Daily Archives 15th March 2018

प्रधान न्यायाधीश गोपाल पराजुली प्रकरणबाट सिक्नुपर्ने चार पाठ

अंगराज तिमल्सिना १. अदालतको राजनीतीकरण: न्यायालयमा देखिएको बेथिती र भद्रगोल अवस्थाको मूल जरो राजनीतीक भागबण्डा र पार्टीगत लगावका आधारमा गरिने न्यायाधीश नियुक्ती नै हो । सायद यही भएर होला अरु देशमा आफु भन्दा अगाडीका न्यायाधीशले हेरेका मुद्दा नजीर बन्छन भने नेपालमा पछी बन्ने न्यायाधीशले आफु अगाडी गरेका फैसला उल्टाउने प्रतिष्पर्धा नै चलेको छ । प्रधानमन्त्री ओलीले “न्यायपालिका कुस्ती खेल्ने स्थान होइन” भनेका छन तर कुस्ती खेल्ने बाताबरण बनाउन उनको पनि हात छ । न्यायालय कस्तो बनाउने र न्यायाधीश कस्ता बनाउने भन्ने विषय राजनीतक पार्टीको हो । मुहान नै धमिलो भए के आशा गर्ने ? भागबण्डाका आधारमा आफ्नो पार्टी संग नजीक
More

पराजुलीलाई बाध्य पारेर राजीनामा दिन लगाइयो : कानुन व्यवसायी

काठमाडौं । कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् । रिर्पोर्टस क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका बारेमा बोल्ने अधिकार नभएकाले जवर्जस्ती राजीनामा दिन बाध्य पारेको बताउनुभयो । ‘प्रधानन्यायाधीशलाई न्यायपरिषद्को सचिवले हटाउन पाउने व्यवस्था कहिपनि छैन’ सांसद समेत रहनुभएका वरिष्ठ अधिवक्ता बिडारीले भन्नुभयो–‘तर ती सचिवले गैरकानुनी रुपमा प्रधानन्यायाधीशलाई अवकाश हुने पत्र पठाएका छन् यो कानुनअनुसार भएन ।’विडारीले प्रधानन्यायधीश पनि चोखो भन्न नमिल्ने बताउँदै भन्नुभयो–‘‘पराजुली पनि बेठीक छन् । तर बेठीक छन् भन्दैमा गैरकानुनी रुपमा हटाउन पाइँदैन, कानुनअनुसार संवैधानिक तरिकाले हटाइनुपर्दछ ।’’ नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष
More

तामाकोसी शेयर वितरणविरुद्ध आन्दोलन

चरिकोट । बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । माथिल्लो तामाकोशी शेयर सरोकार संघर्ष समितिले आज चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो अवधिमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो । यसअघि संघर्ष समितिले माथिल्लो तामाकोशीको शेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दै १० दिनको चेतावनी दिएको थियो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता बर्मा लामाले दोस्रो पटक दिएको अल्टिमेटम अवधिभित्र पनि माग सुनुवाई नभए आन्दोलनमा उत्रने बताउनुभयो । संघर्ष समितिले प्रेस विज्ञप्ति
More

चीन सरकारद्वारा नेपाललाई पचास अर्ब रुपैयाँ अनुदान

काठमाडौं । चीन सरकारले तातोपानी नाका, सिन्धुपाल्चोक अस्पताल र जिरी उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणका लागी तीन बिलियन चिनियाँ युआन अर्थात झण्डै पचास अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग गरेको छ । बिहिबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अनुदान सहयोगमा हस्ताक्षर गरे । चीनले तातोपानी नाका सूचारु गर्नका लागि भौतिक पूर्वाधारको अध्ययन र निर्माणका लागी सहयोग गरेको जनाएको छ । प्राप्त सहयोग रकम ९ बेडसहितको सिन्धुपाल्चोक अस्पतालको पुननिर्माण, जिरी उच्च माध्यमिक विद्यालयको पुनर्मिाण, लाईबे्ररी तथा ल्याव निर्माण र तातोपानी नाका सुधारका लागि खर्च गरिने छ । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु
More

छोरीको हत्यारा आमालाई कैद सजाय

लहान । नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलले जानकारी दिनुभयो । खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर पछिबाट आफू पनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खडकालाई उद्धार गरी बचाएको थियो । घरायसी विवाद भएपछि छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु
More

नेपालले क्रिकेटमा एक दिवसीय मान्यता पाउने सम्भावना बलियो

काठमाडौं । विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीलाई छ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाउने सम्भावनालाई बलियो बनाएको छ । जिम्बाबेको ओल्ड हराररियनन्सस्थित हरारे स्पोर्टस क्लबको मैदानमा आज भएको खेलमा पपुवान्यूगिनीले दिएको ११५ रनको चुनौतीलाई नेपालले २३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग-यो । खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको पारी सम्हाले । अविजित दीपेन्द्रले सर्वाधिक ५० रनको योगदान दिए भने अरिफले २६ रन जोड्दै बाहिरिए । त्यस्तै सुरुवाती व्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल एक रन जोड्दै बाहिरिए भने अनिल शाह नो रनमा समेटिए । तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कप्तान पारस खड्काले भने २० रन
More

प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदबाट राजीनामा दिनुभएको छ । उमेरसम्बन्धी विवादमा पर्नुभएका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि आज उहाँले शीतल निवास पुगी पदबाट राजीनामा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ । सर्वाेच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गर्नुभएको छ । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुनुहुने भएको छ ।
More

उपसभामुखमा तुम्बाहाम्फेको उम्मेदवारी

प्रतिनिधिसभाको उपभामुख पदमा शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फेले उम्मदेवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै । नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिनुभएको छ । तस्बिर : रत्न श्रेष्ठ
More

नेपाललाई ११५ रनको लक्ष्य

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले पपुवा न्यूगिनीबाट ११५ रनको लक्ष्य पाएको छ । २७ ओभर २ बल खेल्दा पपुवा न्युगिनीले सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । न्युगिनीलाई सस्तैमा समेट्न सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरले समान ४–४ विकेट लिए । नेपालका लागि करण केसी र सोमपाल कामीले १–१ विकेट लिए । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीका लागि जेसोन किलाले सर्वाधिक १५ रन जोडेका थिए । तेस्रो विकेटको रुपमा सेसे वाउलाई ११ रनमा आउट गरेका सन्दीपले चौथो विकेटको रुपमा चाद सोपरलाई १० रन र पाँचौ विकेटको रुपमा
More

काँग्रेसले भुसाललाई उम्मेदवार बनायो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि काँग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन । यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले आज उहाँलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित हुनुहुन्थ्यो । संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन
More

करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

लिबाङ । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् । असह्य पीडा भएपछि बालिकाले घरमा गई आफ्नी हजुरआमासँग घटनाका बारेमा जानकारी गराएकी थिइन् । त्यसपछि पीडित बालिकाकी हजुरआमाले यस विषयमा तत्काल प्रहरीमा उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय रोल्पाको एक टोली घटनास्थल पुगेर घटनाका बारेमा अनुसन्धान गरी अभियुक्त बालकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । बालिकालाई भने मेडिकलपश्चात् अभिभावकको जिम्मा लगाइएको
More

राष्ट्रपतिद्वारा शहीदलाई श्रद्धाञ्जलि

राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा बिहीबार बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त
More

कामु प्रधानन्यायधीश जोशीले तोके इजलास

काठमाडौं । सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले पद सम्हालेका छन् ।जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन् । उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।
More

नानी छाडेर नगदसहित श्रीमती बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ । श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौधरीले बताउनुभयो । भारतबाट आएकै राति घरबाट नगद रकम र सुनको तिलहरी लगेर बेपत्ता भएको उहाँले बताउनुभयो । सम्भावित धेरै ठाउँमा खोजतलास गर्दासमेत फेला पार्न नसकेको उहाँको भनाइ रहेको छ । छ वर्षको छोरालाई छाडेर बेपत्ता भएपछि निकै अप्ठरो परेको उहाँले दुखेसो पोख्नुभयो । “भारतमा
More

गोली चलेपछि गणेश लामा पक्राउ

काठमाडौं । राजधानीको गौशालामा रहेको पशुपति भिजनमा होटल गोली चलेपछि गणेश लामा पक्राउ परेका छन् । गोली चलेपछि होटलमा पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई पक्राउ गरेको हो । लामालाई एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमु्ख एसएसपी विश्वराज पोखरेलले लामालाई हतियारसहित पक्राउ गरिएको पुष्टि गरे । पशुपति भिजन होटलमा गोली चले पनि कोही घाइते भने भएका छैनन् । पक्राउ परेका लामाले प्रहरीसँगको बयानका क्रममा होटलमा पसेका दुई युवाले आफूलाई दुई गोली हानेर फरार भएको जनाएका छन् । होटलमा गोली चलेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलसहितको
More

आजबाट २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन रोक

काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट २० वर्ष पूराना सार्वजनिक सवारी साधन चल्न नदिने भएको छ । विभागले अभियानकै रुपमा यो नियम लागू गर्दै छ । यो नियम लगाइसकेपछि पनि पूराना सार्वजनिक सवारी साधन बाटोमा गुडेको देखे नियन्त्रणमा लिएर कबाडीमा विक्रि गर्ने विभागका सूचना अधिकारी तुलसीराम अर्यालले बताउनु भएको छ । विभागले सवारीधनीलाई फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन भनेको थियो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पूराना सार्वजनिक सवारी साधन हटाउने निर्णय गरेको हो । तर, यातायात व्यवसायीले गाडि गुडाउन नछोड्ने बताएका छन् । हिजो नेपाल यातायात व्यवसायी
More

सर्वोच्च न्यायालयमा भाँडभैलो

काठमाडौं । न्याय परिषद सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको चिठी लेखेपछि न्यालयमा अन्योल बढेको छ । सर्वोच्चका न्यायाधीशहरुले लगातार बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा पर्नु भएका प्रधानन्यायाधीश पराजुलीको उमेर गएको साउन २१ मै पूरा भएको भन्दै न्याय परिषद सचिवले चिठी लेखेर पदमा नरहेको भन्नु भएको हो । यो सँगै सर्वोच्चमा भाँडभैलो सुरु भएको छ । प्रधानन्यायाधीश पराजुलीले आफु नियमित काममा फर्किने बताउनु भएको छ भने वरिष्ठतम न्यायाधीश दिपकराज जोशीले अब आफुले पेशी तोक्ने बताउनु भएको छ । कानुनविदहरुले भने सचिवको पत्र न्यायलयमाथिको ‘कू’ भनेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको अर्को जन्ममिति भेटिएको छ । जस अनुसार उहाँ अहिले ६३
More