Daily Archives 25th April 2018

नेपाली कांग्रेस पराजयका ६ आन्तरिक कारण

विश्वप्रकाश शर्मा   नेपाली इतिहासका आनेक समयलाई आफू आनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रुपान्तरण भएर पूरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजय पश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ । इतिहासका आनेक मोडमा कहिले संघर्ष, कहिले सत्ता कहिले जय आनि कहिले पराजय भोग्दै आएको यो पार्टी आजको चुनौतीपूर्ण समयखण्डलाई एकतावद्ध भएर सामना गर्न समर्थ हुनैपर्छ र हुनेछ । कांग्रेसका आम शुभचिन्तकहरुको आग्रह र दवाब छ– पराजयको यो घडी ६ दशक उमेर नाघेको कांग्रेसलाई एक आधुनिक राजनीतिक दलका रुपमा
More

३ वर्षमा पुननिर्माणको काम २० प्रतिशत मात्र

काठमाडौं । गोरखा भूकम्पको तीन बर्ष पूरा भएको छ । २०७२ बैशाख १२ गते बारपाक केन्द्रिविन्दू भएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प भएको थियो । जसले ८ हजार ९ सय ७९ जनाको ज्यान लियो । हजारौं घाइते भए । नौं लाख बढी घर ध्वस्त भयो । भूकम्प लगत्तै सरकार र राजनीतिक नेतृत्वको प्रतिबद्धता सुन्दा लाग्थ्यो– चाँडै पुनर्निर्माणले गति लिने छ । तर, तीन बर्ष बित्दा बीस प्रतिशत मात्रै पुनर्निर्माण भएको छ । भूकम्पले भत्काएका निजी तथा सरकारी संरचना निर्माणका लागि सरकारले २०७२ साउन २८ मा अध्यादेशमार्फत अधिकारसम्पन्न पुनःनिर्माण प्राधिकरण गठन गरेको थियो । तर, प्राधिकरणको नेतृत्व तेस्रो व्यक्तिमा आइपुग्दा
More

कान्तिपुर टिभीको समाचार भ्रामक : कांग्रेस प्रवक्ता

काठमाडौं । वैशाख १० गते राति ८ः०० बजे र वैशाख १२ गते विहान १० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयका विषयमा कान्तिपुर टेलिभिजनले प्रसारित समाचार भ्रामक भएको नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । गत निर्वाचनका क्रममा प्रचार प्रसार सामाग्री खरीदबारे प्रस्तुत कान्तिपुर टेलिभिजनको समाचार भ्रामक रहेको तथ्यप्रति हामी प्रष्ट छौं, प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिको छ, निर्वाचनमा भएको खर्च सम्बन्धी सम्पूर्ण विवरण पारदर्शी ढंगले निर्वाचन आयोगमा समेत बुझाई सकिएको छ । तथ्य र सही सूचनाका आधारमा समाचार सम्प्रेषण गर्नु संचार जगतको धर्म हो । अतः
More

एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौं । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । चैत महिनामा मात्रै अभिलेखीकरण भएका महिला हिंसाका जम्मा १३१ वटा घटनामध्ये ३६ जना महिला (सात सामूहिक बलात्कार र एक बलात्कारपछि हत्या) माथि बलात्कार भएको तथ्याँक रहेको संस्थाका कार्यक्रम निर्देशक अभिराम रायले जानकारी दिनुभयो । अभिलेखीकरण भएका घटनामा सबैभन्दा बढी ५३ प्रतिशत १६ वर्षमुनिका बालिका बलात्कारको शिकार भएको
More

आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो । केन्द्रीय तथ्याँक विभागद्वारा आज यहाँ सार्वजनिक गरिएको आव २०७४÷७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको र सेवा क्षेत्रको योगदान बढ्न गएको देखिएको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी तीन समूहमा विभाजन गरी तथ्याँक विश्लेषण गर्ने गरिन्छ । सार्वजनिक भएको सो लेखा तथ्याँकमा प्राथमिक क्षेत्रअन्तर्गतका कृषि तथा वन, मत्स्य र खानी
More

काँग्रेसले गठन ग-यो छाया सरकार

रुकुम । नेपाली काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । आज जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले जानकारी दिएको छ । जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छाया सरकार गठन गरिएको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उहाँको भनाइ छ । जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छाया सरकार गठन गर्ने काँग्रेसको
More

चर्च आक्रमणमा सोह्रको मृत्यु

नाइजेरिया, नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिनुभयो । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याउनु भएको उहाँले बताउनु भयो । फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उहाँले विदा छोट्याएर फर्किनु भएको हो । घटनामा परी मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु ११ जना पुजामा संलग्न भक्तजनहरु रहेका अधिकारीहरुले बताएका छन् । सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । बिहान सवेरै
More

परराष्ट्रका आधा दर्जन अधिकृतलाई कारबाहीको सिफारिस

काठमाडौं । बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी रहँदै सर्वोच्च अदालतको निर्देशनात्मक आदेशविपरीत कानुन उल्लंघन गरी ठेक्का सम्झौता गरेको आरोपमा समितिले कारबाही सिफारिस गरेको हो । समितिले परराष्ट्रले २०७४ माघ १० मा गरेको ठेक्का सम्झौतासमेत रद्द गर्न आदेश दिएको छ । परराष्ट्र मन्त्रालयले गत असोजमा विभिन्न मुलुकमा भ्रमणका लागि आवश्यक पर्ने हवाई टिकट उपलब्ध गराउन ट्राभल एजेन्सीमाझ टेन्डर आह्वान गरेको थियो । त्यसक्रममा सि–लिंक ट्राभन्स एन्ड टुर्सको बोलपत्र स्वीकृत भएको थियो । टेन्डर प्रतिस्पर्धामा सहभागी भएको
More

थप दाइजो मागेपछि विवाह अघि नै युवतीद्वारा आत्महत्या

वीरगन्ज । दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका साहलाई मंगलबार सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुने आठ दिनअघिनै आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि
More

गुण्डा नाइके रिगललाई जन्मकैद

खजुरा । हत्याको एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका रिगल ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले मंगलबार सो घटनामा दोषी ठहर भएका अन्य १३ जनामध्ये ४ जनालाई जन्मकैद र बाँकी ९ जनालाई तीन वर्षदेखि दश वर्षसम्मको सजाय तोकिएको छ भने एक जनालाई सफाइ दिएको छ । जन्मकैदको सजाय पाउनेमा प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्का रहेका छन् भने सोहनसिंह ढकाललाई दश वर्ष कैद सजाय
More

अञ्चल अस्पताल आफैँ बिरामी

भीमदत्तनगर । सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको उदाहरणसम्म छैन । पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण यहाँबाट बिरामीले गतिलो उपचार पाउन सकेनन् । बेलाबखतमा हुने गरेका अस्पतालभित्रका लापरबाहीलगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासन बीचको तीक्तताले प्रचारबाजी पाउँदा अन्यत्रबाट चिकित्सक यहाँ आउनसमेत नमान्ने गरेको कार्यरत कर्मचारीको भनाइ छ । महाकाली अञ्चल अस्पतालका प्रवक्ता केशव अवस्थीले अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी रहे पनि हाल दश जना
More

ग्यास बोकेको बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता

दमौली । पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् । भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एल.पी ग्यास बोकेको एम एल ओ वान ए ए ओ वान ओ वान नं को बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताउनुभयो । घाइते दुवै जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार
More

नेविसंघ अध्यक्ष हामीलाई भित्तामा टाँस्ने सोचमा हुनुहुन्छ

उर्मिला थपलिया, उपाध्यक्ष, नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद चरमचूलीमा पुगेको छ । नेविसंघभित्रको विवादले माउ पार्टी नेपाली कांग्रेसमा तरंग नै ल्याएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ । उक्त बैठकमा नेविसंघ विवादले पनि प्रवेश पाएको छ । यो विवादले कसरी निकास पाउँछ, अहिले अनुमान गर्न कठिन छ । यसै विषयलाई नेविसंघका उपाध्यक्ष उर्मिला थपलियासँग राज ढुंगानाले गरेको कुराकानी– ० नेविसंघमा समानान्तर कमिटी गठन गर्दै हुनुहुन्छ ? – समानान्तर कमिटीको अभ्यासमा हामी पक्कै पनि होइनौं, संगठनलाई धरासायी होइन, मजबुद बनाइयो भने मात्र हामी बलियो हुनसक्छौं भन्ने हाम्रो मान्यता हो ।
More

पढ्न तयार जन्मदर्ताविहीन बालबालिका

विद्यालय जानको लागि तयार महोत्तरी मानहर्वाका मुसहर समुदायका जन्मदर्ताविहीन बालबालिका । नगरपालिकाले सिफारिसको आधारमा विद्यालय भर्नाका लागि पहल गरेपछि त्यहाँका सयभन्दा बढी जन्मदर्ताविहीन बालबालिका पढ्नका लागि तयार भएका हुन । तस्बिर: धनवीर महतो
More

आगलागीबाट लाखौँको क्षति

राजविराज, सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ । स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थिए । रासस
More

मेनुका–युवाको जोवन ढल्कियो… (भिडियो)

काठमाडौं । हिजोआज लोकसंगीतले बजार लिइरहेको छ । नेपाली चलचित्रहरुमा समेत लोक गीतको ‘टेण्ड’ चलेको छ । यसैबेला गायिका मेनुका राई र युवा राईले पूर्वेली लोकभाका समेटेर ‘ढल्कियो जोवन…’ बोलको गीत ल्याएका छन् । पूर्वेली यस लोक गीतलाई निकै रुचाइएको छ । थुपै्र लोकप्रिय गीत दिइसकेकी गायिका मेनुकासँग यसै गीतमार्फत युवाको उदय भएको छ । पूर्वेली जुहारी ‘जोवन ढक्कियो’ युवा राईको पहिलो प्रयास हो । तर, उनको स्वरमा मिठास छ । प्रियजन राईको शब्द तथा कम्पोज रहेको यस गीतमा पूर्वेली लोक, माटो र संस्कृतिको सुगन्ध पाइन्छ । पूर्वको मेलापात, हाटबजार र घाँस दाउरा गर्दा गाइने गीत एक समय नेपाली संगीत
More

अमेरिकी सरकारले ९ हजार नेपालीलाई देश निकाला गर्ने

काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ । महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल
More

ट्रिपरको ठक्करबाट एक दम्पत्तिको निधन

झापा: पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको देब्रेबास-४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नम्बरको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेका थिए । मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नम्बरको स्कुटरमा घर फर्कँदै गर्दा टिपरलाई उछिन्ने क्रममा ठक्कर दिएको हो । दुर्घटनामा संलग्न सवारीसाधनलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको
More

बारम्बार मोदी चिन जानुको रहस्य ?

बीबीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङबीच यही एप्रिल २७ तथा २८ मा एउटा ‘अनौपचारिक बैठक’ हुँदैछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङबीच चिनियाँ शहर वुहानमा यही एप्रिल २७ तथा २८ मा एउटा ‘अनौपचारिक बैठक’ हुँदैछ। सो भेटलाई डोक्लाम विवादपछि दुई देशको सम्बन्धमा आएको तनावलाई अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ। यो भनिएको छ कि, उक्त बैठकका क्रममा द्वीपक्षीय सम्बन्धलाई सृदृढ बनाउनका लागि दुई नेताबीच ठोस सम्वाद हुनेछ। सन्दर्भ दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई लिएर भारत चिन्तित छ। हालैका दिनमा नेपाल तथा माल्दिभ्समा चीनको बढ्दो प्रभाव झल्काउने कैयौँ उदाहरणहरू आइरहेका छन्। गत आइतवार
More