Daily Archives 13th March 2018

चौधरीमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने घिमिरेले बताए । घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए । सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख
More

पटकपटक दोहोरिए हवाई दुर्घटनाः पत्ता लाग्दैनन् कारण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा प-यो । नेपालमा भएका हवाई दुर्घटनामध्ये यो एउटा ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सन् २०१० मा स्थापना भएको उक्त वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा शुरु गरेको थियो । आन्तरिक उडानबाट सेवा शुरु गरेको सो वायु सेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको हो । सातामा चार दिन काठमाडौँमा उडान गर्ने सो वायु सेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायु सेवा प्रदायकमा गनिन्छ । सो विमान कम्पनीले बंगलादेशको आन्तरिक उडानका अतिरिक्त नेपाल, भारत, मलेशिया, ओमन, कतार,
More

राष्ट्रपतिको चुनाव आज : विद्या पुनः दोहोरिदै

काठमाडौं । नेपाल संघीयतामा गएपछि पहिलो पटक आज राष्ट्र प्रमुख छान्न निर्वाचन हुँदैछ । समग्रमा राष्ट्रपति निर्वाचन हुन लागेको भने यो तेस्रो पटक हो । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व सांसद कुमारी लक्ष्मी राईले उम्मेदवारी दिनु भएको छ । मतदानका लागि आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । निर्वाचन सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउनु भएको छ । राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि वाम गठबन्धनबाट उम्मेदवारी दिनु भएको हो । राईले नेपाली काँग्रेसबाट उम्मेदवारी दिनु भएको हो । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २६ हजार २५१
More

राणाको वक्तव्य अदालतमाथिको प्रहार : बार

काठमाडौं । नेपाल बार एशोसियशनले न्यायधीश चोलेन्द्र शमशेर जबराबाट जारी वक्तव्यलाई न्यायमूर्तिको आचारसंहिता विपरीत कार्य भएको ठहर गरेको छ । बारले जारी गरेको विज्ञप्तिमा एकजना न्यायाधीशको वक्तव्यले अदालत माथिको प्रहार भएको ठहर गरेको हो । न्यायाधीशको कार्य गलत प्रक्रिया र पद्दतीको सुरुवात भएको भन्दै बारले भत्सना पनि गरेको छ । संवैधानिक परिषदको सिफारिस बमोजिम नियुक्त भई न्याय सम्पादनमा संलग्न प्रधानन्यायाधीशलाई गलत लान्छना लगाउने, न्यूनतम मर्यादा तथा आचरण समेत ख्याल न्यायाधीसले बक्तब्यवाजी गरेको भन्द‌‌ै दु:ख पनि जनाएको छ । व्यक्ति विशेष, समूह, तह र तप्कालाई चित्त बुझेन भन्दैमा न्यायिक निकायलाई प्रयोगशाला नबनाउन समेत बारले भनेको छ । यस्तै कान्तिपुरमा प्रकाशित भएको
More

उपाधिमा सिटीको बलियो पक्कड

लन्डन । स्टोक सिटीलाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने संभावना अझै बलियो पारेको छ । गएराति स्टोक सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । खेलमा पाहुना टोलीलाई विजयी गराउन दुवै गोल डेभिड सिल्भाले गर्नु भयो । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर १६ अंक पु¥याएको छ । ३० खेलबाट ८१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ६५ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ भने ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी
More