Daily Archives 8th March 2018

ओलीजीले म सच्चिन्छु भनेपछि विद्या राष्ट्रपतिमा दोहोरिनुभयो

युवराज ज्ञवाली, उपाध्यक्ष नेकपा एमाले एमाले माओवादी केन्द्रबीचको पार्टी एकतासँगसँगै शक्ति सन्तुलित गर्दै राज्यका महत्वपूर्ण पदहरु एकअर्काले लिने सहमतिसँगै अहिले वाम एकता बढिरहेको छ । वाम एकताका लागि बनेको कार्यदलले विभिन्न किसिमको काम गरिरहेको छ । पछिल्लो समय जुन किसिमको भागवण्डा र नेताहरुलाई जिम्मेवारी दिइएको छ, त्यस विषयमा राज ढुंगानाले युवराज ज्ञवालीसँग गरेको कुराकानी– ० राष्ट्रपतिको उम्मेदवारका बारेमा पार्टीभित्र गम्भीर छलफल भएछ नि ? – प्रधानमन्त्ती निवास बालुवाटारमा राति १ बजेसम्म पार्टीको बैठक चलेको थियो, स्वभाविक रुपमा हामीले गम्भीर रुपमा छलफल गरेका हौं । पार्टीमा कुनै नेतालाई कुनै पदमा पु-याउँदा हामी कसरी जानुपर्ने हो, पार्टी कसरी चलाउनुपर्ने हो, मन्त्री छान्दा
More

पूरा नहुने आयोजना शिलान्यास गर्दिन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पूरा नहुने योजनाहरुको शिलान्यास नै नगर्ने उद्घोष गरेका छन् । राजधानीको भृकुटीमन्डपमा बिहीबारदेखि सुरु भएको सातौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूरा हुन नसक्ने शर्त भएका र पूर्वाधार नभएका आयोजनाको शिलान्यास नगर्ने बताए । रकम घटाएर ठेक्का लिने तर कामै नगरी वर्षा बसेर पैसा थपाउने विकृतिको पनि अन्त्य गर्ने उनको भनाइ थियो । सरकार भ्रष्टाचारविरुद्ध निर्मतापूर्वक लागेको भन्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि नयाँ योजनाहरु लागू गर्ने पनि बताए । नेपाल भीकमंगाको देश नभएकाले काम गर्न नसक्नेहरुलाई सरकारले नै पाल्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि चाँडै नै योजना सार्वजनिक
More

राष्ट्रकविको स्वास्थ्यमा सुधार

काठमाडौं । केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उहाँ घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उहाँकी नातिनी महिमाले राससलाई जानकारी दिनुभयो ।
More

विश्व कीर्तिमान कायम गर्न रक्तदान

काठमाडौं । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्नसक्ने व्यवस्था मिलाइएको थियो । जनसंख्या तथा वातावरणमन्त्री लालाबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गर्नुभयो
More

११ छोरीका पिताको यो कर्म

झापा । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो । आफ्ना सबै छोरीले सोही विद्यालयमा अध्ययन गरी एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी सक्षम बनेबाट खुशी हुनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले भन्नुभयो – “मेरा सबै छोरी यही स्कूल पढेर सक्षम भए । अरूका छोराछोरी
More

अन्तर्राष्ट्रिय महिला दिवस

१०८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौं महानगरपालिका २८ वडा कार्यालयद्वारा बिहीबार आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ
More

पचास हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

काठमाडौं । भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस) बीच आज साझेदारी सम्झौता– पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारले यसअघिको सहयोग सम्झौताअन्तर्गत संयुक्त राष्ट्र संघीय एजेन्सीलाई गोरखा र नुवाकोटमा सुरक्षित पुनःनिर्माणका लागि झण्डै रु एक अर्ब ६२ करोड (१६.२ मिलियन डलर) अनुदान प्रदान गर्नेछ । भारत सरकारले उक्त सहयोग युएनडिपी र युएनओपिएससँगको साझेदारीमा गोर्खामा २६ हजार ९१२ भूकम्पपीडित घरधनी र नुवाकोटमा २३ हजार ८८ भूकम्पपीडित
More

हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने ? : मन्त्री पण्डित

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज गरिने बताएका छन् । भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग रोक्ने बताए । ‘हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने’  प्रवृत्ति हटाउन आफू लागिपर्ने मन्त्री पण्डितको भनाइ थियो । उनले नेपाली जनतालाई नेपालमै सहजरुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकार जोडतोडका साथ लागिरहेको दाबी गरे । मन्त्री पण्डितले स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुले देशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए । सम्मेलनमा देशभरिका मेडिकल ल्याबोरेटरीयनहरुको सहभागिता रहेको छ ।
More

भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ । उक्त बैंकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्ब ५० करोड ५४ लाख कर्जा लगानी गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे जानकारी दिनुभयो । भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाको प्रस्तावमा बैंकले २०७० माघबाट भूपूसैनिक सम्मेलनकै अवसर पारेर सेवामूलक कार्यक्रमअन्तर्गत सहुलीयत ब्याजदरमा लगानी अघि बढाएको हो
More

अन्तर्राष्ट्रिय महिला दिवसमा महिला फोरमको प्रभातफेरि

काठमाण्डौ -१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैर आवसिय नेपाली संघ (एनआरएनए) आवद्ध महिला फोरमले प्रभात फेरि कार्यक्रम गरेको छ । महिला तथा बालबालिका मन्त्रालयको प्रमुख संयोजकत्वमा आज काठमाण्डौमा आयोजित प्रभात फेरि कार्यक्रममा एनआरएनए आवद्ध महिला फोरमले सहभागिता जनाएको हो । भृकुटीमण्डपबाट शुरु भएको -याली भद्रकाली मन्दिर, शहीद ढोका, न्यूरोड हु“दै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौ“’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रममा उपस्थित महिला फोरमका सबैले महिलालाई समान पहुँच प्रदान गर्दै संविधान प्रद्धत्त हक अधिकार सुनिश्चित गर्नुपर्ने, महिला सशक्तिकरण,उद्यमशीलता
More