Daily Archives 11th April 2018

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

नवलपरासी । पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनुभयो । माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ । गत फागुनमा दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलनका क्रममा नवलपरासीमा रहेका सात मध्यवर्ती
More

स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न अझै समय लाग्ने

काठमाडौं । जिल्लामा रहेका सरकारी कार्यालयहरू आजबाट खारेज हुने भनिए पनि स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्ने कतिपय काम पूरा भइनसकेकोले त्यसमा समय लाग्ने भएको छ । कतिपय कार्यालयहरूको म्याद थपिएको तथा कतिपय स्थानमा कर्मचारी खटाउने जस्ता मुख्य काम हुन नसक्दा ढिलो हुन गएको बताइएको छ। स्थानीय तहले स्वामित्व ग्रहण गर्न पनि समय लाग्ने सरकारी अधिकारीहरुको भनाई छ । स्थानीय तह सञ्चालन ऐन २०७४ लागू भएको ६ महिनाभित्र स्वास्थ्य, शिक्षा, कृषि विकास, पर्यटन जस्ता एक दर्जनभन्दा बढी जिल्लास्तरीय कार्यालयहरू बन्द गरी तिनीहरूको अधिकार संघीय स्वरूप अनुसार स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको थियो । आज यो अवधि सकिँदै छ । तर,
More

सिटी र बार्सा च्याम्पियन्स लिगबाट बाहिर

लन्डन । म्यान्चेस्टर सिटी र बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । म्यान्चेस्टर सिटी लिभरपुलसंग र बार्सिलोना इटालीको एएस रोमासंग हारेको हो । सिटीले पहिलो खेलमा ३–० हार बेहोरेको थियो भने घरेलु मैदानमा भएको दोस्रो खेलमा गए राति २–१ को हार व्यहो-यो । यस्तै, एएस रोमाले कीर्तिमानी सफलता हासिल गर्दै सेमिफाइनलमा ठाउँ बनाएको छ । पहिले खेलमा बार्सिलोनासंग ४–१ को हार व्यहोर्दा दोस्रो खेलमा ३–० को जित निकाल्दै रोमा अवे गोलका आधारमा सेमिफाइनलमा पुगेको हो । यो जितसँगै पहिलो खेलमा निकै गोल अन्तरले पछि परेर पनि रोमा उत्कृष्ट पुनरागमन गर्ने तेस्रो टोली बनेको छ । यसअघि २००४ मा एसी
More