Daily Archives 30th March 2018

नेता खड्काको निधनमा जनसम्पर्क समिति वेलायत शोकमग्न

लण्डन । नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको निधनमा नेपाली जनसम्पर्क समितिले दुःख व्यक्त गरेको छ । समितिका सभापति युवराज गुरुङ्गद्धारा शुक्रवार जारी विज्ञप्तिमा खड्का प्रति श्रदाञ्जली अर्पण गर्दै र सोकसन्तप्त खड्का परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ । खड्काको शुक्रवारनै भारतको नयाँ डिल्लीमा मृगौला रोगको कारणले निधन भएको थियो । विज्ञप्तिको पूर्णपाठ नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि जीवन समर्पण गरेका एक सघर्षशील आदरणीय नेताखुमबहादुर खड्काको निधनको खवरले म आज शोकमग्न भएको छु । नेपाली कांग्रेसका बहालवाला केन्द्रिय सदस्य एबं पूर्व गृहमन्त्री खड्काको निधनले नेपाली जनसम्पर्क समिति बेलायतले एक अबिभावक र नेपालले एक जिम्मेवार र अनुभवी नेता गुमाएको छ । म
More

प्रधानमन्त्रीको भारत भ्रमणमा कलाकार पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताउनुभएको छ । नेपाल कलाकार संघद्वारा आज यहाँ आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिनुभयो । छिट्टै भारत र नेपालका कलाकारबीच अन्तक्र्रिया गरी कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ ।” शाहलाई ‘दीर्घ साधना’ सम्मान पचास वर्ष
More

काँग्रेसका नेता खुमबहादुर खड्काको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५:१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित हुनुहुन्थ्यो ।
More

तराईदेखि ल्याउँदै राँगाभैँसी

काठमाडौँमा तराईदेखि ल्याउँदै गरेका राँगाभैँसी । तराईबाट काठमाडौं ल्याइएको राँगाभैसी मासुका लागि प्रयोग गरिन्छ । काठमाडौंमा राँगाभैसीको मासुबाट बनेको मःमः लोकप्रिय छ । तस्वीर : पवित्रा गुरागाईँ
More

गोर्खा भर्तीको ‘स्ट्राटेजी’

अशोक मेहता गोर्खा भर्ती भारतीय कूटनीतिको अटुट अंग हो । भारतले नेपालीको भर्तीलाई आफ्नो रणनीतिक सम्पत्ति (स्ट्राटेजिक एसेट्स) ठानेको छ । भारतीय फौजमा करिब ४० हजार नेपाली नागरिक कार्यरत छन् । भारतीय सेनामा काम गरेका करिब डेढ लाख भूपू सैनिक नेपालमा छन् । यसलाई भारतले नेपालमा ‘प्रोइन्डिया कन्स्टिट्युन्सी’ मानेको छ र यो हो पनि । नेपालमा जेसुकै भनिए पनि भारतमा गोर्खा भर्तीलाई कूटनीतिक सम्बन्ध सञ्चालनको अभिन्न अंगका रूपमा हेरिएको छ । कम्युनिस्टको एजेन्डा, चीनको चासो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक ‘साउथ चाइना मर्निङ पोस्ट’मा दिएको अन्तर्वार्तामा भारतीय सेनामा नेपाली युवाको भर्ती रोक्ने आशय व्यक्त गरेका छन् । ओलीको यो
More

श्वतपत्र जारी, ‘राज्यको ढुकुटी खाली छ’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक अवस्थाको यथार्थ विवरण समेटिएको श्वेतपत्र संसदमा पेश गर्नुभएको छ । संघीयता कार्यान्वयनपछिको आर्थिक व्यवस्थापन, वैदेशिक सहायतासहित सरकारले लिने आर्थिक नीति प्रष्ट पार्न अर्थमन्त्री खतिवडाले श्वेतपत्र संसदमा पेश गर्नुभएको हो । संसदमार्फत श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताउनुभयो । उहाँले बजेट अनुशासन उल्लघंन हुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको र वैदेशिक सहायता नहुँदा मुलुकको आर्थिक स्तर नाजुक रहेको स्पष्ट पार्नुभयो । मन्त्री खतिवडाले चालु आर्थिक वर्षमा ६ खर्ब आर्थिक व्यापार घाटा भएको भन्दैे उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम र योजना तर्जुमामा होडबाजी हुँदा नयाँ आर्थिक वर्षमा बजेट तर्जुमा गर्न
More

शिक्षक सेवा आयोगको परीक्षा स्थगित

भक्तपुर । स्थायी रुपमा कार्यरत सामूदायिक विद्यालयका शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा स्थगित भएको छ । आयोगले आज एक सूचना प्रकाशित गरि आगामी शुक्रबारका लागि तय गरिएको परीक्षा स्थगित गरेको हो । अस्थायीलाई मात्र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने सरकारी तयारी अव्यवहारिक रहेको र सम्पूर्ण अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने माग गर्दै छुट्टाछुट्टै आमरण अनशनमा बसेका समूहको माग पुरा गराउने सम्बन्धमा छलफल गर्न तत्कालका लागि परीक्षा स्थगित गरिएको बताइएको छ । अस्थायी शिक्षकलाई मात्र स्थायी प्रक्रियामा सहभागी गराउन नहुने भन्दै शिक्षा शास्त्र संकाय पढेका विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुको आन्दोलनमा विद्यार्थी संगठनहरुले समेत साथ
More

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरेको छ । प्रधानमन्त्री ओली २३ गते शुक्रबार दिल्ली प्रस्थान गर्नु हुनेछ भने २५ गते आइतबार नेपाल फर्किनु हुने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, मन्त्री, संसद सदस्यहरु र सरकारका उच्च अधिकृतहरुको भारत भ्रमणमा जानु हुनेछ । प्रधानमन्त्री ओलीसँग भारत भ्रमणमा जाने अन्यको नाम सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ मन्त्रीहरुसँग वार्ता गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले उत्तराखण्डको पन्तनगरमा आयोजित एउटा कार्यक्रममा समेत
More

आर्थिक नीतिबारे आज श्वेतपत्र जारी हुँदै

काठमाडौं । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्दैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पत्रकार सम्मेलन गरेर दिउसो ३ बजे अर्थ मन्त्रालयमा आर्थिक स्वेतपत्र जारी गर्न लागेका हुन । नयाँ सरकारले अबका दिनमा लिने आर्थिक नीति स्पष्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । स्वेतपत्रमा संघीयता कार्यान्वयनपछि देखापरेका आर्थिक व्यवस्थापनका मुद्दाहरु पनि समावेश हुने बताइएको छ । अर्थतन्त्रका अधिकांश परिसूचक चूनौतिपूर्ण रहेको भनिएको बेला जारी हुन लागेको श्वेतपत्रमा सरकारले अबका दिनमा लिने आर्थिक नीतिको खाका समेटिएको हुनेछ । श्वेतपत्रमा सरकारले लिने वैदेशिक सहायताको नीति र आर्थिक वृद्दिका लागि चालिने कदम पनि उल्लेख हुनेछ । अर्थतन्त्रमा देखिएका समस्यालाई
More

प्रेमलाई बचाउन रु एक लाख ७० हजार

इलाम । साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको रु एक लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो । उक्त संकलित रकम इलाम प्रदेश नं २ का सांसद धीरेन्द्र शर्माले अभियानलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले राईलाई साउदी जेलबाट छुटाउन आफूलगायत सरकारले समेत पहल गर्ने बताउनुभयो । सन् २०१२ मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका
More

पत्रकार महासंघको स्थापना दिवस

नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसको अवसरमा काठमाडौँमा शुक्रबार सम्मानित महासंघका अध्यक्ष तथा पूर्व अध्यक्षहरु । तस्वीर :रत्न श्रेष्ठ
More

काठमाडौंका ठाउँ–ठाउँमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । शिक्षा ऐन नवौं संशोधन खारेजको माग गर्दै विद्यार्थी संगठनले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । विद्यार्थीको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । विद्यार्थी संगठनले बिहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, त्रिचन्द्र कलेज घण्टाघर, आरआर क्याम्पस प्रदर्शनीमार्गलगायत क्याम्पस अगाडि सडकमा विरोध प्रदर्शन गरेका हुन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल छ्रैठौं र अखिल पाँचौं शिक्षा ऐन संशोधनको विपक्षमा उभिएका हुन् । बिहान विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका विद्यार्थी संगठनले विहान ११ बजे माइतीघर मण्डलामा विरोधका कार्यक्रम पनि गर्दैछन् ।
More

पत्रकार महासंघ स्थापना दिवस

काठमाडौं । नेपाल पत्रकार महासंघको ६३औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पत्रकारिताप्रति रुचि बढ्दै गएको पाइए पनि पेशागत सुरक्षा र समयमा तलब नपाउने जस्ता कारणले गुणस्तरीयता बढाउने चुनौती थपिदै गएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पारिश्रमिक गुणस्तरीयताको बृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गरिरहेको बताउनु भएको छ । पेशागत सुरक्षा र आमसञ्चार क्षेत्रको पुर्नसंरचना अहिलेको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो । दिवसको अवसरमा महासंघले शुक्रबार पूर्व अध्यक्षहरुलाई सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
More

देशभर मौसम बदली, चट्याङबाट सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर मौसम बदली भएको छ । केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु पूर्वतिर सरिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज केही ठाउँमा पानी पर्नेछ । प्रि–मनसुन सुरु भएकाले मौसममा एकाएक परिवर्तन आएको उहाले जानकारी दिनु भयो । मौसममा आएको बदली एक दुई दिन रहने मौसमविद् प्रधानाङ्गले बताउनु भयो । यस्तै स्थानीय वायुको प्रभावले दिउँसोपछि चट्याङ र हावाहुरी पनि आउने संभावना रहेकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले सुझाव दिनु भयो ।
More

सन्दिप दिल्ली डेयरडेभिल्सको मैदानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालबाटै पहिलो पटक अवसर पाउनु भएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिनु भएको छ । उहाँले आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गर्नु भएको छ । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी हुनु भएको हो । दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो खेल ८ अप्रिलमा किंग्स इलाभेन पञ्जावसँग खेल्दैछ । सन्दिप पञ्जापसँगको मैदान प्रवेश गर्ने वा नगर्ने विषयमा धरै नेपालीहरुको चासो छ । सन्दिपलाई यतिबेला दिल्लीले निकै महत्व दिएको छ । दिल्ली डेयरडेभिल्सले सन्दिपका अनुभव र प्रतिक्रियालाई भिडियो क्लिपमार्फत सार्वजनिकसमेत गरेको
More

भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट समातिए

काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो । लगत्तै, उनको खोजीमा प्रहरी परिचालित भएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखेर आवश्यक सोधपुछ भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदले अनलाइनखबरलाई बताए । उनले प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन
More

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौं । बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले  आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जानकारी दिए । बिष्टका अनुसार, कोखा र दाहिने हातमा गोली लागेको शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले गोली हानी श्रीमतीको हत्या गर्ने सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जयकुमारले वयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले
More

तन्नामा आगो सल्किँदा जलेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ। दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताए। चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुर्यायौँ, उनले भने, “उपचारकै क्रममा राति १२ बजेको समयमा उनको मृत्यु भएको छ।” प्रहरीका अनुसार छोरा बुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए। -रासस
More

टर्कीले भन्साररहित सुविधाको धागो रोक्ने

काठमाडौं । टर्की सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ । एक्रोलिक यार्न नाम गरेको धागो नेपाली उद्योगहरुको क्षमताको तुलनामा अस्वभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको हो । स्रोतका अनुसार नयाँदिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको भन्सार सुविधा कुनै पनि बेला हटाउन सक्ने चेतावनी अनौपचारिक रुपमा नेपाली पक्षलाई दिइसकेको छ । टर्कीले त्यो सुविधा हटाएको खण्डमा सिथिल बन्दै गएको निर्यात व्यापारलाई अर्को झट्का लाग्नेछ । टर्की नेपाली धागोको सबभन्दा ठूलो बजारमध्ये पर्छ ।
More

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

काठमाडौं । आमाको उपचार गर्न आएकी महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेनका अर्जुन कोइराला रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं अनुसार उनले आमाको उपचारका लागि सहिद गंगालाल हृदय रोग उपचार केन्द्रमा आएकी पीडित महिलालाई चिकित्सक बनेर सम्पर्क बढाएका थिए । चिनजानपछि एकदिन सानीआमाकोमा जाँउ भनि नयाँ बसपार्कमा रहेको होटलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । महिलाको उजुरीपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अस्पतालमा रहेको ‘सिसिटिभी’ का दृश्यका आधारमा कोइरालालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका कोइरालालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ । कोइराला नेपाली सेनामा कार्यरत
More