Daily Archives 2nd April 2018

लाप्राक पुगेका एनआरएन पूर्वअध्यक्ष घले चिटिक्क परेका घर देखेर दंग

लण्डन। गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घलेले निमार्णधिन लाप्राक परियोजनाको निरिक्षण गरेका छन् । घले लाप्राक पुग्दा स्थानियहरुले स्वागत गरेका थिए। नमुना बस्ति निर्माणमा श्रमदानमा खटिएका नेपाली सेना पनि घले दम्पतिको टिमलाई देख्नासाथ निक्कै उत्साही भएका थिए।समुन्द्र सतह देखि २८सय मिटर उचाइमा रंगीचंगी फुलेका लालीगुराँसका बिचमा निर्माणाधीन ६ सय १५ घरधुरी रहेको नमुना बस्ति निर्माणधिन छ । २०७२ सालमा आएको विनासकारी भुकम्पको केन्द्रबिन्दु भन्दा माथिको सुन्दर लाप्राक गाउँमा भुकम्प पिडितका लागि एनआरएनएले बस्ति निर्माण गरिरहेको छ। घलेले संघको नेतृत्व छोडे पछि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको टोलीले सो परियोजनालाई सकृय रुपमा अघि बढाएको छ । घले सोमवार
More

बराबरीको सिद्धान्तमा मात्रै पार्टी एकता : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्ने बताउनु भएको छ । भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग अध्यक्ष दाहालले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउनु भयो । उहाँले पार्टी एकता सिद्धान्तत प्रतिशतका आधारमा नहुने भन्दै चुनाव जस्तो हुँदैन भन्न खोजिएको मात्रै हो भन्नु भयो । अध्यक्ष दाहालले यसले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने बताउनु भयो । प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भब नहुने पनि उहाँको भनाई थियो । उहाँले कार्यदलले दिएको रिपोर्ट अनुसार बैशाख ९ गते पार्टी एकता हुने बताउनु भयो ।
More

जापानमा ‘तातेसिना हाइकु सङ्ग्रह’ विमोचित

काठमाडौं । हाइकु उत्पति भएको देश जापानमा नेपालीहरुद्वारा लिखित ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ । जापानमा लोकप्रिय हानामी पर्व (साकुरा फुल हेर्ने पर्व) का अवसरमा नागानो प्रिफेक्चरअन्तर्गत तातेसिना भन्ने ठाउँको हाराज्युकु पार्कभित्र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको आयोजनामा भएको कार्यक्रममा स्रष्टाहरुले साकुरा फूलको मजा लिनाको साथै साहित्यिक खुराक पनि प्रस्तुत गरेका थिए । उनन्चालीस हाइजिन(हाइकुकवि) ले स्थलगत रुपमा लेखेका हाइकु समेटी सङ्ग्रहको आकार दिइएको हो । कृतिमा प्रा रामकुमार पाडे र प्रकाश पौडेल माइलाको हाइकुका बारेमा लेखिएको खोजमूलक सैद्धान्तिक कार्यपत्र पनि समाविष्ट छन् । अनेसास जापान शाखाले प्रकाशनमा ल्याएको सङ्ग्रहका सम्पादकमा हाइजिन पौडेल हुनुहुन्छ । तेह्र वर्षदेखि
More

यस्तो छ गृहप्रशासन सुधारको कार्ययोजना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ आज यहाँ सार्वजनिक गर्नुभएको छ । ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ । कार्ययोजनामा नीतिगत र कानूनी तथा संगठनात्मक सुधार, जनशक्ति व्यवस्थापन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणमा क्षमता अभिवृद्धि, सेवा प्रवाह तथा सुशासन, अनुशासन र सदाचारिता प्रवद्र्धनलाई लक्ष्य गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको विभिन्न ऐन तीन महिनादेखि एक वर्षभित्र
More

मलाला बेलायत फिर्ता

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किनुभएको छ । चार दिनको पाकिस्तान भ्रमणपछि उहाँ सोमबारै इस्लामावादबाट लन्डन फिर्ता हुनुभएको समाचारमा जनाइएको छ । समाचारअनुसार उहाँका परिवार पनि उहाँसँगै बेलायत फर्किनुभएको छ । पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उहाँ पहिलो पटक स्वदेश फर्किनुभएको हो । स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उहाँको बेलायतमा उपचार भएको थियो । उपचारपछि उहाँले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गर्नुभएको हो । हाल पाकिस्तानमा रहँदा उहाँले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट
More

एनआरएन एकेडेमीक विज्ञ समिति गठन, युकेबाट लक्छम्वा र कार्की

लन्डन । गैर आवासीय नेपाली संघले बिश्वभर फैलिएर बसेका नेपालीहरुबाट मुलुकमा रेमिट्यान्समात्र हैन सिप, ज्ञान र दक्षता पनि प्रसार गर्ने हेतुले बिश्वभरबाट देशलाई उपयोगी ज्ञान र शिक्षालाई ब्यबस्थित रुपले खोज र अनुसन्धानगर्दै प्रसार गर्ने उदेस्यले गैर आवासीय नेपाली एकेडेमीको अवधारणा अनुरुप सम्बन्धित बिज्ञहरुको टिम तयारगरि कार्यसम्पादन गरिने भएको छ । गैर आवासीय नेपाली एकेडेमीले नेपालमा बिकाश र सम्वृद्धिका लागी नीति निर्माण बिबिध रणनीतिक योजनाहरु तर्जुमा गर्दै नेपाल सरकारलाई सहयोग पुर्याउने हेतुले नेपाल पोलिसी इन्स्टिच्युटको स्थापना गरेको छ । थाइलेन्डमा रहेर प्राध्यापन गरिरहेका डा.खगेन्द्र ढकालको अधक्षमा गठन भएको समितिमा निम्न ब्यक्तित्वहरु छन् । १. डा चन्द्र लक्सम्बा -अक्सफोर्ड, युके २. प्रा
More

मणिपाल अस्पतालमा कर्मचारी र प्रहरीबीच झडप

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार आन्दोलनरत् कर्मचारी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी र ३ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइते हुनेमा प्रहरी जवानहरु विपीन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुना राज कोटी, अन्जना घर्ती र तुलसा पोखरेल रहेका छन् । कर्मचारीतर्फ राजबहादुर घर्ती, कर्णबहादुर केसी र अमर गुरुङ घाइते भएका छन् । उनीहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ । आन्दोलनकारीको प्रहारबाट अस्पताल
More

थुनामा रहेका दुईजना निर्दोष ठहर

नुवाकोट । फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेकका भीमबहादुर तामाङ र वडा नं ५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा उहाँहरु दुवैजना आज थुनामुक्त हुनुभएको छ । चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो ।
More

गैरआवासीय नेपाली संघको आर्थिक दिगोपना समिती गठन

लन्डन । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आर्थिक ‘दिगोपना समिति’ गठन भएको छ । संघका कोषाध्यक्ष हिक्मत थापाको अध्यक्षतामा गठित समितिका सह–अध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया र ओसियाना ), सुनिल कार्की ( अफ्रिका), सुरेश चन्द्र पोखरेल (अमेरिका), अम्बीर जोशी (एसिया प्रशान्त) चिनियाँ दुवाल (युरोप) र क्रान्ति सिंह (मध्य पुर्व) हुनुहुन्छ । साथै सदस्यहरुमा गुणराज पौडेल (स्वीजरल्याण्ड), कुबेर कार्की (पोर्चुगल),दीपेन्द्र चुडाल (डेनमार्क),लक्ष्मण कार्की (स्पेन), गोबिन्द आचार्य (रसिया), रमेश सापकोटा (बेल्जियम), दिनेश घिमिरे (युके), चिन्तामणि उप्रेती, किस्मत भन्डारी र विद्या भुषण कार्की (क्यानडा), कृष्णजिबि पन्त, भक्त थापा , कर्ण चन्द र श्यामलाल श्रेष्ठ (अमेरिका), नारायण पासवान र नमराज लामिछाने (साउदी अरब),
More

आहा कति राम्रो लालीगुराँस

लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ । तस्बिरः सन्तोष गौतम
More