Daily Archives 12th March 2018

१० जना यौनहिंसा र बलात्कारमा

काठमाडौं । गत मंसिर महिनादेखि हालसम्म १० भन्दा महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो समय प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूमा वृद्धि हुँदै गएको बताउँदै भन्नुभएको छ, ‘सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलाप गराइनु र बलात्कार जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्न दोषीहरूलाई प्रभावकारी कारबाही नहुनुले पीडितहरू न्यायबाट वञ्चित हुने गरेको देखिन्छ ।’ उहाँले नेपालको संविधानले यौनजन्य हिंसालाई कानुनबमोजिम दण्डनीय गर्ने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरे पनि पाउन नसकेको बताउँदै हिंसापीडित महिलालाई न्यायका
More

‘यसकारण भयो युएस बंगलाको विमान दुर्घटना’

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानका पाइलटको गल्तीका कारण युएस बंगला एअरलाइन्सको विमान दुर्घटना भएको जनाएको छ । सोमबार विमान दुर्घटनापछि विमानस्थलले गरेको पत्रकार सम्मेलनमा विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले सोमबार दिउँसो २ बजेर १८ मिनेटमा सो विमान ‘जिरो टु’ मार्गबाट अवतरण हुनुपर्नेमा विमानका पाइलटले ‘टु जिरो’बाट अवतरण गर्न अनुमति मागेको बताए । अर्थात् दक्षिणतर्फबाट अवतरण गर्नुपर्ने विमानका पाइलटले उत्तरतर्फबाट अवतरण गर्ने भन्दै उत्तरतर्फ लागेपछि एअर ट्राफिक कन्ट्रोलले पाइलटलाई ‘तपाइँलाई केही समस्या छ कि ?’ समेत भनेर सोधेको भन्दै क्षत्रीले पाइलटले कुनै समस्या नभएको बताएको पनि जानकारी दिए । विमानले उत्तरपूर्व गएर दुई फन्को लगाएको र अवतरण गर्न नसकेपछि पाइलटलाई गलत बाटोमा
More

विमान दुर्घटना: काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ । “घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
More

अखिल अध्यक्षको दाबेदार हुँ

आरती लामा, सचिव, अनेरास्ववियु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विघटनको संघारमा छ । अध्यक्ष नवीना लामा समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनेपछि अनेरास्ववियुमा अध्यक्ष पद खाली छ । त्यसैले अहिले अखिलमा विघटनको चर्चा चलेको हो । दुई ठूला कम्युनिस्ट पार्टीहरू एउटै हुने चर्चासँगै भ्रातृसंस्थाका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी एक हुने तयारी गर्दैछन् । त्यसैले विद्यार्थी संगठनको नेतृत्वमा को आउने भन्ने बहस चलिरहेको छ । नेतृत्वसँगै अबको एकता प्रक्रिया कसरी अघि बढ्ने, अबको एजेन्डा के हुने भन्ने बहसका बारेमा अखिलकी सचिव आरती लामासँग राज ढुंगााले गरेको कुराकानी : ० अनेरास्ववियु अहिले के गर्दैछ ? – हामीले भर्खरै अन्तर्राष्ट्रिय श्रमिक
More

घाइतेहरुको उपचार हुँदै

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै । तस्बिर: रत्न श्रेष्ठ
More

विमानमा ३३ नेपाली–३४ विदेशी, घाइतेको उपचार केएमसीमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४:१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु-याइएको छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् । यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल
More

बन्द विमानस्थल खुला

काठमाडौं । युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न १४.१८ बजेदेखि बन्द भएको विमानस्थल १६.५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो । काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए । प्रधानमन्त्री अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ
More

पत्रकार महासंघ यूकेमा विवाद, षड्यन्त्र भयो — फोनिज

लण्डन । पत्रकार महासंघ वेलायतको सदस्यता वितरणलाई लिएर विवाद उत्पन्न भएको छ । आइतवार वसेको कार्यसमितिको बैठकले गरेको निर्णय प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आपत्ति जनाए पछि विवाद सुरु भएको हो । अध्यक्ष प्रमिला राई र महासचिव खुशी लिम्बुद्धारा जारी छुट्टा छुट्टै विज्ञप्तिमा सदस्यता वितरणमा बदनियतपूर्वक र सुनियोजित षडयन्त्र भएको उल्लेख छ । विज्ञप्तिमा बदनियतपूर्वक र सुनियोजित षडयन्त्रका बिरुद्ध बेलायवासी नेपाली जनजाति पत्रकारहरु र सम्पूर्ण न्यायप्रेमी नेपाली पत्रकारहरु एक हुन फोनिज यूके हार्दिक अपिल गर्दछ उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यवधि गत मार्च ६ २०१८ का
More

अवतरणको क्रममा विमान दुर्घटना भएको प्राधिकरणको भनाइ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह १४:१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए । ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै
More

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
More

बिमानस्थल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

सरु पौडेल –काठमाण्डौ , त्रिभुवन बिमास्थलमा दुर्घटना भएको बिमानमा रहेका यात्रु मध्ये मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । बिमानमा रहेका ७१ जना यात्रुहरुमा केहीको उद्दार भइरहेको छ भने केहीको उद्दार हुन बाँकी छ । अहिलेसम्म २८ जनाको शव बाहिर निकालिसकिएको छ यतिको मृत्यु भयो भन्ने कुरा यकिन भइसकेको छैन । घाइतेहरुको के.एम.सी . अस्पतालमा उपचार भइरहेको छ ।
More

राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोेध निर्वाचित भएका हुन् । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्ने भएको छ । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् । राष्ट्रियसभा अध्यक्षमा निर्वारोध बनेपछि तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।
More

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पु-याइँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले आगो निभाउने कार्य गरिरहेका छन् । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा के कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको बुझिएको छ ।
More

छलफल कार्यक्रममा सहभागीहरु

काठमाडौँ उपत्यकाको सडक विस्तार, खानेपानी तथा धुँवा, धुलो प्रदूषणको अवस्था र सुधार सम्बन्धमा प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री कार्यालयका सचिवहरु महेन्द्रमान गुरुङ, प्रेमकुमार राईलगायत । तस्वीर : नवीन पौडेल
More

प्रधानन्यायाधीश पराजुलीविरुद्ध न्यायाधीश जबरा, न्यायालय विवादको घेरामा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज इजलास बहिष्कार गर्नुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उहाँले तोकेको इजलासमा बस्न अस्वीकार गर्नुभएको हो । डा गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उहाँले इजलास बहिष्कारको घोषणा गर्नुभएको हो । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गर्नुभएको हो ।
More

राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अध्यक्ष चुन्न निर्वाचन पर्सि हुँदैछ । एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् । यसैबीच, सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउनु हुने भएको छ ।
More

रेल सेवाको अध्ययन गर्न भारतीय टोली नेपालगञ्जमा

काठमाडौं । राँझा विमानस्थल हुँदै कोहलपुरसम्म विस्तार हुने रेल सेवाको अध्ययन गर्न भारतीय अधिकारीहरू नेपालगञ्ज आउँदैछन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारीहरु अध्ययनका लागि आज नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर छलफल गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । यो रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ । अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । जिल्ला प्रशासन, मालपोत, नापी, वन र भन्सार कार्यालयका अधिकारी
More

आज नेपाल हङकङसँग भिड्दै

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । अन्तिम ६ मा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने छ । झिनो अन्तरमा हराए पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहनेछ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने छ । स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बीबाट हङकङले अन्तिम ६ मा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो यसपटकका लागि सकिनेछ । यसमध्ये १ टोली मात्र असफल भएको खण्डमा सातौं हुने टोलीले एकदिवसीय मान्यता पाउनेछ । अन्तिम
More

जुवा खालबाट पक्राउ परे प्रहरी नै

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाका दुई जना प्रहरी अधिकारी जुवाको खालबाट पक्राउ परेका छन् । पक्राउ पर्ने प्रहरी अधिकारीमा महाशाखाका हवल्दार इन्द्र थापा र प्रहरी जवान सुरज थापा छन् । गएराति काठमाडौं प्रहरी परिसरले काठमाडौं–२६, गोंगबुस्थित कालो बंगुर सेकुवा घरमा छापा हान्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुसँगै अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अन्यमा शैलेन्द्र खड्का, सञ्जयकुमार तामाङ, अरुणकुमार महर्जन, अनिल गुरुङ र विष्णु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ लाख ४७ हजार १ सय रुपैयाँ रकम समेत बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।
More

पत्रकार पनि रमिते बने बोक्सी काण्डमा ; कुटिइन् शिक्षिका पनि ; को थिए राधालाई बचाउने

बोक्सीको आरोपमा राधामाथि भएको कुटपिटबारे खोजतलास गर्दै जाँदा घटनाका अनेकन पहेली बाहिर आउन थालेका छन् । राधामाथि कुटपिट भएकै दिन बोक्सीकै आरोपमा एक जना शिक्षिकामाथि समेत कुटपिट भएको तथ्य फेला परेको छ । झाँक्री रामबहादुरसँग जोखाना हेराउन एकजना पत्रकारसमेत आफ्नी आमालाई लिएर घटनास्थलमा पुगेको अर्को तथ्य खुलेको छ । जब पत्रकार नै जोखाना हेराउन पुगे कैलालीका बालकृष्ण चौधरी पेशाले इञ्जिनियर हुन् । उनी क्लासिटेकमा काम गर्छन् । उनी इञ्जिनियरका साथसाथै पत्रकार पनि हुन् । उनी थारु भाषाको अनलाइन चलाउँछन्- थारुनके डटकम । गत विहीबार इञ्जिनियर/पत्रकार चौधरीकाे घोडाघोडी रेडियोमा कार्यरत अर्का एकजना पत्रकार साथीसँग भेट भयो । ती पत्रकार आफ्नी बिरामी
More