Daily Archives 15th April 2018

बेलायतबासीको सहयोगले गोर्खामा बिद्यालय भवन निर्माण

लन्डन । नेपालमा २०७२ साल बैशाख १२ गतेका दिन गोर्खा जिल्लाको बारपाकलाइ केन्द्र बनाई गएको विनासकारी महाभूकम्पले संसारभर छरिएर रहेका नेपालीहरुको मन पनि छिया छिया भयो । भूकम्प पीडितहरुको लागी सबैतिरबाट भौतिक तथा आर्थिक सरसहयोगका लागी आआफ्नो हिसाबले सहयोगी हातहरु सक्रिय भएका थिए । यस्तै सहयोग गर्ने क्रममा बेलायतको रेडिंगबासी नेपालीहरु खासगरी महिला तथा बिद्यार्थीहरुको सक्रियतामा आर्थिक सहयोग संकलन गरिएको थियो । रेडिंग निवासी समाजसेबी प्रतिमा केसीको संयोजनमा गोर्खा जिल्लाको बिकट गाउँ तत्कालीन आरुआर्बांग गाबिसको आर्बांगमा रहेको स्थानिका निम्न माध्यमिक विद्यालयको कम्तिमा एक वा दुइ कोठाको पुनर्निर्माणको लागी आर्थिक सहयोग संकलन गर्ने अभियान संचालन गरियो । सोहि क्षेत्रमा गएर ग्रामिण
More

सोसाइटी अफ नेप्लीज प्रोफेसनल्सल युकेमा नयाँ नेतृत्व, नयाँ वर्ष मनायो

लन्डन ।सोसाइटी अफ नेप्लीज प्रोफेसनल्सल युकेले नयाँ वर्ष २०७५ को अवसरमा शनिबार दक्षिणपूर्वी लण्डनस्थित वेलिङमा एउटा रमाइलो कार्यक्रम आयोजना गर्यो। नेपाल तथा ब्रिटेनको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रमको शुरुमा जीसीएसइ, ए लेभेल लगायतका परीक्षामा राम्रो गरेका विद्यार्थीहरु र समाजका गतिविधिमा सघाउनुहुने डा. बच्चुकैलाश कैनी, विमल अधिकारी लगायतका महानुभावहरुलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गरिएको थियो। सो अवसरमा संस्थाका उपाध्यक्ष दीप गिरीले सबै सहभागीहरुलाई स्वागत गर्नुभयो भने समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले बेलायतमा बसोबास गर्ने विभिन्न पेशामा आवद्ध साथीहरुले शुरुगरेको संस्थाले दश वर्ष पुरा गरेकोमा खुसी व्यक्त गर्दै बालबालिकाको व्यक्तित्व विकासका साथै नेपालमा सीप हस्तान्तरणको क्षेत्रमा संस्थाले काम गरिरहेको
More

एनआरएन कतारको शुभकामना आदान प्रदान कार्यक्रम

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित ४५ वटा संघ(संस्थाहरुको संयुक्त आयोजनामा १३ अप्रिल २०१८ का दिन नेपाली नयाँ वर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र पोखरेलको सभापतित्वमा नेपाली दुतावासका महामहिम राजदुत प्रा. रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमामा विशेष अतिथिहरु दुतावास परिवारबाट शुष्मा कोईराला, नियोग उप प्रमुख मणिरत्न शर्मा, कन्सुलर शिव पोखरेल, प्रथम सचिव उत्तमराज जोशी, प्रथम सचिव गायत्री बहादुर पौडेल र श्रम सहचारी नरेन्द्र ज्ञवाली रहनुभएको थियो । त्यसैगरि विशेष अतिथि कै रुपमा एनआरएनए मध्यपूर्व संयोजक आर .के. शर्मा, आईसीसी मानार्थ परिषद सदस्यहरु टि.बि. कार्की नरेन्द्र
More

बेल्जियममा नेपाल महोत्सव सम्पन्न (फोटो फिचर)

दिपेन्द्र केसी। लुभेन । नेपलाी नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, यहाँस्थित विभिन्न नेपाली तथा स्थानीय सँस्थाहरुको सहआयोजनामा हिजो १४ अप्रिल २०१८ का दिन मनाईयो । महोत्वसको उदघाटन प्रमुख अतिथी बेल्जियमका लािग नेपाली राजदूत लोक बहादुर थापाले पानसमा मैन प्रज्वलन गरी गरेका थिए । महोत्सवको उदघाटन सत्रमा महामहिम राजदूत थापाले लगानी र पर्यटनको लागि नेपाल सुरक्षित र उत्कृष्ट राष्ट्र रहेको बताउदै राष्ट्रोत्थानमा गैरआवसीयहरुको सहभागिताको सह्राना गरेका थिए । साँसद यल्स भान होफ, स्थानीय प्रान्तका उपगभर्नर टी रुफस, पूर्व उपप्रधानमन्त्री माग्दा, लुभेन नपाका उपमेयर दानिस, छिमेकी नपाका मेयरव्दय इमिर किर र डिर्क क्लायस
More

थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

काठमाडौं । थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ। गत अप्रिल ७ देखि बैंककको छाइछ्याम्फेमा सुरु भएको साताव्यापी शिविर शनिबार सम्पन्न भएको हो। शिविरमा सहभागीहरुले नेपालको मौलिक संस्कृति,पारीवारिक मुल्य मान्यता, समाज,धर्म संस्कृति,योगअभ्यास लगायतका दर्जनौं विषयमा जानकारी लिनुका साथै व्यवहारिक अभ्यासहरु समेत गरेका थिए। थाई नेपाली संघको आयोजनामा बैंककमा भएको शिविरमा थाइल्याण्डका विभिन्न स्थानबाट बालबालिकाहरु सहभागि भएका थिए। । कहिल्यै घर नछाडेका बालबच्चाहरु गुरुकुल शैलीमा आवासीय शिविरमा सहभागी भएका थिए । नेपाली जनजीवन र संस्कृति झल्काउने गीत संगीतहरुको प्रस्तुति, गोरखालीको हतियारको रुपमा रहेको खुकुरी नाच,योगका विभिन्न अभ्यासहरु सिकाइएको थियो। शिविरमा नेपालबाट अतिथिको रुपमा सहभागी
More

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार

नारायण भुर्तेल। स्पेन– नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा नेपालको पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले शनिवार स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियामा विदेशी नागरिकलाई नेपालका पर्यटकीय ठाउँका फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको हो । विश्व प्रसिद्द गिर्जाघर हेर्न दैनिक आउने हजारौ पर्यटकहरुको घुईचो लाग्ने ठाउँमा नेपाललाई पनि पर्यटकीय देश भनेर चिनाउन फोटोसहितका सामग्रीहरु वितरण गरी प्रचार गरेको आयोजकले जानाएको छ । विश्वका विभिन्न देशका नागरिकहरुले सो ठाउँमा स्टल राखी आफ्नो देशको प्रचार प्रसार गर्ने गर्छन् नेपाली जनप्रगतिशील मञ्च स्पेनका महासचिव अशोक किरण न्यौपानेले नागरिकन्यूजसँग भने त्यसैले हामीले
More

के हो जर्मनीको गार्डेन हाउस कल्चर?

जीवा लामिछाने। शहरको बीच भाग र छेउछाउमा झुपडी जस्ता देखिने ससाना कटेराहरु देख्दा सुरुमा त म छक्कै परेको थिएँ-जर्मनीमा समेत ‘स्ल्म एरिया’(झुपडी वस्ती) रहेछन भनेर । रसियन दाचा वा कन्ट्री हाउस जस्तै जर्मनीमा गार्डेन हाउस कल्चर यहाँका बासिन्दाहरुको जीवन यापनको एक पाटो रहेछ । दाचा वा कन्ट्री हाउसभन्दा यस्ता घरको फरक बिशेषता चाहिं के छ भने यी घरहरुमा राती सुत्न पाइदैन । करेसाबारीको रुपमा उपयोग गरिने यस्ता क्षेत्रहरु जर्मनीका सबै प्रमुख शहर वरीपरि छयासछ्यास्ती देखिन्छन । राजधानी बर्लिन र फ्र्याकंफर्ट यस मानेमा अग्रपंक्तिमा छन् । पुरै जर्मनीमा दस लाखभन्दा बढी यस्ता गार्डेन हाउसहरु रहेको तथ्यांक छ । जर्मनीमा यो संस्कृति
More

प्रधानमन्त्रिको अभियानमा सांसद डा. पाठकको साथ

काठमाडौं । सरकारले शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन विशेष अभियानको थालनी गरेको छ। ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथमा प्रधानमन्त्री केपी ओलीले थालनी गरेको अभियानमा बाग्लुगं क्षेत्र नं १ का सांसद डा. सूर्य पाठकले साथ दिएका छन् । प्रधानमन्त्रिको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान समेल हुदैं डा. पाठकले रेश नुनथला माविमा अध्यनरत एक टुहुरा वालकको शिक्षादीक्षाको जिम्मेवारी लिएका हुन् । पाठकले आइतवार सो अभियानको शुरुवात गर्दै स्वर्गिय हरि कार्कीका छोरा सिद्धार्थ कार्कीको भविष्यको जिम्मा लिए । शिक्षाबाट बञ्चित विपन्न, गरिव, सीमान्तकृत, लोपउन्मुख वा पिछडिएका वर्ग क्षेत्र र
More

लिभरपुल जोन मुरे युनिभर्सिटीमा नेपाली नारी

लन्डन । २५ जना नेपाली नारी प्रतिभाको सफलताका कथालाई बेलायतस्थित लिभरपुल जोन मुरे युनिभर्सिटी (एलजेएमयू) को कोर्समा राखिने भएको छ । २५ नारी प्रतिभाका कथा बेलायतस्थित लिभरपुल जोन मुरे युनिभर्सिटी (एलजेएमयू)को कोर्सका लागि छानिएको अवसरमा पाटनस्थित यलमायामा आयोजित कार्यक्रमपछि सामूहिक तस्बिर खिचाउँदै नारी प्रतिभाहरू । नेपाली संगीत, रंगमञ्च, खेलकुद, समाजसेवा, मानवअधिकार लगायतका विभिन्न क्षेत्रमा संघर्षपूर्ण सफलता हासिल गरेकाहरूको कथालाई ‘अनसङ चेन्जमेकर’ को रूपमा समाजशास्त्र संकायअन्तर्गत अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट कोर्समा सामेल गर्न लागेको हो । यसका लागि नेपालबाट सिर्जना सिंह योञ्जन र बेलायतबाट लिभरपुल युनिभर्सिटीकै समाजशास्त्र विभाग सम्बद्ध डा. सेरा पार्करले ‘सेलेब्रिटिङ वुमनहुड : वुमन हु इन्स्पायर पोजेटिभ चेन्ज’ नामक पुस्तक तयार
More

पार्टीभित्रैबाट धोका हुँदा कांग्रेस पराजित भयो : सभापति देउवा

काठमाडौं । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातलाई चिर्न नसके पार्टी कुनै पनि हालतमा अघि बढ्न नसक्ने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले अहिलेकै अवस्थामा पार्टीले गति लिन नसक्ने बताए । निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको गम्भीर समीक्षा गर्न जरुरी रहेको भन्दै सभापति देउवाले निर्वाचनको बेला पार्टीभित्रैबाट धोका हुँदा हार व्यहोर्न परेको जिकिर गरे । उनले पार्टीभित्र अन्तरघात गर्नेहरुलाई छानविनको दायरामा ल्याएर कारबाही गर्ने चेतावनी दिए । बरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्वान्तमा कांग्रेस विजयी हुने तर निर्वाचनमा पराजय हुनुले पार्टीभित्रको मूल नेतृत्व फितलो छ भन्ने प्रमाणित गरेको जिकिर गरे । उनले बिपीको
More