Daily Archives 13th March 2018

लिभरपुलमा स्वास्थ शिविर सम्पन्न

लन्डन ।लिभरपुल नेपाली समाज र हेल्थ एक्सचेञ्ज नेपालले २५ फ्रेबुअरीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो । हेल्थ एक्सचेन्ज नेपालसंग आबद्द विशेषज्ञ डाक्टरहरुको स्वयं सेवाद्धारा सञ्चालन भएको उक्त शिविरमा सबै उमेर समूहका नेपाली समुदायको उत्साहजनक उपस्थिति थियो । शिविरमा ब्लड प्रेसर, कोलेस्ट्रोल र ब्लड सुगर जचाउने सुविधा सहित उचाई र तौलको मापन गरी आवश्यक सल्लाह प्रदान गरिएको थियो । मानसिक रोग, मधुमेह र दाँत तथा मुखका लागि सम्बन्धित विशेषज्ञ डाक्टरहरु क्रमश: डा. सुनान्दिनी सेठुरमण , प्रोफेसर सत्यान राजभण्डारी र डा. बिजय राजलवटले जानाकारी मुलक प्रवचन दिएका थिए। एनएचएस ( बेलायती स्वास्थ सुविधा ) के कति उपलब्ध छ र कसरी लिने लगायतका
More

‘मिसेस’नेपाल यूकेको च्यारिटीमा उठ्यो १० लाख संकलन

लन्डन । ‘मिसेस नेपाल यूके २०१७ टिम’ भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ लन्डनमा एक भब्य च्यारिटी डिनर सम्पन्न गरिएको छ । कार्यक्रमबाट करिब दश लाख रुपैयां संकलन भएको छ। टिमले मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ भब्य रुपमा च्यारिटी डिनर सम्पन्न गरेको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न ऐतीहासीक कार्यक्रममा बिशेष अतिथि थिए एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी। लन्डन फेसन हाउसको आयोजनामा सम्पन्न ‘मिसेस नेपाल यूके २०१७ प्रतियोगीहरुलाई ताज पहिर्‍याउने संस्थापक एबं लन्डन फेसन हाउस यूकेका प्रोप्राइटर मनिषा डंगोल श्रेष्ठ तथा यस सस्थाका सल्लाहकार एबं बरिस्ठ लेखक पूर्व डिएसपी शिवजी श्रेष्ठको
More

लन्डनमा रेन्ट फर सेक्स

एली फ्लिन खाना पकाइदिने, सरसफाइ गर्ने र हप्तामा एक–दुईपटक यौन सम्पर्क गर्न दिएपछि लन्डनमा बस्नका लागि छतको व्यवस्था हुन्छ । हो, यी सबै कुरापछि यौन सम्पर्कको माग गरिन्छ । लन्डनमा एक शुक्रबारको साँझ, १५ वर्षका एक व्यक्ति मेरा अगाडि बसेका थिए । भाडा तिर्नु नपर्ने सर्तमा उनले आफूसँग बेडरुम सेयर गर्ने प्रस्ताव राखे । तर उसले एउटा सर्त राख्यो, उसँग नियमित यौन सम्पर्क गर्नुपर्ने । लन्डनमा ‘रेन्ट फर सेक्स’ को -याकेट चलिरहेको छ, केही घरबेटीहरू घरभाडाको सट्टा यौन सम्पर्कको माग राख्छन् । बीबीसी–थ्रीको डकुमेन्ट्रीका लागि मैले यी कुरा खोज्नुपर्ने थियो, यो -याकेट कुन हिसाबले सञ्चालन भइरहेको छ, यो सिलसिलामा म
More

मुखियाको हत्या देवको घरमा, तीनजना समातिए

झापा । झापामा एकजना सुनचाँदी व्यवसायीको हत्यामा संलग्न भएको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलन गरी तीनजनालाई सार्वजनिक गरेको छ । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको शव भेटिएको भोलिपल्ट प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकामा बिर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सन्चालक पारसकुमार देव, सोही ज्वेलर्सका कामदार बिर्तामोड–८ का दीपेश पौडेल र बिर्तामोड–३ का चिरन्जीवी ओली रहेका छन् । उनीहरु तीनजना मिलेर मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी विष्णुबहादुर केसीले देवको घरमा मुखियालाई बाँधेर हत्या गरिएको अनुसन्धानकाक्रममा खुलेको बताए । प्रहरीकाअनुसार हत्यापछि उनको शवलाई भारतीय नम्बरको गाडीमा राखेर इलामको कोल्बुङ पुर्‍याइएको थियो
More

दीप प्रज्वलन

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन । तस्वीर : नवीन पौडेल
More

कास्की सेवा समाज स्पेनको अध्यक्षमा ढुंगाना

बार्सिलोना । कास्की सेवा समाज स्पेनको दोस्रो अधिबेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । कास्की जिल्ला स्थायी घर भइ स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्, बलबहादुर कार्की, महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा शान्ता राणा,केशर थापा,दिनेश कार्की,गणेशराज अधिकारी,दीपक अधिकारी,खेमराज भण्डारी र महेश बञ्जरा चयन भएका छन् । समाजको दोस्रो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा कास्की सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष पूर्ण तिमिल्सिनाले सम्बोधन गरेका थिए । कार्यक्रममा कास्की सेवा
More

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।
More

सगुनमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी भित्रियो

वासिङ्टन । सोसिएल कमर्श प्लेटफर्म सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। हालै सगुन र एच्‌टी ओभरसिज प्रालिबीच लगानी सम्वन्धि सम्झौता भएको हो। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड (एच्‌टी मिडिया) को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो। एच्‌टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ। सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रुपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने विश्वास सगुनको छ।
More

राष्ट्रपति निर्वाचनमा मतदान

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनमा मतदान गर्नुहुँदै सांसद गगनकुमार थापा । तस्वीर : रत्न श्रेष्ठ
More

राष्ट्रपतिको निर्वाचनमा को–को अनुपस्थित भए

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित हुनुभएको हो । यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु हुनुहुन्छ ।
More