Daily Archives 23rd April 2018

लण्डन म्याराथुनमा सहभागी भएर चार लाख रुपैयाँ संकलन

हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनीले यस वर्षको लण्डन म्याराथुनमा सहभागी भएर झन्डै सत्ताइस सय पाउण्ड सहयोग संकलन गरेका छन्। म्याराथुन सम्पन्न भएको दिन २२ अप्रिलसम्म सहयोगीबाट कुल २ हजार ४ सय ४८ पाउण्ड र गिफ्ट एड सहित २७ सय ६७ पाउण्ड (करिब चार लाख रुपैयाँ) सहयोग जम्मा गरेका छन् । युनिभर्सिटी कलेज लण्डन नेपाली विद्यार्थी समाजको अध्यक्षसमेत रहेका उनले उक्त म्याराथुन चार घण्टा उन्नान्साठी मिनेटमा पुरा गरे। उनले लण्डन म्याराथुनमा भाग लिएर नेपालमा अपाङ्ग, निमुखा र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि उक्त सहयोग रकम जुटाएका हुन्।
More

स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित आज नेपाल कोरिया अस्पताल पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । गत शनिबार नगरपालिकाका प्रमुख श्रेष्ठलाई अपरिचित दुई व्यक्तिले सांघातिक आक्रमण गरेका थिए । तस्विर : रमेश गिरी
More

अनेरास्ववियू कावा अध्यक्षमा बर्तौला

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाउनुभएको छ । अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै आजैदेखि कावा अध्यक्षको काम गर्ने गरी उहाँलाई जिम्मेवारी दिनुभएको हो । अनेरास्ववियूको २२ औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । युवा संघमा पद हस्तान्तरण युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले अध्यक्ष रमेश पौडेललाई आज पद हस्तान्तरण गर्नु भएको छ । युवा संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पहारीबाट पद ग्रहण गर्दै अध्यक्ष पौडेलले राष्ट्रको समृद्धि र विकासका लागि युवालाई अगाडि बढाउने
More

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

रत्ननगर । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गर्नुभएको थियो । अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्र्न मातहतका
More

बौद्ध सम्मेलनमा ३८ देशको सहभागिता हुने

बुटवल । गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा यही वैशाख १५ देखि १६ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ३८ देशका बौद्ध विद्वान्को सहभागिता हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिलामन्त्री र २३ देशका विभिन्न तहका व्यक्ति सहभागिता रहने बताउँदै विगतका सम्मेलनका सन्देश र निष्कर्षलाई समीक्षा गर्दै आगामी दिनका लागि थप सन्देश दिन सम्मेलन महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलले दुई वर्षअघि भएको बौद्ध सम्मेलन लुम्बिनी बौद्ध दर्शनको उद्गमथलो हो भन्ने विषयलाई स्थापित गर्न सफल भएको बताउँदै बुद्ध दर्शन नेपालसँगै अन्तर्राष्ट्रिय मानवजातिको आमूल परिवर्तनका निम्ति हो
More

३३ किलो सुन प्रकरण : पूर्वआईजीपी अर्याललगायत दर्जनमाथि अनुसन्धान

काठमाडौं । गत माघको पहिलो साता दुबई हुँदै काठमाडौं आएको ३३ किलो सुन गायब भएसँगै तीनजनाको ज्यान गएको छ भने सो काण्डमा निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालदेखि केही नेता व्यापारीहरूसमेत तानिने सम्भावना बढ्दै गएको छ । सुनकाण्डको विस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडीआईजी गोविन्द निरौला पक्राउ परिसकेका छन् भने पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउतलाई उपस्थित गराउन समितिले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको छ । त्यसैगरी, सुन व्यापारी पवन अग्रवाल, राजेन्द्र शाक्य, बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी पनि मुछिएका छन् । वर्तमान सत्ताधारी नेताका आफन्तहरू पनि तानिएको स्रोतले
More

आरोप–प्रत्यारोपमा सकिनेभो कांग्रेस बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक समापनतिर पुगेको छ । गत चैत ९ गते सुरु भएको भएपनि बैठक भने सोमबारसम्ममा जम्मा ८ पटक बसेको छ । सोमबारको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुले समीक्षा बैठकको छलफल छोट्याएर साझा धारणासहित एकताबद्ध सन्देश दिनुपर्ने आवाज उठाएपछि बैठक समापन गर्ने तयारी गरिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बेलुकीसम्म चुनावी समीक्षा बैठक ठोस निष्कर्षका साथ टुंगिने सम्भावना रहेको बताए । सोमबारको बैठकमा पनि केन्द्रीय सदस्यहरुले निर्वाचनका सन्दर्भमा अहिलेसम्म उठ्दै आएका धारणाजस्तै आफ्ना राय राखेका छन् । बैठकमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप–प्रत्यारोप
More

घुस रकमसहित सहायक प्रबन्धक पक्राउ

बर्दिवास । महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो । बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको सो कार्यालयले जनाएको छ । काफ्लेलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिनुभयो । यसअघि काफ्ले बैंकका सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट रु ४० लाख निकालेको आरोपमासमेत पक्राउ परेका थिए
More

जुवाखालबाट सातजना पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो । जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
More

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ । भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिनुभयो । ‘‘बुद्धको बारेमा विदेशीलाई जानकारी दिने र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने हाम्रो मूल अभिप्राय हो’’– पर्यटनदूत गुरुङले भन्नुभयो । गुरुङका अनुसार यही वैशाख १७ गते राजधानी लिस्बनमा बृहत् शोभायात्रा गरिने भएको छ । नेपाली बाजागाजा, बुद्धका मूर्ति, बुद्ध अंकित तस्बीर, प्लेकार्ड, ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहित
More

खाडीमुलुक जाने हजारौँ युवा समस्यामा

नवलपरासी । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना नवलपरासीका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो । खासगरी पैसा लिने तर विदेश नपठाउने, समयमा तोकेबमोजिम तलब नपाइने, भनेको कामभन्दा कडा र जोखिम काममा लगाउनेलगायतका समस्या वैदेशिक रोजगारका क्रममा देखिएको भण्डारीको भनाइ छ । चार वर्षको अवधिमा जिल्लाका एक हजार १०० विभिन्न
More

असोजदेखी ‘बलेवामा जहाज र बन्जीजम्पको रौनक

बागलुङ-नेपालकै अग्लो झोलुङ्गे पुल, यान्त्रिक पुल र बलेवा बिमानस्थलका कारण चर्चामा रहेको बलेवा क्षेत्रमा निर्माण हुन लागेको बन्जीजम्प आगामी आसोज सम्ममा सञ्चालनमा आउने भएको छ । बलेवा र कुश्मा जोड्ने गरी कालिगण्डकी माथि निर्माण कार्य भैरहेको बन्जी जम्प निर्धारित समयमा नै निमाण सम्पन्न गरी सञ्चालनमा आउने भएको हो । निर्माण कम्पनीका अनुसार, हाल निर्माण भैरहेको पुलको लठ्ठा तान्ने काम चलेकाले आगामी असोज निर्धारित समयमा नै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन लागिएको हो । स्थानिय युवाहरुको लगानीमा ‘द क्लिफ प्रा.लि.’ ले बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्ने गरी सिंगल स्पानको झोलुङ्गे पुल निर्माण गरि बन्जीजम्प सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष
More

राणा प्रधानमन्त्री र थापाथली दरबार

काठमाण्डौ-वि.सं. १९०३ मा जंगबहादुर शक्तिशाली प्धानमन्त्री भएपछि थापाहरुको थलो , थापाथलीमा विशाल ५ तले दरबार बनाउन लगाए । दरबारको चौँथो तलामा जंगबहादुर बस्थे भने उनका रानी –महारानीहरु तल्लो तलामा बस्थे ।जंगबहादुरका कान्छा भाइ धीरशमसेरका जेठा छोरा वीर शमसेर ग्रहण लागेको अवस्थामा मूल परी जन्मेकाले यही थापाथली दरबारमा ल्याएर पुतली महारानीको जिम्मा लगाइएको थियो । एक साँझ जंगबहादुर ओछ्यानमा पल्टेर निदाउन लागेको बेला कोही मानिस उनको कोठामा ढोका खोलेर बाहिर गएको चाल पाए तर अँध्यारो भएकोले उनले चिन्न सकेनन् । सशंकित भएका जंगबहादुर वि.सं. १९०७ मा यूरोप भ्रमणमा जाँदा बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरुप दिएको बन्दुक ताक्दै सो व्यक्तिलाई पछ्याउन थाले ।
More

सुकुम्बासी बालबालिकालाई साढे दुई लाख बराबरको छात्रबृत्ति

चितवन- दक्षिण चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे, माझीलाई रु दुई लाख ४० हजार बराबरको छात्रवृत्ति सहयोग गरिएको छ । लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो । छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए । आठ जना बालबालिकालाई पोषाकसहित एक वर्षलाई पुग्ने स्टेशनरीलगायत सामग्री वितरण गरिएको लायन्स क्लब अफ चितवन सौराहाको वर्ष २०१८÷१९ का अध्यक्ष अरुण रिजालले जानकारी दिनुभयो । यसरी सहयोग गर्ने अमेरिकन नागरिकमा डेविट किन्सले, रिचर्ड तथा बब एण्ड केटी र स्टिभ एण्ड जोन दम्पती रहेका थिए । सोही क्रममा स्कूल जान प्रेरित गर्ने उद्देश्यले ३० जनाभन्दा बढी बालबालिकालाई
More

फेरि सुरु भयो ध्रुवे हात्तिको आतंक

चितवन । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । ध्रुबे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो । अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको
More

३३ किलो सुन काण्डमा पूर्व डिआइजी निरौला पक्राउ

काठमाण्डौ -गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आज साँझ पक्राउ गरेको हो । छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरिएको थियो । निरौला विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ । निरौलाले गत चैत २९ मा अवकाश लिएका थिए । रासस
More