Daily Archives 13th April 2018

वेलायतको स्थानीय निर्वाचनमा नेपाली महिला उम्मेदवार

लन्डन । वेलायतको स्थानीय निर्वाचनमा एकजना नेपाली महिला उम्मेदवार भएकी छन् । आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदमा लीला सेलीङ्ग माबो चुनावी मैदानमा उत्रिएकी हुन । उनीले लेबर पार्टीको प्रतिनिधित्व गर्दे हार्ट डिस्टीक काउन्सिलको निर्वाचनमा व्लायकवाटर एण्ड हवलो क्षेत्रमा उम्मेदवारी दिएकी हुन् । नेपालको पाचथर (ओम) मा जन्मिएकी माबोले लेवर पार्टीले आफुलाई विश्वास गरेर टिकट दिएको भन्दै प्रसन्नता प्रकट गरिन् । ग्रेटर रसमोर नेपाली कम्युनिटीको महिला संयोजक तथा गैरआवासीय नेपाली संघ यूकेको सहसंयोजक समेत रहेकी माबोले रेस्पोन्सिवल समूदाय, इक्वालिटी लगायतलाई प्रमुख चुनावी मुद्धा वनाएकी छन् । शिक्षिकाबाट शुरु भएको उनको जीवनयात्रा विद्यालयको प्रधानाध्यापिका, रेडियो प्रस्तोता, साहित्यकार हुदैं समाजको
More

‘बेलायतमा यस्तो छ नेपाली नयाँ वर्षको तयारी ‘

नवीन पोखरेल । लन्डन — सात समुद्रपार भएपनि बेलायतका नेपालीले आफ्नो मन मस्तिष्कमा मातृभूमि बिर्सेका छैनन् । नेपाली कला संस्कृति, भेषभुषा र चाडपर्वलाई जीवन्त दिन उनीहरुको सक्रियता स्वदेश भन्दा कम छैन् यहाँ । लाग्छ, बेलायतमै बनेको छ मिनी नेपाल । नेपाली मेला, पशुपतिनाथ मन्दिर र गुम्बा निर्माण, विभिन्न साँस्कृतिक पर्व मनाइनु यसका उदाहरण हुन् । नेपाली पात्रो फेरिन लाग्दा बेलायतको नेपाली डायस्पोरा पनि नयाँ वर्ष आगमनका लागि उत्साहित छ । नयाँ वर्ष २०७५ का अवसरमा नेपालीको अत्यधिक बसोवास भएका शहरमा विविध कार्यक्रम तय गरिएका छन् । सबैभन्दा बढि नेपाली बस्ने रसमोर बरोलाई प्रतिनिधित्व गर्ने संस्था ग्रेटर रसमोर नेपाली कम्युनिटीले नेपाली
More

लण्डन इलिङ्ग क्षेत्रको काउन्सिलमा नेपाली उम्मेदवार

लन्डन । लन्डनको मुटु मानिने इलिङ्ग क्षेत्रमा एक जना नेपाली स्थानीय चुनावमा उम्मेदवार भएका छन् । ह्याँवल बस्ने टिकापुर कैलालीका सुरेन्द्र ढुंगानाले उम्मेदवारी दिएका हुन् । अछाम जिल्लाको सुंगालीमा जन्मेका रकैलालीको टिकापुरमा स्थाई बसोबास गर्दै आउनुभएका सुरेन्द्र ढुंगाना आउदो मे महिनाको पहिलो साता हुनलागेको बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन। इलिंग काउन्सिलको होबेइन वडामा कञ्जरभेटिभ पार्टीले उनलाई उम्मेदवार बनाएको हो । मेरो क्षेत्रमा पहिला एक सिट कञ्जरभेटिभ पार्टीले जितेको हो अहिले पनि हाम्रो जित हुन्छ ढुंगानाले शुक्रवार नेपाल ब्रिटेन डट कमसंग भने । ढुंगानाले आफुले जित्ने विश्वास रहेको भन्दै सम्पूर्ण नेपाली समुदायलाई सहयोगको लागि आव्हान गरेका छन् । ३ वर्ष
More

सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ)का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो । यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा
More

धनगढी प्रिमियर लिगको फाइनल

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा शुक्रबार चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच भएको खेल अवलोकन गर्दै नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवा । तस्वीर: रोशन सापकोटा
More

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ । वनस्पतिविद्का अनुसार छैटौँ÷साताँैं शताब्दीदेखि जस्ताको
More

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको असोज २ गते सम्पन्न भएको थियो । जुन निर्वाचन नेपालको संविधानअनुसार संघीयता कार्यान्वयन गर्न र केन्द्रको अधिकार गाउँसम्म पु¥याउनका लागि कोशेढुंगा सावित भयो । यो निर्वाचनले ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितता गरेको थियो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो सत्ता नेतृत्व गर्ने सहमतिअनुसार प्रधानमन्त्री एवं माओवादी केन्द्रका
More

शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष भव्य (फोटो फिचर)

लण्डन । ‘शान्ति नेपाली समाज बेलायत’को आयोजनामा नयाँ वर्ष २०७५ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शान्ति नेपाली समाज बेलायतको आयोजनामा गत सोमवार नेपाली नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । संंंस्थाका अध्यक्ष कोशलेश्वर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुखअथिति गैरआवासीय नेपाली संघको सहकोषाध्यक्ष सोम सापकोटा रहेका थिए । कार्यक्रममा बिभिन्न संघसँस्थका प्रतिनिधि लगायत ४ सय भन्दा बढीको नेपालको सहभागीता थियो । कार्यक्रममा नौमती बाजा समुहका संयोजक नारायण बुढाथोकीले स्वागत मन्तब्य दिएका थिए भने प्रकाश तिवारी र सुनिता तिवारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा चर्चित लोक तथा दोहरी गायक बिष्णु बन्जाडे, लोक तथा दोहोरी
More

सञ्चार मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिसकेकाले त्यस्तो गलत, भ्रामक सूचनामा विश्वास नगर्नुहुन र आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट त्यस्ता गलत सूचना पोष्ट गरेको भए हटाउनसमेत अनुरोध गरिएको सञ्चार तथा सूचना
More

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो-याउनु भएको छ । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताउनुभयो । बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उहाँले बताउनुभयो । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाँले प्रष्ट्याउनुभयो । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर
More

सहारा युके र एनआरएन बीच मैत्रीपूर्ण फुटबल खेल हुने

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । सहारा युकेले हयारोस्थित गोल्डेन सीप रेष्टुरेन्टमा शनिवारआयोजित पत्रकार सम्मेलनमा सो खेलको आयोजना गर्न लागिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै सहारा यूकेका अध्यक्ष मीन गुरुङले एनआरएनए यूके र सहारा यूकेले १३ मे आइतबार अल्डरसटमा हुने मैत्रीपूर्ण फुटबल खेलबारे जानकारी दिए । स्वाथ्यका लागि खेलकुद भन्ने नारा सहित सम्पन्न हुने सो खेलबाट संकलित रकम सहारा एकेडेमीमा खर्चिने गुरुङले वताए । सो खेलका विजेता तथा उपविजेतालाई मेडल समेत प्रदान गरिने छ । वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर क्षेत्रीको प्रमुखआतिथ्यमा आयोजना हुने सो खेलमा नेपाली
More

प्रदेश सरकारले ‘मेरो वर्ष २०७५’ घोषणा गर्ने

विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ । सो अभियानको शुभारम्भ नयाँ वर्ष २०७५ वैशाख १ गते परोपकार धाममा बिहान योग शिविर सञ्चालन गर्ने र विराटनगरको कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी
More

निलमलाई टोपी लाउने मन प-यो (भिडियोसहित)

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजी राईले ‘हजुरले लाएको टोपी मन प-यो’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । नयाँ वर्षको मौका छोपेर गीतकार समेत रहेकी निलमले भिडियो सार्वजनिक गरेकी हुन् । ‘मलाई हजुरले लाएको टोपी मन प-यो’ बोलको गीतको शब्द, संगीत र स्वर निलमले दिएकी छन् । नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी निलमको संगीत त राम्रो छ नै, स्वर पनि उत्तिकै मिठास र माधुर्य छ । शब्द पनि उत्तिकै राम्रो लेख्छिन् निलम । गीति रचना, संगीत र गायनलाई एकसाथ अँगालेर निलमले आफूलाई नेपाली संगीत क्षेत्रको ‘निलम’ नै सावित गर्ने प्रयास गर्दै आएकी छन् । सार्वजनिक भिडियोलाई कमल
More

भोलि प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागलुङ हुँदै कर्णाली जाँदै हुनुहुन्छ । मुगुको रारामा भोलिदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि बेलुकी उहाँ डोल्पाको दुनै पुग्ने कार्यक्रम छ । कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्नुहुनेछ । त्यसअघि बिहान उहाँले राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गर्नुभएको छ । देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा
More

दयाहाङ र प्रदीपको स्टारडम भिडन्त

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । निकै चर्चा र तामझामका बीच फिल्म ‘लिलिबिली’ र ‘नेप्टे’ दर्शकमाझ आएका छन् । पछिल्लो पुस्तामाझ लोभलाग्दो फ्यान फलोइंग बनाएका युवा स्टार प्रदीप खड्का जोडिएका कारण ‘लिलिबिली’ निर्माण अगावैदेखि चर्चामा थियो । अझ, गीतसंगीत र ट्रेलरले फिल्मको हाइप निकै बढाएको छ । मल्टिप्लेक्समा उच्च शो पाएको यस फिल्मलाई देशभर करीब ७५ बढी स्क्रिन मिलेको छ । प्रदीपको क्रेज र फिल्मको हाइपका कारण ‘लिलिबिली’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । यस फिल्मको ओपनिङ कस्तो हुने भन्ने चर्चा सिनेवृतमा खुब बढेको छ । फिल्म सिंगल थियटरसँगै मल्टिप्लेक्स दर्शकको
More

होटललाई सफा राख्न अनुगमन टोलीको सुझाव

दाङ-जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिनुभयो । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो । “होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भन्नुभयो । त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । कतिपय शौचालय दुर्गन्धित भई प्रयोग गर्र्न सक्ने अवस्थामा नरहेको पाइएको थियो भने कतिपय होटलमा खाना पकाउने र भाडा सफा गर्नेसमेत
More

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम थालियो

चितवन। नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम कम गर्न दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिने संरचना निर्माणे, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, वायो इञ्जिनियरिङलगायतका काम शुरु गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकका
More

तीन तलाको भवनमा सात तलाको लिफ्टको बिल

काठमाडौं। बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको बेथितिबारे पनि महालेखाले लेखेको छ । महालेखाले सर्वोच्च अदालत र मातहतका ९२ निकायमा लेखापरीक्षण गर्दा १३ करोड १३ लाख ९ हजार बेरुजु देखाएको छ । प्रतिवेदनअनुसार सर्वोच्चका १३ जना पूर्वप्रधानन्यायाधीसले गैरकानुनी रुपमा सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् । प्रधानन्यायाधीशले पाउने सवारी साधनसहितको सुविधा सेवाबाट अवकास पाएको सात
More