Daily Archives 26th March 2018

नेपालले लर्डसमा नेदरल्याण्डस र एमसीसीसँग त्रिकोणात्मक टी-२० खेल्ने

नेपालले बेलायतको लर्डस क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी-२० खेल्ने भएको छ। एमसीसीले सोमबार साझ एक विज्ञप्ति जारी गर्दै सो टी-२० खेलका बारेमा जानकारी गराएको हो। एमसीसीका अनुसार सीरिज जुलार्इ २९ मा हुनेछ। उक्त दिन नेपाल र नेदरल्याण्ड्सले लर्डसमा एमसीसीसँग खेल्ने विज्ञप्तिमा उल्लेख छ। पहिलो खेल स्थानिय समानुसार विहान १० बजे सुरु हुने र फाइनल खेल साझ साढे ४ बजे सुरु हुने एमसीसीले जनाएको छ। १७८७ मा स्थापना भएको एमसीसीका अन्तर्गत लर्डस क्रिकेट मैदान पर्ने गर्छ। नेपाल र नेदरल्याण्ड्सले जिम्बाबेमा यसै महिना सम्पन्न विश्वकप छनोट खेलपछि एक दिवसीयी अन्तराष्ट्रिय मान्यता पाएका थिए। नेपालले छनोटबाट भने नेदरल्याण्ड्सले
More

प्रम ओली नेपाल–चीन सम्बन्ध पुस्तक लोकार्पण

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ‘नेपाल–चीन सम्बन्ध’ नामक पुस्तकको लोकार्पण गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा
More

राष्ट्रपति भण्डारीले चैत १५ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । सोमबार बालुवाटारमा सम्पन्न बैठकपछि  सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् । यसैगरी, बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ । राज्यमन्त्री बाँस्कोटाकाअनुसार घर बहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विस्फोट र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ
More

इयुको प्रतिवेदन मधेस केन्द्रित दलको पक्षमा

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले निर्वाचन पर्यवेक्षण सम्बन्धी युरोपेली युनियन ‘ईयू’को प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । सोमबारको संसद बैठकमा सांसदहरुले ईयूले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै सच्चाउन माग गरेका हुन । वैठकमा एमाले सांसद भीम रावलले प्रतिवेदन नेपालको संविधान विपरित भएको दावि गरे । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपालको आन्तरिक मामिलालाई प्रभावितगर्ने गरी आएको ईयूको प्रतिवेदन आपत्तिपूर्ण रहेको उल्लेख छ । बैठकमा मधेस केन्द्रित दलका प्रतिनिधीहरुले भने ईयूको प्रतिवेदन हस्तक्षेप नभएको दावि गरे । राजपाका सांसद लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले लोकतन्त्र र मानवअधिकारको विषयमा ईयू बोल्नु अस्वभाविक नभएको बताए
More

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून
More

संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

काठमाडौं । प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हँुदैन । नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।” नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उहाँले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गर्नुभयो । संविधानसभाबाट लेखिएको
More

बाघको आक्रमणमा एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ । गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी-७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो । घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् । आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । – अनलाइन खबरबाट ।
More

खेलौनाको निहुँमा बालिकाको हत्या

पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् । प्रहरीका अनुसार आइतबार साँझ खेल्नका लागि विहानी घरबाट ९ वर्षीय दाजुसँग बाहिर निस्केकी थिइन् । खेल्ने क्रममा घर नजिकै रहेको वर्कसप ‘निट एण्ड क्लिन सर्भिस प्वाइन्ट’मा काम गर्ने किशोर आए । एकछिन सँगै खेलेपछि पुन थरका किशोर र बहिनी विहानी वर्कसप भन्दा केही पश्चिमबाट दक्षिणतर्फको बाटो लागे । विहानीका दाजु भने घर फर्किए । राति
More

खुमबहादुर खड्काको स्वास्थ्यलाभको कामनासहित दाङमा ग्रहशान्ति र चण्डीपाठ

दाङ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामनासहित दाङमा ग्रहशान्ति र चण्डीपाठ गरिएको छ । स्वास्थ्य समस्याका कारण भारतको ओपोलो अस्पतालमा उपचाररत नेता खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गृहजिल्लामा पूजापाठ गरिएको हो । घोराही उपमहानगरपालिका १८ मा रहेको अम्वीकेश्वरी मन्दिरमा नेता कार्यकर्ता तथा सुभचिन्तकले पुजा गरेका थिए । शुभचिन्तकले जिल्लाको विकासदेखी राष्ट्रको विकाससम्ममा महत्वपूर्ण भूमीका निर्वाह गरेका नेता खड्काको उपचारमा सरकार र नेपाली कांग्रेस केन्द्रिय समितिले सहयोग नगरेको गुनासो गरेका छन् । नेता खड्काको शीघ्र स्वास्थ्य लाभको कामना सहित दाङ लगायत राप्तीका विभिन्न जिल्लाहरुमा पूजापाठ भईरहेका छन् । प्यूठानको स्वर्गद्धारी, सल्यानको खैरावाङ लगायत विभिन्न धार्मीक शक्तिपिठहरुमा
More

इयु निर्वाचन प्रतिवेदनमा काँग्रेसको आपत्ति

काठमाडौ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु) को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ । आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको थियो । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराउनुभयो । उहाँले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका
More