Daily Archives 30th April 2018

शत्रु गते’ले बेलायतका दर्शकको मन जित्यो

लण्डन । नेपालमा पछिल्लो समयको सर्वाधिक सफल चलचित्र ‘शत्रु गते’लाई बेलायतका दर्शकले पनि खुब रुचाएका छन् । आइतबार सांझ अल्डरसटको प्रिन्सेस हलमा गरिएको शत्रु गतेको शो हाउसफुल नै भयो । ५ सय भन्दा बढि दर्शकले चलचित्र हेरेको आयोजक समहुका अनिल मल्लले जानकारी दिए । बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्ट यूकेले शत्रु गतेलाई बेलायतमा ल्याएको हो ।’चलचित्रको पहिलो शोबाट हामीहरु निकै उत्साहित छौं, बेलायतका अरु शोहरुमा पनि यस्तै सकारात्मक रेस्पोन्सको आशा राखेका छौं’, आयोजक समुहका बिरेन खड्काले भने, ‘शत्रु गते हेर्न भनेर धेरै दर्शकले हप्तौं अघिदेखि टिकट बुक गरेर आएका थिए । चलचित्र हेरिसकेपछि सबैजना खुशी बनेर फर्किएका छन् ।’ चलचित्रको शो सुरु
More

एनआरएनले जुटायो टोपबहादुरलाई २९ लाख ब्लड मनी

नारायण भुर्तेल । युएई – चितवनका टोपबहादुर बिकलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले १ लाख दिराम (करिब २९ लाख रुपैयाँ) बल्ड मनी नेपाली दूतावास युएईलाई बुझाएको छ। एनआरएन युएईले शनिबार नेपाली दूतावास अवुधावीमा एक कार्यक्रम गरि उक्त रकम कार्यवाहक राजदूत सागर फुँयाललाई हस्तान्त्रण गरेको हो। युएईको अल एन स्थित लिमा कन्ट्र्याक्टिङ एलएलसी कम्पनीमा काम गर्ने टोप बहादुर ४ बर्ष पहिले २०१४ जुन २ तारिकका दिन काम गरिरहेको बेला क्रेन दुर्घटनामा परेका थिए। पाकिस्तानी नागरिकले चलाएको क्रेन दुर्घटनामा परेर २ जना थाई नागरिकको मृत्यु भएको थियो। घटनामा संलग्न भएको भन्दै क्रेन अपरेटर पाकिस्तानी नागरिक र क्रेन अपरेटर सहयोगी
More

बुद्ध जयन्ती समारोहमा सहभागी हुन एनआरएन युकेको आव्हान

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बुद्ध जयन्ती समारोहमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष योगकुमार फगामी र महासचिव आर.के. त्रिपाठीले एक अपिल प्रकाशिन गर्दै एनआरएन सदस्यहरु, बेलायतस्थित सम्पुर्ण संघसंस्थाका प्रतिनिधि सदस्य एवं बेलायतबासी नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । मे ५ का दिन बुद्ध फाउन्डेसन युकेले गैर आवासीय नेपाली संघको सहयोगमा लण्डनको ट्रफालगर स्क्वाएरमा बुद्ध जयन्ती मनाउने कार्यक्रम तय गरेको छ । अपिलमा बुद्ध जयन्तीको अवसरमा सम्पुर्ण महानुभावहरुको उन्नति, प्रगति, प्रेम, सदभाव र शान्तिको लागि गैरआवासीय नेपाली संघ यूकेले कामना गरिएको छ ।
More

३३ किलो सुन प्रकरण : प्रहरीको छविमा दाग

काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम राख्नुपर्ने नेपाल प्रहरी सुन तस्करीमा मुछिएको पाइयो । सुन्दै नमीठो लाग्ने ३३ किलो सुन प्रकरणले प्रहरीको छविमा दाग लागेको छ । नेपाल प्रहरीका उच्च अधिकारी नै सुन तस्करीको जालोमा जेलिएको पर्दाफास भएसँगै नेपाल प्रहरीको छवि र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हो । साढे ३३ केजी सुन काण्डमा गृह मन्त्रालयको छानवीन समितिले प्रक्रिया अघि बढाएसँगै हालसम्म २८ जनालाई नियन्त्रणमा लिइएको छ भने तीमध्ये ६ जना प्रहरी अधिकारी नै छन् । यसले सुन तस्करको जालो कति फराकिलो बन्दै गएको छ भन्ने देखाउँछ । सनम शाक्यको हत्याबाट सुरु भएको ३३ केजी सुन प्रकरणमा तानिनेमा डीआइजीसम्मका अधिकारी
More

पिरती आफै हुँदो रहेछ

सुनिता घिमिरे, महिला अध्यक्ष, नेपाल टेड युनियन कांगे्रस, प्रदेश–१ क्रान्तिकारी स्वभावकी सुनिता घिमिरेलाई विराटनगरमा अलराउन्डर भनिँदो रहेछ । राजनीति, समाजसेवा र शिक्षण पेसामा आबद्ध घिमिरे कुनै समय खेलाडी थिइन् । गायन क्षेत्रमा पनि उनको लगाव त्यत्तिकै छ । साहित्य लेखन, मोडलिङलगायत हरेक क्षेत्रमा उनको उपस्थिति भेटिन्छ । राष्ट्रियताले ओतप्रोत गीत लेखनमा पनि उनको रुचि त्यत्तिकै छ । १ नम्बर प्रदेशबाट टे«ड युनियन नेताका रूपमा उदाउँदै गरेकी घिमिरेसँग कुमार राउतले गरेको कुराकानी : ० तपाईं ट्रेड युनियन नेता ? – पेसाकर्मी, मजदुर, गृहिणी, श्रमिक तथा शिक्षकहरू समेटेर बनाइएको नेपाल टे«ड युनियन कांगे्रस प्रदेश नम्बर १ की महिला अध्यक्ष हुँ । पेसाले
More

छ वर्षपछि प्रतिवेदनअनुरुप फेवातालको अतिक्रमण रोकिँदै

पोखरा । सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै यही क्रमले फेवाताल खुम्चँदै जाने र संरक्षण नहुने हो भने ७५ देखि एक सय वर्षभित्रमा यसको अस्तित्व नरहने उल्लेख गरेको थियो । प्रतिवेदनले फेवातालको एक हजार ६९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको उल्लेख गर्दै ९५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिशसमेत
More

अभिभावकसँग मनिषा

अभिभावकको माँझमा चलचित्र अभिनेत्री मनिषा कोइराला तस्बिर खिचाउँदै । भारतको मुम्बइमा दादासाहेब पाल्के फिल्म फाउन्डेसन अवार्ड लिएपछि उनले अभिभावकसँग तस्बिर खिचाएकी हुन् ।
More

शरणार्थी विवादमा बेलायतकी गृहमन्त्रीको राजीनामा

लन्डन । बेलायतकी गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । क्यारेबियन क्षेत्रका शरणार्थीलाई सरकारले गरेको व्यवहारलाई लिएर आलोचना बढिरहेको बेला उनको राजिनामा आएको हो । राजिनामापछि रडले बेलायतवाट बाहिर निकाल्नुपर्ने क्यारेबियन शरणार्थीबारे आफूले ‘भुलवस सांसदहरूलाई सहि जानकारी नदिएको’ बताएकी छन् । यसअघि गृहमन्त्री रडले क्यारेबियाली शरणार्थीलाई बाहिर निकाल्ने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी थिइन् । तर पछि बेलायतवाट फिर्ता पठाउने शरणार्थीको संख्या उनी आफैले निर्धारण गरेको खुलेको थियो । पूर्वऊर्जामन्त्री रहेकी रडले आफ्नो २१ महिने कार्यकालमा शरणार्थीलाई बाहिर निकाल्ने लगायतका महत्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो । रडको राजीनामाले टेरिजा मे सरकारलाई अफ्ठयारो पर्ने अनुमान गरिएको
More

सिण्डिकेट हटाउने बिरुद्ध ७ नम्बर प्रदेशका यातायात व्यावसायी आन्दोलनमा

धनगढी। सिण्डिकेट हटाउन सरकारले चालेको कदमको विरुद्धमा ७ नम्बर प्रदेशका यातायात व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन्। मनोमानी ढंगले यातायात व्यवसायीलाई मर्कामा पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। सोमबार दिउँसो एक घण्टा सेती अञ्चल यातायात कार्यालयमा घेराउ गर्दै सरकारले चालेको कदमको बिरोध जनाएका थिए । सरकारले निर्णय फिर्ता नलिए आगामी २० गते यातायातका सवारी साधन संचालन नगर्ने, त्यति गर्दा पनि नभए २६ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने सुदूरपश्चिम यातायात व्यावसायी समितिका अध्यक्ष पदम सापकोटाले बताए।
More

काबुल विस्फोटमा ६ सञ्चारकर्मीसहित कम्तिमा २५ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । कावुलको शश दारक क्षेत्रमा भएको बिस्फोटमा ४५ जना घाइते भएका छन् । पहिलो विस्फोटमा घाइते भएकाहरुको उद्धार भैरहदा अर्को विस्फोट भएको प्रत्क्ष्यदर्शीले जानकारी दिएका छन् । मृत्यु हुनेमा छ जना पत्रकार रहेका छन् । पहिलो बिस्फोट भएको बीस मिनेटपछि दोस्रो विस्फोट भएको थियो । दोस्रो पटकको विस्फोटमा आकस्मिक उद्धारकर्मी र पत्रकारलाई निशानामा पारिएको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । विस्फोट कुन समुहले गराएको हो खुलेको छैन । अफगानस्तानको सेनाले भने तालिवानले विस्फोट गराएको हुनसक्ने अनुमान गरेको छ ।
More

पिकअपको ठक्करबाट बालिकाको मृत्यु

जिल्लाको काठेखोला गाउँपालिकामा सोमबार पिक अप भ्यानको ठक्करबाट एक बालिकको मृत्यु भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर १ दोविल्लामा पिक अप भ्यानले ठक्कर दिँदा काठेखोला–१ दोविल्लाकी २ बर्षिय बालिका दिक्षा थापाको मृत्यु भएको हो । बागलुङ बजारबाट काठेखोला गाउँपालिका–२ डुढिया जाँदै गरेको ध १ ज २०८ नम्बरको दुध बोक्ने जिपले ठक्कर दिँदा बालिकाको ज्यान गएको प्रहरी चौकी अछेतेले जनाएको छ । सडक छेउमा रहेको पानिको मुलमा पानि पिएर अर्को तर्फ रहेकी उनकी आमा तर्फ जाँदै गरेकी बालिकालाई पिक अप मोड्ने क्रममा पाँग्राले छोएको चालकले प्रहरुसँग बताएका छन् । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाईएको प्रहरी
More

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्न तीव्रता दिइँदै

चितवन- छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ । अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुङ्गा र ढिस्को झर्ने अवस्थामा रहेका छन् । गतवर्षको वर्षात्मा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो । यस वर्ष पहिलोपटक आइतबार साँझ ६ बजे टोपे खोलामा पहिरो खसेपछि आधा घण्टा सडक आवागमन रोकिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालका अनुसार पहिलो चरणमा लुज मेटेरियल (झर्न लागेका ढुङ्गा, ढिस्को र माटो) झार्ने काम भइरहेको छ । अहिले दिनको समयमा सडक बन्द हुने भएकाले लुज मेटेरियल झार्ने कामलाई तीव्रता
More

काँग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ । स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले आज बिहान ८:३० बजेका लागि बैठक बोलाएको थियो । बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको बुझिएको छ । काँग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक छलफल नै नगरी बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेको थियो । कांँग्रेसको महाधिवेशन सम्पन्न
More

आज बुद्ध जयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । छत्तीस
More

नेपाली हवाइ रुटमा भारतको नियन्त्रण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्रा्िष्ट्रय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ । पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो । अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ । नेपालबाट
More

नेपाल बैंकले एफपिओ जारी गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले बिक्री गर्न लागेको एफपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ । नेपाल बैंकले १ करोड, ७६ लाख, ८४ हजार, ८ सय ५८ कित्ता थप सार्वजनिक एफपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । एफपीओको मूल्य नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा तोकिने बैकले जनाएको छ । नेपाल सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर रहेको नेपाल बैंकको चुक्तापजी ८ अर्ब ४ करोड छ । बैकले चालु आर्थिक वर्षको प्रथम
More

कांग्रेस पदाधिकारी मनोनयन आज, पौडेल पक्ष बैठकमा नजाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गर्नुहुने भएको छ । मनोनयनको निर्णय गर्न आज पार्टीका निर्वा्चित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बस्दैछ । बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी रहेको देउवाको नजिकका नेताहरुले जानकारी दिएका छन् । विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सवै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गर्नुभएको हो । सभापति देउवा निकट नेताहरुका अनुसार उपसभापतिमा विमलेन्द्र निधीलाई मनोनयन गर्ने तयारी छ । नेताहरु गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि उपसभापति पाउनुपर्ने दावी गरिरहे पनि
More

कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति होः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ । उहाँले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देशमार्फत बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाऊन् भन्ने कामना गर्नुभएको छ । सभापति देउवाले सन्देशमार्फत विगतका वर्ष अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानवनधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको बताउँदै भन्नुभएको छ,“शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसरहरू रहेका छन् । हिंसा, हत्या, अपहरणजस्ता मानवअधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ
More

माइक्रो दुर्घटनामा ११ जना घाइते

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीले दुर्घटनाको पुष्टि गर्दै केहीको अवस्था गम्भीर रहेको जनाएको छ । यद्यपि, कतिजनाको अवस्था गम्भीर छ भन्नेबारे खुलेको छैन । प्रहरीका अनुसार घाइतेकाे उद्धार गरेर धरान, विराटनगर, इटहरी लाने तयारी भइरहेको छ । माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव

फलेवास, पर्वत- रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् । बाबु मजदूरी गरेर घरायसी खर्च जोहो गर्दै आएको परिवारमा उपचार खर्च जुटाउन धौधौ परेपछि सहयोगका लागि परिवारले अपिल गरेको छ । अहिले उनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उपचारका लागि डाक्टरले झण्डै रु २० लाख लाग्ने भनेपछि अहिले सहयोग जुटाउनका लागि परिवारले सबैसँग अपिल गरेको छ । त्यस्तै स्थानीय छिमेकीले सहयोग संकलनका लागि अभियाननै सञ्चालन गरेका छन् ।
More