Daily Archives 27th April 2018

मिस वर्ल्ड नेपाल प्रतियोगिता आयोजना बारे एनआरएनए महिला फोरममा बवाल

लण्डन। नेपाल बाहिरका विभिन्न देशमा रहेका नेपाली र नेपाल भित्रै रहेका नेपालीहरुको सहभागिता हुने गरी आगामी वर्ष अक्टोबर २०१९ मा मिस र मिसेस वर्ल्ड नेपाल आयोजना हुने विषयमा गैरआवासीय नेपाली संघको महिला फोरममा विवाद भएको छ । वेलायतवासी फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठले गैरआवासीय नेपाली संघ, महिला च्याप्टरको संयोजनमा प्रतियोगिता आयोजना हुन लागेको घोषणा गरे पछि फोरम भित्र विवाद चर्किएको हो । महिला सशक्तिकरणका साथै नेपालको पर्यटन तथा नेपाली सीप र उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्यले आयोजना हुने दावी गरिएको सो प्रतियोगितामा गैरआवासीय नेपाली संघको संलग्नता बारे महिला फोरमकी उपसंयोजक संगिता मरहट्टाले आपत्ति जनाएकी छन् । उनले डंगोलको सामाजिक संन्जाल
More

बेल विवाहमा पूजापाठ

नेपाल भाषा मंका खल बागलुङले आयोजना गरेको सामूहिक बेल विवाहमा पूजापाठ गर्दै नेवार समुदायका कन्या । तस्बिर: रामबहादुर थापा
More

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि सकिने, सभापति देउवा र वरिष्ठ नेताबीच आरोप प्रत्यारोप

काठमाडौं । शनिबार सम्पन्न हुने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोसित रुपमा प्रस्तुत भए । उनले पार्टी सभापतिमाथि विभिन्न आरोप लगाइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले पनि एउटा बेग्लै कार्यक्रममा वरिष्ठ नेतालाई कटाक्ष गरेका थिए । वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवा नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी चुनावमा हारेको आरोप लगाएका छन् । सभापतिको छवि तथा उनी नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी पराजित हुनुपरेको पौडेलले बताए । बैठकमा पौडेलले आफ्नो आलोचना गर्नेहरुलाई ‘विरालोलाई कुटेको देख्ने तर, बिरालोले भण्डार रित्याएको नदेख्ने भनी प्रश्न गरे । पौडेलले १३ फागुनमा लिखित प्रस्ताव पेश गर्दै देउवामाथि आरोपैआरोप
More

एक बर्षमा देशभित्र ११ सय बलात्कार !

काठमाडौं । एक बर्षमा ११ सय बलात्कारको घटना भएपछि यो मुलुकको पाशविकता कसरी बढ्दै छ , यही तथ्यांकले छर्लङ्ग पार्छ । कमजोर कानून , त्यसमाथि कानूनी उपचारमा हुने ढिलाई र महिला सुरक्षाकर्मीको अभाव जस्ता पक्षले बलात्कारको घटना निरुत्साहित हुनु भन्दा बढ्दो नै छ । नवौं मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले राजधानीमा सार्वजनिक गरेको तथ्यांकले समाजको कहाली देखाए पनि यस्को निरुत्साहनका लागि सरकार र समाजको कमजोरी पनि छर्लङ्ग पारेको छ । केन्द्रीय बाल कल्याण समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा भएको बलात्कार सम्बन्धि घटना अनुसार ३१ प्रतिशत १० वर्ष मुनिका, ६२ प्रतिशत ११ देखि १५ वर्षभित्रका, ७ प्रतिशत १६ देखि
More

वाम एकताको नयाँ मिति वैशाख २२ गते

काठमाडौं । अन्तत: वाम एकताको मिति तोकिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख २२ गते पार्टी एकता हुने संकेत प्राप्त भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज ३ घन्टा गोप्य छलफल भएको थियो । शीर्ष नेताको आज भएको छलफल पछि कार्लमाक्सको जन्म जयन्तीमा पार्टी एकता गर्ने सहमति भएको स्रोतले बताएको छ । पार्टी एकता पर सरिरहँदा एकताकै विषयलाई अन्यौल सिर्जना भएको थियो । गत बैशाख ९ गते भएको संयुक्त सभामा ओली र प्रचण्ड दुबैले अघोषित मितिमा पार्टी एकता हुने उद्यघोष गरेका थिए । सोही बमोजिम दुई अध्यक्षहरु यतिबेला
More

‘इन्टु मिन्टु लण्डनमा’ का कलाकारहरुलाई दूतावासमा स्वागत

नयाँ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का कलाकार र प्राविधिक टोलीलाई लण्डनस्थित नेपाली दूतावासमा स्वागत गरिएको छ। टोलीका कलाकारहरु, निर्माता र निर्देशकको संमानमा नेपाली दूतावासमा बिहीबार बेलुकी आयोजित एक समारोहलाई संबोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लण्डनसंग नाम जोडिएकाले पनि यो चलचित्र प्रति आफ्नो रुची बढेको बताए। उनले चलचित्रको सफलताको कामना पनि गरे। चर्चित पत्रकार दिलभुषण पाठकले आफुलाई सानै देखि चलचित्रको नायक बन्ने धोको रहेको तर यो चलचित्रमा नायिकाको बाबुको भूमिका निर्वाह गरेरै चित्त बुझाएको बताए। सो अवसरमा चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक धिरज मगरले छोटो अभिनय पनि गरेर देखाएका थिए। चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राइले निर्देशन
More

नारायणगढ–मुग्लिन सडकको लागत रु तीन अर्ब

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सो सडकको लागत मूल्य बढेसँगै रु तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ पुगेको छ । खनालका अनुसार तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखण्डको पहिलो खण्डको करीब रु ६० करोड ६१ लाखबाट बढेर करीब रु ६८ करोड ९७ लाख पुगेको छ । खण्ड
More

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

काठमाडौं । तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्ण बदली छ । पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगमा बदली र मेघ गर्जनसहित वर्षा हुनेछ । केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
More

सुखवती फाउण्डेशनलाई कोरियाली पुरस्कार

काठमाडौं । सुखवती स्टोर फाउण्डेशन काठमाडौँलाई दक्षिण कोरियाको एसिया फिलान्ट्रोफी अवार्ड अन्तर्गत यस “वर्षको उत्कृष्ट गैह्र नाफामूलक सामाजिक संस्था पुरस्कार” प्रदान गरिएको छ । विद्यालय निर्माण, वातावरण संरक्षण र पुराना सामान प्रशोधन गरी पुनः प्रयोगमा ल्याएबापत फाउण्डेशनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । सामाजिक काममा क्रियाशील फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङलाई दक्षिण कोरियाको राजधानी सिओलमा हालै आयोजित कार्यक्रममा सो पुरस्कार दिइएको उक्त संस्थाले जनाएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था एवं व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ । फाउण्डेशनले एकको बेकार अर्कोको सरोकार र तपाईंको पुरानो सामान अरु कसैका लागि नयाँ हुनसक्छ भन्ने उद्देश्यले एक पटक प्रयोगमा आएका सामान संकलन गरी
More

काँग्रेस कार्यकर्तालाई निराश नहुन गगनको आग्रह

चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उहाँले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौंँ लडाइँ हारेको तर युद्ध जितेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन । हामी सबै आस्थाका कारणले काँग्रेसमा लागेको हो ।” थापाले निर्वाचनमा जित र हार जे भए पनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छाया सरकारको रुपमा काम
More