Daily Archives 24th March 2018

ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउने

अल्डरशट । अल्डरशट स्थानिय नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले नेपाली नयाँबर्ष २०७५ भव्यताकासाथ सम्पन्न गर्ने पूर्व तयारी गरेको छ। स्थानिय एम्पायर हाउस अल्डरशटमा आगामी अप्रिल १४ साँझ ठिक १८.०० देखि सुरु हुने उक्त कार्यक्रममा नेपाली र स्थानिय इङ्ग्लिश समूदाय लगायत इन्डियन, पाकिस्थानी, श्रीलंकन समूदाय समेतको सहभागिता रहने कुरा प्रवक्ता प्रमिला राइले बताइन। कार्यक्रमको लागि गत फेब्रुअरि ०६ देखि स्थानीय नेपाली युवा युवती तथा नानीहरुलाई हरेक सोमबार र बुधबार साँझ १७०० देखि २०.०० बजेसम्म नृत्य एवं गायनको तालिम भैरहेको र जसको दिक्षान्त ६ वटा नृत्य सहित नयाँवर्षकै दिन गरिने र नेपाली तथा अंग्रेजी गीत, थप ३ वटा प्रोफेसनल नांच
More

कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी विरामी भएको ‘बोध’

काठमाडौं । हिजो शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा शनिबार ८ जना केन्द्रीय सदस्यले बोले । बैठकको सुरुमा मर्यादाबारे केही विवाद उठेपछि केही समय बैठक हल नै गुन्जमान बनेको थियो । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता रामचन्द्र पौडेलपछि मर्यादाक्रममा गोपालमान श्रेष्ठ हुनुपर्ने प्रस्ताव राखेपछि पूर्वमहामन्त्री प्रकाशमानसिंहले त्यसको कडा विरोध गरे । नेता सिंहले मर्यादा मिलाउने भए सबैको मिलाएर बैठकमा पेश गर्न भनेपछि हल्लीखल्ली सुरु भएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । कांग्रेसलाई सुदृढ गर्नका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको
More

हिन्दूधर्म रक्षार्थ श्रीहरिनाम संकीर्तन मेला लाग्ने

काठमाडौं । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ‘स्कोन’को आयोजनामा वैदिक सनातन धर्मको जागरणार्थ श्री हरीनाम संकिर्तन मेला–२०७४ यही चैत १७ गते हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा अन्तर्राष्ट्रिय स्कोनले आज विशेष पत्रकार सम्मेलन गरेर उक्त संकिर्तन मेलाको बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा मेलाका एकमात्र प्रायोजक एवम् बरिष्ठ हिन्दुवादी नेता प्रदीप विक्रम राणाले विश्व मानव जातिको कल्याणको लागि र सनातन वैदिक र हिन्दूअधिराज्य कायम गर्नको लागि यो मेला फलदायी हुने विश्वास दिलाए । उनका अनुसार मेलालले नेपालको धर्म र संस्कृतिलाई मजबुद बनाउन टेवा पुग्नेछ । उनले भने,‘यसमा सबैले सहभागिता जनाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । आज पनि हाम्रो देशमा ८३
More

नेविसंघमा छानबिन समिति गठन

काठमाडौं । नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा शनिबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ । पछिल्ला दिनहरुमा नेविसंघका पदाधिकारी र सदस्यहरुको नाम जोडेर नक्कली सर्टिफिकेट बनाउन संलग्न रहेको भन्दै सामाजिक सन्जालमा समाचार सम्प्रेषण भएको थियो । संगठन र पदाधिकारीको बदनाम गर्ने कार्यमा संलग्नलाई कुनै हालतमा छुट नदिने अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा उल्लेख
More

स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार दाहाललाई

पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको “स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०७५’ नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । शाखाको आज बसेको बैठकले पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु-याएको भन्दै दाहाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखाले जनाएको छ । सम्मान तथा पुरस्कारको राशि रु २२ हजार २२२ रहेको छ । यसअघि उक्त पुरस्कारबाट महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपाल सम्मानित भइसक्नुभएको छ । यसैगरी, रु पाँच हजार ५५५ राशिको “स्व हरिचरण—भद्रमाया वातावरण पत्रकारिता पुरस्कार—२०७५’ स्थानीय पत्रकार राधा लुईंटेललाई प्रदान गरिने महासंघले निर्णय गरेको छ
More

चैत्रभित्रै पार्टी एकता निष्कर्षमा पु-याइने

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई शीघ्र टुंग्याउने गरी आवश्यक तयारी गरिएको छ । दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् । सकेसम्म चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पु-याउने गरी तयारी थालिएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले पनि चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पु-याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पु-याउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रका
More

‘देउवा सरकारको अलोकप्रिय निर्णय निर्वाचनमा पराजयको कारण’

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र आगामी रणनीति तय गर्न शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दोस्रो दिन पनि बसिररहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचनामा आफ्नो समय खर्चिएका छन् । शनिबारको बैठकको सुरुमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी र हरि नेपालले सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र देउवा नेतृत्वको सरकारले गरेको अलोकप्रिय निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य नरहरि आचार्यले भने एकापसमा आरोप–प्रत्यारोप गर्नुभन्दा सामूहिकताको आधारमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताए ।
More

क्यान्सर रोक्न बेलायती अध्ययनले के भन्छ ?

अर्बुद (क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सवैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले जनाएको छ । बेलायती अर्बुद रोग अनुसन्धान संस्थाका कार्यकारी प्रमुख हरपल कुमारले पछिल्लो समय धुम्रपानकर्ताहरूको दरमा कमी देखिन थालेको र मानिसमा मोटोपनाको समस्या बढ्दो देखिएपछि आएको अध्ययनले संसारको सवैभन्दा बढी मृत्युको कारक धुम्रपान मानिदै आएपनि मोटोपना क्यान्सरको प्रमुख कारक हुने बताउनुभयो । हामी सचेत बनेनाँै भने मोटोपनाको समस्या धुम्रपानभन्दा बढी खतरनाक बन्नेछ, कुमारले भन्नुभयो । “मलाई के लाग्छ भने क्यान्सर रोगका यी दुई कारकमध्ये मोटोपनाको कारण आउने समस्या आगामी
More

फेसबुकमा प्रतिबन्ध

जाजरकोट । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । हिजो शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।
More

शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०.४४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो
More

स्वास्थ्य चौकी हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा पनौती–१ मा निर्माण भएको रयाले स्वास्थ्य चौकीको नवनिर्मित ९ कोठे भवन हस्तान्तरण समारोहमा कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनि किमलाई  सम्मान गर्दै पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने । तस्वीर : विष्णु नेपाल
More

नेपालमा लगानी गर्न राजदूतको आग्रह

काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग-यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गर्नुभयो । नेपाल सरकारले उद्योग र लगानी मैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उहाँले नेपालका उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गर्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन
More

पाँचौ धौलागिरी तथा चैत्राष्ठमी टि ट्वान्टी कप– नेविसंघ बागलुङ र बुटवल सेमिफाईनलमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विद्यार्थी संघ बागलुङ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाईनलमा प्रवेश गरेका छन् । शुक्रबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका खेलहरुमा नेविसंघ बागलुङले लेकसाईट क्रिकेट क्लब पोखरालाई ९ विकेट र बुटवल युवा स्पोर्टस् क्लबले रक ११ स्याङजालाई ५ विकेटले पाजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका हुन । नेविसंघले लेकसाईटले दिएको ५० रनको सामान्य लक्ष्य ४ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । नेविसंघको लागि विजय विकले नटआउट २५ रन र रविन जोशिले नटआउट २० रनको योगदान दिएका थिए । लेकसाईटको लागि राजु तामाङले १ विकेट लिए । टस जितेर पहिले व्याटिङ
More

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३ को मृत्यु, १५ घाइते

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे २ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बस दुर्घटना भएको हो । मृतकको सनाखत भने हुन सकेो छैन् । घाइतेहरुलाई भने उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
More