Daily Archives 29th April 2018

कारको ठक्करले लण्डनमा नेपाली महिलाको मृत्यु

लण्डन– गुडिरहेको कारले   ठक्कर दिँदा लण्डनको हन्स्लो वेष्ट बस्ने एक नेपाली महिलाको मृत्यु भएको छ । पाँचथर थर्पू समाज यूकेकी सदस्य समेत रहेकी अन्दाजी ५०  वर्षिया मिना लिम्बुको बाटो काट्ने वेलामा कारको ठक्करले मृत्यु भएको हो । छिमेकी बलराम मैनालीका अनुसार हन्स्लो वेष्टको बाथरोडमा आइतवार दिउँसो बाटोक्रस गर्नेक्रममा कारले ठक्कर दिएको थियो । उनीको दुई छोरा छन् । उनीको श्रीमानको गतवर्ष मात्र निधन भएको थियो । यसै बीच पाँचर समाज युकेले उनको निधनमा दुःख व्यक्त गरेको छ । समाजद्धारा जारी विज्ञप्तिको पूर्णपाठ पाँचथर थर्पू समाज युके प्रेश बिज्ञप्ति दुखद खबर ! यस पाँचथर थर्पू समाज यूकेकी एक सक्रिय सदस्य श्रीमती
More

को को परे एनआरएन परोपकार तथा मानवीय सहायता समितिमा ?

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । समितिको सहसंयोजकमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा केशव पौडेल, चर्क थापा (न्युजिल्याण्ड), राजु सायद (साउदी अरब), नरेन्द्र हमाल ( प्रोतुगल), सुनिल कार्की (अफ्रीका) छन् । समितिको सल्लाहकारमा डा. उपेन्द्र महतो, शेष घले, देवमान हिराचन, जीवा लामिछाने र विश्वआर्दश पण्डित रहेका छन् । यसैगरी सदस्यहरुमा युकेबाट दूत बहादुर पुन, हिराधन राई, शिव भण्डारी,दयानिधी सापकोटा, प्रेम गाहामगर छन् । यस समिति एनआरएनमा निकै महत्वपूर्ण मानिन्छ । Philanthropy & Humanitarian Assistance (PHA) Choose the term to view PHA ListPHA 2017-2019PHA 2015-2017PHA 2013-2015 Name Country Position
More

तिमल्सिना एनआरएनको केन्द्रीय नीति तथा योजना समिति

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निति निमार्ण सम्बन्धि एक उच्चस्तरिय समितिमा समाज सेवी तथा सफल व्यवसायी कृष्ण तिमल्सेना मनोनित भएका छन् । समितिका संयोजक तथा संघका महासचिव बद्री केसीको संयोजकत्वमा गठित समितिमा वेलायतको तर्फबाट तिमल्सेना मात्र परेका हुन् । यसअघि उनलाई संघको लगानी सम्बन्धि समितिको समेत जिम्मेवारी दिएको थियो । समितिको सल्लाहकारमा पूर्वअध्यक्ष जीवा लामिछाने, डा. हेमराज शर्मा, डा. गणेश गुरुगं, कुलचन्द्र गौतम र नरेश कोइराला छन् । संघको अल्पकालिन तथा दिर्घकालीन योजना तर्जुमा गर्ने सो महत्वपूर्ण समितिको रुपमा मानिन्छ ।
More

बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजार

नवीन पोखरेल । लन्डन — बेलायती नागरिकता लिने नेपालीको संख्या ३३ हजारमाथि पुगेको छ । बेलायतको गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २०१७ सम्ममा ३३ हजार ७ सय ४० नेपालीले ब्रिटिश नागरिकता लिएका छन् । सन् १९९० मा जम्मा १२ जनाले बेलायती नागरिकता लिएकामा गत वर्ष सन् २०१७ मा यो संख्या १८०२ छ । सन् २०१३ मा सबैभन्दा बढि ७ हजार ४ सयय ९१ नेपालीले बेलायतको नागरिकता लिएका तथ्यांकले देखाएको छ । त्यसपछि सन् २०१२ मा ४ हजार ३ सय ६८ जनाले बेलायती नागरिकता लिएका पाइएको छ । सन् १९९७ मा ७ जनामात्र ब्रिटिश नागरिक बने । सन् २००४ को नीतिगत
More

कसरि भयो दुई कोरियाको मिलन ?

नारायण गाउँले । डोनाल्ड ट्रम्पले अन्तिम हतियारका रूपमा चाइनासँग व्यापार-युद्ध सुरु गर्ने सङ्केत दिएपछि अप्रत्याशित रूपमा कोरियन समस्या समाधानतिर लम्किएको छ । ट्रम्पले उत्तरकोरियाको आणविक नि:शस्त्रीकरणका निम्ति सुरुदेखि नै चीन र रसियामाथि दबाब दिँदै आएका थिए । राष्ट्रपति निर्वाचित हुने बित्तिकै दुई कोरियालाई नजिक ल्याउन ट्रम्पले प्रयास गरेका थिए । कसिँदै गएको नाकाबन्दीले कोरियालाई गाल्दै लगेको भए पनि चीनले साथ नछोडेकाले उसको आणविक कार्यक्रम सघन हुँदै आएको थियो । यसबीच ट्रम्प र उत्तरकोरियाबीच कटुतम शब्द र धाकधम्कीको आदान प्रदान भइरह्यो । अमेरिकाले सैन्य दबाब पनि बढाउँदै लगेको थियो । चीनले कोरियालाई साथ दिइरहुन्जेल अमेरिकाको दाल नगल्ने स्पष्ट थियो । तर
More

एनआरएन लाइब्रेरी टास्क फोर्स उपसमिति गठन, वेलायतबाट श्रेष्ठ

लण्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत पब्लिक लाइब्रेरी टास्क फोर्स (२०१७ – १९) को प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । टास्क फोर्सका संयोजक नरेश कोइरालाको अध्यक्षतामा स्काइप अडियो कल मार्फत बसेको सो बैठकमा आज सम्म बिगतमा टास्क फोर्सले गरेका कार्यहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गरिने कार्यहरुको फेहरिस्त तयार समेत गरेको छ । सो बैठकमा एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषद तथा बिभिन्न देशहरुमा रहेका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुसंग समन्वय गरि नेपालका बिभिन्न क्षेत्रहरुमा लाइब्रेरी बिस्तार गरि त्यसलाई प्रभावकारी ढंगले संचालनमा ल्याउने निर्णय गरेको छ । देश बाट परदेशिएर संसारको बिभिन्न देशहरुमा रहेका नेपालीहरु आफ्नो
More

नेपाली नर्सद्धारा स्वास्थ्य सचेतना तथा शिविर सम्पन्न

लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटी, नेप्लिज डक्टर एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोसिएसन यूकेको संयुक्त प्रयासमा स्वास्थ्य सचेतना तथा शिविर सम्पन्न भएको छ । तीन चरणमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन काउन्सिल लिडर डेभिड क्लीफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, बाबरा 
हस्र्ट, डक्टर्स एसोसिएसन अध्यक्ष डा. सविन जोशी, नर्सिङ एसोसिएसन अध्यक्ष प्रसुना कंडेल र जिआरएनसी अध्यक्ष जीव बेलबासेले संयुक्त रुपमा गरेका थिए । एनडिए महासचिव डा. कमल अर्यालद्वारा संचालित कार्यक्रममा जीव बेलबासेले स्वागत मन्तव्य दिएका थिए भने डेभिड क्लीफोर्ड, आलेक्स क्राफोर्ड र प्रसुना कंडेलले कार्यक्रमका विषयमा बोलेका थिए । डा. सविन जोशीको धन्यवाद मन्तव्य एवं पहिलो चरणको समापन पश्चात डा. प्रज्वल घिमिरे
More

पोर्चुगलमा बुद्ध जयन्तीको तयारी पूरा

लिस्बन । पोर्चुगलमा मनाउन लागिएको २५६२औँ बुद्ध जयन्तीको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि वैशाख १७ गते राजधानी लिस्बनमा हुने बृहत् शोभायात्रा, प्रवचन, पूजालगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले जानकारी दिनुभयो । संयोजक गुरुङका अनुसार रोसियोस्थित सिन्डिकेट हलमा बिहान १० बजेदेखि बुद्धको पूजा आरधनाको कार्यक्रम तय गरिएको छ भने दिनको ३:३० बजे बाट बृहत् शोभा यात्रा शुरु हुनेछ । -यालीका लागि बुद्धका तस्बीर, बुद्ध वाणी उपदेश, प्लेकार्ड, तुललगायतका आवश्यक सामग्री तयार गरिसकिएको र पूजा तथा प्रसाद वितरणको व्यवस्थापनसमेत तय भइसकेको उहाँले बताउनुभयो । यस्तै बौद्ध धर्मगुरुद्वारा भगवान् गौतम
More

भवन उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार एसओएस बालग्राम नेपालले निर्माण गरेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भीमटारस्थित श्री भीमेश्वर माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै । तस्बिरः अशोक घिमिरे
More

राष्ट्रपतिद्वारा वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
More

डिएसपी प्रजित केसीविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधसम्वन्धी मुद्दा

विराटनगर । साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका डिएसपी प्रजित केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा लगाइएको छ । गत शनिबार पक्राउ गरी विराटनगर लगिएका केसीलाई आइतबार अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत मोरङबाट अनुसन्धानका लागि उनलाई थप तीन दिन थुनामा राख्ने म्यादसमेत लिइएको छ । यसअघि वहालवाला प्रहरी अधिकृतहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, डिएसपी संजय राउत, सई बालकृष्ण सञ्जेललाई पनि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको थियो । पूर्वडिआईजी गोविन्द निरौलालाई पनि संगठित अपराध र कर्तव्य ज्यानको मुद्दा चलाइएको छ । सो प्रकरणमा २८ जनाविरुद्ध जिल्ला अदालत
More

अन्तरष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

भैरहवा । लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्विकार गर्ने लगायत दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन आइतबार सकिएको छ । सम्मेलनले लुम्बिनी गुरु योजनालाई शान्ति र मानवताको विश्वकेन्द्रको रुपमा पुरा गर्ने प्रतिबद्धता पनि गरेको छ । सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको उद्गमथलो भएको बताए । हिंसा विरुद्धको वाटोमा लाग्न बुद्ध र बुद्धदर्शनले महत्वपुर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ छ । सम्मेलनले विश्वभरका बौद्ध समुदायलाई एकिकृत गर्ने, लुम्बिनीमा शान्ति र द्धन्द्धको निरुपणका लागि अन्र्तराष्ट्रिय केन्द्र स्थापना गर्ने घोषणा सम्मेलनले गरेको छ । त्यस्तै लुम्बिनीका पुरातात्विक,
More

‘सबैखालका ‘सिन्डिकेट’ निमिट्यान्न गरिने’

काठमाडौँ- उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारी तथा निजी सञ्चार माध्यमले देशको विकास कसरी हुन्छ भन्ने कुरामा गम्भीर बनेर तीव्र आर्थिक समृद्धि हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । अग्नि ज्वाला मासिकको नवौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री यादवले वर्तमान सरकार राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्दै आर्थिक समृद्धि हासिल गर्ने कुनै पनि क्षेत्रमा रहेका ‘सिन्डिकेट’ निमिट्यान्न गरी छाड्न प्रतिबद्ध रहेको बताउनुभयो । विसं २०४६ पछि देशमा उद्योगधन्दा बेचेर खाने प्रवृत्ति बढेको चर्चा गर्दै ती उद्योगधन्दा सञ्चालन गर्ने तथा तत्काल रोजगार सिर्जना गर्ने तथा देशमा श्रम, शक्ति र ऊर्जा खर्च गर्ने वातावरण बनाउने मन्त्री यादवले
More

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ : मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका छौँ, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ ।” नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाइ भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने
More

ट्रम्प र किमबीच सिंगापुरमा भेटवार्ता हुने

लन्डन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘तीन अथवा चार हप्ताभित्र’ कोरियाली प्रायद्वीपको निश्शस्त्रीकरणबारे उत्तर कोरियाली नेतृत्वसँग आफूले वार्ता गर्ने बताएका छन् । ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनसँगको कुराकानीपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन । मिशिगनमा आयोजित एउटा -र्यालीलाई सम्वोधन गर्दै ट्रम्पले किमसँगको आफ्नो भेटवार्ताको समय र स्थानबारे तय भइरहेको पनि बताए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प र किमबीच सिंगापुर वा मंगोलियामा भेटवार्ता हुने सम्भावना छ । यद्यपि त्यसको पुष्टि भैसकेको छैन । यसअघि शनिवार ट्रम्पले किमसँगको आफ्नो भेटवार्तामा एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको बताएका थिए । ट्रम्पले दुई कोरियाबीचको शुक्रवारको शिखर बैठक सफल भए पनि आफूले उत्तर
More

यातायात व्यवसायीद्धारा यातायात कार्यालय घेराउ

काठमाडौं । यातायात समितिहरु खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले मुलुभरका यातायात कार्यालय घेराउ गरेको छ । देशभर रहेका करिब ४ सय समितिहरु खारेजीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आईतबार मुलुभरका यातायात कार्यालय घेराउ गरेका हुन् । ललितपुरको एकान्तकुना कार्यालय घेराउ गर्न पुगेका उनीहरुले सरकारको निर्णय फिर्ता लिन दवाव दिदै यातायात कार्यालय प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने नाममा सरकारले आफुहरुको रोजीरोटीका साथै अर्बौको लगानी डुव्ने अवस्थामा पुगेको उनीहरुको भनाई छ । यातायात व्यवसायी महासंघ ३ नम्बर प्रदेशका प्रमुख धर्मराज रिमालले आफुहरुले कुनै सिण्डिकेट खडा नगरेको भन्दै सरकारले आफुहरुमाथि अन्याय
More

चन्दादातालाई सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा समुदायको एक करोड २५ लाख रुपैयाको लगानीमा निर्माण भएको महभिर घराम्दी पेरीभारानी सडकको उद्घाटन कार्यक्रममा चन्दादातालाई सम्मान गरिदै । तस्विर : सन्तोष गौतम
More

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक
More

पाँच रुपैयाँ दिएर बालिकालाई बलात्कार

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ पिठुवामा पाँच बर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ॐ ईट्टा भट्टामा शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका राजकुमार तामाङलाई बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको आमा सोही ईटा भट्टामा काम गर्दछन् । उनीहरु दाङबाट यहाँ आएर काम गरेका हुन् । ईट्टा भट्टामा काम गर्ने आमासँग बस्दै आएकी बालिकालाई तामाङले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । पाँच रुपैयाँ दिएर बालिकालाई ललाई फकाई गरी करणी गरेको प्रारम्भिक रुपमा
More

अरुण तेस्रोको कार्यालयमा मध्येरातमा बम विस्फोट

काठमाडौं । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी–९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक वेदप्रसाद गौतमका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।
More