Daily Archives 21st April 2018

बुढाथोकी गाउँमा खानेपानी समुद्घाटन

खानेपानी मन्त्री बीना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा शनिबार काभ्रेपलाञ्चोकको बुढाथोकी गाउँमा खानेपानी तथा सरसफाइको समुद्घाटन गर्दै । तस्वीर : पेमा लामा
More

कांग्रेस नेतृत्वले न्यायोचित मूल्यांकन गर्न सकेन : वरिष्ठ नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाउनुभएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै उहाँले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रसित पार्न खोजिएको छ, यसबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ ।” नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ, उहाँले भन्नुभयो । लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उहाँले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाउनुभयो । सबै शक्ति विकेन्द्रित गर्नु पर्ने समयमा
More

एनआरएन पूर्वअध्यक्ष लामिछाने, उपाध्यक्ष पन्त र संस्थापक थापा लन्डनमा

लन्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र संरक्षक रामप्रताप थापा लन्डन आइपुगेका छन् । उनीहरु अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत र युरोप शाखाले संयुक्त रुपमा आयोजना गरेको युरोपस्तरीय नृत्य र गायन प्रतियोगितामा सहभागी हुन लन्डन आएका हुन् । उनीहरुलाई लन्डनको हिथ्रो विमानस्थलको टर्मिनल ५ मा उपाध्यक्ष कुल आचार्यले स्वागत गरेका थिए । भोलि आइतबार आयोजना हुने उक्त प्रतियोगितामा बेलायत र युरोपका विभिन्न देश गरी कुल १० देशबाट आउने ४० बढी प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा बेलायतलगायत डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्ड, स्विजरल्याण्ड, इटली र स्पेनबाट आएका प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् ।
More

नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास । ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आपूm सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भन्नुभयो, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।” महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आउनुभएको छ । त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्नेसुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो
More

भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने

काठमाडौं । आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या लगायतमा आजीवन कारावासको व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको छ ।
More

राजेश हमालद्वारा विद्यार्थी भर्ना

जीतपुर । नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बन्नुभएको छ । “मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो”, हमालले भन्नुभयो, “राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।” विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उहाँले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री
More

आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक शुक्रबार प्रहरी खोरमा पुगेका छन् । अभियुक्तमा चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महत रहेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । वैशाख ६ गते साँझ ७:३० बजे दुवै जनाले मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेर शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको प्रहरी नायब उपरीक्षक डा दाहालले बताउनुभयो ।
More

तालिम नलिई वैदेशिक रोजगारमा जान नपाइने

काठमाडौं । सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ । राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालीम दिएर मात्र दक्ष युवालाई मात्र विदेश पठाउने बताउनुभयो । थोरै ज्ञान सीप सिकेर विदेश गएको खण्डमा दोब्बर तलब पाउँछन्, उहाँले भन्नुभयो, “त्यसैले तालीम दिएर मात्र युवा पठाउने तयारीमा रहेका छाँै ।” उहाँले विद्यालय तहबाट नै प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारका लागि अदक्ष ७४ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र दक्ष दुई प्रतिशत युवा जाने
More

‘सिण्डिकेट अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार हुँदैन’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पार्नुभएको छ । हिजो गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ, सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ ।” गत वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले हाल जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ ।
More

डा. मैनालीको नसुतेको रात सार्वजनिकीकरण

काठमाडौं । गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रको लोकार्पण गरेका हुन् । ८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति, समसामयिक विषय समेटिएका छन् । कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए । गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो । कार्यक्रममा किरणले ‘नसुतेको रात’ गजल उत्कृष्ट रहेको बताए । ‘यो गजलमा बिम्ब, प्रतिक, लक्षणा, वेञ्जनालगायत प्रयोग गरिएको छ,’ उनले भने, ‘यो साच्चिकै गजल हो ।’
More