Daily Archives 9th April 2018

क्षेत्री समाज युकेको छैठौं अधिवेसन सम्पन्न, अध्यक्षमा राजनकुमार (फोटो फिचर)

लण्डन । क्षेत्री समाज बेलायतमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार लण्डनमा सम्पन्न संस्थाको छैठौं अधिवेसनले राजनकुमार क्षेत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा टेक जिसी, यज्ञ क्षेत्री र प्रतिमा केसी , महासचिवमा कुमार केसी, सचिवमा उत्तम खत्री, कोषाध्यक्षमा सेविका जिसी र सहकोषाध्यक्षमा महेन्द्र केसी निर्विरोध भएका छन् । त्यस्तै, जनसम्पर्क सचिव दिलबहादुर जिसी, महिला संयोजक श्रद्धा थापा, सांस्कृतिक सचिव गिता रायमाझी र मिडिया संयोजक नरेन्द्र बस्नेत चयन भए । कार्यसमितिको सदस्यहरुमा टोपबहादुर राउत, दुर्गा बानिया, सुनिल खड्का, सरोजकुमार थापा, मनिषकुमार थापा, मनिष खड्का र इन्द्र क्षेत्री चुनिएका छन् । यसअघि उपाध्यक्षबाहेकका सबै पद
More

नमुना वस्तीको निर्माणकार्य तत्काल सक्न निर्देशन, एनआरएन टोलि लाप्राकमा

गैर आवसीय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे ४ को गुप्सी पाखामा निर्माण गरिरहेको एकीकृत नमुना लाप्राक वस्ती आगामी अक्टोवर ११ अर्थात एनआरएन डे को अवसरमा हस्तान्तरण गर्ने गरि तयारी थालेको छ । एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीसहितको टोलीले आज लाप्रापमा बस्तीको निर्माण कार्यको निरीक्षण गर्दै सो तयारी थाल्न निर्देशन दिएको हो । एनआरएन महासचिव बद्री केसीले बस्तीको निर्माण कार्य दुत्र गतिमा भइरहेको जानकारी गराउनुभयो । महासचिव केसीका अनुसार कामहरु निकै दुत्र गतिमा भइरहेकाले एनआरएन डेमा हस्तान्तरण गर्ने गरि तयारी थालीएको हो । बस्ती निर्माणका लागि बालुवा र गिटी र ईटाको समस्याले ढिलाई भएकोमा
More

नव कांग्रेस नेता गणेश लामा जेल चलान

काठमाडौं । राजधानीको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुन्डानाइके’ गणेश लामालाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरेको छ । गत ३० फागुनमा राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लामालाइ हतियारसहित पक्राउ गरेको थियो । उनीबाट चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको दाबी प्रहरीले गर्दै आएको छ । उनले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् । तर, अनुसन्धानबाट उनी दोषी देखिएको भन्दै पुर्पक्षका लागि जेल चलान गरिएको हो । उनलाई इजाजतबिना हातहतियार लिइ हिँडेको अभियोगमा जिप्रका काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको
More

काठमाडौँ–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचाँै वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थप हुने बताउनुभयो । काठमाडौँ–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताउँदै उहाँले अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा रहेको जानकारी दिनुभयो । सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सुनाउनुभयो । “देशमा कडा
More

राष्ट्रपति भण्डारीबाट शुभकामना मन्तव्य व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तीनदिने ‘दक्षिण एसियामा मानव अधिकारको स्वीकार्यता तथा दण्डहिनताको सम्बोधन : चुनौतिको पहिचान, प्रगतिको मूल्यांकन, अगाडिको बाटो ’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । । तस्बिर : रत्न श्रेष्ठ
More

पार्टी एकता वैशाखमा टुंगो लाग्नेः नेता रावल

कैलाली । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकता वैशाखमा टुंगो लाग्न सक्ने बताउनुभएको छ । एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दुवै पार्टीका तर्फबाट प्रतिवेदन तयार भएर पेश भइसकेकाले अब छिट्टै पार्टी एकता हुने जानकारी दिनुभयो । नेता रावलले संघीय मन्त्रिपरिषद्मा प्रदेश नं ७ बाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरेर एमालेका २० सांसद भए पनि सरकारमा प्रतिधित्व नगराइनु अन्यायपूर्ण भएको बताउँदै यस प्रदेशबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउनसमेत माग गर्नुभयो । प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो । प्रदेश ७
More

मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भूकम्पपीडित अझै पालमुनि बस्न बाध्य भएकाले तिनले भोग्ने गरेका समस्याप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते बिहान ११ बजे बस्नेछ ।
More

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन ।” सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ । जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन ।” विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उहाँले बताउनुभयो ।
More

पर्यटकीय गन्तव्यस्थल निलुवा

बागलुङको गलकोट नगरपालिका–४ मा अवस्थित पर्यटकीय गन्तव्यस्थल निलुवा उपत्यका । यहाँ बनभोज, भिडियो छायांकनलगायत प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक आउने गर्दछन् । तस्वीर : रामबहादुर थापा
More

मेलम्ची बजारमा बिहीबार सुरुङ छेडिएको घोषणा हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउने बिहीबार सकिने भएको छ । सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले आउने विहिबारसम्म ग्यालथुम–सिन्धु खण्डको सुरुङ छेड्ने काम सकिने आयोजनाले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सुरुङको मुख्य काम लगभग सकिएको र अब एक दुई दिनमा बाँकी काम सक्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै विशेष कार्यक्रम गरी सुरुङ छेडिएको घोषणा गर्ने तयारी छ । आउँदो दशैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको आयोजनाले दावी गर्दै आएको छ ।
More