Daily Archives 14th March 2018

बेलायतद्वारा २३ रुसी कूटनीतिज्ञ देश निकाला

लण्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी छन्। पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन्। यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। तर रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ। मेले दोषी मानिएका २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्रमा देश छोड्न समय दिइएको
More

अष्ट्रियाको राजधानी भियन्नामा नारि दिवस

लन्डन । शनिवार अष्ट्रियाको राजधानी भियन्नामा एनआरएन महिला फोरम को आयोजनामा नेपाली समुदाय बीच अष्ट्रियामा नै पहिलोपल्ट १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस बृहत रुपमा मनाइयो। एनआरएनए अष्ट्रियाकी महिला संयोजक श्रीमती भवानी तिवारीको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख आतिथि नेपाली राजदूत महामहिम प्रकाश कुमार सुवेदीज्यू रहनुभएको थियो भने एनआरएनए अष्ट्रियाका अध्यक्ष जीवन जंग कुँवर विशेष अतिथि र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य शिव सापकोटा , निवर्तमान अध्यक्ष धर्म राज खतिवडा , संस्थापक अध्यक्ष श्रीमती शुभ राणा , महामहिम धर्मपत्नी शुसान सुवेदी , आना का अध्यक्ष हरि राणा , नेसास अध्यक्ष श्री डभिन लामा , उपाध्यक्ष श्रीमती मन्जु खड्का , आदिवासी जनजाति महासंघ
More

एनआरएनद्वारा दु:ख ब्यक्त

लन्डन । गैरआवासीय नेपाली संघले ठमाडौंका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा भएको दुर्घटना प्रति दुख प्रकट गरेको छ । संघद्वारा बुधबार जारी बिज्ञप्तिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । पूर्णपाठ मिति २०७४ साल फागुन २८ गते सोमबारका दिन बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा भएको दुर्घटनाको खबरले समस्त गैरआवासीय नेपालीहरुलाई अत्यन्त दुखी तुल्याएको छ । घटनामा परि दिवंगत हुनु भएका २२ नेपाली, २८ बंगलादेशी र एक चिनियाँ नागरिक प्रति गैरआवासीय
More

राष्ट्रपति भण्डारीद्वारा शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी हुनुहुन्थ्यो ।
More

७१ वर्षको उमेरमा सम्बन्धविच्छेद

लिबाङ । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गर्नुभएको हो । हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्व. दलसर रोकासँग यसअघि मागी विवाह
More

कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर : नेता सिंह

दमक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली कांग्रेस दमक नगर समितिले आज आयोजनामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले कांग्रेस संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको औंल्याउनुभयो । “अहिले पार्टीमा व्यक्तिवादी चिन्तन हावी भएको छ, कुनै एक व्यक्तिको भजन गाउने भन्दा पनि पार्टीलाई संस्थागतरुपमा चलाउनु पर्ने खाँचो अहिले छ ।”उहाँले भन्नुभयो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न पनि पार्टीभित्र गाह्रो हँुदै गएको उहाँले टिप्पणी थियो । महाधिवेशन भएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभिन्न उप समितिसमेत दुई वर्ष बित्दा पनि गठन नभएको तथा पार्टीको केन्द्रीय समितिले समेत पूर्णता नपाएको
More

प्रधानन्यायाधीश पराजुलीको कार्यकाल अझै २ वर्ष बाँकी ? पत्र हेर्नुस्

काठमाडौं । सचिवस्तरीय निर्णय गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीको कार्यकाल गत साउनमै समाप्त भएको पत्र थमाउने न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले गलत सावित भएका छन् । नागरिकताअनुसार वैशाख १६ गते पदावधि सकिने पराजुलीको जन्ममिति शैक्षिक प्रमाणपत्रका आधारमा पदावधि सकिएको निर्णय गर्दै सचिव निरौलाले प्रधानन्यायाधीशलाई पत्र थमाएका थिए । सचिव निरौलाले २०७४।११।३० को च.नं. ४२४।०७४।७५ को प्राप्त समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ (पैसठी) वर्षको उमेर २०७४।४।२१ मा नै पूरा भइसकेको देखिएकाले आज मिति २०७४।११।३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु’ भनेर पत्र लेखेका थिए । तर परीक्षा नियन्त्रण कार्यालयबाट उपनियन्त्रक
More

शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने : दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उहाँले भन्नुभयो —“बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।” अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै “वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने छ,” भन्नुभयो । प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो— “प्रदेशको नामकरण प्रदेश नंं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।” अध्यक्ष दाहालले “केन्द्रबाट
More

नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ तथा शुभकामना

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएपछि उहाँलाई बधाई तथा शुभकामना दिनुहुँदै पद मुक्त भएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली । तस्बिरः प्रदीपराज वन्त
More

न्यायपरिषद्को सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको जानकारी

काठमाडौं । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुली उमेर हदको कारण पदमुक्त रहेको जानकारी गराएका छन् । सचिव निरौलाले प्रधानन्यायाधीश पराजुलीलाई थमाएको पत्रअनुसार प्रधानन्यायाधीश पराजुली २०७४।४।२१ गते ६५ वर्ष पूरा भएको देखिन आएकाले सचिवस्तरीय निर्णयअनुसार उहाँ पदमुक्त रहेको जानकारी गराउँछु भन्ने उल्लेख छ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ । न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा
More