Daily Archives 14th April 2018

बिस्केटको लिङ्गो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ ६ बजेर ३३ मिनेटमा भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज ढालिएको हो । पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।
More

पचास–पचास प्रतिशतमा एकता हुने सहमति भएको छैन : नेता खनाल

विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पार्नुभयो । पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताउनुभयो । उहाँले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी
More

मुख्यमन्त्री पौडेल: महायज्ञमा

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल शनिबार हेटौँडामा आयोजित नयाँबर्ष शुभकामना विराट महायज्ञको समुद्घाटन गर्दै । तस्वीर : प्रदीपराज वन्त
More

कार्यक्रममै ढलेका वडाध्यक्षको मृत्यु

मुगु । रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उहाँ ढल्नुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो ।
More

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

अंकारा । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन् । ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएको देखिएको छ । शनिबारबाटै विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा सुरु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिनुभएको छ । उहाँले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताउनुभयो । उहाँले आफूहरुलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त
More

रारा-कर्णाली पर्यटन वर्ष २०७५ प्रमद्वारा उद्घाटन

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गाहे हुँदोरहेछ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र
More

के यो विदेशी नयाँ वर्ष हो ?

नारायण गाउँले सिंहदरबारमाथि लहराउने राष्ट्रिय झण्डाको कपड़ा भारत र चीनबाट आयात हुन्छ, र पनि हामी शानसँग नेपाली झण्डा भन्छौं । त्यही दरबारभित्र शासन गर्ने मार्क्सवाद युरोपबाट, माओवाद चीनबाट र लेनिनवाद रुसबाट आएको हो । तर हामी शानसँग ‘नेपाल कम्युनिस्ट पार्टी’ भन्छौं । तर, हाम्रो नयाँ वर्षसँग गाँसिएको विक्रम भन्ने नाम अहिलेको भारतसँग जोडिन्छ भन्दैमा कति सजिलै विदेशी नयाँ वर्ष भनिदिन्छौं ! हामी आफै भन्छौं, सबै कुराको राजनैतिक सिमाना कहाँ हुन्छ र ? अनि हाम्रा आफ्नै सांस्कृतिक पर्व र उत्सवलाई मात्रै विदेशी देख्ने बुद्धि हामीलाई कहाँबाट आउँछ ? विक्रम संवत् नेपाली संवत् हो । यो संवत् मात्रै नेपाली होइन, अरू पनि
More

जबरजस्तीकरणीविरुद्ध युवा सडकमा

बागलुङ -पछिल्लो समय बढ्दै गएको महिला हिँसा र बलात्कारका घटनाको विरुद्ध जिल्लाका युवा सडकमा उत्रिएका छन् । युवाहरुको स्वतन्त्र समुहले बागलुङ बजारमा शुक्रबार जबरजस्ती करणी, महिला हिंसा एवम् लागुपदार्थ सेवन विरुद्ध जनचेतनामूलक ¥याली निकालेका हुन् । हालै छिमेकि जिल्ला पर्वत एवम् देशका विभिन्न स्थानमा जबरजस्ती करणी (बलात्कार), महिला हिंसा, लागुपदार्थ दुव्र्यसन र अपराधका घट्नाहरु बढ्दै गईरहेको सन्दर्भलाई मध्येनजर गर्दै घटनाहरुको न्यूनिकरण तथा सचेतना र सम्बन्धित निकायहरुलाई दबाब दिनका लागि युवाहरुले ¥याली तथा जनचेतनामुलक लगायतका कार्यक्रमहरु आयोजना गरेको कार्यक्रम संयोजक सुमन जिसीले बताए । ‘पछिल्लो समयमा जबरजस्ती करण र महिला हिंसाको घटनामा निकै बृद्धि भएको पाईएको छ,’ जिसीले भने,‘यसका दोषीहरुलाई कडा
More

नयाँ वर्षमा सिस्नो लगाउने परम्परा , कस्तो अचम्म

नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ। सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ। नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा र छ। पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा वैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ। गत वैशाख १ गते मंगलसेनकी कविता विक एकछिन पनि ढुक्कले बस्न पाइनन्। देवरहरुले लगाइदिएको सिस्नोका कारण उनको शरीर पूरै निदाएजस्तै भयो। बिहान सबेरै उठ्नेबित्तिकै धारामा नुहाउन जाँदादेखि देवरले लगाइदिएको सिस्नोको पोलाइ सहन थालेकी कविताले ढोका थुनेर खाना
More

अर्जेवामा त्रिशुल प्रहारबाट ६ जना घाइते

काठमाण्डौ -हात हेराउने निहु पारेर स्थानीयको घरमा पुगेर एक युवकले त्रिशुल प्रहार गरी ६ जनालाई घाईते बनाएका छन् । जैमिनी नगरपालिका ५ को ३० बर्षिय ओमबहादुर मल्लले गएराती वडा नं. ६ की चुना परियारको घरमा पुगेर परियार सहित ६ जनालाई घाईते बनाएको हो । जवरजस्ती ढोका खोल्न लगाएर चुनाको घरको पूजा कोठामा रहेको त्रिशुल झिकेर उनैलाई घाईते बनाएको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए । छुट्टाउन गएका उनका श्रीमान हरि परियार, पूर्णकली परियार, ८० बर्षकी भुपी दमिनी, उनीहरुका छिमेकी गणेश केसी, निर्मला केसी समेतलाई घाईते बनाएका हुन् । घाईतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको छ । दुइजनाको सिटी स्क्यान गर्नुपर्ने भएकोले
More

बेल्जियममा नेपाल महोत्सव

लुुभेन । यहाँको लुुभेन शहरमा आउदो शनिवार १४ अप्रिलमा हुुन गैरहेको नेपाली नयाँ बर्ष तथा ११ औं नेपाल महोत्सवको व्यवस्थापकीय तथा अन्य तयारी अन्तिम चरणमा पुुगेको कार्यक्रम सँयोजक तथा एनआरएन बेल्जियमका उपाध्यक्ष खडक केसीले जान जानकारी दिएका छन् । एनआरएन बेल्जियमको मुुख्य आयोजन तथा अन्य बेल्जिक र नेपाली सँघसँस्थाहरुको सहआयोजनमा स्थानीय ट्रेन स्टेशनको प्रड.णमा हुुने सो कार्यक्रममा बेल्जियम स्थित नेपाली राजदूूत, स्थानीय नगरपालिकाका पदाधिकारी, साँसद, एनआरएनका केन्द्रीय उपाध्यक्षव्दय कुुल आचार्य, सपिला राजभण्डारी, सचिव जानकी गुुरुड.,क्षेत्रीय सँयोजक उपसँयोजक एवँ स्थानीय गैससका प्रतिनिधिको पनि सहभागिता रहनेछ । महोत्सवमा नेपाली साँस्कृतिक प्रसार तथा पर्यटन प्रवद्र्धनको लक्ष्य राखिएको छ । यसका साथै पर्यटन प्रोत्साहनका
More

GRNCA Celebrates 17th Establishment Day (Photo Feature)

London. Greater Reading Nepalese Community Association (GRNCA), one of the pioneer Nepalese charity organisations in the United Kingdom, celebrated its 17th establishment day during the annual general assembly in Reading last weekend. GRNCA, which was established in 2001 and registered with the charity commission in April 2008, is the umbrella organisation of all Nepalese living in Greater Reading areas. Over 7,000 Nepalese are said to be living in this area alone. GRNCA organised various 32 programmes and activities during the last one year including the celebration of Nepali new year, Teej, Dashain and Tihar festivals, the greatest Hindu festivals, Buddha
More