Daily Archives 8th April 2018

यसै साता नयाँ प्रहरी प्रमुख आउँदै, कसको सम्भावना ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालको पदावधि अब तीन दिनमात्र बाँकी छ । यद्यपि, नयाँ महानिरीक्षकको अझै टुंगो लाग्न सकिरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै नयाँ प्रहरी प्रमुखको नियुक्ति हुने बताइएको छ । देशको शान्ति–सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीको बागडोर सम्हालिरहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पदावधि यही चैत २८ गते सकिँदैछ । नियमित प्रक्रियाअनुसार उनले अवकाश पाउन लागेसँगै नयाँ प्रहरी प्रमुखमा को आउने भन्ने अनुमान र चर्चाले बजार निकै गर्माएको छ । नेपाल प्रहरीको प्रमुखमा रोलक्रमअनुसार डीआइजी सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने एउटै ब्याजीका डीआइजी रमेश खरेल र पुष्कर कार्की त्यसपछिको क्रममा । उनीहरु
More

राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ अब युकेमा उपलब्ध

अधिवक्ता गोविन्द बेलवासेद्वारा लिखित राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ पुस्तक अब युकेमै उपलब्ध भएको छ। गैरआवासीय नेपाली नागरिकहरुको प्रमुख चासोको विषय तथा एनआरएनएको प्रमुख मागको रुपमा रहेको नागरिकता निरन्तरताको विषय पुस्तकमा समेटिएको छ। हाल बेलायतमा बसोबास गरिरहेका अधिवक्ता बेलवासे र अधिवक्ता सुरेन्द्र श्रेष्ठले एकपटक नेपालको नागरिकता प्राप्त व्यक्तिले विदेशको नागरिकता लिएपनि उनको नागरिकता रद्द नगरियोस् भनी नेपालमा दायर गरेको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ र छिट्टै त्यसबारे फैसला हुने अपेक्षा गरिएको छ। बेलवासेद्वारा लिखित पुस्तकमा नेपाली नागरिकले जान्नै पर्ने नागरिकता संबन्धी कानुनी ब्यवस्था, राष्ट्रवाद र नागरिकता सम्बन्धी विवेचनाका साथै विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरी त्यहाँको नागरिकता प्राप्त गरेका नेपालीहरुले स्वेच्छाले परित्याग नगरेसम्म तिनीहरुको नेपाली नागरिकता
More

वैकल्पिक सरकार गठन हुन्छ : नेता भट्टराई

सिन्धुली । नया शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताउनुभएको छ । देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताउनुभएको हो । नयाँ शक्ति सिन्धुलीले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, “सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हौ ।”
More

पञ्जावी धुलाइबाट बचे सन्दिप लामिछाने

मोहाली । पञ्जाव–११ सँग पराजयको नजिक पुगेको दिल्ली डेभिल्सको टोलीमा नेपाली खेलाडी सन्दिप लामिछाने अटाएनन् । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १ सय ६७ रनको लक्ष्य दिएको छ । सन्दिप आबद्द टिमले पहिलो खेलमा दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेलेको हो । तर सन्दिप आज मैदान उत्रिने खेलाडीको सूचिमा थिएनन । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् । पञ्जावका लागि कनाउल लोकेस रावलले विस्फोटक ब्याटिङ गर्दै १२ बलमै अर्धशतक पूरा गरेका थिए । सन्दिपको ठाउँमा खेलेका
More

प्रधानमन्त्री ओलीलाई मानार्थ पीएचडीको उपाधि

काठमाडौं, चैत २५ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ पीएचडीको उपाधि दिइएको छ । आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो । विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ । दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको बिरुवा रोपेका थिए ।
More

बालसन्तमाथि आक्रमणको आशंकामा दुई पक्राउ

विराटनगर । प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा आज दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो । आचार्यमाथि गोली प्रहार भएलगत्तै मोरङमा प्रहरीले खोज अभियानलाई तीव्रता दिएको थियो । विराटनगर–१४ स्थित जतुवामा गएराति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उहाँको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त रहनुभएको बताइएको छ । घटनास्थलमा मङ्गोल अर्गनाइजेशनको पर्चा भेटिएको प्रहरीले जनाएको छ । सुनसरीको चकरघट्टीस्थित लक्ष्मी बैंकटेश मन्दिरका ५० वर्षीय
More

पोर्चुगलमा नेपाली दम्पती रोगले थलिए

पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि विगत आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९ सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र दुवै मिर्गाैला बिग्रेपछि उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य दुई महिनादेखि ओछ्यानमै । तस्वीर : भरत प्रधान, लिस्बन (पोर्चुगल)
More

समृद्धिको अभियानमा काँग्रेसको समर्थनः नेता सिंह

बुटवल । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको काँग्रेसको रचनात्मक साथ र समर्थन रहने बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले काँग्रेसले राम्रा निर्णय र कामको समर्थन गर्ने तर लोकतन्त्रका मूल्य मान्यताको तलमाथि गरे चुप लागेर नबस्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने उल्लेख गर्दै नेता सिंहले प्रधानमन्त्रीले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने मात्र भ्रमण सफल भएको मान्न सकिने बताउनुभयो । देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको दुई महिनामा हुनुपर्ने पदाधिकारी
More

प्रधानमन्त्री ओली आज फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारत भ्रमण पुरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ । नेपाल फर्किनुअघि उहाँले उत्तराखण्डमा रहेको गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने कार्यक्रम छ । गएको शुक्रबार भारत जानु भएका प्रधानमन्त्री ओली नेतृत्वको ५४ सदस्यीय टोली नेपाल एयरलाइन्सको विमानमार्फत बेलुका ८ बजेतिर काठमाडौं आइपुग्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
More

घारखोला जलविद्युत्को निर्माण कार्य शुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताउनुभयो । आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । “सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न
More

मिर्गौला प्रत्यारोपण गर्न रु ५० हजार सहयोग

भक्तपुर । दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक्त सहयोग रकम लामिछानेले श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । अर्थाभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि मञ्चका इजरायल सहकोषाध्यक्ष मीना चुँडालको पहलमा रकम सहयोग संकलन गरी पठाइएको मञ्चका इजरायल अध्यक्ष तीर्थ गौतमले जानकारी दिनुभयो । तीन महिनाअघि दुवै मिर्गौला काम नलाग्ने भई राष्ट्रिय धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस गराइराखिएको मिर्गौला पीडित श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफ्नी आमाले
More

एनआरएन खेलकुद समितीले पुर्णता पायो, सल्लाहकारमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर

लन्डन । गैर आवासिय नेपाली संघले बिविध बिषयलाई महत्व दिने क्रममा निमार्ण गरेको केन्द्रिय खेलकुद समितीलाई कार्यसमितीको आज्ञाले केन्द्रिय संयोजक तथा प्राध्यापक राजु मानन्धरले पुर्णता दिएका छन । ४१ सदस्यीय कार्य समितीमा हरेक महादेशको पनि जिम्मेवारी छुट्टाइएको छ । खेलकुद प्रवासमा छरिएर रहेका नेपालीलाई एकताको साङ्लोमा बाध्ने महत्वपुर्ण माध्यम पनि हो । हामीले खेलकुदको माध्यमवाट सबैलाई सबैसँंग एकताको सुत्रमा बाध्ने प्रयास गर्ने छौ ,संयोजक राजु माननधरले बताए । एनआरएन खेलकुद समितीको सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर,फुटबलका भेट्रान उमेश मानन्धर , साफमा उसुतर्फ स्वर्ण पदकधारी बिनिता महर्जन र तेक्वान्दोका ग्रान्डमास्टर दिवाकर डान महर्जन, फुटबलकै सुवाश श्रेष्ठ तथा गिनिज बुक अफ वल्र्ड
More

धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार

मोरङ । धरानका धर्मगुरु श्रीनिवास आचार्यमाथि विराटनगरमा गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उहाँमाथि गोली प्रहार भएको हो । गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उहाँका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन ।मन्दिर परिषरमै बसेका आचार्यलाई आदिवासी मंगोल विरोधी र अति हिन्दुवादी प्रवचन दिएको भन्दै गोली हानिएको उल्लेख गरिएको पर्चा फेला परेको बताइएकाे छ । सुनसरीको चतारा धाममा बस्दै आए श्रीनिवासलाई फोनबाट यसअघि पनि
More

आगलागीमा बाह्र घर जल्यो, एक बेपत्ता, छ करोडको क्षति

उदयपुर । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट एक वृद्धा बेपत्ता भएकी छिन् भने रु छ करोडभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार रातको ११ बजे पूर्वप्रहरी हवल्दार नारायण तामाङको घरबाट आगलागी शुरु भएपछि रातको ३ बजेसम्ममा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट तामाङको ७० वर्षीया आमा बारीमाया तामाङसमेत बेपत्ता भएको प्रहरीले बताएको छ । आगलागी शुरु भएपछि ढिलो खबर प्राप्त भएका कारण प्रहरीले कटारी नगरपालिका र
More