Daily Archives 1st April 2018

पर्वतारोही पत्रकारलाई यूकेबाट आर्थिक सहयोग

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) र पाँचथर समाज सेवा यूकेले सगरमाथा आरोहणका लागि पर्वतारोही पत्रकार देउराली चाम्लिङलाई छुट्टाछ्ट्टै रुपमा आर्थिक सहयोग जुटाई नेपाल पठाएका छन् । पाँचथर समाज सेवा यूकेकी उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख श्रीमती शान्ती लिम्बुको अगुवाइमा समाजले गत हप्ता ४५ हजार पाउण्ड नेपाल पठाएको हो । त्यस्तैगरी फोनिज यूकेले पनि सुश्री चाम्लिङलाई यसै हप्ता ३८ हजार रुपैयाँ पठाएको फोनिज यूके कोषाध्यक्ष श्रीमती गोमा रानाले जानकारी दिइन् । गत आइतबार १ अप्रिलको दिन काठमाण्डौंस्थित फोनिज केन्द्र कार्यालयमा केन्द्रका सल्लाहकार गणेश राईले फोनिज यूकेको तर्फबाट उक्त रकम हस्तान्तरण गरे । पाँचथर जिल्लाको यासोक, खाल्टेमा
More

बाग्लुङ्ग समाज यूकेको भेला १७ जुनमा हुने

लण्डन । बाग्लुङ्ग जिल्लाबाट वेलायत आएर बसोवास गरेका नेपालीहरुको भेला हुने भएको छ । बाग्लुङ्ग समाज यूकेका अध्यक्ष दीपक कुमार काउचाका अनुसार आगामी १७ जुन आइतवारका दिन वार्षिक भेलाको आयोजना गर्न लागिएको हो । समाजको यो १० औं वार्षिक भेला हो । फानव्रो स्थित स्याम्योल कोडे कलेजमा आयोजना हुने सो भेलामा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी लगायत विभिन्न संघसँस्थाका प्रतिनिधीहरुलाई समेत आमन्त्रण गरिने भएको छ । काउचाका अनुसार १० औं वार्षिक उत्सव समेत भएको कारणले भेलालाई विषेश समारोहको रुपमा मनाउने तयारी समाजले गरेको छ । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ । सो कार्यक्रममा भाग
More

म्याग्दी राखु नेपाली समाज युकेमा नयाँ नेतृत्व

लन्डन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती र ३ राखु पिप्लेबाट बेलायतमा सबोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेको नयाँ नेतृत्व चयन भएको छ । राखु क्षेत्रमा सामाजिक कार्यमा सहकार्य गर्न गठन भएको उक्त संस्थाको छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एम्पायर हल अल्दर्सट मा सम्पन्न भएको अधिबेशनबाट रत्न साहीको अध्यक्षतामा नयाँ कार्य समित चयन भएको छ । समितिको उपाध्यक्षमा बिष्णु भण्डारी , महासचिवमा नन्द मल्ल , कोषाध्यक्षमा सन्जिब मल्ल , कार्यक्रम संयोजकमा दिल मल्ल , सचिबमा नन्द शाही , महिला प्रतिनिधिमा पुस्पा मल्ल र लक्ष्मी भण्डारी चयन हुनुभएको छ। त्यसैगरि समाजको संरक्षकको रूपमा मेजर डम्बर साही र
More

‘एनआरएन भवन निमार्ण प्रगति वारे पूर्वअध्यक्ष घले प्रसन्न’

  लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष शेष घलेले काठमाण्डौंमा बन्दै गरेको एनआरएन भवनको निरिक्षण गरेका छन् । आफ्ना केही निकटवर्ती सहितको टोली लिएर आइतवार बालुवाटार स्थित निर्माणाधीन भवन स्थलमा पुगेका घलेले एनआरएनएको भवनलाइ सबै एनआरएनहरुको साझा बिचार आदनप्रदान गर्ने पवित्र चौतारी बन्नु पर्ने जोड दिए । घलेले भवन निर्माण कार्य यथासिघ्र सम्पन्नगरी संघको कार्यालय संचालन हुनु पर्ने वताए । उनले एनआरएनहरुको बिचार आदानप्रदान गर्ने साझा केन्द्र बनाउनु पर्नेमा वताए । घलेले अध्यक्षको नेतृत्वमा रहंदा ५० औं लाख एनआरएनहरुको सहयोग सम्झदै आफूले देखेको साझा घरको परिकल्पनाले सार्थकता पाएकोमा खुशी ब्यक्त गरे। सम्पूर्ण एनआरएनको साझा घरले हरेक एनआरएनलाइ
More

‘नेता खड्काको निधन मुलुककै लागि क्षति’

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ । दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उहाँले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।” सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका क्रममा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो ।
More

केन्द्रदेखि वडासम्मै दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखी वडासम्मै दुई प्रस्ताव प्रस्ताव गरेको छ । माओवादीले पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्न प्रस्ताव गरेको हो । पार्टी एकता हुँदा सबै नेता–कार्यकर्ताको व्यबस्थान गर्न असहज हुने भन्दै सबै कमिटीमा दुई अध्यक्ष राख्न प्रस्ताव अघि सारिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनसार केन्द्रदेखि तलैसम्म प्रतिशतका आधारमा समायोजन गर्दा पार्टी एकतामा समानता हुन नसक्ने ठहर गर्दै माओवादी केन्दले सो पस्ताव अघि सारेको हो । एमालेले भने सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने सो प्रस्ताव अस्विकार गरेको छ । एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य
More

गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद पत्नी पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । मिर्गौला र श्वासप्रश्वासको समस्याबाट पीडित भई विगत एक सातादेखि नर्भिक अस्पतालमा उपचाररत गुरुङको आज नर्भिक अस्पतालमा पुगी अध्यक्ष दाहालले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष दाहालले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गर्नुभयो । चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ कात्तिक २५ गते चितवनको चण्डिभञ्ज्याङमा निधन भएको थियो ।
More

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौं । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको सोसाइटीले जनाएको छ । रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत संकलन कार्यमा सक्रिय युथ फर ब्लड, क्लब २५, उपत्यकाभित्रका सोसाइटीका जिल्ला शाखा, उपशाखा तथा अन्य सामाजिक संघसंस्था एवं स्वयंसेवी रक्तदातालाई रगत दानको कार्यक्रम बढाउन आह्वान गरिएको सोसाइटीका सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रकी निर्देशक डा मनिता राजकर्णीकारका
More

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ । आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ । आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स
More

मध्यपुरथिमिमा सांस्कृतिक नृत्य

मध्यपुरथिमि नगरपालिका र फोनिक्स डिजास्टर रेस्क्यू टीम जापानको आयोजनामा शनिबार राति मध्यपुरथिमि बालकुमारीमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार । तस्वीर : रत्न श्रेष्ठ
More

उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ । हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंंका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । अब कम्पनीले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने गर्नेछ । यो कार्यमा लाग्ने सबै लगानी वर्ल्ड लिंकले नै गर्नेछ । यो सेवा सुरु भएपछि प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् ।
More

बालविवाह विरुद्ध अभियान

नवलपरासीको सरावलमा शनिबार आयोजित बालविवाह विरुद्ध अभियानमा सहभागी प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेललगायत अतिथि । तस्वीर : पुरुषोत्तम सुबेदी
More

चौध वर्षपछि ऐनबहादुर शव उत्खनन

दैलेख । तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफै उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर मृत्युपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो । ऐनबहादुरका छोरा गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए । घर छाडेका तीन भाइमध्ये एक अहिले पनि नामा कार्यरत छन् । अन्य दुई जना
More

झिल्के भेनासँग केशु

काठमाडौं । गायिका केशु गुरुङ हिजो शनिबार काभ्रेस्थलीमा भेटिइन् । गुरुङ भेषभूषामै भेटिएकी केशुलाई टाडैबाट भेनाले चिने । खुर्पेटो र नाम्लो बोकेर ठाटिएकी सालीलाई देखेपछि झिल्के भेनाले नचिन्ने कुरै भएन । शब्दाचारण गर्दै रमाइलो लाग्ने यो दृश्य म्युजिक भिडियो छायांकन हो, जहाँ ‘झिल्के भेना’ बोलको कौरा गीतको छायांकन भिडियो हुँदैथियो । खुर्पेटो नाम्लो भिरेर साली वनमा हिडेको टाढैबाट भेनाले साली चिनेको सैसै… दुर्गा गुरुङ, टिका पुन, तेजेन्द्र दुरा र केशु गुरुङले गाएको उल्लेखित कौराको शनिबार काभे्रस्थलीस्थि एक घरमा छायांकन गरिएको छ । भिडियोमा साली अर्थात् सोल्टिनीको भूमिका गायिका केशु गुरुङले गरेकी छन् । झिल्के भेनाको भूमिका भने आनन गुरुङले गरेका
More

गाउँमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

सरु पौडेल , काठमाण्डौ–शनिबार‘नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा बागलुड. नपा १४ नारायणस्थानमा आयोजित ‘ पं नीलकण्ठ पौडेल शतवार्षिक जन्मजयन्ती समारोह भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोह राष्ट्रियसभाका सदस्य , पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको प्रमुख आतिथ्य, पूर्वसचिव महाश्रम शर्मा, कविवर विनोदी विशिष्ठ अतिथि र कवि भुपिनको उद्घोषणमा सन्चालित थियो। यस कार्यक्रममा साहित्यकार दीनानाथ शर्मालाई ‘ पं नीलकण्ठ पौडेल जन्मशताब्दी सम्मान, प्रा डा नारायणप्रसाद खनाल र कवि मुकुन्द शर्मा चालिसेलाई ‘ बरिष्ठ भाषा-साहित्यसेवा पुरस्कार, साहित्यकार काजी रोशन र ध्रुवलाल शर्मालाई नीलकण्ठ स्मृति साहित्य पुरस्कार , कवि गीतकार गायिका नमुना शर्मालाई ‘ हस्तकला पन्चकला महिला स्रष्टा पुरस्कार तथा कवि
More

नवीन प्यासी शाब्दिक समारम्भमा

सरु पौडेल,काठमाण्डौ–हातेमालो साहित्य संगम केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको शाब्दिक समारम्भमा युवा कवि नवीन प्यासीले विशेष प्रस्तुती दिएका थिए ।चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ–आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए । भोगाइका अनुभूतिहरुले सिर्जनालाई गहनता दिने कुरा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले बताए । डा. घिमिरेले पढेका कुराहरुले भन्दा परेका कुराहरुले साहित्यलाई निकै वजनदार गराउने कुरा बताए । निरन्तरको साधनाले नै साहित्यकारहरुलाई परिस्कृत गराउने कुरा कार्यक्रमका विशेष अतिथि सुधीर ख्वबिले अभिव्यक्त गरे । उक्त कार्यक्रम मेडिया इन्टरनेशनलको हल,
More

विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण बेलायत शाखालाई घोषणा गरेको छ ।
More

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

पथरी । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गर्नुभयो । समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा रु दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा रु ८० हजार ८८८ संकलन भएको थियो । गीताले आफूले सहयोग गर्न आग्रह गर्दा बिरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको छ । पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।
More

यो वर्ष बुद्धकृष्णले जिब्रो छेड्ने

काठमाडौं । आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यो वर्ष स्थानीय ४६ वर्षका बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्नु हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक बागश्रेष्ठले बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयार भएको बताउनु भएको छ । यसअघि २०६१ सालदेखि २०६४ सालसम्म निरन्तर जिब्रो छेड्नु भएका उहाँकी आमाको निधनपछि बोडेका जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्नु भयो भने,, पोहोर साल पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेड्ने भएको बताउनुभयो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार
More

मजाक नगर्न विप्लपलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा ओलीले भारत भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको हो । ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आउने चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । वाम गठबन्धनका अर्का शीर्षस्थ नेता प्रचण्डले विगतमा भारत वा चीन इतरको रुपमा नेपालका सरकारहरुलाई चित्रित गरिएकाले दुवै छिमेकबाट लाभ लिन नसकिएको भन्दै त्यस्तो अवस्था आउन नदिन सुझाव दिनु भएको थियो । सिंहदरबार पुनरागमनपछिको आफ्नो पहिलो विदेश यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने तयारी भइरहँदा त्यसलाई धेरैले चाँसोका साथ
More