Daily Archives 19th March 2018

एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न

शनिबार बेलायत स्थित एल्डरशटको एम्पाएर हलमा रुम्जाटार गुम्बा च्यारिटी नाइट सम्पन्न भयो । बेलायतको थर्ड आइ टिमलेको आयोजना गरेको सो च्यारिटी कार्यक्रमबाट २० लाख भन्दा बढी रुपियाँ संकलन भएको कार्यक्रम संयोजक बिष्णु गुरुंगले जानकारी दिए । उनले सो रकम ओखलढुंगाको रुम्जाटारमा निमार्णाधीन गुम्वालाई सहयोग गरिने पनि बताए । थर्ड आईको निमन्त्रणामा बेलायत आएका कलाकारहरु आनन्द कार्की, सुकमित गुरुङ, मीनादेवी निरौला, राजु राजबाहक, सरु थापा, रवि डंगोल, नम्रता योगी सहित मीरा राणा , मौसमी गुरुङ र स्थानीय सयपत्री कल्चर समूहले बिबिध साँगितिक प्रस्तुती दिएका थिए । आयोजक संस्थाका बिकास देवकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकारहरु , दर्शक र आर्थिक सहयोग
More

जनजाति महासंघ यूकेको अध्यक्षमा जंग सुनुवार

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतमा नयां नेतृत्व चयन भएको छ । आइतबार तमु भवन मिचेटमा सम्पन्न तेस्रो अधिवेसनले जंग सुनुवारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । तर सहमति जुट्न नसक्दा २१ सदस्यीय कार्यसमितिका १७ पद रिक्त राखिएको छ । अध्यक्ष्माा निर्वाचित सुनुवार निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नयां कार्यसमितिको उपाध्यक्षमा कर्ण दुरा र लिला सेलिंग तथा महासचिवमा खुशी लिम्बु चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष, सचिव, सहकोषाध्यक्षसहित २१ कार्यसमितिका अरु ठाउंहरुमा भने सहमति हुन नसक्दा अधिवेसनले चयन गर्न सकेन । एकेन्द्र गुरुंगको संयोजकत्वमा पुर्ण लक्सम, गणेश इजाम, श्रीप्रसाद लिम्बू, भक्तबहादुर दुरा सदस्य रहेको निर्वाचन समितिले नयां कार्यसमिति
More

सिकागोमा अन्तराष्ट्रिय महिला दिवस तथा साहित्यिक गोष्ठी सम्पन्न

गैह्र आबिसिय नेपाली संघ, अमेरीका, ईलिनोई च्याप्टरको संयोजनमा सिकागोमा “अन्तराष्ट्रिय महिला दिवस २०१८ तथा साहित्यिक गोष्ठी” सम्पन्न भएकोछ। स्थानिय सिकागोल्याण्ड नेपाली फ्रैण्डसिप सोसाईटी र अन्तराष्ट्रिय साहित्य समाज, सिकागो च्याप्टरको संयुक्त आयोजनामा आईतबार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरूले महिलाको हक, हित, ब्याबसायिक बिकास र ससक्तिकरणको बारेमा आफ्नो धारणा राख्नुको साथै डेढ दर्जन भन्दा बढी साहित्यप्रेमीहरूले आफ्ना साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए। अमेरीकाका लागि नेपाली दुतावास, वासिंगटन डिसीका ईकोनोमिक काउन्सेलर, कैलाश राज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आईसीसी का पोलिसी एवं प्रोसेड्युयर कमिटिका सह-संयोजक एवं एन्मा अध्यक्ष बाला घिमिरे; एनआरएनए एनसीसीका सल्लाहकार एवं न्याकका अध्यक्ष बिष्णु फुँयाल, एनआरएनए ईलिनोई च्याप्टर अध्यक्ष
More

बिदामा अनुमति लिएरमात्रै सरकारी गाडी चलाउन गृहको उर्दी

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिन अनुमति लिएरमात्र सरकारी गाडी चलाउन सरोकारवालाहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ बिदाका दिन गाडी नचलाउन निर्देशन दिएको हो । बिदाका दिन सरकारी गाडी चलाउनुपरेमा प्रायोजन र प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर खुलाएर पास बनाउनुपर्ने मन्त्रालयले जनाएको छ । यस्तै, सरकारी गाडीमा निजी गाडीकोजस्तो रातो नम्बर प्लेट राखिएको भए तत्काल सेतो प्लेट कायम गर्न पनि आग्रह गरिएको छ । गृह मन्त्रालयले सवारी–साधन दुरुपयोगको जानकारी गराउन टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।
More

क्रान्ति सकिएको छैन, अझै अगाडि बढ्छ: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताउनुभएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघले यहाँ आज आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ लाई सम्बोधन गर्दै उहाँले अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्ने बताउँदै आर्थिक समृद्धि र विकासको कुरा गर्दा सांस्कृतिक क्रान्ति र गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले
More

बीस वर्ष पुराना ९४ सार्वजनिक सवारी जफत

काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना ९४ वटा सार्वजनिक सवारी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत गरेका हुन् । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो । विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत् विभागमा निवेदन प्राप्त भएको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।
More

कानुनमन्त्री तामाङको सम्पत्ति कति ?

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामान्यतः मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गर्ने भएपनि मन्त्री तामाङले भने सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनकी पत्नी उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा ३ आना ३ पैसा २ दाममा बनेको एउटा घर रहेको छ । तामाङको नाममा काठमाडौं महानगरपालिका–९ मा ६ आना २ पैसा र १ दाम जग्गा रहेको देखाइएको छ । यस्तै, मोरङमा साढे ३ विगाह जमिन, सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ । यस्तै, उषाकलाकै नाममा
More

इन्जिनियरको राष्ट्रिय सम्मेलन काठमाडौं हुने

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन यही चैत ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले उक्त सम्मेलनमा विज्ञान प्राविधिक तथा पूर्वाधार विकासका क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका इन्जिनियरले गरेका अध्ययन तथा अनुसन्धानका आधारमा ४५ वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो । कार्यक्रममा मुलुकको विकासका जल्दाबल्दा समस्या र तिनका समाधानका सम्बन्धमा विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिने छ । प्रत्येक दुई वर्षमा गरिने सम्मेलनमा यसपटक राष्ट्रको पूर्वाधार विकास तथा समृद्धिलाई प्राथमिकतामा राएिको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जीवराज पोखरेलले मुलुकको संरचनाअनुसार अब प्राविधिक
More

देउवाले भन्नुभयो- ‘बाघ हेर्न अर्काेपटक आउँछु’

चितवन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ हुनुभएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किनुभएको थियो । निकुञ्ज घुमाउनसँगै रहनुभएका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उहाँले अहिले बाघ देखिएन अर्काेपटक आउने बताउनुभएको हो । ढुंगानाले भन्नुभयो, “पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ।” वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान
More

एसइई परीक्षा : पाँच लाख परीक्षार्थीको लागि ६४ हजार जनशक्ति

भक्तपुर । यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक सञ्चालन हुन लागेको परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति परिचालित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साधारणतर्फको १७ गतेसम्म र प्राविधिकतर्फको २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं ३ बाट र कम प्रदेश
More

न्यायाधीशको सम्पत्ति पनि सार्वजनिक गरिने : मन्त्री तामाङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले १५ दिनभित्र सबै मन्त्रालय र निकायलाई कानूनको मस्यौदा बनाएर मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कानूनको मस्यौदा नबुझाएका सबै मन्त्रालय, निकायलाई कानूनको मस्यौदा बनाएर पठाउन आजै निर्देशन दिनुभएको हो । उहाँले कानून नबनेर संविधान कार्यान्वयनमा पनि जटिलता देखिने भएकाले कानून बनाउनका लागि मस्यौदा पठाउन निर्देशन दिएको बताउनुभयो । “संविधान जारी भएपछि सबै मन्त्रालयले नयाँ संविधानअनुसार कानूनको मस्यौदा मन्त्रालयमा पठाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर केही मन्त्रालयले मस्यौदा बनाएर पठाएका छैनन् । कानूनको मस्यौदा नबनेकाले कानून बन्न ढिलाइ भएको छ, १५ दिनभित्र सबैले कानूनको मस्यौदा बनाएर
More

अस्पताललाई सहयोग

मगर संघ इजरायलद्वारा बेनी अस्पतालमा आवश्यक पर्ने सामग्री खरिदको लागि रु एक लाख सहयोग हस्तान्तरण गर्दै संघका अध्यक्ष विष्णु पुन मगर । तस्बिरः कमल खत्री
More

बलेवा विमानस्थलमा परीक्षण उडान, चैत ९ गतेदेखि नियमित

फलेवास । विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा आज पहिलो पटक परीक्षण उडान गरियो । यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ । उक्त विमानलाई चालक सन्तोष शाह, प्रभात घिमिरे र एयर होस्टेज सिर्जना हुमागाईंले विमानस्थलमा सफल अवतरण गराएका हुन् । उनीहरुले पटक पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित सञ्चालनका लागि उपयुक्त दिशाको निरुपण तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका
More

के महँगो स्कुल बन्द गर्नै पर्छ ?

विगत केही वर्षदेखि शिक्षा मन्त्रालयको समग्र ध्यान र समय केही महँगा स्कुलको विरोध र बहसमा खर्च हुँदै आएको छ । शिक्षाविद् भनेर नाम र दाम कमाइरहेकाले पनि यसैमा माथापच्ची गरिरहेको देख्न सकिन्छ । के यो नै शिक्षा क्षेत्रको मूल समस्या हो त ? खासमा सस्तो या निःशुल्क गुणस्तरीय शिक्षा पाइने हो भने कसैले महँगो मूल्य तिर्दैन । अग्लो मानिसको विरोध गरेर होचो मान्छे अग्लो बन्दैन । महँगा स्कुल बन्द गरेर हाम्रो शिक्षाको गुणस्तर सुध्रिने होइन । अग्लो रुखलाई काटेर होचो रुख बढ्ने होइन, होचो रुखलाई बढ़ी मलजल गरेर बरु अग्लो बनाउन सकिन्छ । मन्त्रालय, विभाग, कर्मचारी, शिक्षक, निरीक्षकलगायतका समग्र खर्च
More

त्रिभुवन विमानस्थलबाट आयात निर्यात सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको विहिबारबाट बन्द रहेको आयात निर्यात आजबाट सञ्चालनमा आउँदै छ । उड्डयन मन्त्री रविन्द्र अधिकारी र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिबीच हिजो भएको छलफलपछि समस्या समाधानको सहमति भएको हो । व्यवसायीसँग भएको सहमति अनुसार प्रबन्ध शूल्क लिने सहमति भएसँगै यसअघि हुँदै आएको आयात निर्यात पुनः सञ्चालनमा ल्याउन लागेको चेम्बरले जनाएको छ । एयर कार्गो प्रबन्ध शूल्क बढाइएपछि व्यवसायीले विरोध गर्दै आएका थिए ।
More

विद्यालय पुनः निर्माणमा रु ५० लाख संकलन

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०आँ वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन् । आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु (नगेन्द्र) पुर्जाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलावासीबाट करीव रु ५० लाख आर्थिक संकलन भइसकेको छ । बेलायतमा रु ३० लाखभन्दा बढी र हङकङमा
More

भुस्याहा कुकुर नियन्त्रणमा २ करोड खर्च

काठमाडौं । काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्च भए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ । पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । यद्यपी अहिले सम्म पनि भुस्याहा कुकुरको व्यवस्थापन नभएपछि सर्वसाधारण निराश भएका छन । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गरेको थियो ।
More

रोनाल्डोको ५० औं ह्याट्रिक

लन्डन । क्रिष्टियानो रोनाल्डोको चार गोलको मद्दतमा रियाल मड्रिडले स्पेनिस ला लिगामा गिरोनालाई ६–३ ले हराएको छ । गएरातीको खेलमा रियाल मड्रिडलाई जिताउन बाँकी गोल ग्यारेथ बेल र भाज्क्वेजले गर्नु भयो । गिरोनासँगको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गर्नु भएको छ । पछिल्ला ११ खेलमा २१ गोल गर्दै रोनाल्डोले आफू फर्ममा रहेको पुष्टि समेत गर्नु भएको छ । जीतसँगै रियाल मड्रिड २९ खेलबाट ६० अंक सहित तेश्रो स्थानमा उक्लिएको छ ।
More

सौतासँग झगडा, घरमा आगो, सुतिरहेका छोराछोरीको मृत्यु

रामेछाप । रामेछापमा घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको ज्यान गएको छ । सौता सौताबीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो । केही समयअघि केसीका श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएका थिए । कान्छी श्रीमती ल्याएपछि श्रीमानले हेलाँ गरेको भन्दै विवाद बढ्दा दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिलबहादुर केसीलाई नियन्त्रणमा लिएको छ ।
More

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं । एक दिवसीय क्रिकेट खेल्ने मान्यतासहित नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फकदैछन् । जिम्बावेमा सहभागि  १० टिममध्ये आठौँ भएको नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि पहिलो पटक ऐतिहासिक सफलता हात पारेको हो । एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहन सफल भएपछि समूह चरणमा शीर्ष स्थान रहन नसकेपछि नेपालले क्रस प्लेअफमा पपुअ न्यूगिनीलाई पराजित गरेको थियो भने सातौँ स्थानको प्लेअफमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । एकदिवसीय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाएको छ । नेपालले आईसीसीबाट पाउदै गरेको आर्थिक तथा अन्य सुविधामा उच्च वृद्धि हुनेछ । त्यस्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता उच्च श्रेणीको
More