Daily Archives 18th March 2018

एनआरएनए यूके च्यारिटी डिनरको तयारी पुरा

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए) ले पृथक शैली अपनाउंदै बक्सिङ शोका साथ एक च्यारिटी डिनरको तयारी गरेको छ । संघको आपतकालिन परोपकारी कोष अभिवृद्धिका लागि ३१ मार्च, २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा उक्त कार्यक्रम गर्न लागिएको सो कार्यक्रमको तयारी पुरा भएको महासचिव राजकुमार त्रिपाठीले जनाए । लन्डन साउथ हयारोस्थित हिमालयन किचनमा शनिवार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्रेम गाहामगरले बेलायत तथा नेपालमा आपतकालिन अवस्था जस्तै प्राकृतिक विपत्ति, अन्त्येष्टी वा मरण, मानवीय संकट र ‘पब्लिक हेल्थ’ मा खर्चन च्यारिटी गर्न लागिएको जानकारी दिए । नेपाल र ब्रिटिश आर्मीमा कुनै
More

एनआरएन यूरोप सम्मेलन जुलाई २९ र ३० तारिख, लग्जेम्वर्गमा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं एनआरएन महिला सम्मेलन जुलाई अन्तिम साता लग्जेम्वर्गमा हुने भएको छ । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीका अनुसार आइतवार सम्पन्न युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको वैठकले सो वैठकको मितितय गरेको हो । बैठकलाई सम्वोधन गर्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१८/१९ वर्षलाई लगानी वर्षको रुपमा मनाउने तयारी भैरहेको जानकारी दिए । बैठकमा उपाध्यक्ष कुमार पन्तले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीको विषयमा वोल्दै अगामी दिनमा नेपालमा लगानी भित्राउन संघले सकृय भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । वैठकले युरोप संयोजक शिव बरुवालको संयोजकत्वमा
More

पाँच वर्षभित्रै काठमाडौंमा रेल गुड्छ : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेल सञ्चालन हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लवले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले ईच्छा शक्ति भएमा देशमा विकास गर्न कुनै समस्या नहुने बताए । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ? ईच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ, ढुक्क हुनुस्,’ उनले भने । नेपालको आफ्नै पानीजहाज, हावाबाट बिजुली, रेलमार्गजस्ता कुरालाई हावादारी भन्नेहरुलाई आफूले काम गरेरै पाँच बर्षमा जवाफ दिने पनि मन्त्री महासेठले बताए । नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भए पनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको
More

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै उहाँले परीक्षाका लागि देशभर गरी एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको बताउनुभयो । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९
More

नेपाल शिक्षक संघमा पौडेल

काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । यही चैत १ गतेदेखि आजसम्म भएको संघको आठौँ संघीय महाधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एनपी भुसाल निर्वाचित हुनुभएको छ । महाधिवशेनमा देशभरिका करिब ६०० प्रतिनिधिको सहभागिता थियो । संघमा करिब एक लाख शिक्षक आबद्ध रहेका छन् ।
More

कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ)को सातौं महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताउनुभयो । अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उहाँको आरोप थियो । “कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद काँगेसलाई स्वीकार्य छैन,” उहाँले भन्नुभयो । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै सभापति देउवाले भन्नुभयो, “तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँ ।” कांँग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा
More

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाबाट उपाध्यक्ष दाहाललाई शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाद्वारा राष्ट्रियसभाका नवनियुक्त उपाध्यक्ष शशीकला दाहाललाई पद तथा गोपनीयताको शपथ दिलाउनुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

सुर्खेत । पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते हुनुभएको छ भने पूर्वमन्त्री खड्काको गर्धन र खुट्टामा सामान्य चोट लागेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घाइते खड्का र आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
More

पर्यटकको गन्तव्य पञ्चकोट

बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा निर्मित हनुमानको मूर्ति । धार्मिक संरचना निर्माणसँगै अहिले पञ्चकोटमा घुम्ने पर्यटक बढेका छन् । तस्वीर : रामबहादुर थापा
More

नागरिक समाज पार्टीको झुण्ड : नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास : बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उहाँले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताउनुभयो । पूर्वसभामुख नेम्बाङले नागरिक समाजलाई देशमा भइरहेको राम्रो र नराम्रो कामको समीक्षा गर्न आग्रह गर्दे अहिले नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप लगाउनुभयो । नेता नेम्बाङले खिलराज रेग्मी शक्ति पृथ्वीकरणको सिद्धान्त विपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अध्यक्ष र प्रधानन्यायाधीश भएदेखि न्यायालयमा राजनीतिक हस्तक्षेप बढेको समेत
More

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी हुनुभएको छ । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाउनुभयो । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् । आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो ।
More

प्रदेशसभा सदस्य गुरुङ मस्ट वान्टेडको सूचिमा

काठमाडौं । नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिनुभयो । गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् । प्रहरीले उनका नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ ।
More

तरुण दलले सातै प्रदेशमा भेला गर्ने

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो । दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । प्रशिक्षण प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७
More

राजपा सरकारमा जाने, मन्त्रालय अझै थपिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले टीकापुर घटनासँग जोडिएका सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकारमा सहभागी हुन आग्रह गर्नु भएको थियो । प्रधानमन्त्रीको आश्वासनपछि नै सांसद चौधरीले अस्ति अनशन तोड्नु भएको थियो । त्यसक्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरूसमेतको उपस्थिति थियो । सरकारमा जाने उद्देश्य राखेर नै राजपाले ओलीलाई संसद्मा विश्वासको मत दिएको थियो । राजपा सांसद चौधरीलाई २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एसएसपीसहित ७ सुरक्षाकर्मी तथा दुईवर्षे बालकको हत्या घटनामा
More

व्यापार घाटा ६ खर्ब १० अर्ब पुग्यो

काठमाडौं । दैनिक उपभोग्य र विलासिताका सामग्रीको आयात बढेसँगै यो वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अरब रुपैँया पुगेको छ । भन्सार विभागका अनुसार गएको साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खरब ५७ अरब बढीको सामग्री आयात भएको छ । निर्यात ४७ अरब ६२ करोड रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले बढ्दा आयात १८ प्रतिशतले बढेको छ । सरकारले निर्यात बढाउन गरेका प्रयासले सार्थकता पाउन सकेको छैन । मुलुक आयातमुखी बन्दै गइरहेको छ । सात महिनामा सबैभन्दा बढी ९७ अरब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी
More

कर्मचारीको स्वैच्छिक अवकाश रोकिने

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको योजना ल्याएको थियो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवा अवधि लगभग सकिन लागेका कर्मचारीहरु खुसी भएका थिए । पियन, खरिदार र अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिएका छन् । अवकाशमा जान ९ हजार ५ सय ९१ कर्मचारीले निवेदन दिएका हुन् । अहिले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित मात्र होइन प्रधानमन्त्री केपी ओली समेत स्वैच्छिक अवकाश रोक्ने पक्षमा पुग्नु भएको छ । स्वैच्छिक अवकाश रोजेका कर्मचारीलाई विदाइ गर्दा
More

लिभरपुल तेस्रो स्थानमा उक्लियो

लन्डन । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५–० ले हरायो । लिभरपुलको जितमा मोहमद सालहले चार गोल गर्नु भयो । एक गोल रोबर्टो फिरमिनोले गर्नु भयो । मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनपछि लिभरपुलले वाटफोर्डमाथि ५–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लियो । वाटफोर्डको रक्षापंक्ति कमजोर पार्दै खेल सुरु भए लगत्तै सालाहले गोल गर्नु भयो । यो खेलमा ४ गोल गरेसँगै सालाह युरोपको शीर्ष गोलकर्ता सूचीको पहिलो नम्बरमा उक्लिनु भएको छ । सालहले प्रिमियर लिगमा २८ गोल गर्नु भएको छ । सलाहको अहिलेसम्म सबै प्रतियोगितामा ३६ गोल पुगेको छ
More