Daily Archives 28th March 2018

कार्यदलको प्रतिवेदन तयार, भोलिको बैठकमा छलफल हुने

काठमाडौं । पार्टी एकतापछि बन्ने नयाँ एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार पार्न गठित समितिले प्रतिवेदन तयार पारेको छ। बुधबार बसेको कार्यदलको बैठकले एकीकृत पार्टीको सांगठनिक तथा सैद्धान्तिक खाका तयार पारेको हो । बैठकमा सहभागी कार्यदलका एक सदस्यका अनुसार एकतापछि कम्युनिस्ट पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय रहने छ। जसमा पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ३३ सदस्य रहने बताइएको छ। राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर, उपमहानगर, नगर तथा गाउँ, वडा र प्रारम्भिक कमिटी रहने बताइएको छ। पार्टीको प्रदेश कमिटी १५० सदस्यीय, जिल्ला कमिटी न्यूनतम ७५ देखि अधिकतम १२५ सम्म रहनेछ। निर्वाचन क्षेत्रीय
More

अस्थायी शिक्षक परीक्षा सर्दैन : आयोग

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताउनुभयो । परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ । परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले
More

प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

काठमाडौं । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिनुभयो । भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने प्रधानमन्त्रीको दृष्टिकोण रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले खासगरेर भारतसँग पूर्वाधार विकासमा जोड दिएका छौँ ।” समयसीमाभित्रै सम्पन्न आयोजनामा केन्द्रित रहेर कुराकानी गरिने बताउँदै उहाँले भन्नुभयो, “भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, हवाई, विद्युत्, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि
More

कांग्रेसमा नेतृत्व परिवर्तनको विकल्प छैन: नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।” नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भन्नुभयो । अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भन्नुभयो –“अहिलेको सरकारको
More

नेप्से आज पनि ओरालोतिर

काठमाडौं । निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.२६ अंकले ओरालो लागेर २५७.४८ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको १३ लाख ५२ हजार ३३० कित्ता शेयर रु ५१ करोड ४१ लाख ६३ हजार ७७७ मूल्य कारोबार भएको छ । मंगलबार १६६ कम्पनीका १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको थियो । वाणिज्य बैंक, विकास बैंक, उत्पादन
More

सडक विस्तारको विरोध प्रदर्शन

उपत्यकाको विभिन्न स्थानमा सडक विस्तार गर्ने क्रममा आफ्नो घरजग्गा परेका पीडितहरु काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म भएको पदयात्रामा बुधबार विरोध प्रदर्शन गर्दै । तस्वीर : रत्न श्रेष्ठ
More

प्रमले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उहाँ रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने हुनुभएको नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो । “कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
More

मजस्तो उद्यमी अरु बन्न सकेनन कि ?

रेखा अर्याल, अध्यक्ष, वेएन बहुउद्देश्यीय सहकारी संस्था भनिन्छ, लक्ष्मीको धन, सरस्वतीको विद्या तथा उर्वशीको विवेकले स्वर्ग बनेको हो । रावणले आफ्नी बहिनी मन्दोदरीको इज्जत गर्न नसक्दा नर्क बनेको उदाहरण दिन्छिन् रेखा अर्याल । उनी वुमन इन्टरपेनर एसोसिएन नेपाल (वेएन) बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष हुन् । यो संस्थाले उद्यमी महिलाले उत्पादन गरेको वस्तुको बजारीकरण गर्छ । महिलालाई उद्यमी बनाउन सकियो भने समाज र देश परिवर्तनका लागि धेरै समय पर्खिनु नपर्ने उनको भनाइ छ । महिलाले कमाए सही ठाउँमा लगानी हुने अर्यालको विश्वास छ । यिनै परिवेशमा अर्यालसँग गरेको कुराकानी : ० यो बहुउद्देश्यीय सहकारीले के गर्छ ? – यो फेयर टे«ड
More

फर्निचरमा भिषण आगलागी

रौतहटको चन्द्रपुर–६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगलागी भएको छ। उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिवको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको हो। आगो नियन्त्रणका लागी चन्द्रपुर, गौर र हरिऔनका पाँच बारुणयन्त्र परिचालित भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरी पनि आगो नियन्त्रणमा जुटिरहेका छन्। विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। क्षतिको थप बिवरण प्राप्त हुन सकेको छैन
More

गौरीकलाको हत्या अभियोगमा ट्राफिक प्रहरीसहित ३ पक्राउ

सुर्खेत । सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ की एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको आरेपमा ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका
More