Daily Archives 4th April 2018

नेपाल आईडलका तीन स्टार बुद्ध, निशान र प्रताप बार्सिलोना आउँदै

बिजय शर्मा । स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको आयोजनामा बार्सिलोनामा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७५ आयोजना हुने भएको छ। समितिले यहि अप्रिल १७ तारिख मंगलबारका दिन नेपाली नयां वर्षमा आयोजना गर्ने विशेष कार्यक्रममा नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल बार्सिलोना आउने समितिका महामन्त्री रामप्रसाद सापकोटा (बिराज शर्मा) ले जानकारी दिएका छन्। नेपाली जनसम्पर्क समिति स्पेनले हरेक वर्ष नेपाली नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम यस वर्ष पनि भब्यताका साथ आयोजना गर्न बिशेष तयारी गरिरहेको छ। समितिका महामन्त्री रामप्रसाद
More

छुरा प्रहारबाट लण्डनमा एक जना मारिएका

लन्डन । लन्डनको हयाक्नी क्षेत्रमा छुरा प्रहारबाट एक जना मारिएका छन । मेट्रोपोलिटन प्रहरीका अनुसार छुरा प्रहारबाट बुधवार करिब २० वर्षको एक जना पुरुष मारिएका हुन् । छुरा प्रहारबाट घाइते उनको उपचारको क्रममा निधन भएको हो । यस अघि सोमबारमात्र अर्का एक जना छुरा प्रहारबाट मारिएका थिए । यो वर्षमात्र लन्डनमा ४९ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
More

खड्काको सम्मानमा बेलायत कांग्रेसले शोक सभा गर्ने

लन्डन । पूर्वमन्त्री एवंम नेपाली कांग्रेसका केन्द्रिय सदस्य स्वर्गिय खुमबहादुर खड्काको सम्मानमा नेपाली जनसम्पर्क समिति बेलायतले एक शोक सभाको आयोजना गर्ने भएको छ । समितिले आगामी ७ अप्रिल, शनिबारका दिन फेल्थाममा शोक सभाको आयोजना गर्न लागेको हो । दिउँसो १ बजे देखि शुरु हुने कार्यक्रममा उपस्थित हुने बेलायतवासी नेपाली समुदायलाई समितिले अनुरोध गरेको छ ।
More

ओली–प्रचण्डको मित्रता अहिले पानी बाराबार

काठमाडौं । कटुतापछिको मित्रताले गजबै कमाल देखायो । ओलीलाई सत्तामा र ०१५ सालपछिको सर्वशक्तिमान प्रधानमन्त्री बनायो । यी दुबै नेतामा मित्रता यत्ति बढ्यो कि दुबैले पार्टी एकीकृत गर्ने निर्णयसमेत गर्न पुगे । दुबै नेताभित्र आशंका बाँकी छ । एकीकरणमा आधा आधा कि ७०–३० को रेसियो, कुरा मिलेको छैन । त्यसैले ओलीले व्यङ्ग कसे– कोही कोही सिंगापुर बनाउँछु भन्थे, म नेपाललाई समृद्ध नेपाल बनाउँछु । सरकार र पार्टीमा एक एकजनाको प्रतिनिधित्व भन्ने प्रचण्डलाई ओलीले सत्ता आफूलाई र पार्टीमा दुबै अध्यक्ष भनेर आफ्नो बेट घट्न दिएनन् । चाउरिएको माओवादी केन्द्र अव आधा–आधा प्रतिनिधित्व भन्न थालेको छ । मौन बसेका केपी ओली शीरमा
More

बेलायतीलाई कस्तो यौन रोग लाग्यो ?

एकजना बेलायती पुरुषलाई सुपर गोनोरिया (सुजाक) भन्ने यौन रोग लाग्यो । यो यौनसम्बन्धी गम्भीर रोग भएको बताइन्छ । यी बेलायती पुरुषको यौन सम्पर्कका लागि एकजना नियमित साथी छन् । दक्षिण पूर्वी एसियाको यात्राका बेला एकजना महिलासँग यौन सम्बन्ध राखेपछि उनलाई गोनोरिया सरेको हो । पब्लिक हेल्थ इंग्ल्यान्डका अनुसार यस्तो घटना बेलायतमा पहिलो हो । यो रोगलाई एन्टिबायोटिक्सले निको बनाउन सक्दैन । स्वास्थ्यकर्मी अहिले यी पुरुषको अन्य कुनै सम्भावित सेक्स पार्टनरको खोजी गरिरहेका छन्, ताकि यस्तो रोगको संक्रमण अरुतिर नफैलियोस् । ती बेलायती पुरुषलाई यही वर्ष यो रोगको संक्रमणले भेटेको हो । अहिलेसम्म दिइएको एन्टिबायोटिक्सले रोग निको हुने कुनै लक्षण देखिएको
More

धुर्मुस सन्तली फाउण्डेशनलाई चेक प्रदान

थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीद्वारा लिखित पुस्तक ‘जीवन संघर्ष’ को बुधबार आयोजित लोकार्पण कार्यक्रममा धुर्मुस सन्तली फाउण्डेशनलाई रु पाँच लाखको चेक प्रदान गरिँदै । तस्वीरः लेखक स्वयम
More

काभ्रेमा मयुरपछि साझा र मेट्रो यातायातको भर

धुलिखेल । कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन् । बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि बस सेवाहरुले आजदेखि नै काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सेवा दिएका हुन् । यातायात व्यवस्था विभागका सूचना अधिकारी तुल्सीराम अर्यालका अनुसार विभागले गरेको आह्वानअनुरुप आजमात्रै सातवटा यातायात सेवा समितिले अस्थायी रुट परमिट लिएर बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।“ती
More

पर्यटक बसमा ११ किलो रक्तचन्दन

काठमाडौं । काठमाडौं–नयाँदिल्ली रुटमा चल्ने पर्यटक बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ । नयाँदिल्लीबाट काठमाडौं आएको ना४ख ४५१६ नम्बरको पर्यटक बसबाट ११ किलो रक्तचन्दनसहित प्रहरीले बुधबार बिहान कलंकीबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा कालिमाटी प्रहरीले बिहान ३ बजे बसमा चेकजाँच गर्दा गाडीमा फल्सबटम बनाइ लुकाइराखेको अवस्थामा माला बनाउनका लागि तयार गरिएको रक्तचन्दनका १३ सय २ दाना फेलापरेको जनाइएको छ ।
More

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

लमजुङ । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ ।
More

ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन स्थगित

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको जिल्ला अधिवेशन स्थगित भएको छ । यही चैत १४ गते देशभरका अधिवेशन भइरहँदा काठमाडौँको अधिवेशन चैत २१ गते गर्ने भनिए पनि प्रतिनिधि विवादका कारण स्थगित भएको हो । विभिन्न श्रमिक क्षेत्रका २४ संस्थाका दुई हजार ४०० महाधिवेशन प्रतिनिधि आबद्ध संस्थामा होटल क्षेत्रको प्रतिनिधि विवादका कारण स्थगित गरिएको नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले जानकारी दिनुभयो । नेपाल ट्रेड युनियन केन्द्रको निर्णयअनुसार अधिवेशन स्थगित गरिएको भट्टराईले बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसको काठमाडौँमा झण्डै ७० हजार श्रमिक आबद्ध छन् । अधिवेशन आगामी चैत २६ गते सोमबारलाई तोकिएको छ
More

एमालेमा उपनेताको जिम्मेवारी नेम्वाङलाई, स्थायी कमिटी बैठक वैशाख ६ गते

काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङलाई संसदीय दलको उपनेता चयन गरेको छ । संसदीय दलको आज बसेको बैठकले संविधानसभाका पूर्वअध्यक्ष एवं सभामुख समेत रहिसक्नु भएका नेम्वाङलाई उपनेता बनाएको हो । नेम्वाङ तत्कालिन व्यवस्थापकीका संसदको सभामुख समेत रहिसक्नुभएको छ । एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो । बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए । एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । स्थायी कमिटीको बुधवार बसेको बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक आयोजना
More

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

कलैया । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उहाँलाई पक्राउ गरेको हो । टोलीले उहाँलाई आफूसंगै हेटौँडा लगिएको छ । एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ ग-यौँ, नायब उपरीक्षक खड्काले भन्नुभयो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौँमा बुझाउने खड्काले बताउनुभयो ।
More

दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा

रोल्पा । बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए । घर नजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाँगोबारीबाट पक्राउ गरिएको जिप्रका रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले आज जानकारी दिनुभयो । काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । यो दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको
More

बेपत्ता भएकी विक

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयाकी अठार बर्षअघि घरबाट बेपत्ता भएकी ३२ वर्षीय तारा विकका साथमा छोरा । विकलाई १५ बर्षको उमेरमा झलारी बजारबाट बेपत्ता पारी दलालले भारतमा लगेर बेचेका थिए । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
More

उपसचिव झुन्डिएको अवस्थामा

बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आचार्यलाई आफैं बस्दै आएको आएको क्वार्टरको पंखामा झुन्डिएको अवस्थामा प्रहरीले मंगलबार मृत फेला पारेको हो । चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए । मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका अर्याल एक्लै कोठामा बसेको र संगै बस्ने साथीहरुले साँझ खाना खान बोलाउँदा ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । उनीसंगै सो क्वाटरमा ३ जना उपसचिव बस्दै आएका थिए ।
More

नातिनी करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।
More

पाँच मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम

काठमाडौं । सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिएर एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो । मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमा तीन–तीन तथा शिक्षा, युवा तथा खेलकुद, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई–दुई सचिवको दरबन्दी कायम गरेको हो । अर्थ मन्त्रालयमा मात्र लामो समयदेखि दुई सचिव छन् । मन्त्रालयको संख्या घटेपछि फाजिलमा परेका सचिवहरूलाई अधिकार र दायित्व दिन मन्त्रालयहरूमा विशिष्ट श्रेणीको दरबन्दी बढाइएको मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । अब २ र
More

यूटुव मुख्यालयमा गोली चन्दा एकको मृत्यु

न्युयोर्क । विश्वमै लोकप्रिय यू–ट्यूवको मूख्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । एक महिलाले ४ जनालाई गोली हानेर घाइते बनाएपछि आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूव मूख्यालयमा एक महिलाले एक ३६ वर्षीय पुरुषलाई गोली प्रहार गरी आक्रमणको शरुवात गरेकी थिइन् । ति पुरुष आक्रमणकारी महिलाको पुरुष साथी भएको प्रहरीले अनुमान गरेको छ । आक्रमणकारी महिलाको परिचय खुलाइएको छैन गुगलको स्वामित्वमा रहेको यू–ट्यूव मूख्यालयमा करिब १७ सय कर्मचारी छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक छ ।
More

पशुपति क्षेत्र मगन्तेरहित घोषणा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।”  कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्छ भन्नुभयो । कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’
More

रोनाल्डोको जीवनकै सुन्दर गोल

म्याड्रिड । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको इतिहासमै सुन्दर गोल गर्दै टोलीलाई जिताउनु भएको छ । च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलको पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा स्पेनी क्लब रियाल मड्रिडले इटालीको क्लब युभेन्टसलाई ३–० ले हराएको हो । सन् २०१७ को फाइनलमा भेट भएको युभेन्टसलाई हराउने क्रममा रियालका लागि रोनाल्डोले दुई तथा मार्सेलोले एक गोल गर्नु भयो । रोनाल्डोले तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाउनु भयो । रोनाल्डोले क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला १३ खेलमा २५ गोल गरिसक्नु भएको छ ।
More