Daily Archives 16th March 2018

पुर्वअध्यक्ष घलेमाथि एनआरएन भवन निर्माणमा आर्थिक चलखेल गरेको आरोप (भिडियो)

लन्डन । गैरआवासीय नेपाल संघका निवर्तमान अध्यक्ष शेष घलेमाथि एनआरएन भवन निर्माणमा आर्थिक चलखेल गरेको आरोप लागेको छ । उनी माथि काठमाडौँ स्थित केन्द्रीय भवनको जग्गा किन्ने बेलामा आर्थिक चलखेल गरेको आरोप लागेको हो । उनी माथि जग्गा दलाल मिन बहादुर गुरुङसंगको मिलो मोतोमा सरकारी जग्गा सस्तो रकममा खरिद गरेको आरोप छ । घले, आफ्नी श्रीमती जमुना गुरुङले संघको अध्यक्षमा पराजित भए पछि संस्थाको सम्पूर्ण जिम्मेवारीबाट पन्छिएर अस्ट्रलिया पुगेका छन् ।
More

रुम्जाटार सोसाइटी यूकेको च्यारिटीमा भाग लिन दर्जन कलाकार लन्डनमा

लन्डन । रुम्जाटारमा बुद्ध गुम्बा निर्माणका लागि सहयोग जुटाउन अल्डरसटमा शनिबार एक च्यारिटी नाइटको तयारी भएको छ । रुम्जाटार सोसाइटी यूकेले कार्यक्रम गर्न लागेको हो । करिब ६ करोड रुपैयां लागतमा गुम्बा निर्माण सहयोगार्थ उक्त च्यारिटी गर्न बिहीबार बिहान नेपालबाट कलाकारहरु आनन्द कार्की, सुकमित गुरुंग, मिना देवी निरौला पोखरेल, राजु राजबहाक, रबि डंगोल, श्याम अर्याल, नम्रता योगी, धनकुमारी (सरु) थापा, स्मिता दाहाल लन्डन उत्रिएका छन् । दुई गायिकाहरु मिरा राणा र मौसमी गुरुंग यसअघि नै लन्डनमा छन् । स्थानीय सयपत्री कल्चरल ग्रुपले पनि सांस्कृतिक कार्यक्रममा साथ दिने बताइएको छ ।
More

गोर्खा मुद्दाको अन्तिम दस्तावेज २२ मार्चमा बेलायत सरकारलाई बुझाइने

लन्डन। बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले आन्दोलनरत गोर्खाहरुले उठाउदै आएको मुद्दाको अन्तिम दस्तावेज तयार पारेको छ । दस्तावेज यही मार्च २२ तारिखमा बेलायती रक्षा मन्त्रालय (एमओडी) र नेपाल सरकारलाई काठमाडौंमा समेत एकसाथ हस्तान्तरण गरिनेछ । बुधबार लन्डनस्थित नेपाली दूतावासमा भएको त्रिपक्षीय प्राविधिक समितिको पांचौं चरणको वार्ताले भूपू गोर्खाले उठाउंदै आएका मुद्दाको लिखित दस्तावेजलाई अन्तिम रुप दिएको हो । दस्ताबेज दूतावासका उपनियोग प्रमुख एवं वार्तामा नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले जानकारी दिए । दस्तावेज यही मार्च २२ तारिखमा बेलायती रक्षा मन्त्रालय (एमओडी) मा बुझाइने दूतावासका उपनियोग प्रमुख एवं वार्तामा नेपाल सरकारका प्रतिनिधि शरदराज आरणले जानकारी
More

‘शत्रु गते’ बेलायतमा प्रदर्शन हुने

लण्डन । बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते’ बेलायतका दर्शकमाझ पनि प्रदर्शन हुने भएको छ । प्रदर्शन अगावै ठूलो चर्चा बटुल्ट सफल महजोडी निर्मित यो चलचित्र आउंदो अप्रिल महिनाको अन्तिम साताबाट बेलायतका विभिन्न ठाउंमा प्रदर्शन गरिने भएको छ । यहि मार्च २३ तारिखदेखि नेपालमा प्रदर्शन हुन लागेको शत्रु गतेलाई बेलायतमा भने यहांस्थित नेप्लिज इनटरटेन्मेन्ट यूकेले ल्याउन लागेको हो । बेलायतमा चलचित्रको पहिलो शो आउंदो अप्रिल २९ तारिखका सांझ अल्डरसटको प्रिन्सेस हलमा गरिदैछ । त्यसलगत्तै बेलमायतका विभिन्न क्षेत्रमा पुगेर स्थानीय नेपालीहरुमाझ चलचित्र प्रदर्शन गर्ने योजना रहेको नेप्लिज इन्टरटेन्मेन्ट यूकेका अनिल मल्ले जानकारी दिए । प्रिन्सेस हलको पहिलो शो सांझ साढे ५ बजेबाट
More

South Asian Community Is very Humble.

Michael G. Miller is the Assemblyman of 38th Assembly District in Queens County of New York which is also known as the home of South Asian Community. Kiran Marahatta, a senior journalist interviewed with him regarding his efforts to empower the South Asian Community. We have cited this interview considering the best resource to understand Nepali American vibes. If talk about the recent activities at Albany; you have proposed a bill for funding to build a community center in your district. It’s not proposal or resolution; we requested a funding, so that’s the first step. And every time we meet
More

मन्त्रिपरिषद् विस्तार, को–को भए मन्त्री र राज्यमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानुन, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणी खनाल कृषि तथा
More

शताब्दीकै ठूलो अपचलन : कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, १३ कर्मचारी पक्राउ

काठमाडौं । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ । कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ र सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट रहेका छन् । यस्तै बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सो बैंकका लोकन्थली शाखा
More

उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिनुभएको थियो । बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उहाँ निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो । यसअघि नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले तुम्बाहाम्फेलाई तथा नेपाली काँग्रेसका डिला संग्रौला (पन्त) ले भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।
More

चालक र सहचालकलाई पोशाक

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालकलाई पोशाक लगाइदिँदै । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकको निर्णयानुसार शुक्रबारदेखि चालक तथा सहचालकले पोशाक लगाएका हुन् । तस्वीर : नवीन पौडेल
More

सिटौला समूहको भेला : कांग्रेस सुधार्न जोखिम मोलेर बोल्नुपर्छ : गगन थापा

काठमाडौं । काँग्रेसमा रहेका विभिन्न समूहले निर्वाचनपछि आफ्ना भेला तथा छलफललाई तीव्रता दिएका छन् । बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता कार्यकर्ता भेला भई पार्टी कमजोर भएको भन्दै कसरी बलियो बनाउने भन्ने सम्बन्धमा छलफल गरेका थिए । भेलामा गाउँस्तरमा पार्टीको संरचना कसरी बलियो बनाउने, यही चैत ९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्ने विषयका बारेमा समेत छलफल भएको नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो । निर्वाचन परिणामको विषयलाई लिएर काँग्रेसमा आरोप प्रत्यारोप जारी छ । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसले अनपेक्षित परिणाम व्यहोरेको थियो । उक्त निर्वाचनमा काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये
More

सपथका लागि मन्त्रीको नाम तोकियो (मन्त्रीको नामावलीसहित)

काठमाडौं । नेकपा एमाले र माओवादीले मन्त्री बन्ने नाम टुंगो लगाएका छन् । एमालेले ६ जना मन्त्री र एकजना राज्यमन्त्री छनोट गरेको छ । माओवादीले पाँचजना मन्त्री छनोट गरेको छ । संघीय समाजवादी फोरम भने आजको सपथग्रहणमा सहभागी नहुने भएको छ । एमाले र माओवादीले छनोट गरेको मन्त्रीको नामावली यस्तो छ । एमालेबाट प्रदीप ज्ञवाली : परराष्ट्रमन्त्री गोकर्ण विष्ट : श्रम तथा रोजगार रविन्द्र अधिकारी: पर्यटन रघुवीर महासेठ: भौतिक पूर्वाधार शेरबहादुर तामाङ: कानुन जगत विश्वकर्मा: युवा तथा खेलकुद गोकुल बास्कोटा: सञ्चार राज्य लालबाबु पण्डित: संघीय मामिला तथा सामान्य प्रशासन माओवादीको तर्फबाट वर्षमान पुन: ऊर्जा तथा जलस्रोत गिरिराजमणि पोखरेल : शिक्षा
More

को–को बन्दैछन् मन्त्री ? ४ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ । यो मन्त्रिपरिष विस्तारमा संघीय समाजवादी फोरम पनि सहभागी हुने बताइएको छ । राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने एमाले प्रयास छ । तर, सरकारमा जानबारे राजपामा आन्तरिक विवाद त छँदैछ, माओवादी नेताहरुले पनि फोरमलाई मात्र सरकारमा ल्याउन प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन् । एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको छैन । सचिवद्धय प्रदीप ज्ञवाली, योगेश भट्टराईका साथै भानुभक्त ढकाल, रविन्द्र अधिकारी, छबिलाल विश्वकर्माको सम्भावना छ । यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी, प्रेम आले, शेरवहादुर तामाङ, बसन्त नेम्वाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत पनि दावेदार हुन् । तर, व्यक्तिको
More

प्रधानमन्त्रीसहित २१ मन्त्रालय हुने

काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढाउने सहमति भएको छ । अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको छ । जबकी उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो । स्रोतका अनुसार थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय
More

एनएजीसी पत्रकारिता पुरस्कार किरण मरहठ्ठालाइ

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले व्यवसायीक पत्रकारहरुको पेशागत भविश्यको सुनिश्चिता नभएसम्म पत्रकारिताको उचित विकास हुन नसक्ने बताउनु भएको छ । राजधानीमा बुधवार आयोजीत एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार वितरण समारोहमा अध्यक्ष आचार्यले भन्नुभयो, श्रमजीवि पत्रकार एैन लागु नगर्ने मिडियाको कारण पनि समस्या आएको छ ।सरकारले लोककल्याणकारि विज्ञापनको समुचित वितरणमा ध्यान दिनुपर्नेमा पनि वहाँले जोड दिनुभयो । वहाँले नेपालको एक मिडियासंग सहकार्यमा पुरस्कार स्थापना गरेकोमा एनएजीसीलाइ धन्यवाद समेत दिनु भयो । नेपाल विश्व सहयोग संघ(एनएजीसी), अमेरिका र जनसवाल पब्लिकेशन, नेपालले संयुक्त रुपमा प्रदान गर्न एनएजीसी अन्तराष्टिूय पत्रकारिता पुरस्कार किरण मरहठ्ठालाइ प्रदान गरिएको थियो । समारोहमा अध्यक्ष आचार्यले मरहाका प्रतिनीधिलाइ सो पुरस्कार
More

बुद्घको सन्देश पु-याउन सगरमाथा आरोहण

नगरकोट । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लाग्नुभएकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । तामाङ समुदायको तर्फबाट दोस्रो महिला आरोही एवं गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथै मानव बेचबिखनको विरुद्ध विश्वको सर्वोच्च शिखरमा पुगी सन्देश प्रवाह गर्न अग्रसर रहनुभएकी स्याङतानको सहयोगार्थ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विकु थोकरले बताउनुभयो । उहाँका अनुसार आर्थिकरुपमा कमजोर नै भएपनि विश्वसामु नेपाल र नेपालीको पहिचानको विषयमा सन्देश प्रवाह गर्न सहयोगार्थ थोकर फिल्म प्रालिको आयोजनामा भक्तपुरमा बृहत् सांस्कृतिक कार्यक्रम गरिएको हो । शर्मिला स्याङतानले हाल तामाङ समुदायमा मात्र नभएर नेपाली चेली विभिन्न बहानामा
More

उपसभामुखमा तुम्बाहाम्फे र भूषाल भिडदै

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । उपसभामुखमा नेपाली काँग्रेसले पनि उम्मेदवारी दिएको छ । काँग्रेसले उम्मेदवारी नदिएपछि सभामुखमा भने माओवादी सांसद कृष्णबहादुर महरा निर्विरोध चयन हुनु भएको थियो । वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिनु भएको छ । वाम गठबन्धनसँग दुईतिहाई मत रहेकाले लुम्बाहाम्फे उपसभामुख बन्ने पक्का छ । तुम्बाहाम्फेले सरकारमा सहभागिताका लागि छलफल गरिरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपालको पनि समर्थन पाउनु हुनेछ । तेह्रथुममा जम्मिनु भएकी तुम्बाहाम्फेको अहिलेको ठेगाना भने मोरङ हो । यस्तै, भूषाल २०१५ सालमा वीपी कोइराला नेतृत्वको मन्त्रीपरिषदमा स्वास्थ्य तथा स्थानीय स्वायत्तमन्त्री बन्नु भएका काशीनाथ गौतमकी छोरी
More

सार्क उद्यमी सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं । दक्षिण एसियाका व्यवसायीहरूको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालमा वैदेशिक लगानी बढाउन तथा क्षेत्रीय लगानी र व्यापार साझेदारी बढाउन सार्क चेम्बर अफ कमर्सले यो सम्मेलन आयोजना गरेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेनलमा यस क्षेत्रका उद्यमी व्यवसायी, राजनीतिक र प्रशासनिक नेतृत्व तथा विज्ञहरूसहित २ सयभन्दा बढी अतिथिले सहभागिता जनाउने छन् । तीन दिनसम्म चल्ने कनक्लेभको यो छैटौं संस्करण हो । सम्मेलनको पहिलो दिन आज उद्घाटनसत्रमात्र हुने तथा भोलि र पर्सि विभिन्न विषयमा छलफल हुने छन् ।
More

नेपाललाई वान डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो । नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हासिल गर्दै यो उपलब्धि चुमेको हो । अर्को टोली हङकङ नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालले एक खेलअघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो । अब सातौं स्थान तथा प्लेट च्याम्पियनका लागि नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैगरी, नवौं स्थानमा लागि शनिबारै हङकङ र पपुवा न्यूगिनी खेल्नेछन् ।
More

मन्त्रिपरिषद् विस्तारको तयारी, मन्त्रालयको संख्या बढ्ने

काठमाडौं । सरकार गठन भएको झन्डै एक महिनापछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ । प्रधानमन्त्री ओली एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा लाग्नुभएको हो । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी रहेको मन्त्री लालबाबु पण्डितले बताउनु भएको छ । एमाले–माओवादीले यस अगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुबैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ । एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग पर्नेछन् । त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ । मन्त्रालयको संख्या
More

स्वेच्छिक अवकास लिने कर्मचारी १० हजार पुग्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गरीसकिएको जनाएको छ । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले बताउनुभयो । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उहाँको भनाइ थियो । प्रमुख रोकायाका अनुसार संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको छ । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो । यस्तै, भूमिसुधार तथा व्यवस्था
More