Daily Archives 23rd March 2018

“जनसम्पर्क समिति बेल्जियमले सम्झियो युगपुरूष स्व. गिरिजा प्रसाद कोईरालालाई”

बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले गत मंगलबारका दिन गणतान्त्रिक नेपालका कमान्डर नेपाली राजनीतिका शिखर पुरुष, क्रान्तिनायक,नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व राष्ट्र प्रमुख , सहमति, सहकार्य र एकताको सुत्रधार , युगपुरूष स्व: गिरिजाप्रसाद कोइरालाको आठौं पुण्य स्मृति दिवश मनाएको छ। नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापती श्री सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिती बेल्जिसमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमा सभापतीको आसन बाट बोल्दै सीता सापकोटाले स्व.कोइरालाले जसरी आफ्नो जीवनको अन्त्यकालसम्म पनी मुलुक र मुलुकवासीको हितको लागि, राष्ट्र र राष्ट्रीयताको लागी लागिरहनु भयो त्यसैगरी वर्तमान कांग्रेस नेतृत्व र आम कार्यकर्ताहरुले स्व: गिरिजाबाबुको त्यो त्याग,
More

सभापति देउवामाथि खनिए नेताद्वय सिंह र सिटौला

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकको शुरुमै धारणा राख्नुभएका पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति शेरबहादुर देउवाका कार्यशैली भएको आरोप लगाउनुभयो । नेता सिंहले आठ पृष्ठ लामो सुझाव एवं प्रस्ताव राख्दै नेपालको निर्वाचनको इतिहासमा काँग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोग्नुपरेको थिएन भन्नुभयो । पार्टी सभापति देउवाले नेकपा (माओवादी केन्द्र) सँग
More

इयुको सुझावलाई हस्तक्षेप भन्न मिल्दैन : उपेन्द्र यादव

रौतहट । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले परराष्ट्र मन्त्रालयले हतासमा आएर हतार हतारमा यूरोपियन यूनियन प्रति वक्तब्य जारी गर्नु सरकारको अपरिपक्वता भएको बताएका छन् । आज रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले नेपालमा अझै पनि जातिय विभेदको अवस्था रहेकाले यूरोपियन यूनियनले भनेको कुरा सुझावका रुपमा लिएर अगाडि बढनु पर्ने बताएका हुन । अध्यक्ष यादवले इयुको सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने र त्यसलाई हस्तक्षेप भन्न नमिल्ने पनि स्पष्ट पारे । आफ्नो स्वार्थमा भए वाह वाह गर्ने र विभेदमा परेका समुदायका बारेमा बोल्दा हस्तक्षेप हुने परिभाषा राम्रो नभएको अध्यक्ष यादवको भनाई छ । ओली नेतृत्वको सरकारमा सहभागी हुने नहुने बारेमा कुरा भइनसकेको
More

फोरम नेपालका सचिव काङमाङ माओवादी केन्द्रमा

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सचिव अजम्बर काङमाङ राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेका पूर्व नेता समेत रहेका राई आज माआवादी केन्द्रको कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । नेता राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका थिए । नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक युवा संघ नेपालका अध्यक्ष समेत रहिसकेका राई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी उपेन्द्र यादवको फोरममा विलय हुँदा केन्द्रीय सदस्यको हैसियतमा थिए । तर पछि उनले आफूलाई दिएको जिम्मेवारीमा असन्तुष्टि जनाएपछि सचिव बनाइएको थियो । उनी भोजपुर प्रदेश सभामा ‘क’ मा एमाले राजेन्द्र
More

रेफ्रिलाई बल हस्तान्तरण गर्नुहुँदै राष्ट्रपति

बुटवलमा आज देखि सुरु भएको तेस्रो अन्तराष्ट्रिय नक आउट फुटवल प्रतियोगितामा खेल सुरु हुनु पहिले मुख्य रेफ्रिलाई बल हस्तान्तरण गर्नुहुँदै राष्ट्रपति बिद्यादेवी भण्डारी । तस्वीरः भरत के.सी
More

सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास गर्नेछौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताउनुभएको छ । उनन्तीसऔँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको आज भृकुटी मण्डपमा उद्घाटन गर्दै उहाँले भन्नुभयो –“समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैन् ।” प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ,”भन्नुभयो । नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उहाँले काठमाडौँ उपत्यकामा रेल र
More

काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न १२ बजेदेखि शुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र रुपमा समीक्षा गरिनेछ । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ । यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा
More

यूरोपियन युनियनले कहाँ कति लगानी गरेछ ?

हस्त गुरुङ/बाबुराम विश्वकर्मा: खोज पत्रकारिता केन्द्र समाज कल्याण परिषद ऐन र नियमावली (२०४९) को व्यवस्था अनुसार, नेपालका संघ संस्थाले विदेशी सहयोग लिन र खर्च गर्न समाज कल्याण परिषदको अनिवार्य पूर्व स्वीकृति लिनुपर्छ । आकस्मिक सेवा वा उद्धारका लागि समेत यही नियम लागू हुन्छ । तर, परिषदका सदस्य सचिव रविन्द्र कुमार भन्छन्- ‘परिषदमा आवद्ध ३९ हजार संघसंस्था मध्ये ६ सय जतिले मात्र यो नियम पालना गरेका छन् । बाँकी संस्थाहरु नियमको परिधि बाहिर छन् ।’ परिषदको परिधि बाहिर रहेका १८७ आईएनजिओ र ३८ हजार ४०० जति संघसंस्थाले नयाँ नेपालको संविधान बनाउने देखि जातीय राजनीतिको मोर्चा खोलेर अरबौं खर्च गरेका छन् ।
More

अख्तियारद्धारा घुस रकम सहित पाखापानी प्रहरी चौकीका प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीका प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ । वि.सी ले प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल(काठमाण्डौं)बाट खटिइ म्याग्दी आएको टोलीले घुस रकम १ लाख ६० हजार सहित विसीलाई पक्राउ गरेको आयोगका प्रवक्ता एवम् सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।प्रवक्ता पाण्डेका अनुसार विसीलाई शनिवार म्याग्दी बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।
More

फुङ्लिङको होटलमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो । आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए । आगलागीको कारण खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ – अनलाइन खबरबाट ।
More

राज खड्का ‘मिस्टर ग्लोबल टिनको शीर्ष पाँचमा

बैंकक । पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ । यही परिप्रेक्षमा ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल भएका छन । उनी टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्डपनि हात हात परेका छन । उनि नेपालका तर्फबाट प्रतिनिधित्व गरेर त्यसतर्फ प्रस्थान् गरेका थिए । बिजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले उक्त प्रतियोगितामा पठाउने ब्यबस्था
More

टयांकर चालकद्वारा किशोरीमाथि बलात्कार

आठराई । तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे । आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर पु-याइदिने आश्वसन दिएर मंगलबार साँझ बलात्कार गरेको भन्दै पीडितका परिवारले संक्रान्तिबजार इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका प्रमुख डम्बर पुरीले बताउनुभयो । ट्यांकर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि तेह्रथुम जिल्ला अस्पताल पठाइएको
More

बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

ताप्लेजुङ । एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैनः मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उहाँले भन्नुभयो – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि मात्र सेवा र सुविधा वृद्धि गरिने छ ।” मन्त्री पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने उल्लेख गर्दै मन्त्री र सचिवकोमा धाउँदैमा समायोजन नरोकिने स्पष्ट पार्नुभयो । प्राविधिक कर्मचारी स्थलगत रुपमा कार्य नगरेकाले आज देशको यस्तो दुर्दशा भएको छ बताउँदै उहाँले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जाने रोकेको जानकारी दिनुभयो । मन्त्री
More

काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो । यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा
More

‘मनोकांक्षा २’ को बिमोचनका लागी गीतकार मुकेश राई नेपाल आईपुगे

परदेश बसेर नेपाली सँगीतमा अतुलनिय योगदान पुर्याउने उत्कृष्ठ गीतकार मध्यका एक गीतकार मुकेश राईले नयाँ गिती एल्बम ‘मनोकांक्षा २’ सार्बजनिक गर्ने तयारी गरेका छन । कर्मभूमी बेलायत देखी एल्बम बिमोचन गर्नकै लागी अहिले गीतकार आफ्नो स्वदेशी भूमीमा आई पुगेका छन । मनोकांक्षा -२ बिमोचन आगामी बिहिबार, चैत्र १५ गते, २९ मार्चका दिन काठमाण्डौको बिएफबिएस गोर्खा रेडियो, मानभवनमा प्रमुख अथिति ब्याकुल माईला (राष्ट्र गान सर्जक) को आतिथ्यतामा संगीतकारहरु हरि लम्साल, ताराप्रकाश लिम्बु, गायक गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बु, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान र अमृता लिम्बु लगायत अन्य अतिथीहरुको उपस्थितिमा ‘मनोकांक्षा २’ सार्बजनिक गर्ने कार्यक्रम रहेको छ
More