Daily Archives 11th April 2018

मृगौला पीडित माननीय शान्ति अधिकारीलाई वेलायतबाट आर्थिक सहयोग

लण्डन । मृगौलाले काम नगर्ने अबस्थामा पुगेकी बाग्लुंग निवासी राष्ट्रिय सभा सदस्य शान्ति कुमारी जिसी अधिकारीको मृगौला प्रत्यारोपणको लागि बेलायतमा वस्ने महिलाहरुको बिशेष पहलमा करीब दुइ हप्ताको अबधीमा संकलित रकम १४ लाख ७७ हजार गत ७ मार्चका दिन एक कार्यक्रम गरी नेपालमा हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम कार्यक्रममा सहयोग दाताको तर्फवाट नेपालमा रहनु भएका क्षेत्री समाज वेलायतका आजीवन सदस्य धन वहादुर क्षेत्री, बागलुङे समाज वेलायतका नरसिंह छन्त्याल तथा प्रेम कुमारी छन्त्यालले बागबजार स्थित होटल हार्दिकमा एक समारोहका बीच पीडित शान्ती अधिकारी तथा उनको श्रीमान गोबिन्द अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सामाजिक व्यक्तित्वहरु धन बहादुर
More

लण्डनमा हुर्केकी स्नेहा श्रेष्ठको ‘तिम्रो प्रीतले’(भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार अनिल शाहीको शब्द तथा संगीतमा गायिका स्नेहा शाक्य श्रेष्ठको आवाजमा `तिम्रो प्रीतले´ बोलको गीत सार्वजनिक भएको । बिगत लामो समय देखि संगीत क्षेत्रमा आफुलाई अब्बल बनाउदै आईरहेका संगीतकार अनिल शाहीले संगीत संग संगै गायनमा पनि अब्बल हुँदै आईरहेका छन । संगीतकार अनिलले केही समय यता गीतमा संगीत भर्नुको साथै गायन तथा अभिनय समेत गर्न थालेका छन भने उनले यस सार्वजनिक गीतमा अभिनयको साथ गीतको म्युजिक भिडियो समेत निर्देशन गरेका छन । सार्वजनिक गीतका लेखक तथा संगीतकार अनिल शाहीको निर्देशन समेत रहेको यस गीतको म्युजिक भिडियोमा गीतका लेखक,संगीत तथा निर्देशन अनिल शाहीकै अभिनय समेत रहेको छ
More

पत्रकार महासंघ यूकेको चौथो अधिवेसनका लागि विभिन्न समिति गठन

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको चौथो अधिवेसनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । अप्रिल ७ तारिख शनिबारका दिन टेलिकन्फ्रेन्समार्फत अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरहेको हो । बैठकले मे १९ का दिन हुने भएकाले अधिवेसनस्थलको छनौट गर्ने जिम्मा अध्यक्ष नरेश खपाङ्गीमगरलाई दिएको छ । यस्तै अधिवेसनमा प्रस्तुत हुने प्रगति प्रतिवेदन तयार गर्न महासचिव लीलामान शेरपुञ्जालाई, आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष पूर्ण गुरुङलाई र विधान संशोधन मस्यौदा प्रस्तुत गर्न वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल रहेको एक समिति गठन गरिएको छ । बैठकले अधिवेसनका दिन ६० वर्ष उमेर पूरा गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिने र सोको संयोजनको
More

बिराजले भने : मेरो चरित्र हत्या भयो

लन्डन । लन्डनस्थित एक सफल व्यवसायी बिराज भट्टले केही दिन यता सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो नाम एक महिला क्षमता ढकालसंग जोडेर 
आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भट्टले ढकाललाई एउटा नजिकको साथीका रुपमा आर्थिक तथा भावनात्मक सहयोग गरेको प्रष्टयाउंदै आफूले कुनै प्रलोभन नदिएको स्पष्ट पारेका छन् । आफ्नो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालबाट मिडियाबाजी हुनु निन्दनीय भन्दै भट्टले पछिल्ला समाचारबाट आफ्नो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको पनि जनाएका छन् । ‘हो, क्षमतासंग म निकटको साथीका रुपमा थिएं । उहांलाई अप्ठेरो परेका
More

ग्रेटर रशमोरको नयाँ वर्ष मनाउन तयारी बैठक

अल्डरसट – ग्रेटर रशमोर नेपाली कम्युनिटीको नेपाली नयाँ वर्ष मनाउने सन्दर्भमा अन्तिम तयारी बैठक बस्यो । संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा बैठक भएको हो । बैठक महासचिव मान गुरुङले सञ्चालन गरेका थिए । बैठकमा बरिष्ठ उपाध्यक्ष एवं नयाँ वर्ष कार्यक्रमका संयोजक राम धन राईले कार्यविभाजन लगायत सम्पूर्ण कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए । कोषाध्यक्ष टोप पल्लीले आर्थिक विवरण अतिरिक्त टिकेट र स्पोन्सर तथा सल्लाहकार क्याप्टेन राजेन्द्रमान गुरुङले फण्डबारे बताए । क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन हरि थापा, क्याप्टेन बिर थापा, लेफ्टीनेण्ट रेशम शेरचन, उपाध्यक्ष नेम थापा, महासचिव मान गुरुङ, साँस्कृतिक सचिव दिनेश गुरुङ, सह साँस्कृतिक सचिव सुरक्षा राना, सदस्य दिल नेपाली
More

भारत भ्रमण प्रभावकारी र फलदायी: एनआरएन अध्यक्ष, भवन भट्ट

लन्डन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमणका क्रममा गैरआवासीय नेपालीहरुको प्रतिनिधित्व गर्दै भारत जानुभएका संघका अध्यक्ष भवन भट्टले भ्रमण छोटो, प्रभावकारी र फलदायी भएको बताउनुभयो । भारत भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम -Nepal-India Business Forum) को प्रतिनिधिमण्डलस्तरीय बैठकमा गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अध्यक्ष भट्ट सहभागी हुनुभयो । भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ -Federation of Indian Chambers of Commerce and Industry-FICCI), भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी भई
More

लन्डनमा नारी मिलन महिला समूहको नयां वर्ष कार्यक्रम

लन्डन । नारी मिलन महिला समूह बेलायतले नेपाली नयां वर्ष २०७५ शुभकामना सांझ आयोजना गरेको छ । गत आइतबार साउथहयारोस्थित गोल्डेनसीपमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम गरेर नयां वर्ष आगमनको स्वागत गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथी थिए एनआरएनए यूके महासचिव आर के त्रिपाठी । मन्तव्यका क्रममा महासचिव त्रिपाठीले महिलाहरुलाई संगठित र सशक्त बनाउन नारी मिलन महिला समूहले उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरे । उनले परिवार र कामको व्यस्तताबीच महिलाहरुले समुदायमा गरेको सामाजिक कामको पनि सरहाना गर्दै एनआरएनए यूकेले महिला सशक्तिकरणका सवालमा उक्त संस्थासंग सहकार्य गर्ने विश्वास दिलाए । संस्थाकी निवर्तमान अध्यक्ष हरिकला अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष
More

एनआरएन केन्द्रिय उपाध्यक्ष कुल आचार्य नगरपालिकामा विदेश सल्लाहकार

लन्डन । कुश्मा नगरपालिकाले गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ। नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। पर्वतको धाइरिङमा जन्मिएका आचार्यले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएका छन्। “यो मेरा लागि एउटा सम्मान र आत्मीयताको विषय पनि हो। मेरो जन्मभूमि लगायत कुश्मा नगरपालिकाको विकासका लागि मैले सक्दो काम गर्नेछु,” आचार्यले भने। त्यस्तै उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका
More

तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन

चरिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका–१ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको आज अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताउँदै देश विकासमा सहयोग पु-याउन आग्रह गर्नुभयो । उहाँले आयोजनाको ढिलाइले दैनिक रु चार करोड घाटा भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ऊर्जा मन्त्री, ऊर्जा सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतलाई सँगै राखेर आयोजनाका कर्मचारीलाई आयोजना निर्माणका
More

सभापति देउवा राप्तीसोनारी गाउँपालिका किन पुगे ?

नेपालगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गर्नुभयो । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन दाङ जाने क्रममा उहाँ सो गाउँपालिका पुग्नुभएको हो । उहाँलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री लगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा सभापति देउवाले राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न भएकाले नमूना गाउँपालिकाका रुपमा विकास गर्नुपर्ने सल्लाह दिनुभयो । उहाँले भन्नुभयो – “स्थानीय तह भनेकै सरकार हो । जनप्रतिनिधिले नागरिकलाई त्यसको अनुभूति गराउन सक्नुपर्छ ।”सभापति देउवाको टोलीमा काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महत, किशोरसिंह
More