Daily Archives 9th March 2018

खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। रुकुम (पूर्व) भुमे गाउँपालिका-३ का १८ वर्षीय रवीन सुनारले बिहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका-६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन्। उनीहरु तीनैजना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए। आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाइ छ। घाइतेको मेडिकल कलेज, कोहलपुर, बाँकेमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए। – रासस
More

उद्योग व्यवसायीलाई धम्क्याई २ करोड माग्ने ६ जना समातिए

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरका उद्योगी व्यवसायीलाई फोन तथा एसएमएस गरेर धम्की दिँदै करिब २ करोड रुपैयाँ माग्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले बिगत लामो समयदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र दाङ्गका ब्यापारी उद्योगीहरुलाई फोनबाट धम्काउने कार्यमा सक्रिय रहेका ६ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । गत फागुन १० गतेदेखि अपरिचित नम्बरबाट फोन गरी व्यवसायीलाई रकम नदिए धम्याउँदै आएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके जिल्ला प्रहरी उपरीक्षक तामाङले बताए । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुको समूहलाई नियन्त्रणमा लिन सफल भएको जानकारी
More

कलाकार रोमा न्यौपाने ३६ लाख ठगीको आरोपमा पक्राउ

काठमाडौं । एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् । उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनको पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो । चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार थिइन् । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ । जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन्
More

बैठकमै प्रमुख र उपप्रमुखको कुटाकुट

केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ। बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन्। आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन्। कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो। गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो। गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक(फरक मत आएको थियो। – अन्नपूर्ण पोष्टबाट ।
More