Daily Archives 11th March 2018

लण्डनमा भव्य कविता कन्सर्ट, सुनिए कवि नवराज पराजुली

कविताको पनि एउटा भव्य र सभ्य कन्सर्ट हुन्छ भन्ने बेलायतबासी नेपालीले पहिलोपल्ट अनुभव गरे । आधुनिक नेपाली कविताका युवा ढुकढुकी कवि नवराज पराजुलीले शनिबार लण्डनमा आयोजित कविता कन्सर्टमा आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाए । बेलायतवासी नेपालीहरूको परोपकारी संस्था एनबीसी युकेले आयोजना गरेको लण्डन कविता कन्सर्टमा कवि पराजुली मुख्य आकर्षण रहे । कार्यक्रमलाई एनआरएनए, युकेले भाषासाहित्य विभागमार्फ़त सहआयोजकका रूपमा सहयोग गरेको थियो । ग्रीनफोर्ड स्थित टाउन हलमा आयोजित कन्सर्टमा ५० पाउण्डको टिकट काटेर दुई सय पचास जना दर्शक उपस्थित थिए । कवि पराजुलीले देशको आर्थिक सामाजिक दुरवस्थादेखि द्वन्द्व तथा प्रेमदेखि यौनमनोविज्ञानसम्मका बहुआयामिक विषयमा चोटिला कविताहरू सुनाइरहँदा दर्शक दीर्घामा अभूतपूर्व शान्तिको वातावरण
More

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आज ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ । आज सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव
More

प्रतिपक्षबिनाको सदन हुँदैन: उपनेता गच्छदार

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने बताउनुभयो । सरकारले अगाडि सार्ने काम कारबाही हेरेर आफ्नो पार्टीले सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने भन्दै उहाँले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । संविधानले प्रत्याभूत गरेका र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि काम हुन नहुने भन्दै उहाँले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह
More

चैत २ गते उपसभामुखको निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ ।
More

प्रधानमन्त्रीज्यू घोषणापत्रमा लेखेको कुरा पूरा गर्नुपर्छ : गगन थापा

काठमाडौं । काँग्रेसका सांसद गगन थापाले मुलुक समृद्धिका लागि व्यक्ति नभई सरकारका संरचना बलियो हुनुपर्ने बताउँदै सरकारका कमी कमजोरीप्रति खबरदारी गर्न काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । उनले वाम गठबन्धनले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न अब केहीले रोक्न नसक्ने भन्दै त्यसलाई कार्यान्वयन गराउन पनि काँग्रेसले प्रतिपक्षीका हैसियतमा घच्घच्याइरहने छ भने । संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ ।’ थापाले अघि भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष
More

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा जम्मा २६८ सांसद उपस्थित हुनुहुन्थ्यो । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको पक्षमा मतदान गरेको थिएन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर हुनुहुन्छ । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी
More

सभामुख महराद्वारा शपथ ग्रहण

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पद तथा गोपनीयताको शपथ दिलाएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशका साथमा महरा परिवार । तस्वीर: रोशन सापकोटा
More

प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

काठमाडौं । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उहाँ यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गर्नुभयो ।
More

बीस वर्ष पुराना सवारी साधन जफत गरिने

काठमाडौं । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । रासससँग कुरा गर्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । “सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो निर्णय गरेकाले जनताको सेवा रोकिँदैन, चैत १ गतेपछि पनि २० वर्ष पुराना सवारी सडकमा गुड्छन्”, उहाँले भन्नुभयो । यातायात व्यवस्था विभागले भने २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम
More

राधा चौधरी कुटपिटका आरोपीहरु धमाधम पक्राउ

कैलाली । बोक्सीको आरोपमा कुटपिटपछि घाईते भई उपचारमा रहेकी राधा चौधरीको विषयलाई लिएर मुलुकको ध्यान केन्द्रित भएको छ । यता कुटपिटमा संलग्न भोलेबाबा रामबहादुर चौधरीसहित अन्य दुई युवतीलाई पक्राउ गरी अनुसन्धान पक्रिया अघि बढाइएको छ । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई निलम्बन गरिएको छ । उपचाररत चौधरीको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा हुँदै गर्दा उनको उपचारलाई लिएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चासो देखाएका छन् । चौधरीलाई भर्ना गरेको दुई दिन पछि अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टले चौधरीको उपचारको विषयमा चिकित्सकसंग जानकारी लिएका छन् । मुख्यमन्त्री भट्टले चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्
More

बन्दीगृहमा ४ वर्षीया बालिका थुनामा

रोल्पा । झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन ज्यान सम्बन्धीको १४ नं बमोजिम जिल्ला अदालत रोल्पाले १० वर्ष कैद हुने गरी २०७३ फागुन ३ गते फैसला सुनाएको थियो । यसरी आमा थुनामा परेपछि यी अबोध बालिकाले आमाले गरेको दुष्कर्मको सजाय भोग्दै आएकी हुन् । खाने, खेल्ने र केही सिक्ने उमेरमा थुनामा रहेकी बालिकाले पौष्टिक आहार खान न त के देख्नसम्म पाएकी छैनन् । साँझ–बिहानको दुई छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी
More

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

मोरङ । मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ। उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। – रासस
More

बोक्सी काण्डमा मेलमिलाप गराउने मेयर के भन्छन्?

कैलाली । बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका नेता हुन् । घोडाघडी नगरपालिका ५ देउकलीमा एक छात्रालाई बोक्सीको आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट भएको घटनामा भिडियो प्रमाणसहित पक्राउ परेका दोषीलाई सोही नगरपालिकाका मेयर चौधरीको रोहबरमा ‘मिलापत्र’ गरेर छुटाइएको थियो । तर, यो घटना मिडियामा आएपछि मात्र दोषीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जघन्य फौजदारी अपराधमा सप्रमाण समातिएका व्यक्तिलाई मिलापत्र गरी छुटाउने कार्यमा मेयर ममताप्रसादका साथै सोही वडाका
More

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, काँग्रेस सशंकित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामो आज विश्वासको मत लिँदै हुनुुहुन्छ । संविधानको धारा ७२ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेपछि विश्वासको मत लिने कार्यतालिका हिजोको संसद बैठकमा सार्वजनिक गरिएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । संवैधानिक व्यवस्था अनुरा प्रधानमन्त्रीले संसदमा कायम रहेको सदस्य संख्याको बहुमत सदस्य पु¥याउनु पर्नेछ । अहिले प्रतिनिधिसभामा २७५ सदस्य हुनुहुन्छ । यसैबीच, ओली नेतृत्वको वाम सरकारले तीन चौथाइभन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ । सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी अतिरिक्त संघीय समाजवादी
More

एमाले–माओवादी संसदीय दलको संयुक्त बैठक

काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका वाम गठबन्धन एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्को प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रमको सन्दर्भमा गठबन्धनका दुवै दलले आफ्नो संसदीय दलको संयुक्त बैठक बोलाएका हुन् । बैठक दिउँसो साढे १२ बजे बस्ने नेताहरुले बताएका छन् ।  संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
More

राधा चौधरीको परिवारद्वारा पीडकविरुद्ध उजुरी

काठमाडौं । कैलालीमा बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा पीडकविरुद्ध उजुरी दिएका छन् । घोडाघोडी नगरपालिकाकी ती १८ वर्षिया युवतीमाथि भएको कुटपिटमा संलग्न रहेको अभियोगमा रामबहादुर चौधरीलाई प्रहरीले अस्ति नै पक्राउ गरिसकेको छ। राधा अहिले उपचारका लागि धनगढीमा हुनुुहुन्छ र उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार उक्त घटनामा आजबाट कानुनी कारबाही अगाडि बढ्नेछ । यसअघि इलाका प्रहरी कार्यालय सुख्खडले यो घटनामा उजुरी दर्ता गर्न नमानेको बताइएको छ । युवतीलाई लगातार पाँच घण्टासम्म कुटपिट र लछारपछार गरिएको थियो । तर स्थानीय बासिन्दाले ’रमिते’ बनेर बसेको पीडित परिवारले बताएका छन्
More

कालीगण्डकी करिडोर प्रभावितलाई ८ करोड मुआब्जा वितरण

बेनी । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड रूपैयाँ मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए । मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा चार करोड १७ लाख र पर्वतमा तीन करोड ९७ लाख रूपैयाँ मुआब्जा वितरण गरिने आयोजनाका लेखा प्रमुख सुवेदीले बताए। सुवेदीका अनुसार म्याग्दीमा जग्गाको मूल्यांकन उच्च रहेका कारण अधिग्रहण गर्नुपर्ने जग्गा कम भए पनि बढी मुआब्जा रकम वितरण हुनेछ ।
More

प्रहरीको स्विप अपरेशनमा एकै रातमा तीन दर्जन पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन्। प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन्। प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो। प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिए। “हामी अनुसन्धान गर्छौं, अनुसन्धानमा गल्ती देखिए मुद्दा चलाउँछौँ,” उनले भने। – रासस
More