Monthly Archives April 2018

शत्रु गते’ले बेलायतका दर्शकको मन जित्यो

लण्डन । नेपालमा पछिल्लो समयको सर्वाधिक सफल चलचित्र ‘शत्रु गते’लाई बेलायतका दर्शकले पनि खुब रुचाएका छन् । आइतबार सांझ अल्डरसटको प्रिन्सेस हलमा गरिएको शत्रु गतेको शो हाउसफुल नै भयो । ५ सय भन्दा बढि दर्शकले चलचित्र हेरेको आयोजक समहुका अनिल मल्लले जानकारी दिए । बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्ट यूकेले शत्रु गतेलाई बेलायतमा ल्याएको हो ।’चलचित्रको पहिलो शोबाट हामीहरु निकै उत्साहित छौं, बेलायतका अरु शोहरुमा पनि यस्तै सकारात्मक रेस्पोन्सको आशा राखेका छौं’, आयोजक समुहका बिरेन खड्काले भने, ‘शत्रु गते हेर्न भनेर धेरै दर्शकले हप्तौं अघिदेखि टिकट बुक गरेर आएका थिए । चलचित्र हेरिसकेपछि सबैजना खुशी बनेर फर्किएका छन् ।’ चलचित्रको शो सुरु
More

एनआरएनले जुटायो टोपबहादुरलाई २९ लाख ब्लड मनी

नारायण भुर्तेल । युएई – चितवनका टोपबहादुर बिकलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले १ लाख दिराम (करिब २९ लाख रुपैयाँ) बल्ड मनी नेपाली दूतावास युएईलाई बुझाएको छ। एनआरएन युएईले शनिबार नेपाली दूतावास अवुधावीमा एक कार्यक्रम गरि उक्त रकम कार्यवाहक राजदूत सागर फुँयाललाई हस्तान्त्रण गरेको हो। युएईको अल एन स्थित लिमा कन्ट्र्याक्टिङ एलएलसी कम्पनीमा काम गर्ने टोप बहादुर ४ बर्ष पहिले २०१४ जुन २ तारिकका दिन काम गरिरहेको बेला क्रेन दुर्घटनामा परेका थिए। पाकिस्तानी नागरिकले चलाएको क्रेन दुर्घटनामा परेर २ जना थाई नागरिकको मृत्यु भएको थियो। घटनामा संलग्न भएको भन्दै क्रेन अपरेटर पाकिस्तानी नागरिक र क्रेन अपरेटर सहयोगी
More

बुद्ध जयन्ती समारोहमा सहभागी हुन एनआरएन युकेको आव्हान

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बुद्ध जयन्ती समारोहमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष योगकुमार फगामी र महासचिव आर.के. त्रिपाठीले एक अपिल प्रकाशिन गर्दै एनआरएन सदस्यहरु, बेलायतस्थित सम्पुर्ण संघसंस्थाका प्रतिनिधि सदस्य एवं बेलायतबासी नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । मे ५ का दिन बुद्ध फाउन्डेसन युकेले गैर आवासीय नेपाली संघको सहयोगमा लण्डनको ट्रफालगर स्क्वाएरमा बुद्ध जयन्ती मनाउने कार्यक्रम तय गरेको छ । अपिलमा बुद्ध जयन्तीको अवसरमा सम्पुर्ण महानुभावहरुको उन्नति, प्रगति, प्रेम, सदभाव र शान्तिको लागि गैरआवासीय नेपाली संघ यूकेले कामना गरिएको छ ।
More

३३ किलो सुन प्रकरण : प्रहरीको छविमा दाग

काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम राख्नुपर्ने नेपाल प्रहरी सुन तस्करीमा मुछिएको पाइयो । सुन्दै नमीठो लाग्ने ३३ किलो सुन प्रकरणले प्रहरीको छविमा दाग लागेको छ । नेपाल प्रहरीका उच्च अधिकारी नै सुन तस्करीको जालोमा जेलिएको पर्दाफास भएसँगै नेपाल प्रहरीको छवि र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हो । साढे ३३ केजी सुन काण्डमा गृह मन्त्रालयको छानवीन समितिले प्रक्रिया अघि बढाएसँगै हालसम्म २८ जनालाई नियन्त्रणमा लिइएको छ भने तीमध्ये ६ जना प्रहरी अधिकारी नै छन् । यसले सुन तस्करको जालो कति फराकिलो बन्दै गएको छ भन्ने देखाउँछ । सनम शाक्यको हत्याबाट सुरु भएको ३३ केजी सुन प्रकरणमा तानिनेमा डीआइजीसम्मका अधिकारी
More

पिरती आफै हुँदो रहेछ

सुनिता घिमिरे, महिला अध्यक्ष, नेपाल टेड युनियन कांगे्रस, प्रदेश–१ क्रान्तिकारी स्वभावकी सुनिता घिमिरेलाई विराटनगरमा अलराउन्डर भनिँदो रहेछ । राजनीति, समाजसेवा र शिक्षण पेसामा आबद्ध घिमिरे कुनै समय खेलाडी थिइन् । गायन क्षेत्रमा पनि उनको लगाव त्यत्तिकै छ । साहित्य लेखन, मोडलिङलगायत हरेक क्षेत्रमा उनको उपस्थिति भेटिन्छ । राष्ट्रियताले ओतप्रोत गीत लेखनमा पनि उनको रुचि त्यत्तिकै छ । १ नम्बर प्रदेशबाट टे«ड युनियन नेताका रूपमा उदाउँदै गरेकी घिमिरेसँग कुमार राउतले गरेको कुराकानी : ० तपाईं ट्रेड युनियन नेता ? – पेसाकर्मी, मजदुर, गृहिणी, श्रमिक तथा शिक्षकहरू समेटेर बनाइएको नेपाल टे«ड युनियन कांगे्रस प्रदेश नम्बर १ की महिला अध्यक्ष हुँ । पेसाले
More

छ वर्षपछि प्रतिवेदनअनुरुप फेवातालको अतिक्रमण रोकिँदै

पोखरा । सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने ७५ देखि एक सय वर्षभित्रमा यसको अस्तित्व नरहने उल्लेख गरेको थियो । प्रतिवेदनले फेवातालको एक हजार ६९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको उल्लेख गर्दै ९५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिशसमेत
More

अभिभावकसँग मनिषा

अभिभावकको माँझमा चलचित्र अभिनेत्री मनिषा कोइराला तस्बिर खिचाउँदै । भारतको मुम्बइमा दादासाहेब पाल्के फिल्म फाउन्डेसन अवार्ड लिएपछि उनले अभिभावकसँग तस्बिर खिचाएकी हुन् ।
More

शरणार्थी विवादमा बेलायतकी गृहमन्त्रीको राजीनामा

लन्डन । बेलायतकी गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । क्यारेबियन क्षेत्रका शरणार्थीलाई सरकारले गरेको व्यवहारलाई लिएर आलोचना बढिरहेको बेला उनको राजिनामा आएको हो । राजिनामापछि रडले बेलायतवाट बाहिर निकाल्नुपर्ने क्यारेबियन शरणार्थीबारे आफूले ‘भुलवस सांसदहरूलाई सहि जानकारी नदिएको’ बताएकी छन् । यसअघि गृहमन्त्री रडले क्यारेबियाली शरणार्थीलाई बाहिर निकाल्ने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी थिइन् । तर पछि बेलायतवाट फिर्ता पठाउने शरणार्थीको संख्या उनी आफैले निर्धारण गरेको खुलेको थियो । पूर्वऊर्जामन्त्री रहेकी रडले आफ्नो २१ महिने कार्यकालमा शरणार्थीलाई बाहिर निकाल्ने लगायतका महत्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । रडको राजीनामाले टेरिजा मे सरकारलाई अफ्ठयारो पर्ने अनुमान गरिएको
More

सिण्डिकेट हटाउने बिरुद्ध ७ नम्बर प्रदेशका यातायात व्यावसायी आन्दोलनमा

धनगढी। सिण्डिकेट हटाउन सरकारले चालेको कदमको विरुद्धमा ७ नम्बर प्रदेशका यातायात व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन्। मनोमानी ढंगले यातायात व्यवसायीलाई मर्कामा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। सोमबार दिउँसो एक घण्टा सेती अञ्चल यातायात कार्यालयमा घेराउ गर्दै सरकारले चालेको कदमको बिरोध जनाएका थिए । सरकारले निर्णय फिर्ता नलिए आगामी २० गते यातायातका सवारी साधन संचालन नगर्ने, त्यति गर्दा पनि नभए २६ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने सुदूरपश्चिम यातायात व्यावसायी समितिका अध्यक्ष पदम सापकोटाले बताए।
More

काबुल विस्फोटमा ६ सञ्चारकर्मीसहित कम्तिमा २५ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । कावुलको शश दारक क्षेत्रमा भएको बिस्फोटमा ४५ जना घाइते भएका छन् । पहिलो विस्फोटमा घाइते भएकाहरुको उद्धार भैरहदा अर्को विस्फोट भएको प्रत्क्ष्यदर्शीले जानकारी दिएका छन् । मृत्यु हुनेमा छ जना पत्रकार रहेका छन् । पहिलो बिस्फोट भएको बीस मिनेटपछि दोस्रो विस्फोट भएको थियो । दोस्रो पटकको विस्फोटमा आकस्मिक उद्धारकर्मी र पत्रकारलाई निशानामा पारिएको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । विस्फोट कुन समुहले गराएको हो खुलेको छैन । अफगानस्तानको सेनाले भने तालिवानले विस्फोट गराएको हुनसक्ने अनुमान गरेको छ ।
More