Daily Archives 7th April 2018

वेलायत कांग्रेसको प्रवक्तामा खुशि लिम्बु नियुक्त

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनसम्पर्कको प्रवक्तामा खुशि लिम्बु नियुक्ति भएका छन् । समितिका सभापति युवराज गुरुगंका अनुसार लिम्बुलाई शनिवार देखी लागु हुने गरि समितिमा प्रवक्ताको जिम्मेवारी दिएको हो । लिम्बु जनजाति पत्रकार महासंघ वेलायतको महासचिव समेत हुन् । गैरआवासीय नेपाली संघको अभियानमा समेत सकृय लिम्बुले मल्टिमिडियामा समेत राम्रो दखल राख्छन् । यसअघि लिम्बु समितिको कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
More

सगरमाथा आरोही महिला पत्रकारलाई गोर्खा अनलाइन रेडियो र क्षेत्री समाज बेलायतद्वारा सहयोग

लन्डन । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ मा सहभागी महिलाहरुलाई सहयोग एवं प्रोत्साहन स्वरूप क्षेत्री समाज बेलायत र गोर्खा अनलाइन रेडियो यूकेद्वारा सहयोग रकम भ्रमण टोलीका सदस्य हरुलाई भेटि हस्तान्तरण गरेको छ । लोक तथा दोहोरी गायिका कला पंगेनी तथा यूएस खबरकी कृस्ना रोशनी आचार्यले टोली सदस्य एवं सगरमाथाको शिखर चुम्ने योजनाको परिकल्पनाकार रोशा बस्नेतलाई भेटि सहयोग बापत चालिस हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । जसमध्य क्षेत्री समाज बेलायतले २५ हजार रुपैयाँ र गोर्खा अनलाइन रेडियो यूकेको तर्फबाट १५ हजार रुपैयाँको सहयोग संकलन गरिएको हो । नेपाली समाजमा महिलाप्रति हेरिने दृष्टिकोण,
More

सुजन र कृष्णको नयाँ अल्बम बजारमा

लण्डन । वेलायतलाई कर्मथलो बनाएर बसेका गाय​क सुज​न प​राजुली र कृष्ण देवकोटाले संयूक्त नयाँ एल्बम ब​जारमा ल्याएका छ्न । रोजिरोटीको सिलशिलामा बिदेशि भुमीमा पुगेका प्रेमिले आफ्नी प्रेमिकालाइ बिर्सिदै ग​एको पिडालार्इ मुख्य​ कथालाई स​ङ्गित मार्फ​त एल्व​ममा स​मावेश ग​रिएको गायक पराजुलीले वताए​ । द​र्श​कको चाह​नालार्इ म​ध्य​न​ज​र ग​र्दै नेपाली स​माजका सुखः दुख​ र​ उकाली ओरालीलाइ य​थार्थ​प​र​क रुपमा प​स्कने प्र​यास ग​रिएको गायकको दावी छ । उक्त​ गितको ब​जार व्य​व​स्थाप​न म्युजिक नेपालले ग​रेको छ​ भ​ने सोही गीतमा गाय​क सुज​न प​राजुली स​ङ्गै कृष्ण देवकोटा,देवि घ​र्तिको स्वर र​हेको छ​ । गीत सुन्दा नाच्न मन लाग्ने तर मर्मस्पर्सी भाव लहरिले तयार भएको यस गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम
More

नेपाल पत्रकार महासंघ यूकेमा १३ नयाँ सदस्य थपिए, अझै १९ बाहिर

लण्डन । नेपाल पत्रकार महासंघ यूकेमा १३ जना नयाँ सदस्य थपिएका छन् । महासंघको शनिवार टेलिकन्फ्रेन्स मार्फत बसेको बैठकले १३ जना नयाँ सदस्य थप्ने निर्णय गरेको हो । आगामी १९ मेमा हुने चौथो अधिवेशनको लागि ५२ जनाले नयाँ सदस्यताको लागि आवेदन गरेकोमा यसअघि सम्पन्न बैठकले २० जनाको आवेदनलाई मात्र स्वीकृत गरे पछि विवाद शुरु भएको थियो । उपाध्यक्ष ध्रुव अर्याल लगायतले सदस्यता वितरणमा लार्पवाही भएको भन्दै असन्तुष्टी जनाए पछि महासंघको अधिवेशन समेत अन्योलमा थियो । आज थपिएका सदस्यमा सिद्दार्थ क्षेत्री, रवि अर्याल, प्रदिप सिंह, टीका अधिकारी, जीवन सेन, अनिल मल्ल, शालिक सापकोटा, खुशी लिम्बु, रुपक प्रजापति, अर्जुन कटुवाल, गणेश खड्का,
More

आइसिपीको उद्घाटनपछि बधाई

वीरगन्जको अलौंमा रहेको एकीकृत जाँच चौकी (आइसिपी)को शनिबार उद्घाटन गरेपछि दुवै देशका अधिकारीले बधाई दिँदै । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी)को हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उद्घाटन गर्नुभएको छ । तस्वीर : बिजय कुमार महतो
More

खुमबहादुरको सम्झनामा लन्डनमा शोकसभा

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको सम्झनामा शोकसभा तथा द्विप प्रज्वलन ग-यो । समितिका यूके अध्यक्ष युवराज गुरुङको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय नेताको तस्बिरमा फुलको गुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा वक्ताहरुले स्वर्गीय खड्काको जीवनीबारे बोलेका थिए । नमस्ते गोर्खा फेलथममा शनिबार आयोजना गरिएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति यूकेका पूर्वअध्यक्ष लोक गुरुङले स्वर्गीय खड्काको विभिन्न आयामबारे प्रकाश पारेका थिए । गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष शेर सुनार प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा, एनआरएन समाचार संयोजक चिरन शर्मा, प्रवेश केसी, डा. नोर्बु शेर्पा, गोपाल गुरुङ, गोर्खा अभियान्ता सूर्य नेम्वाङ, खुशी लिम्बू, इन्द्रमान
More

काठमाडौं–रक्सोल जोड्न भारत सहमत, सर्भे एक वर्षभित्र पूरा हुने

नयाँदिल्ली । राजधानी काठमाण्डौंलाई भारतीय सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने योजनामा नेपाल र भारतले सहमति जनाएका छन् । दुई देशबीच भएको सहमति अनुसार एक वर्षभित्र उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण पुरा हुनेछ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा शनिवार औपचारिक भेटवार्ता भएपछि जारी संयुक्त वक्तव्यमा रेलमार्ग निर्माणको विषयलाई उल्लेख गरिएको छ । विज्ञप्तिमा भारतको सहयोगमा रक्सौल– काठमाडौं जोड्ने विद्युतीय रेल वे लाइन निर्माण गर्ने सहमति भएको उल्लेख गरिएको छ । सो रेल वे लाइनको सर्भे एक वर्षभित्र पूरा गरिसक्ने जनाइएको छ । भारतीय पक्षको आर्थिक सहयोगमा निर्माण हुने भनिएको रेलमार्गको कार्यान्वयन तथा लगानीको प्रारुपबारे चाहिँ विस्तृत परियोजना प्रतिवेदनमा
More

रुखबाट खसेर वडा सदस्यको मृत्यु

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो ।
More

अभिनेता सलमान खान जमानतमा रिहा

नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता सलमान खान जमानतमा रिहा हुने भएका छन् । जोधपुर सेसनकोटले सलमान खानको जमानत स्वीकृत गरेपछि उनी आजै रिहा हुने भएका छन् । उनलाई पचास हजार धरौटी राखेर जमानत दिइएको हो । राजस्थानमा ‘हम साथ साथ हैं’ चलचित्रको सुटिङको क्रममा लोपोन्मुख कालो हरिण शिकार गरेको आरोपमा उनलाई अदालतले पाँच वर्षको जेल सजायँ दिएको थियो । सलमान रिहा भएपछि उनका प्रशंसकहरुले ठाउँठाउँमा खुसियाली मनाएका छन् ।
More

एकताका अधिकांश विषय मिलिसक्यो : नेता पौडेल

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताउनुभएको छ । उहाँले दुई पार्टीबीचको एकताका अधिकांश विषय मिलिसकेको र केही झीनामसिना कुराले एकतामा बाधा नपुग्ने बताउनुभयो । लाखौँ जनताको उपस्थितिमा एमाले र माओवादीको पार्टी एकता वैशाख ९ गते घोषणा हुनेसमेत उहाँले जानकारी दिनुभयो । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विगतको इतिहास, योगदान र योग्यताका आधारमा नेता र कार्यकर्तालाई जिम्मेवारी दिइने भएकाले प्रतिशतमा भागबण्डा नहुने बताउनुभयो । माओवादी नेताहरुले ५०–५० प्रतिशतको आधारमा मात्र एकता गर्नुपर्ने तर्क अगाडि सारिरहेको प्रसंगमा एमाले उपमहासचिव पौडेलले भने समानताका आधारमा
More

नेपाल वाटर लिंक्ड देश बन्नेछ : प्रम ओली

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वाटर लिंक्ड मुलुक पनि हुने बताएका छन् । तीन दिने राजकीय भ्रमणका लागि दिल्ली आएका प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जमिनबाट मात्र दुई मुलुक जोड्ने नभएर जलमार्गबाट समेत दुई मुलुकसँग जोडिने उल्लेख गरे। ‘नेपाल अब जमिनबाट मात्र होइन। जलबाट समेत जोडिने माध्यम बनेको छ,’ ओलीले भने। प्रधानमन्त्री ओलीले नेपालले तीन तहको निर्वाचनसँगै लामो संक्रमणकालको अन्त्य गरेर नयाँ युगमा प्रवेश गरेको बताउँदै भारतको सरकारी र निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए । उनले भने, ‘प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसँगै नेपाल आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको छ। यो संक्रमणकालीन अवस्थामा हामीलाई
More

मन्त्रीको घरमा दिउँसै चोरी

काठमाडौं । काठमाडौंको महांकालस्थित मन्त्रीको घरमा दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो । स्थापितकी पत्नीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गर्नु भएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । स्थापितको घरमा कोही थिएनन् । स्थापितको परिवार त्यो घरमा कहिलेकाहिँ मात्र बस्ने गर्दथ्यो । मान्छे कोही नरहेको मौका पारेर चोरी भएको स्थापित परिवारले जनाएको छ ।
More

प्रधामन्त्री ओलीलाई स्वागत

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधामन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शनिबार स्वागत गर्नुहुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । तस्वीर : रमेश लम्साल
More

प्रधानमन्त्री ओली र मोदीबीचको एक्लाएक्लै भेटमा के भयो ?

नयाँ दिल्ली । तीनदिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख विपक्षी नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ताहरू गरेका छन् । त्यसबाहेक नेपाली प्रधानमन्त्रीले भारतको व्यापारिक समुदाय र त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेका छन् । त्यसपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरियो । एउटा भेटमा ओलीले नेपालले भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएको एकजना मन्त्रीले जानकारी दिएका छन् । नेपालमा संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा देखिएका तिक्ततामाझ दुई वर्षअघि पहिलो पटक प्रधानमन्त्रीको रूपमा दिल्ली जाँदा भारतीय विदेशमन्त्रीबाट स्वागत पाएका प्रधानमन्त्री ओलीलाई यसपटक विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिहंले स्वागत गरे । दुई देशबीच
More

आमाबुबा नपाल्नेलाई नगरपालिकाबाट सेवासुविधा नदिइने

बाजुरा । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको छ । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट वञ्चित गर्ने बताउनुभयो । नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गर्नुभयो । नगर प्रमुख बडुवालले जातीय विभेद्, महिला माथिहुने लैङ्गिक हिसां न्यूनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो । महिलासँग उपप्रमुख कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने,
More

ट्रम्प सञ्चारकर्मीको भोजमा सहभागी नबन्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गर्नुभएको आयोजकले जनाएको छ । हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही अप्रिल २८ मा गरिने वार्षिक भोज कार्यक्रममा सहभागिता नजनाउने राष्ट्रपतिको कार्यालयले सूचना दिइसकेको छ, भोज आयोजक संगठनका अध्यक्ष मार्गरेट तालेवले शुक्रबार एक विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । अमेरिकी राष्ट्रपतिले सिएनएन र न्यूयोर्क टाइम्सजस्ता अमेरिकी प्रमुख सञ्चारमाध्यमहरू निरन्तर आफूविरूद्ध पूर्वाग्रही बनेको बताउँदै आउनुभएको छ । ट्रम्पले गतवर्ष भोजभइरहेकै समयमा आफ्ना समर्थकहरूले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउनुभएको थियो ।
More

PM Oli holds one-on-one meeting with PM Modi

New Delhi : Prime Minister KP Sharma Oli, who is on a three-day State Visit to India, held a one-on-one meeting with Indian Prime Minister, Narendra Modi, Friday. On the occasion, they held discussion on bilateral relations and mutual interest, according to PM Oli’s Chief Political Advisor, Bishnu Rimal. As per the visit schedule, they would hold bilateral discussion Saturday evening.
More

भारतमा बस्ने नेपालीको समस्या समाधान हुन्छ : ओली

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीसंगको भेटमा प्रवासी नेपालीले सीमा नाकामा हुने समस्या र बैंक तथा वित्तीय क्षेत्रमा भोग्नुपर्ने समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका हुन् । नेपाली नागरिक रोजगारी, अध्ययन तथा व्यापारका लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका छन् । प्रवासी नेपालीले प्रधानमन्त्रीले नै विशेष पहल गरिदिए आफूहरु नियमित रुपमा काम गर्न, व्यापार गर्न र अध्ययन गर्नसमेत सहज हुने धारणा व्यक्त गरें । संविधान कार्यान्वयन सँगै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालमा वाम
More

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्नुहुने भएको छ । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनुहुनेछ । यस्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गर्ने र ११ः३० बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली
More