Daily Archives 11th April 2018

विवादमा एकै परिवारका छको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारको छ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन । बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस घटनाको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन र अनुसन्धान जारी रहेको पनि सो विज्ञप्तिमा बताइएको छ ।
More

१५ एआइजी, नौ डिआइजी, दुई एसएसपी आज एकसाथ विदा

काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण आज ‘बुधबार’बाट नेपाल प्रहरीका उच्च तहका प्रहरी अधिकृत अवकाश पाउँछैन् । अवकास हुनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी गरी २८ उच्च प्रहरी अधिकृत अवकाश पाउन लागेका हुन् । अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् । डिआइजीहरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरुसँगै दुई
More

रमेश खरेलद्वारा डिआइजीबाट राजीनामा

काठमाडौं । रमेश खरेलले प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट राजीनामा दिनुभएको छ । महानिरीक्षक नियुक्तिमा असन्तुष्ट खरेलले ‘अपमानित’ भएर काम नगर्ने भन्दै आज प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जनाउनु भएको हो । सरकारले हिजो बरियतामा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाललाई २६ औं महानिरीक्षकमा पदन्नोती गरेको थियो । महानिरीक्षक बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले ‘अन्याय’ गरेपछि राजीनामा दिएको खरेलले स्पष्ट पार्नुभएको छ । २०४५ सालमा भलिबल खेलाडीको रुपमा प्रहरी सेवामा प्रवेश गर्नुभएका खरेल एसएसपीसम्म पहिलो नम्बरमा हुनुहुन्थ्यो । तर, शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले दोस्रो बरियतामा राखेर डिआईजीमा बढुवा गरेको थियो । महानिरीक्षकमा पदनोन्ती
More

आठ देशका चिया व्यापारी इलाममा

इलाम । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् । चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि आफूहरु यहाँ आएको उनीहरुले बताएका छन् । यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीको सहयोग आवश्यक हुने चिया उद्योगी सुजन नेपालले बताउनुभयो । आलै सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा व्यवसायी किसानको आयोजनामा जिल्लामा ‘तेस्रो चिया महोत्सव’ समेत सम्पन्न भएको छ । सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा
More

श्रीमान्ले गीत गाउनै दिएनन्

रामदेवी गुरुङ, गायिका स्कुल पढ्दादेखि नै रामदेवी गुरुङ गीत गुनगुनाउथिन् । नाच्ने गाउने उनको रहरमा पटक पटक अवरोध सिर्जना भयो । तर, उनले हिम्मत हारिनन् । स्कुल स्तरको पढाइ सकिएपछि जागिर सुरु भयो, त्यो जागिरले उनलाई रेडियो नेपालसँग जोड्यो । रेडियो नेपालमा रुम्जाटारकै पाण्डव सुनुवारसँग उनको भेट भयो । र, उनकै पे्ररणाले रेडियोमा स्वर परीक्षा दिएपछि रामदेवीको गायक बन्ने सपनाले बाटो समातेको हो । विवाह गरेपछि नेपाल नै छाडेर हिँड्नु परेपछि उनको गायन यात्रामा केही समयका लागि फुलस्टप लाग्यो । पुरानो रहर रामदेवीले अहिले पूरा गर्दैछिन् । यिनै विषयमा रामदेवीसँग गरिएको कुराकानी : ० तपाईलाई गायिका भनेर सम्बोधन गर्दा हुन्छ
More

प्रधानमन्त्री ओलीले चीनलाई सशंकित बनाइदिनुभो

डा. शेखर कोइराला, केन्द्रीय सदस्य नेपाली कांग्रेस नेपाली कांगे्रसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सञ्चारमाध्यम, विज्ञ र प्रबुद्धवर्गले प्रधानमन्त्री केपी शर्मा ओलीको देवत्वकरण गरेको आरोप लगाएका छन् । सामान्य कुरालाई बढाइचढाइ गरेर प्रधानमन्त्रीलाई प्रस्तुत गरेर देवत्वकरण गरिएको डा. कोइरालाको भनाइ छ । प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने विषय नउठाएर पानीजहाज, रेललगायतका पुरानै विषयमा छलफल गरेर प्रधानमन्त्री ओली स्वदेश फर्केको भनाइ कोइरालाको छ । यिनै विषयमा राज ढुंगानाले डा. कोइरालासँग गरेको कुराकानी– ० प्रधानमन्त्रीको ओलीको भारत भ्रमणलाई कांगे्रसले कसरी हेर्छ ? – नाकाबन्दीपछि नेपाल–भारत सम्बन्धमा केही तिक्ता आएको हो । त्यो तिक्तता प्रधानमन्त्री प्रचण्डजी, शेरबहादुरजी र अहिले ओलीजी भारत गएर सम्बन्ध सुधार
More

नेपाल रेडक्रसको महाधिवेशन

विराटनगरमा बुधबार आयोजित नेपाल रेडक्रसको ४७औं महाधिवेशनको उद्घाटन समारोहमा पोखरिया माविका विद्यार्थीले गीत प्रस्तुत गर्दै । तस्वीर : मनोज दाहाल
More

चट्याङ लागेर तीनको मृत्यु, एक घाइते

विराटनगर-प्रदेश नम्बर १ मा पर्ने झापा, उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । अन्य एक जना घाइते भएका छन्। उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ बर्षिया कृष्ण माया तामाङको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसीरहेकी उनलाई हिजो साँझ चट्याङले लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकै भतिजी १५ बर्षिया सम्झना तामाङ घाइते भएकी छन्। उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ । यता भोजपुरको षडानन्द नगरपालिका–२ भोटेछाप बस्ने २० बर्षिया मुना भट्टराईको आफ्नै घरमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । यसैगरी झापाको कचनकबल गाउँपालिका–१
More

प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र आईजीपी

बागलुङ- सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनालाई बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत २९ गतदेखि लागू हुने गरी प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । प्रहरीको कार्यसम्पादन मूल्यांकनमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा थिए। प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन्। महानिरीक्षक अर्यालसँगै १५ जना एआईजीहरु मंगलबारबाट अवकास पाउँदैछन्। प्रहरी महानिरीक्षकको दौडमा खनालसँगै डीआईजीद्वय रमेश खरेल
More

नेप्टेको लागि जग्गा बेचेँ -रोहित रुम्बा

घरखेत नै बेचेर वा बैंकमा जग्गा बन्धकी राखेर फिल्म निर्माण गर्ने निर्माताको ताँती यहाँ लामै छ । कतिले फिल्म निर्माण गरेर मनग्य आम्दानी गरेका छन् त कतिले सर्वश्व गुमाउनु परेको छ । फिल्म भनेको विजनेश हो । यो विजनेशमा हात हालेपछि घाटा-नाफा दुबै सहन सक्ने तागत हुनुपर्छ । चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नेप्टे’ का निर्माता रोहित रुम्बाले डेढ रोपनी जग्गा बेचेर फिल्म निर्माण गरेको बताए । पत्रकारसँगको कुराकानीको क्रममा उनले यस फिल्मले राम्रो पैसा कमाउन नसके अबको ५ वर्ष फिल्मबाट टाढा रहने बताउँछन् । उनी भन्छन्, ‘भक्तपुरमा रहेको डेढ रोपनी जग्गा बेचिसकेको छु । अरु जग्गा भने
More