद्वार भएका बेला राई नै उमेद्वार हुन उपयुक्त हुने निष्कर्षमा सभापति शेर बहादुर देउवा सहितका काँग्रेस नेताहरु पुगेका थिए। शहीद दिवान सिंह राईकी छोरी लक्ष्मी नेपाली काँग्रेसमा परिचित नाम हो। नेपाली काँग्रेसमा दिवानसिंह राई श्रद्धाले लिइने नाम हो। भोजपुरमा जन्मिएकी वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई पुन राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसंगै काँग्रेसले पनि
More

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । फागुन २९ गते हुने निर्वाचनका लागि अहिले विहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मतदाताको अन्तिम नामावली अस्ति नै सार्वजनिक गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको सपथ नभएकाले उहाँहरुको नाम मतदाता नमावलीमा परेको छैन । सर्वाेच्चको अन्तरिम आदेशले उहाँहरुको सपथ रोकिएको हो ।
More

विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति बनाउने एमाले निर्णय

काठमाडौं । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहो-याउने निर्णय गरेको छ । राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्ष झलनाथ खनालले दाबी गर्नु भएपनि ठूलो रस्साकस्सीकाबीच स्थायी कमिटी बैठकले मध्यरातमा भण्डारीलाई नै दोहो-याउने निर्णय गरेको हो । २०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएकी भण्डारीले अब फेरि ५ वर्ष कार्यभार सम्हाल्नु हुनेछ । पहिलो महिला राष्ट्रपति बन्नु भएकी भण्डारीलाई संघीय नेपालको पनि पहिलो राष्ट्रपति बन्ने अवसर समेत आएको छ । राष्ट्रपतिको चुनावमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन् ।
More