Daily Archives 6th April 2018

नेपालमा सार्वजनिक बिदा कटौती बारे बेलायतमा चासो

लन्डन । नेपाल सरकारले हालै गरेको सार्वजनिक बिदा कटौतीको नेपाल आदिवासी जनजाति महासंघ बेलायतले बिरोध जनाएको छ । महासंघले शुक्रवार बेलायतको लागि नेपाली राजदूत दुर्गा बहादुर क्षेत्री मार्फत ज्ञापनपत्र बुझाउदै सो बिरोध जनाएको हो । ज्ञापनपत्रमा नेपाल सरकारको ध्यान आकृष्ट गर्दै ल्होसार, माघे सक्रान्ति र उधौली–उभौली जस्ता पर्बहरुको बिदा कटौती बारे आपत्ति जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूके अध्यक्ष जंग सुनुवार, उपाध्यक्ष लिला सेलिङ माबो, महासचिब खुशी लिम्बु, संस्थापक अध्यक्ष थर्क राना, नेपाल आदिवासी जनजाति महासंघ महिला महासंघ यूके अध्यक्ष श्रीमती बिमला कुमारी राई, महासचिब बशुन्धरा याक्खा राई, पहिचान सहितको संघीयता गठवन्धनका यूके संयोजक पदम गाहामगर लगायत
More

स्पेनका राजाद्वारा पुनःनिमार्ण तथा राजनीतिक स्थायित्वका बारेमा चासो

काठमाडौँ । लामो विवादपछि स्पेनस्थित नेपाली दूतावासले आफ्नो काम थालेको छ। वर्ष दिन अगाडि नै नेपाल सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो। परराष्ट्र मन्त्रालयसँगको सहकार्यविना नै दूतावास खोल्ने निर्णय भएको भन्दै यो विषय विवादमा परेको थियो। लामो प्रयासपछि नेपालका लागि स्पेनका राजदूत भरतबहादुर रायमाझीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। राजदूत रायमाझीले बिहीवार स्पेनको मड्रिडस्थित राजदरबार पुगेर त्यहाँका राजा फेलिप छैटौँलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको मड्रिडस्थित नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र बुझाएसँगै त्यहाँका राजासँग राजदूत रायमाझीले आधा घण्टा शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश समेत सुनाए। दुई देशबीच सन् १९६८ मा
More

म्याग्दी भ्रमण वर्षको तयारी

बेनी । नयाँ वर्ष २०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रुपमा मनाउन जिल्ला उद्योग वाणिज्य संघले तयारी गरेको छ । पर्यटकीय सम्भावना भएको जिल्लामा पर्यटकीयस्थलको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गर्न लागिएको हो । आयोजनाका लागि संघको संयोजकत्वमा बेनी नगरपालिका लगायत पाँचवटै गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड र म्याग्दी विकास मञ्चलाई समेटेर म्याग्दी भ्रमण वर्ष २०७५ मूल समारोह समिति गठन गरिएको छ । भ्रमण वर्ष मनाउन करिब रु ४० लाख लाग्ने अनुमान छ । त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यको संयोजकत्वमा सूचना केन्द्र स्थापना तथा व्यवस्थापन उपसमिति, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठको
More

उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै

नयाँवर्षको अवसरमा भक्तपुरमा आजबाट सुरु भएको बृहत औधोगिक मेलाको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : रमेश गिरी
More

छोरी हत्याको अभियोगमा बाबु जेल चलान

महेन्द्रनगर । आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो । त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत् स्नेहाले आफूले रोजेको
More

पार्टीलाई नयाँ सोचमा लानुपर्छ: खाँण

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताउनुभएको छ । नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता खाँणले २००३ सालको विराटनगरको जुटमिलमा भएको पहिलो आन्दोलनले मजदुरका अधिकारलाई स्थापित गरेको बताउँदै सो आन्दोलनको बलबाट २००७ सालको रानजीति परिवर्तन सम्भव भएको जानकारी उल्लेख गर्नुभयो । उहाँले कांग्रेसले माओवादी शान्तिवार्ता, द्वन्द्व व्यवस्थापन, संविधानसभा निर्वाचन, मधेश मुद्दाको समाधान र स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा नेतृत्वादायी भूमिका निर्वाह गरेको जनाउनुभयो । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुले बिगारेको विषय कांग्रेसले सुधार गर्दै अघि बढेमा लोकतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताउनुभयो । अधिवेशनले
More

एनआरएनएको विज्ञ सम्मेलन अक्टोबरमा (पत्रकार सम्मेलन फोटो फिचर)

गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गर्ने भएको छ । सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुग्ने संयोजक डा. हेमराज शर्माले बताए । संघले शुक्रवार दिउँसो आयोजना गरेको पत्रकार पत्रकार सम्मेलनमा बोल्दै गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाई विकास गर्ने जनाएको छ । संस्थाका उपाध्यक्ष कुमार पन्तले नेपालमा अध्ययन र अनुसन्धानमा संलग्न विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको सहयोगले सम्मेलन अझ बढी प्रभावकारी हुने र सो संलग्नता
More

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चांैथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्नुभएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मेला आगामी वैशाख ३ गते सम्पन्न हुनेछ । २०० भन्दा बढी स्टल रहेको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिनुभयो । त्यसैगरी
More

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

चितवन । भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बिहीबार उच्चस्तरीय प्राविधिकको बैठक बसी आजबाटै सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गर्ने निर्णय भएको उहाँले बताउनुभयो
More

प्रधानमन्त्री ओली दिल्लीमा, भारतीय गृहमन्त्रीद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन । उनलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन । तीन जना मन्त्री, उच्च सरकारी अधिकारी र उद्योगी व्यवसायी सहितको टोलीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओली दिल्ली गएका हुन । भ्रमणमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, ओलीका राजनीतिक सल्लाहकार र मुख्य सचिव समेत सहभागी छन् । अजरवैजानमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने उतैबाट दिल्ली पुग्नेछन् । प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका हुन । प्रधानमन्त्री ओलीले आजै नेपाल र भारतका उद्योयी व्यवसायी तथा भारतमा
More

प्रधानमन्त्री ओली – भारत भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट भारतको तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा । तस्बिर : रत्न श्रेष्ठ
More

नयाँ वर्षको आगमनमा साहित्य सन्ध्या र पुरस्कार शुसोभन

लण्डन । बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके द्वारा नेपाली नयाँ वर्ष २०७५ को शुभागमन लाई साहित्यिक रमझम,पुरस्कार सम्मान् शुसोभन लगायतका विविध कार्यक्रम गरी भब्यताकासाथ सम्पन्न गरियो । लण्डन स्थित वयम्ली तन्दुरी रेस्टुरेन्टको समारोह हलमा आयोजना गरिएको उक्त नव वर्ष उत्सव,२९औं साहित्य सन्ध्या समारोहमा पुरस्कार शुसोभन् गर्नुहुदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक वरिष्ठ साहित्यकार नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाली नयाँ वर्षको शुभागमनमा साहित्यक स्वादन् र कविहरूलाई पुरस्कार सम्मान गर्न पाउदा आफूलाई खुसी लागेको कुरा चर्चा गर्नुहुदै वेलायतमा नेपाली साहित्य विकास परिषद्ले नेपाली भाषा साहित्य जस्ता नेपाली पहिचानहरूलाई जोगाउन अत्यन्त उदाहरणीय भूमिका निर्वाह गरिरहेको कुरा वताउनु
More

लण्डनमा “म देश लेख्छु” कविता संग्रह लोकार्पण

लण्डन । बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके द्वारा नेपाली नयाँ वर्ष २०७५ को शुभागमन लाई साहित्यिक रमझम,पुरस्कार सम्मान् शुसोभन लगायतका विविध कार्यक्रम गरी भब्यताकासाथ सम्पन्न गरियो । लण्डन स्थित वयम्ली तन्दुरी रेस्टुरेन्टको समारोह हलमा आयोजना गरिएको उक्त नव वर्ष उत्सव,२९औं साहित्य सन्ध्या समारोहमा पुरस्कार शुसोभन् गर्नुहुदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक वरिष्ठ साहित्यकार महामहिम नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले नेपाली नयाँ वर्षको शुभागमनमा साहित्यक स्वादन् र कविहरूलाई पुरस्कार सम्मान गर्न पाउदा आफूलाई खुसी लागेको कुरा चर्चा गर्नुहुदै वेलायतमा नेपाली साहित्य विकास परिषद्ले नेपाली भाषा साहित्य जस्ता नेपाली पहिचानहरूलाई जोगाउन अत्यन्त उदाहरणीय भूमिका निर्वाह गरिरहेको
More

एनआरएन रसियाद्वारा सहयोग हस्तान्तरण

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले नेत्र दुवै मिर्गौला फेल भएपछि हाल काठमाण्डौंमा उपचाररत नेत्र बहादुर खत्रीलाई आर्थिक सहयोग गरेको छ । खत्रीलाई १ लाख ८२ हजार ९ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको समन्वय समिति रसियाले जनाएको छ । गैर आवासीय नेपाली संघको सचिवालय काठमाण्डौमा अप्रिल ५ मा खत्रीका आफन्तलाई राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङ्गले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । खत्री लामो समयसम्म रसियामा रोजगारीको सिलासिलामा रहनुभएको थियो । उहाँको हाल राष्ट्रिय मिर्गौला केन्द्रमा उपचार भइरहेको छ । कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका
More

विप्लव र चित्रबहादुरबीच मोर्चाबन्दी

काठमाडौं । चुनावमा एमाले र माओवादीसँग मिलेर संसदमा एक सिटको प्रतिनिधित्व गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको छ । यो गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपासमेत सहभागी भएका छन् । चारवटा वामपन्थी समूहले गठबन्धनको घोषणा गर्दै ओली सरकारको भारत नीतिविरुद्ध आन्दोलनको कार्यक्रमसमेत तय गरेका छन् । चारदलको संयुक्त बैठकपछि जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र माओवादी नेता मोहन वैद्यका साथै ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा जारी विज्ञप्तिमा केपी ओलीले भारत भ्रमणका क्रममा पुराना असमान सन्धीलाई निरन्तरता दिन लागेको भन्दै आपत्ति जनाइएको
More

प्रधानमन्त्री ओली दिल्ली प्रस्थान, यस्तो छ– कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा प्रस्थान गर्नुभयो । प्रधानमन्त्री ओली बिहान ९ बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ । नेपाल वायु सेवा निगमको नियमित उडानबाट आज भारत प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद
More