Daily Archives 5th April 2018

भक्त गुरुङ एनआरएन केन्द्रिय अनुशासन समितिमा

लन्डन । गैर आवासीय नेपाली संघ युकेका पुर्व महासचिब भक्त गुरुङ संघको केन्द्रिय अनुशासन समितिमा मनोनयन भयका छन् । गुरुङलाई समितिका संयोजक डा. अम्बिका अधिकारीले सदस्यमा मनोनयन गरेको संघले जनाएको छ । समितिमा इन्द्र डा. बन, द्रोण रसाली हरिहर अर्याल रहेका छन् । संघभित्र अनुशासन समिति अन्य समिति भन्दा निकै महत्वपूर्ण   मानिन्छ ।
More

एनआरएन पर्यटन प्रवर्धन समिति गठन, युकेबाट भट्ट

लन्डन । गैर आवासीय नेपाली संघको एनआरएन पर्यटन प्रवर्धन समितिको विस्तार गरिएको छ । समितिका संयोजक सोम सापकोटाले संसारभरका एनआरएनहरुलाई समेटेर समिति गठन गरेका हुन् । समितिमा बेलायतबाट बिराज भट्टलाई राखिएको छ । सो समितिमा बिदेस स्थिति नेपाली राजदुतहरुलाई समेत समेटिएको छ । यस्तै एनआरएन युकेको पुर्व कोषाध्यक्ष दिपक श्रेष्ठलाई बुद्द नेपाल अभियानको संयोजक तोकिएको छ । Tourism Promotion  Nepal TPN Committee 2017-2019 Name Designation Advisor: All Ambassadors of Nepali Embassies Ambassador Mr Dipak Raj Joshi CEO, Nepal Tourism Board Mr Binay Shah General HAN Nepal Mr Tekendra Bahadur Mahat CEO, Trekking Agencies Association Neapl Mr Thakur Prasad Bhattrai Immigration
More

विज्ञ सम्मेलनको जानकारी दिन काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनआरएन

 काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारेको छ । यसैबिच विज्ञ सम्मेलन, विधान सभा र गैरआवासीय नेपालीहरुको सामूहिक लगानीबारे हालसम्म भएका गतिविधिहरुको जानकारी गराउनका लागि भोली (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरिएको छ । काठमाडौंको नागपोखरीस्थित गैरआवासीय नेपाली संघको सचिवालय (विवि एयरवेज तथा टिबिआइ गु्रपको चौथो तल्लाको हल)मा पत्रकार सम्मेलनको आयोजना गरिएको सचिवालयले जनाएको छ। दिउँसो २ः३० बजेका लागि पत्रकार सम्मेलनको समय तालिका तोकिएको छ । एनआरएनएले सहभागीताका लागि पनि सबैलाई आग्रह गरेको छ। मितिः २०७४ चैत्र २३ शुक्रबार स्थानः गैरआवासीय नेपाली संघको सचिवालय, नागपोखरी (विवि एयरवेज तथा टिबिआइ गु्रपको चौथो तल्लाको
More

रेशम चौधरीलाई सांसदको शपथ गराउन माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बिहीबार राजपा नेपाल संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । बैठकले पार्टी संसदीय दलको विधानको मस्यौदा निर्माण गर्न सांसद लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । यस्तै, बैठकले संसदीय दल सन्चालनका लागि प्रत्येक सांसदबाट मासिक १० हजार रुपैयाँ ‘लेवी’ उठाउने निर्णय गरेको अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । बैठकमा संसदीय
More

भारतीय रेड लाइट एरियाबाट ९ नेपालीको उद्दार

नयाँ दिल्ली । भारतको एक रेड लाइट एरिया प्रहरीले छापामार्दा पाँच नेपाली युवती पनि पक्राउ परेका छन । आग्रामा रहेको उक्त ‘रेड लाइट एरिया’बाट ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ । नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा पारेर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको थियो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठाहरु प्रहरीले बलपूर्वक खोलेको थियो । ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ । प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखिएको बताइएको
More

पुरातत्वको दोहोरो चरित्र : प्रमुख शाक्य

काठमाडौं । रानीपोखरीभित्र हालसम्म पुनःनिर्माणका क्रममा प्रयोग गरिएका सबै आधुनिक निर्माण सामग्री हटाइने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनः निर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको हो । अबको केही दिनमै रानीपोखरी पुनः निर्माणको क्रममा प्रयोग भएको कङ्क्रिड हटाउन शुरु हुनेछ । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयको दबाबपछि करिब तीन महिनादेखि पोखरी पुनः निर्माणको काम रोकिएको थियो । रोकिएको काम सुरु गर्न आज संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीचको छलफलले यस्तो निर्णय गरेको हो । बैठकमा मन्त्री अधिकारीले
More

प्रधानमन्त्री ओली निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीे शुक्रबारदेखि हुने छिमेकी भारतको राजकीय भ्रमणमा सहभागी सरकारी प्रतिनिधि मण्डललाई बिहीबार बालुवाटारमा निर्देशन दिनुहुँदै । तस्वीर : नवीन पौडेल
More

वैशाख ९ मा पार्टी एकता हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी एकता गर्ने समझदारी भएको बताउनुभएको छ । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताउनुभयो । “अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि एकताको कुरा टुङ्गााएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं ।” कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारी
More

सलमान खान ६ वर्षको लागि जेल

भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको मुद्दामा दोषी ठहर गरेको छ। खानले एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा दुइटा कृष्णसार मारेका थिए। उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। खानले अब एकदेखि छ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ। पुनरावेदन तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्। खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो। यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए। निर्दोष जनावर सिकार गरेको अभियोग यी
More

एआईजीको श्रीमती भन्दै सेनाका बहालवाला कर्मचारीमाथि ठगी गर्ने महिला पक्राउ

काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमति बताउने युवतीको भर पर्दा नेपाली सेनाका बहालवाला कर्मचारी नै ठगिएका छन् । काठमाडौं प्रहरी परिसरले सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेसँगै यो रहस्य सार्वजनिक भएको हो । पक्राउ पर्नेमा आफूलाई एआईजीको श्रीमति बनाउने तनहुँको व्यास–११ की ४० वर्षीय यमुना खड्का, सेनाको बहालवाला जर्नेलको पिए भएको बताउने लमजुङको चन्द्राश्वर–४ घर भइ काठमाडौंको तारकेश्वर–११ बस्ने २८ वर्षीय मोहन दुरा र कास्कीको रुपा गाउँपालिका घर भइ हाल काठमाडौंको बनस्थल बस्दै आएका ३९ वर्षीय रमेश कुमाल छन् । उनीहरुले राष्ट्रिय अनुसन्धान विभागका सिपाहीका लागि प्रति व्यक्ति दुई लाख
More