Daily Archives 20th April 2018

पार्टी एकतालाई निष्कर्षमा पु-याउन अध्यक्षद्वयको छलफल जारी

काठमाडौँ । पार्टी एकतालाई निश्कर्षमा पु-याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । एकता संयोजन समितिअन्तर्गतका कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा बढी छलफल गरेका हुन् । निश्कर्ष उन्मुख रहेकाले छलफललाई निरन्तरता दिइने बताइएको छ । ‘दुवै अध्यक्षबीच सोहार्दपूर्ण छलफल भएको र भोलि पनि निरन्तरता दिइने’ दाहालले ट्वीटरमार्फत जनाउनु भएको छ । बैशाख ९ गते हुने भनिएको एकता टरेपछि दबाबमा रहेका दुई अध्यक्षबीच हिजो पनि छलफल भएको थियो । मिल्न नसकेको चुनाव चिन्ह, ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोण र पदीय बाँडफाँटसम्बन्धी विषय टुंग्याउने जिम्मेवारी ओली र
More

राजपा फुट्यो, राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ । समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित हुनुहुन्छ । संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमण्डलका छ जना
More

काँग्रेस बैठक वैशाख ९ गते

काठमाडौं । नेपाली काँग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अर्काे बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको उहाँले बताउनुभयो । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएपछि सो बैठक आज बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौँ उपत्यका बाहिर रहनुभएका नेताहरु आज राजधानी आउन नसकेपछि आजको बैठक
More

छोराछोरी सामुदायिकमै पढाउनुस्ः शिक्षामन्त्री

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गर्नुभएको छ । महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरीसहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गर्नुभएको हो । पछिल्ला केही दशकयता सामुदायिक विद्यालयको शाख गिरेको अवस्था स्वीकार्दैत्यसलाई सुधार्ने मुख्य जिम्मेवारी शिक्षकले नै लिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो । “शिक्षकका छोराछोरी बोर्डिङ स्कूलमा पढ्ने भएपछि आम जनताले सामुदायिक बिद्यालयमा पठनपाठन हुन्छ भन्ने कसरी विश्वास गर्ने”, मन्त्री पोखरेलले भन्नुभयो, “यसले शिक्षकको मर्यादा र पेशाप्रति पनि नकारात्मक धारणा बनेको छ, यसलाई सुधार्न शिक्षकले पहिलो
More

चियापान कार्यक्रममा

राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : रत्न श्रेष्ठ
More

प्रवासको अभियान : ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी । वैदेशिक रोजगारी आमनेपाली युवाका लागि बाध्यता हो । रोजगारी, अध्ययन, व्यापार व्यवसायको सिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाइले कतिपय व्यक्ति सम्पन्न बन्दै सुविधायुक्त जीवनयापन गरिरहेका छन् । तर, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरी आर्जन गरेको कमाइलाई आफ्नो दैनिक जीवनयापनको लागि मात्रै खर्च नगरी गाउँको शिक्षा, स्वास्थ्य, खेलकूद, सडकलगायतको विकास निर्माणमा समेत खर्चिने गरेका छन् । विविध कारण जन्मथलो बेगखोला भन्दा बाहिर बस्दैआएका नागरिकले बेगखोला कल्याणकारी समाजमार्फत गोलबद्ध भएर गाउँमा विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग जुटाउने गरेका हुन् । पछिल्लो समय बेगमा रहेको महादेव माविको स्वर्ण जयन्तीको अवसरमा प्रवासी बेगखोलावासीहरुको नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण
More

निकुञ्जमा जिप सफारी

वन्यजन्तु सप्ताहको अवसरमा मृगकुञ्ज उपभोक्ता समितिको आयोजनामा शुक्रबार चितवन निकुञ्जमा जिप सफारी गर्दै जनप्रतिनिधिसहित संरक्षणकर्मी । यहाँ वन्यजन्तु संरक्षणबारे जनचेतना अभिवृद्धि गर्न जिप सफारी गरिएको हो । तस्वीर : नारायण ढुंगाना
More

दीपक मनाङे कारागार चलान

काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । र, उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको
More

मालिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइयो,

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोटेश्वर तर्फको रनवेभन्दा बाहिर पुगेर अड्किएको मालिन्दो एयरको जहाजलाई त्यहाँबाट निकालिएको छ । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको उक्त जहाज बिहीबार राति १० बजे रनवे बाहिर गएर धस्सिएको थियो । राति १० बजेर ७ मिनेटदेखि विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका थिए। जहाजलाई अहिले तानेर विमानस्थलको हेलिकप्टर पार्किङस्थलमा लगेर राखिएको छ। विमानन्थलका जीएम राजकुमार क्षेत्रीका अनुसार अब बढीमा एक घण्टा भित्र विमानस्थल पूर्ण रुपमा उडान तथा अवतरणका लागि खुला गरिने छ। बिहान ३ हजार मिटर रनवे मध्ये विमानस्थलको आन्तरिक उडान संचालन गर्न २५ सय मिटर मात्र धावनमार्ग खुला गरिएको थियो। आन्तरिक उडानलाईएकतर्फी बिन्दु (उत्तरतर्फको
More

काँग्रेसको समीक्षा बैठक पुनः आज

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो । यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राख्नुभएको थियो । गत मंसिर १०
More