Daily Archives 17th March 2018

आयरल्याण्डमा पर्यटन प्रबर्धन कार्यक्रम

आयरल्याण्ड । गैर आवासीय नेपालीहरु बिश्वको जुन कुनामा रहैपनी नेपालको पर्यटकीय सुन्दरता, आफ्नो कला संस्कृति र समग्रमा आफ्नो देश नेपाललाई कहिल्यै भुल्न सक्दैनन र नेपालकॊ प्रबर्धन एवं विकाशको लागी अधिकांश नेपाली हरु कुनै न कुनै तरहले लागी परेका हुन्छन । आयरल्याण्डमा रहेका विभिन्न नेपाली संघ संस्था एवं नेपाली समुदायका अग्रज , महिला ,व्यवसायी विध्यार्थीहरुले आयरल्याण्डमाका बिभिन्न शहरहरुमा शनिवार आयोजित कार्यक्रममा नेपाली समुदायका तर्फबाट आफ्नो उपस्थिति जनाए । कार्यक्रममा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड , ब्यानर , झण्डा लगायत भेषभूषा का साथ पर्यटन प्रवर्धनका सामाग्री सहित नेपालको प्रचार प्रसारमा महत्वपुर्ण भूमिका खेलेको छ । कोर्क शहरमा गैर आवासीय नेपाली
More

WALKING SAVES 37,000 LIVES IN THE UK

Do you want to be healthy, happy and live longer? Walking is the answer. ‘Walking is the secret of your health’, says Dr William Bird, a pioneer of walking for Health in the UK. Dr Bird set up Health Walks and the Green Gym in the late 1990s while he was a GP in Oxfordshire, which are now expanded across the UK, Australia and Europe. ‘’Walking for 20 minutes a day could save 37,000 people a year from dying prematurely of cancer, heart disease and stroke, according to a report of Ramblers walking charity and Macmillan Cancer Support. Being physically
More

नेपालको न्यायपालिका भित्रका बिसंगति सम्वोधन गर्न एक उच्चस्तरिय आयोग गठनको माग

लन्डन । हालै मात्र देखिएको नेपालको न्यायपालिका भित्रका बिसंगति र त्यसभित्रका विभिन्न पात्रहरुको अपरिपक्व र लज्जास्पद क्रियाकलापले न्यायपालिकाप्रतिको जन आस्थामा गम्भीर ह्रास आएकोमा गहिरो चिन्ता व्यक्त गर्दै ग्लोबल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) ले न्यायपालिका भित्रका यस्ता विसंगतिलाई रोक्नेबारे सुझाव दिन एक उच्चस्तरिय न्याय सुधार आयोग गठन गर्न नेपाल सरकारलाई आव्हान गरेका छन् । नेपालका हालका कुनै पनि नेता राजनेताको उचाइमा पुगिनसकेको, नयां संविधान लागू गर्ने क्रममा केवल चुनावी कर्मकाण्डमात्र पुरा भएको, सही रुपमा नेपालमा कानुन बमोजिमको शासन भइनसकेको र लोकतन्त्र कागजमा आएको तर व्यवहारमा आइनसकेको अवस्थामा लोकतन्त्र, कानुनी राज्यको अवधारणा र नागरिकका मौलिक अधिकार
More

आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताउनुभयो । आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पु-याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, “२०६३ सालदेखि मैले एकताको प्रयास
More

नदेरल्यान्डसँग नेपाल पराजित

काठमाडौं । विश्वकप छनोटअन्तर्गतको सातौ स्थानका लागि भएको प्लेअफ म्याचमा नेपाल नेदरल्यान्डसँग ४५ रनले पराजित भयो । ४४ ओभर ४ बल खेल्दा नेपालले सबै विकेट गुमाएर १ सय ४४ रनमात्रै बनाउन सक्यो  । १ सय ९० रनको सामान्य लक्ष्य पाएको नेपाली टोलीका शीर्ष ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले ३६, दीपेन्द्र सिंह ऐरले २५ र कप्तान पारस खड्काले २२ रनको योगदान दिएका थिए । पुच्छरका ब्याट्सम्यान करण केसी १३ तथा सन्दिप लामिछानेले १४ रनको योगदान दिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनायो । नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा
More

एजेण्डा मिल्नेसँग सहकार्य हुने- महासचिव मैनाली

दाङ । नेकपा ९माले०का महासचिव सिपी मैनालीले वाम गठबन्धन धेरै दिन टिक्न नसक्ने बताउनुभएको छ । आज दाङमा नेकपा ९माले०को राष्ट्रिय परिषद् अधिवेशनको समापनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । वाम गठबन्धको नेतृत्व गर्नेको चरित्रका कारण एकता नटिक्ने उहाँको भनाइ रहेको छ । “शक्ति र सत्ताका लागि भएको वाम गठबन्धन कसरी टिक्छ”, महासचिव मैनालीले भन्नुभयो । वाम गठबन्धनमा मुख्य समस्या नीतिगत रहेको उहाँको भनाइ थियो । उहाँले वाम गठबन्धनको एकता टिकोस् भन्ने चाहना भने रहेको बताउनुभयो । “हामीले एकता टिकोस् देशको विकास होस् भन्ने चाहान्छौँ”, मैनालीले भन्नुभयो । मैनालीले आफ्नो पार्टीले एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत
More

गणेश लामालाई छुटाउन निकालिएको जुलुसमा ढुंगा हानाहान

काभ्रे । कांग्रेसका नेता गणेश लामालाई रिहाईको माग गदै बनेपामा नेपाली कांग्रेसले निकालेको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको छ । कांग्रेसको पाटी कार्यालय बनेपावाट निकाल्न लागेको जुलसमाथि प्रहरीले हस्तक्षेप गरेको हो । काभ्रे स्थायी घर भएका लामालाई प्रहरी प्रशासनले फसाउन खोजेको भन्दै कांग्रेसले रिहाईको माग गर्दै बनेपाको गोदामचोकवाट मसाल जुलुस निकाल्ने तयारी गरेको थियो । बनेपामा प्रहरी र आन्दोलनकारी दुवैपक्षबाट ढुंगा हानाहान भैरहेको छ । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि केही समय बनेपामा झडप समेत भएको थियो । प्रहरीले झडपलाई रोक्न केही शेल अँश्रु ग्याँस प्रहार गरेको थियो । झडपमा कांग्रेसका क्षेत्रीय सभापति रमेशप्रसाद हुँमागाई लगायत केही कार्यकर्ता घाइते भएका
More

सरकारले खटाएको स्थानमा कर्मचारी जानै पर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताउनुभएको छ । “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।” नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । प्रधानमन्त्री केपी शर्मा
More

कला प्रर्दशन

घोडेजात्राको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा घोडचडी कलाहरु प्रर्दशन गर्दै । तस्बिर : प्रदीपराज वन्त
More